हेराइ र बुझाइ

यो गाउँका मान्छे कस्ता छन् ?

एकदिन साँझ् साँझ् पर्न लागेका बेला एकजना वृद्ध चौतारोमा बसेर चोया काड्दै थिए । एकजना बटुवाले सोध्यो, “बा, रात पर्न लाग्यो, यता बास पाइएला ?”
वृद्धले भने, “पाइन्छ सुख दुः ख ।”
बटुवाले सोध्यो, “यहाँका मान्छे कस्ता छन् नि ?”
वृद्धले जवाफ दिनुको साटो उसैलाई सोधे, “तपाईंका गाउँका मान्छे चाहिँ कस्ता छन् नि बाबु ?”
बटुवाले भन्यो, “मेरो गाउँका मानिस त खत्तम छन् बा । मेरो गाउँका जति बैगुनी र असहयोगी मानिस त संसारमा कहीँ पनि नहोलान् ! त्यसैले मलाई जहाँ जाँदा पनि डर लाग्छ ।”

वृद्धले पनि उस सँग सँगै लागेर आफ्नो गाउँका मान्छे पनि बैगुनी भएको जवाफ फर्काए । बटुवाले त्यो गाउँमा बास बस्ने विचार त्यागेर पोकाबाट खाजा निकालेर खान थाल्यो ।
उसले खाजा खाँदा खाँदै त्यहीँ अर्को बटुवा आइपुग्यो ।

दोस्रो बटुवाले पनि पहिलो ले जसरी नै बास खोज्यो । वृद्धले बास पाइन्छ भनेपछि दोस्रो बटुवाले पनि सोध्यो, “यहाँका मान्छे कस्ता छन् नि ?”

वृद्धले जवाफ दिनुको साटो फेरि पनि उसैलाई सोधे, “तपाईंका गाउँका मान्छे चाहिँ कस्ता छन् नि बाबु ?”
उसले भन्यो, “मेरो गाउँका मानिस त अति असल छन् बा ।

त्यसपछि वृद्धले आफ्नो गाउँका मानिसको तारिफ गर्दै भने “यहाँका मान्छे एकदमै असल र सहयोगी छन् ।”
वृद्धको पछिल्लो जवाफ सुनेर पहिलो बटुवा छक्क परयो । उसले वृद्धलाई यसरी मान्छेपिच्छे किन फरक कुरा गरेको भनेर सोध्यो ।

वृद्धले भने, “हेर्नुस् बाबु, संसारमा धेरै मान्छे असल हुन्छन् र केही मान्छे खराब पनि हुन्छन् । तर गाउँ नै असल वा खराब भन्ने हुँदैन । तपाईं आफ्नो गाउँका सबै मानिसलाई नराम्रा ठान्नुहुन्छ भने तपाईंले संसारमा जहाँ गए पनि असल मान्छे फेला पार्न सक्नुहुन्न । किनभने अरूलाई असल देख्न नसक्ने खराबी तपाईंमा नै छ । तपाईंको दृष्टिकोण नै खराब भएकाले मैले तपाईंलाई यहाँ बास बस्नबाट पन्छाएको हुँ ।

वृद्धको कुरा ले पहिलो बटुवालाई भित्रैसम्म छोयो । उसले बिन्ती गरेर वृद्धसित बास माग्यो र आफूलाई बदल्ने सङ्कल्प गरयो । उसलाई बास दिन वृद्ध पनि सहमत भए ।

भारतीय लेखक मनीष खत्रीको प्रेरक लघुकथाएँ बाट साभार
http://pustak.org/bs/home.php?bookid=2562

 

commercial commercial commercial commercial