छोराका शिक्षकलाई लिङ्कनको पत्र

प्रिय शिक्षक मित्रहरू,

मेरो मान्यता र अनुभवमा, मेरो छोराले के जानोेस् भने
विश्वका सबै मानिस विवेकशील छैनन्,
अनि सच्चा पनि छैनन्
यसकारण उसलाई – को असल हुन् र को खराब हुन् भनेर
चिन्ने युक्ति सिकाइदिनोस् ।

उसलाई भनिदिनोस्– खराब भनिएको मानिसभित्र पनि
असल काम गर्ने गुण हुन्छन्
स्वार्थी भनिएका राजनीतिज्ञको भीडमै राजनेता पनि हुन्छन् ।
अनि, शत्रु मानिएकाहरू बीचमै असल मित्र पनि हुन्छन् ।

उसले बुझन धेरै समय लगाउला, तर बुझइदिनोस्
अरूको धन पाए जत्तिपनि लिने भन्दा
स्व–आर्जनमा रमाउने चरित्रका मानिस असल हुन् ।

हारलाई सहर्ष स्वीकार्न र
विजयोल्लास मनाउन पनि सिकाइदिनोेस्
उसलाई ईष्र्या र शत्रुताको मार्गभन्दा टाढा पुर्याइदिनोस् ।
अनि अन्तरमनले खुसी हुन सकिने कला पनि सिकाइदिनोस्
 
उसलाई आजै भनिदिनोस्– घमण्ड गर्नेहरूको छिट्टै पतन हुन्छ
तपाईं सक्नुहुन्छ भने, उसलाई
विद्या र पुस्तकको शक्ति र महिमा पनि बताइदिनोस् ।
साथै, स्वतन्त्र भएर आकाशमा उडेका पक्षीहरू किन खुसी छन् भन्ने रहस्य बुझन कोसिस गर्ने बानी बसाइदिनोस् ।

सूर्यको प्रकाशमा आनन्दले भुन्भुनाउँदै नाँच्दै गरेका माहुरीका
गीतका अर्थहरू बुझन सक्ने बनाइदिनोस्
हरिया वनस्पतिका फूलवृक्ष आदिले शोभायमान पर्वतको
सुन्दरताको प्रशंसा गर्न सक्ने बनाइदिनोस् ।

उसलाई प्रस्ट भनिदिनोस्–नक्कल गरेर उत्तीर्ण हुनुभन्दा
इमान दार हुँदा अनुत्तीर्ण हुनु चाहिँ इज्जतको कुरा हो ।
अनि बताइदिनोस्–आफूलाई सही लागेको विचार र
आफ्नो क्षमतामा विश्वास गर्ने बानी नै असल बानी हो ।

भद्रहरूसँग भद्र र कठोरसँग कठोर हुन पनि सिकाइदिनोस्
सक्दो कोसिस गरेर, मेरो छोरामा
यस्तो शक्ति भरिदिनुहोस् कि उसले निरर्थक होहल्ला मच्चाउने भीडको पछि लाग्न नपरोस् ।

उसलाई सबैका कुरा सुन्नसक्ने क्षमताले भरिपूर्ण बनाइदिनोस्
साथै, सुनेका कुरा लाई विवेकको चाल्नीमा छानेर
सत्य पहिल्याउने कला सिकाउन पनि नबिर्सिदिनोस् ।
सत्यको पक्षमा अटल भएर उभिने बानी बसाइदिनोस्
दुः खमा पनि शान्त रहने सहनशील बनाइदिनोस्
रुन पनि सिकाइदिनोस्
र, भनिदिनोस्, रुनु लाज लाग्ने कुरा होइन ।

बुद्धि र वर्कतले काम गर्ने जाँगर र हौसला भरिदिनोस्
भए जति क्षमता प्रदर्शन गर्ने आँट पनि भरिदिनुहोस् ।

त्यति मात्र होइन, आफ्नो हृदय र आत्माको मूल्यमा कुनै सम्झौता न गर्ने हठ गर्न पनि सिकाइदिनुहोस्  
भीडतन्त्रको कोलाहललाई सहजै पन्छाउन सक्ने बनाइदिनोस्
तर, साँचो कुरा मा सदा अडिग रहन पनि सिकाइदिनुहोस् ।

ऊसँग नरम व्यवहार गर्नु होला, तर दृढ बनाइदिनुहोला
उसलाई नपुल्पुल्याउनु होला– किनभने,
आगोको भट्टीमा नपोली रराम्रो स्टील बनाउन सकिँदैन ।
उसमा यति धेरै साहसको भकारी भरिदिनुहोस् कि
समयका आँधी र हुरीलाई सहजै सामना गर्न सकोस् ।

उसलाई सहनशीलताको कुण्डको अमृतपानगराइदिनुहोला
अनि असल काम गर्ने नायक बन्ने बाटो देखाइदिनुहोला ।

कस्तै सङ्कटमा पनि अधैर्य र अस्थिरतालाई हटाउन सक्ने
धैर्यको पहिरन लगाइदिनुहोला ।
उसलाई सधैँभरि सम्झइरहनु होला,   
अन्तरात्मा र विवेकप्रति सधैँ अटल विश्वास राख्नुपर्छ
अनि मात्र अरूप्रति आशा र भरोसा राख्न सकिन्छ ।

मेरो छोरो कलिलो बालकै छ,
त्यसलाई असल नागरिक बनाउन अवश्य कोसिस गर्नु होला ।

तपाईं शिक्षकहरूलाई मेरो अन्तरहृदय देखि अनुरोध छ,
तपाईंहरूले यति काम गर्न सक्नुहुन्छ,
त्यसको बोध तपाईंहरूलाई पनि होस् !

(लिङ्कन अमेरिकाका १६औं राष्ट्रपति (सन् १८६१–६५) हुन् ।)

सरलीकृत अनुवादः हस्त गुरुङ

 

commercial commercial commercial commercial