गुणस्तरीय शिक्षा र सीपको मापन

स्मरणशक्तिको दक्षताले मात्रै पुग्दैन, सिर्जनशील सोच, अनुशासन र सामूहिकताको भावना पनि हुनुपर्छ । तब मात्र शिक्षा स्तरीय, सार्थक र प्रतिफलमुखी हुन पुग्छ ।

स्तरीय शिक्षा केलाई भन्ने ? स्तर को मापन कसरी र कसले गर्ने ? नेपालमा स्तरीय शिक्षाप्रतिको धारणा कस्तो रह्यो ? अब कस्तो हुँदै जाला ? यही सोचको सेरोफेरोमा आफ्ना धारणाहरू यहाँ राख्न खोजेको छु ।

गुरुकुलीय शिक्षापद्धतिमा सुयोग्य शिक्षकहरू विद्यार्थीमा ज्ञान र चरित्र भरिदिएर आफ्नो दायित्वबाट हलुङ्गो भएको महसुसगर्थे । उनीहरूले ज्ञानलाई लोप हुन नदिन निरन्तरताको शृङ्खला नै चलाएका थिए । तिनले ज्ञानका साथसाथै चारित्रिकगुण र नैतिक बल पनि प्रदानगर्थे । गुरुले शिक्षामा पोख्त भनेर निर्णय गरे कै दिन देखि ती व्यक्तिहरू विद्वान् कहलाउँथे । औपचारिक परीक्षापद्धति र दीक्षान्त समारोहको चलन थिएन । गुरुको निर्णय नै गुणस्तर को पहिचान हुन्थ्यो ।

अहिले ज्ञानको फाँट बृहत् हुँदै गएको छ । ज्ञान र सीप सिक्ने विधिहरू पनि पृथक् भएका छन् । कतिपय कुरा मा शिक्षा महँगो पनि हुँदै गएको छ । निगरानीका ढाँचाहरू पनि कहीँ व्यवस्थित र कहीँ छरपस्ट हुँदै गएका छन् । यस्तो परिप्रेक्ष्यमा यस लेखको मनसाय हो— नयाँ पिँढीका हरेक बालक तथा युवाले सिक्नैपर्ने कुरा हरू सिक्न पाउनुपर्छ; आलङ्कारिकपन र व्यापारिक मनोवृत्तिका कारण कमजोर वर्ग छुट्नुहुँदैन । कमजोर वर्गको हित केबाट हुन्छ, त्यो हेरिनुपर्छ । कमजोर वर्गको हितका लागि भनेर संरचना बन्ने तर बलियाहरूले मात्रै लाभ लिन सक्ने हुनगई ती कार्यक्रमले कम महत्व वा कम प्राथमिकतामा झ्रेर लापरवाहीमा अन्त्य हुनुहुँदैन ।

विद्यार्थीले सिक्नैपर्ने कुरा हरू राम्ररी सिकाइएको हुनुपर्छ । परीक्षामुखी र परीक्षाको नतिजालाई मात्र फल वा गुणस्तर सम्झ्ने प्रवृत्ति हुनुहुँदैन । सिकेको ज्ञान र सीप जहाँ पनि काम लाग्ने हुनुपर्छ । त्यसभित्र पूर्णता र सिर्जनशीलताको अंश प्रचुर मात्रामा रहनु पर्छ र अझ् बढी चारित्रिक पक्ष समेटिएको हुनुपर्छ । अहिले पाइए जस्तो स्मरणशक्तिको दक्षताले मात्रै पुग्दैन, सिर्जनशील सोच, अनुशासन र सामूहिकताको भावना पनि हुनुपर्छ । तब मात्र शिक्षा स्तरीय, सार्थक र प्रतिफलमुखी हुन पुग्छ । यस कुरा मा अभिभावक वर्ग चनाखो हुनुपर्छ । शिक्षकमा आफ्नो कर्तव्यलाई नहेरी आफ्नै क्षणिक लाभको पछि दौड्ने प्रवृत्ति हुन गयो र उनीहरूले नै शिक्षाको मर्यादा राखिदिएनन् भने स्तरीय शिक्षाको चाहना कोरा सपना मात्र हुन पुग्छ । स्नातक हुनेले प्रमाणपत्र बोक्नमा र त्यसलाई भजाउनमा रमाउनेभन्दा जुनसुकै पेशा लिए पनि प्रमाणपत्रले खोजेको खँदिलोपन तथा त्यसले अपेक्षा गरेको आत्मविश्वास र आचरण बोकिरहन सके मात्र गुणस्तर प्रवाहित हुन सक्छ ।  

