वसन्त बहार !
वसन्तको बेला मौरीहरू फूलको बिहे रचाउन व्यस्त हुन्छन्– एक फूलको पराग अर्को फूलमा सारिदिएर । अनि, आफ्नो दक्षिणास्वरुप फूलको रस सोरेर लग्छन् । भमरा, पुतली र पन्छीहरू पनि यिनकै सिको गर्छन् । सल्लाको बोटमा चाहिँ वसन्तको सिरसिरे बतासले पराग उडाएर सेचन कार्यगराइदिन्छ । यस्तै अनेकौं अरू बिरुवाको बिहे सम्पन्न हुन्छ फगत हावाको भरमा ।
प्रकृतिप्रति प्रेम नहुँदो हो त यो पृथ्वी पनि निर्जीव पिण्ड बनेर अरूग्रहसरह ब्रह्माण्डमा भौंतारिइरहेको हुन्थ्यो । प्रकृतिमा प्रेम नबसेको भए हराम्रो जीवन पनि यन्त्रवत् चलिरहन्थ्यो– घडीको कमानी जस्तै । मानिसको कृतिभन्दा वेग्लै हो प्रकृति ! आजभोलि मानिसहरू स्वकृतिमा भुल्न र प्रकृतिबाट टाढिन थालेका छन् । आधुनिक युगका बालबालिकाहरू यान्त्रिक बन्धनबाट बाहिर निस्केर प्रकृतिलाई नियाल्न पनि फुर्सद निकाल्दैनन् । शिक्षा आर्जनको सिलसिलामा कोठे ज्ञान त बटुल्छन् तर खुला आकाशमुनि बसेर आनन्दको अनुभव भोग्ने अवसरको सदुपयोगगदैनन् । प्रकृतिको स्पर्शबाट टाढा बसेर प्रकृतिलाई प्रेम गर्न सकिँदैन । प्रकृतिलाई प्रेम गर्न जान्यौं र प्रकृतिसँग मोह बस्यो भने मात्र जीवनको सच्चिदानन्द प्राप्त हुन्छ । प्रकृति एक खुला पुस्तक पनि हो । त्यसलाई पढ्न, बुझन र जान्न सक्नुपर्छ । प्रकृतिलाई पढ्ने र पढाउने काममा गुरु र शिष्य एकैसाथ बसेर प्रकृतिको स्पर्श र स्पन्दनको अनुभव गर्न सक्नुपर्छ । यसै क्रममा; यसपटक वसन्त ऋतु र यसको प्रकृतिको बारेमा केही चर्चागरौं ।
पृथ्वीको उत्तरीगोलाद्र्ध; विशेष गरेर युरोप, अमेरिका र क्यानडाका बासिन्दा प्रत्येक वर्ष वसन्त,ग्रीष्म, शरद र शिशिर (हिउँद) गरेर चार ऋतुको अनुभव गर्छन् । यो क्षेत्रमा वसन्त हुँदा दक्षिणीगोलाद्र्ध (अष्टे«लिया, न्यूजिल्याण्ड) मा शरद ऋतु हुन्छ । कर्कट रेखा र मकर रेखाको बीचमा पर्ने भूमध्य प्रदेशमा भने चार वटा ऋतुको स्पष्ट अनुभव हुँदैन । त्यहाँ वर्षभरि नै दिन र रात बराबर हुन्छन् रगर्मी–जाडो महिना पनि स्पष्ट छुट्टिँदैन । वर्षा र सुक्खा यामले ऋतु परिवर्तनको बोध भनेगराउँछ । नेपाल पनि कर्कट रेखाभन्दा अलि कति मात्रै उत्तरतिर परेको हुनाले उत्तरीगोलाद्र्धको जस्तो चार ऋतु स्पष्ट हुँदैनन् । हराम्रोमा ६ वटा ऋतु हुन्छन् । प्रत्येक ऋतु लगभग दुई महिना अवधिका हुन्छन् । चैत र वैशाख वसन्त ऋतुको बेला हो । त्यसपछि ग्रीष्म (जेठ–असार), वर्षा (साउन–भदौ), शरद (असोज–कात्तिक), हेमन्त (मङ्सिर–पुस) र शिशिर (माघ–फागुन) ऋतुहरू क्रमैले फेरिँदै जान्छन् । यो क्रमलाई ऋतु परिवर्तनको चक्र भन्छौं । तर नेपालको पर्वतीय परिवेशले गर्दा सबै ठाउँमा एकैनासले एकैपटक ऋतुको अनुभूति हुँदैन । ऋतु आउने र जाने महिनाहरू ठाउँ अनुसार फरक पर्छन् ।
