बालकको बौद्धिक विकास र गणित शिक्षण
यान्त्रिक सिकाइ अर्थात् सूत्र रटाइ गरेका विद्यार्थीहरू नयाँ समस्या आइपर्ने वित्तिकै अलमलिन्छन्; सोचेर, खोजेर समाधान पहिल्याउन असफल हुन्छन् । अनि; ‘ गणित गाह्रो’ भन्न थाल्छन् । यसैले सानो कक्षा देखि नै खोज विधिमा जोड दिनु आवश्यक छ ।
नेपालका प्रायः विद्यालयहरूमा माथिल्लो कक्षा (खास गरी कक्षा ९ र १०) का केही विद्यार्थी हरेक वर्ष औसत तहभन्दा निकै कमजोर पाइने गर्द छन् । यसका पछाडि धेरै कारण हुनसक्छन् । जस्तैः अभिभावकको दबाब, विद्यार्थी सङ्ख्या, परीक्षा र मूल्याङ्कन प्रक्रियामा रहने कमजोरी आदिका कारण कक्षा चढाउँदै लैजाने गरेको पाइन्छ । यस्तै अवस्थाको अङ्ग्रेजी माध्यम अपनाएको एक विद्यालयबाट मैले विद्यार्थीको गणित सिकाइ सम्बन्धी समस्या पहिचान गर्न कक्षा ९ मा अध्ययनरत पाँच जना विद्यार्थी लिएँ । उनीहरुले गणितका पूर्व परीक्षाहरूमा न्यूनतम अङ्क प्राप्त गरेका थिए । मैले उनीहरूका कमजोरी पत्ता लगाउन उपचारात्मक अर्थात् अतिरिक्त कक्षा ९च्झभमष्ब िऋबिकक० सञ्चालन गरें । यो कक्षामा विद्यार्थीले नियमित रूपमा पालना गर्नु पर्ने (जस्तैः अङ्ग्रेजी बोल्नै पर्ने, तोकिएको ठाउँमा बस्नै पर्ने, स्कूल डे«समा हुनुपर्ने आदि) नियम पालना गर्नु जरुरी थिएन । उनीहरू भाषा, पोशाक आदि छान्न र शिक्षकसँग अन्तरक्रिया गर्न स्वतन्त्र थिए । अतिरिक्त कक्षाको शुरु मा विद्यार्थीलाई निम्न पाँचवटा प्रश्न हल गर्न दिइएको थियोः
माथिका प्रश्नहरू सामान्यतया तल्ला कक्षाहरूमा नै समाधान गरिसकिएको हुनुपर्छ । यस्ता प्रश्न समाधान गर्न सक्ने ज्ञान, सीप र प्रयोगलाई कक्षा ९ र १० का लागि पूर्वाधारको रूपमा लिइन्छ । विद्यार्थीहरूबाट उक्त प्रश्नहरूको समाधान गर्ने क्रममा निम्न परिणाम देखि एः
.jpg)