पाश्चात्य मुलुकबाट फैलिँदै गएको शिक्षाले थुप्रै कुरा को परिपक्वता भइसकेपछि मात्र स्नातक भन्ने उपाधि दिने गर्छ । परिपक्वतामा पनि उत्कृष्टताको अन्तिम तहमा पुगिसकेका व्यक्तिका लागि ‘डाक्टर अफ फिलोसफी’ को उपाधि दिइन्छ । समाज शास्त्रमा उपाधि पाउनेले भाषामा पनि पोख्त हुनुपर्ने भयो । चिकित्सा विधामा पहिलो उपाधि पाउनेले औषधिमूलोबाट उपचार गर्ने , रोग ठम्याउने विधिको रराम्रो प्रयोग गर्ने र चिरफार गर्नु परे त्यो पनि गर्न सक्ने हुनु परयो । स्नातक हुने मानिसमा कति गुणस्तर खोज्ने भन्ने मान्यता निकै बलियो हुन्थ्यो । युरोपेली मुलुकले उपाधि दिने सवालमा कतिसम्म होसियारी अपनाए भने १२ कक्षा पास गरेर स्कूलबाट निस्किएको विद्यार्थीले स्नातक तहमा अध्ययन गर्न सकिहाल्छ भन्ने सोच बनाएनन् । फलस्वरूप स्कूल पूरा गरे पछि विश्वविद्यालयमा अध्ययन गर्ने क्षमता भएकाहरूलाई ठम्याउँदा १०–१५ प्रतिशत मात्र योग्य हुन्छन् भनेर रराम्रो प्रतिभा भएकालाई मात्र भर्ना गर्ने गरे । त्यति विद्यार्थीका लागि लाग्ने अध्ययन खर्च सरकारले नै बेहोर्न थाल्यो । विद्यार्थीहरूले स्नातक भई परिपक्वता प्रदर्शन गरे पछि मात्रै उनीहरूलाई उपाधि दिने संस्कार पनि बसालियो । त्यहाँ त्यो संस्कार अहिलेसम्म चलिरहेकै छ ।

उच्चशिक्षा लिने उमेरका ५०–६० प्रतिशतभन्दा बढी विद्यार्थी विश्वविद्यालयमा हुनुपर्दछ भन्ने कुरा आजको ‘नलेज इकोनोमी’ को युगमा झनै महत्वपूर्ण हुँदै गएको छ । तर गुणस्तर भने अन्तर्राष्ट्रिय स्तर कै हुनुपर्छ पनि भन्ने गरिन्छ । त्यस्तो स्तर को खँदिलो शिक्षा महँगो हुन्छ । थोरैलाई भए सरकारकै खर्चमा पनि पुग्थ्यो होला । रराम्रो योग्यता भएकालाई खँदिलो शिक्षा दिने क्रममा पढाउने मानिस मात्र रराम्रो भएर हुँदैन, पढ्ने मानिस रराम्रो भएमा मात्रै उत्तीर्ण धेरै हुन्छन् । अहिले त पढ्नै नसक्ने र पढ्नै नखोज्नेहरू पनि उत्तीर्ण हुन खोज्छन् । सबैलाई उत्तीर्ण गराउँदै जाने हो भने स्तर नपुगेकाले पनि प्रमाणपत्र वा उपाधि पाउने हुन्छन् ।

