जापानमा छोरी पढाउँदा...
जापानका स्कूलमा साना विद्यार्थीलाई पढाउने विधिको प्रत्यक्ष अनुभव गर्दा हाम्रा स्कूलले जापानी स्कूलबाट सिक्नुपर्ने कुरा धेरै रहेछन् ।
चार वर्षअघि मैले अध्ययनका लागि जापानको वाकिनावा आउने अवसर पाएँ । वाकिनावा पुग्दा म र मेरी श्रीमती खुसी थियौँ तर छोरीको पढाइको बारेमा निकै चिन्तित पनि थियौँ । राम्ररी बोली समेत नफुटेकी दुई वर्षकी छोरीले जापानी स्कूलमा कसरी पढ्ली भन्ने ठूलो चिन्ता थियो । तर जापानीहरूको बालबालिकालाई सिकाउने तरिकाका बारेमा बुझदै गएपछि भने मलाई एकदम खुसी लाग्यो ।
जापानमा सरकारले सञ्चालन गरेका किन्डरगार्टेन पनि छन् । तर तिनमा सबै शिक्षक जापानी भाषी हुने भएकाले मेरी छोरीलाई जापानी भाषाको साथसाथै अङ्ग्रेजी भाषामा बोल्ने, पढ्ने मौका दिने खालको निजी विद्यालयमा राख्ने बाध्यता भयो । आफ्ना आवश्यकताका बारेमा हामीलाई त भन्न नसक्ने सानी छोरीलाई के चाहियो होला भनेर आफैंले बुझेर खाना खुवाउने, दिसापिसाब गराउने आदिगथ्र्यौं । ऊ न जापानी बुझथी, न त अङ्ग्रेजी नै । निजी स्कूलमा छोरीले रराम्रो स्याहार पाउँछे भन्ने पनि हराम्रो लोभ थियो । तर हामीलाई पहिलो झ्ट्का छोरीलाई काम लगाएकै देखेर परयो ।
यहाँका स्कूलमा सानै देखि नै आफैँ खाने लुगा वा जुत्ता–चप्पल खोल्न र लगाउन लगाउने जस्ता कुरा सिकाउँदा रहेछन् । आफ्नी छोरीलाई त्यसरी पेलेको देखेर हराम्रो चित्त बुझेन । आफ्नी छोरीलाई गाह्रो भएको देखेर मैले कति पटक शिक्षकसित गुनासो पनि गरँे । तर शिक्षकहरूको जवाफ हुन्थ्यो, “बच्चालाई कुनै कुरा सिकाउनु छ भने त्यो काम गर्न उनीहरूलाई नै प्रोत्साहित गर्नु पर्छ । नानीहरूले सकेनन् भने हामी उनीहरूलाई सघाउँछौं । तर उनीहरूलाई कोशिश त गर्न दिनुपरयो नि !” तर शिक्षकहरूको सिकाउने शैली र व्यवहारगतिलो भएकाले उसलाई कहिल्यै अप्ठ्यारो भएन । विस्तारै छोरीले आफैं खाना खोज्न थाली । आफैं कपडा फुकाल्ने/लगाउने गर्न थाली । आफैं चप्पल–जुत्ता लगाउने कोशिश गर्न थाली । त्यसपछि बच्चालाई काममा नलगाउनु वा काम गर्न नदिनु उनीहरूलाई सिक्नबाट रोक्नु र आत्मनिर्भर हुन नदिनु हो भन्ने हामीले बुझयौँ ।
नानीहरूलाई सिकाउन ठूलो धैर्य चाहिँदोरहेछ भन्ने कुरा यहाँका मान्छेहरूमा मैले धेरै पाएँ । धैर्य राख्दा, एकैछिन अघिसम्म कुनै काम गर्नै नमान्ने हठ लिएर बसेको बच्चा सहजतापूर्वक काम गर्न तत्पर हुँदोरहेछ । धैर्य नै भएन भने झ्र्को लाग्छ, रिस उठ्छ अनि नानीहरूलाई गाली गर्ने , पिट्ने गरिन्छ र उनीहरूको काम आफैंले गर्ने गरिन्छ । यसो गर्दा नानीहरूले सिक्न सक्दैनन्; तर्सिन्छन्, डराउँछन् बरु पिट्न,गाली गर्न पो सिक्छन् ! जापानीहरू नानीहरूलाई हतपत्तीगाली गर्दैनन् । रिस देखाउँदैनन् । पिट्ने त गर्दै गर्दैनन् । जति सकिन्छ सम्झउँछन्, सिकाउँछन् र नानीहरूलाई नै गर्न लगाएर धैर्यपूर्वक हेरेर बस्ने गर्द छन् ।
केटाकेटीहरूमा जिज्ञासा अनन्त हुन्छ । त्यसैले गर्दा उनीहरूलाई हरबखत केही न केही नयाँ प्रयोग/काम गर्न मन लाग्छ । एउटै ठाउँमा वा एउटै काममा धेरैबेर बस्ने गर्दैनन् । छिनछिनमा नयाँ–नयाँ काम गर्न/खेल्न मन पराउँछन् । तर हामी बच्चाको प्राकृतिक स्वभावलाई आत्मसात् गर्दा रहेनछौं र उसले यताको सामान उता र उताको यता गरेको देख्दा यस्तो निरर्थक काम के गरेको होला भनेर झ्र्को मान्छौं । र, क्षणक्षणमा यसो नगर, उसो नगर भनेर रोक्न खोज्छौं । यो रराम्रो कुरा होइन रहेछ । बच्चालाई ठूलो शारीरिक क्षति नै पुरयाउने खतरा भएका काम बाहेक सबै काम गर्न दिनुपर्दोरहेछ । किनकि यसो गरेर नै उनीहरूले नयाँ–नयाँ कुरा सिकिरहेका हुन्छन् । त्यति मात्र होइन, यही क्रियाकलाप ले नै उनीहरूको ब्रेनको विकास मा महत्वपूर्ण सहयोग पुर्याइरहेको हुँदोरहेछ । बच्चालाई केही पनि गर्न नदिनु भनेको उसको ब्रेनको विकास मा व्यवधान पुर्याउनु पो रहेछ !
