विद्यार्थीको जन्मजात प्रतिभा कसरी चिन्ने ?

हामी सहजै भन्ने गर्छौं– “शिक्षाको काम व्यक्तिमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनु हो ।” यो वाक्यले दुई वटा सन्देश एकसाथ दिन्छ । पहिलो , व्यक्तिमा जन्मै देखि कुनै न कुनै प्रतिभा हुन्छ । दोस्रो, त्यस्तो प्रतिभाको पहिचान गरी प्रस्फुटन गराउन सकिन्छ । यो जिम्मेवारी मूलतः शिक्षकहरूको हो । तर प्रश्न उठ्छ, हरेक बालबालिकाको प्रतिभा कसरी पहिचान गर्ने त ?
विद्यार्थीको प्रतिभा पहिचान गर्ने उपायहरूको खोजी गर्दै जाँदा अतिरिक्त क्रियाकलाप को अवधारणा आविर्भाव भएको हो । वादविवाद, कविता, खेलकुद,गायन, हाजिरीजवाफ, चित्रकला लगायतका प्रतियोगिताहरूको माध्यमबाट शिक्षकले आफ्ना हरेक विद्यार्थीको रुचि, क्षमता र प्रतिभा ठम्याउन सक्छन् । कैयन् शिक्षकहरूले वर्षौं देखि यही काम सफलताका साथ गर्दै आएका पनि होलान् । जुन स्कूलमा बढीभन्दा बढी सङ्ख्यामा र प्रभावकारी तरिकाले यस्ता क्रियाकलाप हरू हुने गर्छन्, निश्चय पनि त्यहाँका शिक्षकहरू आफ्ना बढी भन्दा बढी विद्यार्थीको वैयक्तिक क्षमता र प्रतिभा चिन्न सफल हुन्छन् ।
व्यक्तिमा हुने जन्मजात क्षमता खुट्याउन औपचारिक वा अतिरिक्त क्रियाकलाप मै मात्र भर पर्नुपर्छ भन्ने पनि होइन । कक्षामा वा बाहिर विद्यार्थीको प्रस्तुति (सोचाइ एवं क्रियाकलाप दुवै) लाई अलिकति नजिकबाट नियाल्ने शिक्षकले कुनै विद्यार्थीको प्रतिभा के छ भन्ने कुरा सहजै आकलन गर्न सक्छन् । सामान्यतः व्यक्तिको रुचिले नै उसको प्रतिभा र क्षमतालाई इङ्गित गर्छ । यता आएर बहुप्रतिभा ९ः गतिष्उभि ष्लतभििष्नभलअभ० को अवधारणा विकसित भएपछि त प्रतिभा पहिचान गर्न नयाँ आयाम थपिएको छ । सन् १९८३ मा अमेरिकी मनोवैज्ञानिक हवार्डगार्डनरले आफ्नो किताब फ्रेम अफ माइन्ड मार्फत जन्मजात रूपमा मानिससित भाषिक तथा गणितीय प्रतिभाका अतिरिक्त अरू ६ वटा प्रतिभाहरू पनि हुन्छन् भन्ने अवधारणा अघिसारे । अनि हरेक बालबालिकाको सिक्ने क्षमता पनि फरक–फरक हुन्छ । त्यसैले; शिक्षकले हरेक विद्यार्थीको व्यक्तिगत आवश्यकता र रुचिलाई सम्बोधन गर्ने गरी शिक्षण रणनीति र क्रियाकलाप तय गर्नु पर्छ भन्ने मान्यता यसैको जगमा अगाडि आएको हो ।
हरेक विद्यार्थीको निजी रुचि, क्षमता र फरक सिकाइ तरिकालाई सम्बोधन गर्नका लागि सर्वप्रथम उनीहरूसँग भएको प्रतिभा र क्षमताको पहिचान गर्नु जरुरी हुन्छ । यही अवधारणामा आधारित भएर अमेरिकाको उताह विश्वविद्यालयका प्राध्यापक जेपी ह्वीलरले बालबालिकामा हुने ९ किसिमका प्रतिभा पहिचान गरे की छन् । त्यस्ता प्रतिभा चिन्नका लागि शिक्षकले गर्नु पर्ने क्रियाकलाप का बारेमा पनि उनले केही सुझाव दिएकी छन् । ती यसप्रकार छन्ः

commercial commercial commercial commercial