कति पढेकाले कति जान्नुपर्दछ ? जान्नुपर्ने भनेर तोकिएको स्तर सबै ठाउँमा एउटै हुन्छ त ? एसएलसीमा ३२ नम्बर ल्याए पास हुने भने जस्तै बिजुली जडान गर्ने र जान्नुपर्ने कुरा एकतिहाइ जान्नेबित्तिकै जान्ने भयो भन्न मिल्ला ? प्लम्बिङमा त्यस्तै हुन्छ, टेलिकम्युनिकेसनमा त्यस्तै हुन्छ । यी कुरा मा जान्ने हुन पूरै जान्नुपर्छ । यो कुरा डाक्टरी पेशामा त झनै लागू हुन्छ । त्यहाँको पासको स्तर र त्यो जान्ने प्रक्रिया अवश्य पनि फरक छ । मेडिसिन, इन्जिनियरिङ, कृषि जस्ता भिन्नाभिन्नै विधाको परीक्षण गर्ने स्तर पनि अवश्य नै फरक छ । तसर्थ प्राविधिक विधामा जुन सीपमा पोख्त बनाउनुपरेको छ, त्यो सीप सिकाउने प्रशिक्षक नै पहिले पोख्त हुनुपर्छ । हाल भइरहेजस्तो जाँचमा प्रश्नपत्र बनाउने, परीक्षाको कापी जाँचेर उत्तीर्णाङ्क वा विशिष्टाङ्क दिने, कक्षाकोठाको बोर्डमा लेखेर सिकाउन सक्ने भएर मात्र हुँदैन ।

जे कुरा सिक्यो भनेर उत्तीर्ण घोषित गरिन्छ, त्यो कुरा जानेकै मान्छेलाई मात्र उत्तीर्ण गर्नु पर्छ । मेडिकल विधामा स्नातक हुने मानिसले आफूले राम्ररी जानेको छु, गरेर देखाउन सक्छु भनेर परीक्षक समूहलाई विश्वस्त नपारी उत्तीर्ण नहुने प्रक्रिया हुन्छ । उसले कार्यगत अनुभव (Internship) एक वर्ष गरे कै हुनुपर्छ । अनि मात्र मेडिकलको पहिलो उपाधि पाइन्छ । त्यसपछि मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ जाँचमा पनि उत्तीर्ण भएको हुनुपर्छ । यस्तो मापदण्ड नर्सिङमा, इन्जिनियरिङमा, फार्मेसीमा र पशुस्वास्थ्यमा पनि लागू हुन्छ । कानुन विधामा, एकाउन्टिङमा, व्यवस्थापनमा र शिक्षाशास्त्रमा स्नातक हुने व्यक्तिमा पनि यस्तै मापदण्ड लागू हुन्छ । तीबाहेक अन्य जुनसुकै विषयको अध्ययन गरे पनि आफूले अध्ययन गरेको विषयमा दक्खलचाहिँ हुनैपर्छ, स्नातक भइसकेपछि त्यही विषयसँग सम्बन्धित कामबाट गरिखान सक्ने बन्नैपर्छ । अहिलेको भूमण्डलीकरणको परिवेशमा हेर्दा विश्वविद्यालयले मात्र उपाधि दिएर पुग्दैन, छुट्टै प्रमाणीकरण परिषद् (Accreditation Council) ले प्रमाणीकरण गरेको संस्था वा व्यक्तिले प्रमाणीकरण गरेको कागज पनि खोजिन्छ, नत्र विदेशमा त्यही ज्ञान र सीपको ‘प्राक्टिस’ गर्न स्वीकृति दिइँदैन । अहिले पनि कतिपय नामुद विश्वविद्यालयले विद्यार्थीको ल्याकतको श्रेणी विभाजन गर्दैनन् । त्यहाँ पढेर पढाइ पूरा गरेको प्रमाणपत्र भनेपछि पुग्छ । पूर्ण रूपमा प्रशिक्षित नभई प्रमाणपत्र दिइँदैन । दिइएपछि उसको योग्यतामा कसैले शङ्का गर्दैन । हार्वर्ड विश्वविद्यालयले पनि यसै गर्छ ।