हराम्रो समाज मा सानै देखि नै सरसफाई जस्ता घरका काम छोराहरूको काम होइन भन्ने मान सिकताको विकास गराइन्छ । त्यसैले धेरै मानिसहरू काम गरे पनि कर लागे जसरी गर्ने गर्छन् । तर जापानमा भने छोराछोरी दुवैलाई सानै देखि काममा लगाइन्छ र काम गर्दा लज्जा बोध होइनगर्व गर्न सिकाइन्छ ।
जापानमा स्कूल बिहान ८ बजेबाट शुरु हुने हुनाले खाना नास्ता स्कूलमै खाने चलन छ । लञ्च समयमा खाना बाँड्ने काम नानीहरूले आफैंले गर्ने गर्द छन् । अनि खाना खाइसकेपछि , भाँडाहरू निश्चित ठाउँमा राख्ने, टेबुल कुर्सी मिलाउने, सरसफाइ गर्ने जस्ता काम नानीहरूले आफैं मिलेर गर्द छन् र त्यो काममा शिक्षकहरूले पनि सहयोग गर्द छन् । यस्ता काम हरेक दिन नानीहरूले मिलेर नै गर्द छन् र यति सानो उमेरका नानीहरूले मिलेर नै गर्द छन् । नेपालमा खाना खुवाउने चलन भएका स्कूलमा काम भने परिचारिका र सहयोगीले गरिदिन्छन् । आफ्नै काम अरूबाट गराउँदै जाँदा बालक आत्मनिर्भर बन्नु को साटो परनिर्भर बन्दै जान्छ । जापानका विद्यालयले परनिर्भर होइन आत्मनिर्भर विद्यार्थी उत्पादन गर्छन् ।
मेरी छोरी स्कूलबाट हतपत्ती फर्किन मान्दिनँ । ऊ बिहान स्कूल जाँदा खुसी हुन्छे त स्कूलबाट फर्किंदा अलि दुः खी । किनभने स्कूलमा उसले पाउने माया, अनि खेल्ने रमाइलो वातावरण सबै उसको अनुकूल हुने गर्द छ । स्कूलमा नानीहरूले गल्ती गरे पनि , बिगारे पनि शिक्षकहरूले सम्झउने, बुझाउने प्रयास गर्ने गर्द छन् र नानीहरूले पनि मान्दछन् । जसले गर्दा साना बालबालिकाहरूमा शिक्षकहरूप्रति डरभन्दा पनि आदर र सम्मान बढी हुन्छ ।
जापानमा नानीहरूलाई जे–जति गराउने हो, सिकाउने हो स्कूलमै सिकाइन्छ । धेरै होमवर्क दिएर साना बालबालिकाहरूलाई मान सिक बोझ् दिइँदैन । हरेक दिन स्कूलमा प्रयोग हुने कापी, किताब, पेन्सिल, इरेजर आदि सबै स्कूलमै राख्ने गरिन्छ, आफूभन्दा ठूलो भारी बोक्न बाध्य बनाइँदैन ।
मलाई लाग्छ, हामी नेपालीले जापानबाट यी कुरा हरू सिक्न सक्छौं । अभिभावकहरूमा यसबारेमा पर्याप्त चेतना या जागरण आइसकेको छैन । त्यसैले शिक्षकले नै अभिभावकलाई यो कुरा बुझइदिनुपर्छ । त्यसनिम्ति सबैभन्दा पहिले शिक्षकले नै स्कूलमा केटाकेटीहरूलाई उसको रुचि अनुसारका क्रियाकलाप गर्न दिनुपर्छ । तिनै क्रियाकलाप मार्फत सिकाउनु पर्ने कुरा सिकाउनु पर्छ । शिक्षकले गरेको देखेर अभिभावकले पनि विस्तारै भेउ पाउँदै जान्छन् । बेलाबेलामा हुने अभिभावक भेला वा बैठकमा १०/१५ मिनेट समय लिएर शिक्षकले यी कुरा बताइदिने हो भने उनीहरूले पनि कुरा बुझदै जान्छन् । विस्तारै स्कूल–घर दुवैतिर को वातावरण बच्चा र सिकाइमुखी हुँदै जान्छ । अन्ततः स्कूल, घर र बच्चा सबैमा रुपान्तरण आउँछ ।
प्रस्तुतिः दीर्घराज उपाध्याय