प्राथमिक र माध्यमिक तहमा दिइने शिक्षा सबैजसो ठाउँमा उस्तै उद्देश्यले दिइन्छ । उद्देश्यमा भाषा शिक्षा, गणित शिक्षा, स्वास्थ्य र वातावरण शिक्षा, विज्ञान र सामाजिक शिक्षा परेका हुन्छन् । पाठ्यक्रमकै रूपमा यी विषय सिकाउँदा सिर्जनात्मक चिन्तन (Creative Thinking) लाई प्रोत्साहित गर्ने , सामुदायिक कार्यमा रुचि जगाउने, कलाको फाँटमा रुचि जगाउने तथा खेलकुद र शारीरिक व्यायाममा प्रचुर लगाव अतिरिक्त क्रियाकलाप का रूपमा जगाउने गर्नु पर्छ । केही अपवाद छाडी धेरै विद्यालयहरूमा यस्तो सुविधाको वातावरण दिने र अभिरुचि जगाउने प्रयास गरिएको कमै पाइन्छ । किनभने ती फाँटमा दक्खल भएका शिक्षकहरू नै तयार गरिएका हुँदैनन् । चरित्र निर्माण गर्ने काम यही तहमा बढी हुन्छ, तर यसतर्फ नै ध्यान कम गएको छ । शिक्षणविधिलाई शिक्षकले लेक्चर दिने, पाठ दिने, घोक्न बढी प्रोत्साहित गर्ने गराइ सबै गतिविधि पाठ्यपुस्तकमुखी र परीक्षामुखीगराइएको पाइन्छ । फलतः हिजोआज गुणस्तर को कुरा जाँचमा कति प्रतिशत अङ्क ल्याएको छ भन्ने कुरा को सेरोफेरोमा नै बढी रहेको देखिन्छ । बालकको विकास सैद्धान्तिक पाठहरूबाट भन्दा त्यहाँ सञ्चालित कार्यक्रमका माध्यमबाट बढी हुन्छ । प्रत्येक विद्यार्थीका सबै क्रियाकलाप लाई शिक्षकले दिन सकेको समय र क्रियाकलाप ले बढी असर पारेको हुन्छ । अभिभावकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । परीक्षामा रराम्रो गर्ने लाई मात्र रराम्रो पढेको देख्ने संस्कार हटाउनुपर्छ, रराम्रो गर्न नसकेकोमा विद्यार्थीलाई दोष दिनेभन्दा रराम्रो सिकाउन नसकेकोमा शिक्षकले पनि उत्तिकै दोष लिने संस्कार चाहिन्छ । अर्थात् पढाइ शिक्षककेन्द्रित मात्र होइन, बढी विद्यार्थीकेन्द्रित हुनुपर्दछ ।

यी त भए प्रायः ९–१० वर्षसम्म विद्यार्थीले अनिवार्य रूपमा स्कूलमा बिताउँदा सिक्नुपर्ने कुरा । तर यी पक्षहरूको विकास लाई अहिलेको नेपालको शिक्षाले रराम्रो स्थान नदिएको हुँदा यसबाट शिक्षा अपुरो भएको छ, स्तरीय भएको छैन भन्ने देखिन्छ ।
यसरी १० वर्षसम्म पढेका छात्रछात्राहरू मोटामोटी रूपमा तीन किसिमका हुनपुग्छन् । अङ्ग्रेजी भाषा, गणित र विज्ञानमा विशिष्टता भएका एकथरी विद्यार्थीहरू उच्च शिक्षाका प्राविधिक विषयहरूतिर जाने लक्ष्य एवं प्रतिभा राख्छन् । त्यस पक्षमा अहिले पनि हराम्रो शिक्षा राम्रै छ वा रराम्रो हुँदै गएको छ । अर्को वर्गले पढाइ सामान्यरूपले लगेको हुन्छ । माथि पढ्न जान सक्छ होला, तर पढाइलाई माथि लैजान आर्थिक र भौगोलिक कठिनाईले असर गरिरहेको हुन्छ । बाबुआमाले बाहिर पढ्न पठाउन नसक्ने र घरकै काममा सघाउनुपर्ने बाध्यता पनि धेरैलाई परेको हुन्छ । त्यस्ता छात्रछात्रालाई उच्चशिक्षातिर लैजानेभन्दा रोजगारीमूलक शिक्षातिर उन्मुख गराउनु पर्दछ । तर नेपालमा त्यस्तो धारको धेरै विकास भएको छैन । भएको पनि महँगो भएकाले कमजोर वर्गका लागि त्यो धार कठिन हुन गएको देखिन्छ ।

दस कक्षासम्म पढेका तर एसएलसी न गरेका युवाका लागि अढाइवर्षे र एसएलसी पास गरेका युवाका लागि भनौँ १५ महिने सघन सीपमूलक तालिम प्रदान गर्ने र प्राविधिक एसएलसीको प्रमाणपत्र दिने गर्नु पर्छ । यस्तो तालिममा ३ देखि ६ महिनासम्मको कार्यगत तालिम (on the job training) पनि सकभर दिने र यसको प्रमाणीकरण सीटीईभीटीले दिने प्रक्रियालाई सुदृढीकरण गर्नु पर्छ । श्रम विभाग, घरेलु उद्योग, कुनै गैर सरकारी संस्था आदि अन्य निकायहरूले दिने तालिमलाई पनि यसै प्रणालीभित्र ल्याउन सकिन्छ । यस प्रकारको तालिमको पाठ्यक्रम सीटीईभीटीबाट स्वीकृति पाएको हुनुपर्छ । यस्तो तालिम निजी क्षेत्रका स्वीकृतिप्राप्त संस्थाले चलाए पनि आधा प्रशिक्षार्थीको खर्च सरकारले बेहोर्ने, सरकार आफैँले चलाएको कार्यक्रममा ५० प्रतिशत विद्यार्थीले शुल्क तिर्नुपर्ने र ५० प्रतिशत विद्यार्थीले आर्थिक सहायता पाउने व्यवस्था गर्नु पर्छ । तालिम दिन कम्तीमा प्रत्येक अञ्चलकाग्रामीण क्षेत्रमा एक र शहरी क्षेत्रमा एक तालिमकेन्द्र आवासीय सुविधासमेतका हुनुपर्छ । विद्यार्थी छनोट गर्ने कार्यको व्यवस्था गर्दा पिछडिएको वर्गले त्यो मौकाबाट वञ्चित हुनुहुँदैन । आवासीय सुविधा पुर्याउन नसकिएका र प्रशिक्षक पुर्याउन पनि कठिन हुने ठाउँमा प्रत्येक गाउँ विकास क्षेत्रमा घुम्ती तालिमकेन्द्र तीन वर्षभित्र पुर्याउनै पर्ने व्यवस्था गर्नु पर्छ । त्यो कार्य १० कक्षासम्मको शिक्षा पाउन नसक्नेका लागि कामलाग्दो हुन्छ । यहाँ सिकाइने तालिम भने ३ देखि ६ महिनाको तर सघन हुनुपर्छ । तालिमको प्रमाणीकरणचाहिँ सीप प्रशिक्षण निकायले गर्नु पर्ने प्रावधान राख्नुपर्छ ।

त्यसको व्यवस्था पनि घुम्ती टोलीले नै गर्नु पर्छ । यस्तो तालिम कार्यक्रम प्राथमिक शिक्षा पूरा गरेका र १३–१४ वर्ष उमेर पुगेका युवासमूहप्रति लक्षित हुनुपर्छ । साक्षर गराउन प्राथमिक शिक्षा अनिवार्यगराइएका युवालाई साक्षर हुनुभन्दा कमाएर खान सक्ने सीप पाउनु ठूलो हो र त्यस कुरा को तालिम दिनु सरकारको दायित्व हो भनेर किटान गर्नु पर्छ । अर्थात् ‘शिक्षा सबैका लागि’ भन्ने नाराको सट्टा ‘रोजगारीमूलक सीप सबैलाई ’ भन्ने लक्ष्य राखिनुपर्छ ।   

यस्ता कार्यक्रमको गुणस्तर मापन गर्ने आधारहरू छुट्टै प्रकारका हुन्छन् । त्यहाँ सिकाउने प्रशिक्षक आफैँ त्यस काममा पोख्त हुनुपर्दछ र उसले प्रशिक्षार्थीसित पूरै समय बिताउनुपर्दछ । सिकाउन खोजेको सीपमा पोख्त नै तुल्याउनुपर्दछ । सीप सिकाउने औजार वा उपकरण दुरुस्त अवस्थामा चाहिन्छ, यथासम्भव सबै प्रशिक्षार्थीका हातमा छुट्टै सेट हुनुपर्दछ । जस्तैः कार्पेन्ट्री सिक्नेले हथौडा, बसिला, करौँती, काठ; वेल्डिङ सिक्नेलेग्यास भरिएको सिलिन्डर, वेल्डिङ मेसिन; रेस्टुराँमा खाना पकाउने सीप सिक्नेले किचेनको सेटअप; प्लम्बिङ सिक्नेले थ्रेड कटिङ मेसिन, रेन्चो; नर्सिङ सिक्नेले नर्सिङको टुलसेट, स्टेथेस्कोप, थर्मामिटर आदि । एकजना प्रशिक्षकले बढीमा २० जनालाई मात्र सिकाउन सक्छ । प्रशिक्षार्थीले सिक्यो कि सिकेन भन्ने मापदण्डमा उत्तीर्णाङ्क शतप्रतिशत हुनुपर्छ । यसरी सिकेकाले तुरुन्तै काम पाउँछन् । कसै कसैले त आफ्नै पसल खोल्छन् । टेक्निकल एसएलसी गर्ने ले दुई किसिमको काम गर्छन्— प्रयोगशालामा स्याम्पल टेस्ट गर्छन्, वर्कसप फ्लोरमा काम गर्ने सीपयुक्त कामदार भई काम गर्छन्, आफ्नै व्यवसाय गर्ने ले चाहिने सामग्री आफैँ जोड्छन् र सेवा प्रदान गर्छन् । यिनको परीक्षामा केही सैद्धान्तिक पक्ष हुन्छ । बढी सिकेको सीपको परीक्षण पनि हुन्छ । उत्तीर्णाङ्क त्यही अनुसार निर्धारण गरिन्छ । स्तर कस्तो भयो भनेर थाहा पाउनुपरयो भने तालिम पाउनेहरूले तुरुन्तै अर्थात् २–३ महिनाभित्र नै काम पाए भने रराम्रो स्तर भयो भनिन्छ । यस्तो सीप विकसित मुलुकमा अप्रेन्टिसीपका रूपमा उद्योगहरूकै फ्लोरमा पनि सिकाइन्छ ।

एसएलसी पूरा गरी मध्यमस्तरीय प्राविधिज्ञले सिक्ने सीपमा व्यावहारिक ज्ञान (Technical Skill) को पोख्ततामा जोड दिइएको हुन्छ । प्रायः प्रशिक्षार्थीले आधा समय सैद्धान्तिक ज्ञान र आधा समय प्रयोगात्मक ज्ञानमा बिताउँछ । यसको तालिम अवधि प्रायः तीन वर्षको हुन्छ । यहाँ पनि प्रशिक्षकहरू प्रयोगात्मक विधामा पूर्ण पोख्त हुनैपर्दछ । यी तह उत्तीर्ण हुनेहरू सिभिल, मेकानिकल, इलेक्ट्रिसियन, टेक्निसियन, ओभरसियर, ड्राफ्टमेन, सेनेटरी टेक्निसियन, चिकित्सातर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन आदि बन्छन् । यिनले सीप जति काम गर्ने ठाउँमै सिक्छन्, सैद्धान्तिक ज्ञान मात्र टे«निङ सेन्टर वा टेक्निकल स्कूलमा । कृषि–प्राविधिज्ञहरूले प्रायः खेतबारी, फार्महाउस,गोठ वा पशु चिकित्सालयमा सिक्छन् । यहाँ पनि उत्तीर्णाङ्क बढी नै राखिएको हुन्छ र प्रयोगात्मक विधामा निकै धेरै राखिन्छ । यो तहको जनशक्तिले पछि सुपरभाइजर र प्रशिक्षक पनि हुनुपर्ने हुँदा इन्स्ट्रक्टरको तयारी सम्बन्धी सघन ज्ञान हासिल गरे कै हुनुपर्दछ । त्यस्ता व्यक्तिहरूका लागि काम पनि गर्दै जाने र उपाधि पनि लिने गरी पढ्ने वातावरण बनाउनुसमेत आवश्यक छ । तालिमको स्तर को केन्द्र भनेकै इन्स्ट्रक्टर हो भनी मानिन्छ । सीप परीक्षण गर्ने क्रममा पनि मुख्य प्रशिक्षकको भूमिका यिनैले खेल्छन् ।

एकजना इन्जिनियरसित २ देखि ३ जनाले सहायकका रूपमा काम गर्ने हुँदा प्राविधिज्ञको अनुपातमा दुई वा तीनगुणा सहायक चाहिने अनुमान गरिन्छ । यस तहमा योग्यता पाएकाहरूले केही वर्षको अनुभव र ज्ञानपछि सिनियर टेक्निसियन, मास्टर क्राफ्ट्समेन हुनुका अतिरिक्त इन्जिनियर नै हुने इच्छा गरी उच्चशिक्षामा जान खोजे भने आधारभूत विज्ञानको विधामा गणित, भौतिकशास्त्र, रसायनशास्त्र वा जीवशास्त्रको ज्ञानमा पनि रराम्रो पकड भएको देखाउनुपर्दछ, नत्र ती कोर्स पढ्ने प्रवेश परीक्षाकै सँघार पार गर्न सक्तैनन् । तसर्थ यस्ता टेक्निसियनले रोजगारीका लागि आवश्यक सीपमा रराम्रो पोख्तता एवं उच्चशिक्षामा जान चाहिने आधारभूत ज्ञानको पकडतिर पनि ध्यान दिनुपर्दछ । उच्चशिक्षामा जाने आकाङ्क्षाले ज्ञान र सीपमा पोख्त भएर तत्कालै आकर्षक काम पाउने सम्भावना खोजेको हुन्छ । दुवै हातमा लड्डु हुन पनि सक्छ र दुवै हातको लड्डु भुईंमा झ्र्न पनि सक्छ, यो राम्ररी बुझनुपर्दछ । यस विधामा गुणस्तर को मापन मुख्यतः चाँडै आकर्षक काम पाउने कुरा ले निर्धारण गर्द छ । टेक्निकल स्कूलले आर्जन गर्न सकेको प्रतिष्ठाका आधारमा कुनै ठाउँबाट निस्कनेहरूले दोब्बर–तेब्बर पारिश्रमिकमा शुरु मै काम पाउँछन्, कुनै त कामै नपाउने पनि हुन्छन् । यहाँ कुन डिभिजनमा पास गरेको छ भन्ने कुरा को सट्टा कहाँ पढेको हो र सीप कति जानेको छ भन्ने कुरा ले र विदेशमा पनि काम पाउने प्रमाणीकरण (Accreditated Certificate) पाएको छ कि छैन भन्ने कुरा ले गुणस्तर को निर्धारण गर्छ । यही कुरा स्वास्थ्य, कृषिजस्ता अन्य विधामा पनि लागू हुन्छ ।

विचार गर्नु पर्ने अर्को कुरा के हो भने प्रत्येक युवाका बाबुआमा र प्रत्येक युवाको एउटा आकाङ्क्षा आकर्षक विश्वविद्यालयको प्राज्ञिक उपाधि (Acadamic Degree) आर्जन गर्ने मा हुन्छ । किनकि कुनै व्यक्तिको हैसियतको एउटा मापदण्ड नै त्यसैलाई मान्न खोजिन्छ, चाहे त्यसको उपादेयताभन्दा कागजी मूल्य नै बढी भएको किन नहोस् । कैयौँ युवाहरू स्नातक र स्नातकोत्तर तहको उपाधि पाएर पनि लोकसेवा आयोग जस्ता संस्थाले लिने परीक्षामा न उत्तीर्ण हुन सक्छन्, न रोजगारी दिनेले खोजेको ज्ञान र सीप नै प्रदर्शन गर्न सक्छन्, न त जानेको ज्ञानका आधारमा आफैँ कुनै काम सिर्जना गर्न सक्छन् । प्राविधिक विषय र व्यावसायिक विषय रराम्रो ठाउँमा पढेकाहरूले सजिलै काम पाउँछन् । त्यति मात्र होइन, ती देशबाहिर पनि काम पाउँछन् । तर साधारण विषय पढ्ने र जाँच पनि गेसपेपर पढेर, जाँचमा चोरचार गरेर बल्लबल्ल उत्तीर्ण गरेकाहरू सजिलै उपाधि त पाउलान्, तर कामचाहिँ सजिलै पाउँदैनन् । भनसुन र बल लगाएर काम पाए पनि राम्ररी काम गर्न सक्तैनन्, सधैँ संरक्षण र अरूको पछि लाग्न खोज्छन् । यहाँ ‘अरू’ भन्नाले राजनीतिक पार्टीहरू हुनसक्छन्, अनेक प्रकारका ठेकेदार र व्यवसायीहरू पनि हुनसक्छन् । कोही–कोही त ठग पनि हुनसक्छन् । तर स्तरीय शिक्षा लिई डिग्री पाएकाहरूले भने त्यति भौँतारिनुपर्दैन । अर्थात् गुणस्तर सहितको उपाधि हो कि सजिलै आर्जन गरेको उपाधि हो, त्यहाँ गएर कुरा अड्किन्छ । स्तर लाई व्याख्या न गरिएको स्नातकोत्तर तह होस् वा २–३ वटा डिग्री बोकेको किन होस्, त्यसले अलमलिनु स्वाभाविकै हुन्छ । दुर्भाग्यवश अहिले यस वर्गमा पर्नेहरू धेरै छन् ।

उच्चमाध्यमिक शिक्षा दिने संस्थाहरू अहिले नै तीन हजारभन्दा बढी सङ्ख्यामा पुग्नु, त्यहाँ पूर्णकाल काम गर्ने आफ्नै योग्य शिक्षकको व्यवस्था नहुनु, प्रायः आंशिक शिक्षक राखिनु र परीक्षामा रराम्रो नतिजा ल्याउने मात्र उद्देश्य राखी विस्तार हुनु आदि स्थितिको मूल्याङ्कन गर्दा आउँदा वर्षहरूको स्तर वृद्धि गर्ने क्रममा यो रराम्रो सुरुआत होइन भन्नुपर्छ । अहिले निजी क्षेत्रको सक्रियतामा प्राविधिक र व्यावसायिक कलेजहरूको विस्तार हुँदैछ । त्यहाँ पढाउने फ्याकल्टीको रराम्रो संरचना खडा न गरी कलेज मात्र विस्तार गर्न खोज्ने अहिलेकै ढाँचा रहिरहने हो भने आउँदो ५–१० वर्षपछि हामीले विगत वर्षमा गर्न सकेको सीमित उपलब्धि पनि धराशायी नहोला भन्न सकिँदैन ।

अब विश्वविद्यालयतिर हेरौँ । विश्वविद्यालय भनेका मूलतः शिक्षण र अनुसन्धान गर्ने संस्था हुन् । विश्वविद्यालयलाई अनुसन्धान र शिक्षणमुखी उत्कृष्ट केन्द्र बनाउनमा सरकारले चासो नदेखाएको हुनाले हाम्रा संस्थाहरू विश्व प्रतिस्पर्धामा उभिन कठिन हुँदै गएको देखिन्छ । हाम्रा विश्वविद्यालयहरू शिक्षण तथा सम्बन्धन दिने ढाँचाका छन् र उच्चशिक्षाको ठूलो अंश सम्बन्धनप्राप्त कलेजमा छ । अहिलेको संरचनामा सम्बन्धनप्रदत्त कलेजले पाठ्यक्रम बनाउन, परीक्षा सञ्चालन गर्न र अनुसन्धानको कार्य गर्नमा कुनै भूमिका नखेलेका हुँदा त्यहाँ पाठ्यक्रममा निरन्तर सुधार हुने र शिक्षकहरूमा बदलिएको पाठ्यक्रमलाई पढाउन सक्ने क्षमताको विकास हुने गुन्जायस रहँदैन । फलतः पाठ्यक्रमलाई बदलिँदो आवश्यकताअनुरूप आधुनिकीकरण गर्न झन् असम्भव हुँदै जाने पक्का छ । तसर्थ सरकारले पूर्ण रूपमा स्वायत्तता दिएका, अनुसन्धानको क्षेत्रमा पनि दक्खल भएका र सम्बन्धनमुखीभन्दा आफैँले यी कार्य गर्न सक्ने हैसियत राखेका केही आङ्गिक क्याम्पसलाई साना आकारका विश्वविद्यालय बनाउनेतर्फ अविलम्ब सोच्नुपर्ने बेला भएको छ । नत्र हाम्रा विश्वविद्यालयका उत्पादनहरू विश्वपरिवेशमा ठडिन नसक्ने हुनसक्छन् वा सस्तो स्तर को प्रमाणपत्र दिने कारखाना मात्रै हुन जान्छन् ।

शैक्षिक गुणस्तर को कुरा गर्दा यी कुरा हरूप्रति गम्भीर चिन्तन गर्नु आवश्यक देखिन्छ ।

commercial commercial commercial commercial