ऋतुहरूमध्ये वसन्त सबैको प्रिय ऋतु हो । ईस्वी सम्वत्को मार्च महिनाको २१ अथवा २२ तारेखका दिन सूर्य उत्तरायणतर्फ लाग्दछ र प्राविधिक दृष्टिले वसन्त ऋतुको थालनी त्यहींबाट हुन्छ । हराम्रो पञ्चाङ्गमा मेला, चाड, पर्व आदि तिथि अनुसार पृथ्वी र चन्द्रमाको सापेक्षित स्थितिले समेत निर्धारण गर्ने परिपाटी बसेको हुँदा माघ महिनाको शुक्ल पञ्चमीको दिनलाई ‘वसन्त पञ्चमी’को रूपमा मनाउँछौं । यो वर्ष (२०६७) माघ २५ (फेब्रुअरी ८) मा पर्न गएको थियो श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी ।
वसन्तले हराम्रो मधेश–तराईमा पहिलो कदम राख्छ । त्यहाँ फागुन महिनाको थालनीसँ गैर ूख–बिरुवामा नयाँ पालुवा लाग्ने, कोपिलाहरूले वनबाट िकालाई मञ्जरीमय बनाउँदै जाने, माहुरीहरू फूल परागको खोजीमा निस्कने र चराचुरुङ्गीले नवबधुको चाहनामा मुक्तकण्ठले वनगुञ्जायमान बनाउने आदि क्रियाकलाप शुरु हुन्छन् । अग्ला–अग्ला सिमलकारूखभरि चराचुरुङ्गी र भमरा–माहुरीहरू बथान लाग्न थाल्दछन् । सुगा, मैना, चिबे, जुरेलीका जोडीहरूरूखैभरि झुम्मिएका देखिन्छन् । तराई–मधेशको वनमा आकर्षण थप्नमा पलाँसका वृक्षहरू पनि उत्तिकै सक्रिय हुन्छन् । जङ्गलको ज्वाला (फ्लेम अफ द फरेष्ट) नामले प्रचलित यो वृक्ष चैतभित्र फुलिसक्छ । पलाँसको सम्पूर्ण वृक्षलाई सिन्दुरे रातो फूलको रंगले पोतिसकेपछि नयाँ पालुवाहरू हरियालीमा रुपान्तरण हुन्छन् । राजवृक्षमा भने सुनौला फूलकागुच्छाहरू लटरम्मै झुल्न थाल्दछन् । कुम्भीका वृक्षमा पनि नयाँ पालुवा एवं पुष्पगुच्छाहरू फक्रन थाल्दछन् । प्रत्येक दिनरूखैभरि हजारौं फूल फुल्छन् र प्रत्येक बिहान झ्र्छन् । मानौं, त्यहाँ दिनका दिन पुष्पवृष्टि हुन्छ !
वसन्तको बिहानी डाक्नमा जङ्गली कुखुरा (लुइँचे) निकै सक्रिय हुन्छन् । तर वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को बोलीले वनगुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ । त्यसपछि ‘को हो, को हो’ भन्ने भाकामा कोइली आइपुग्छ । वसन्त बहारको अन्त्यतिर आएर ‘काफल पाक्यो, काफल पाक्यो’ भन्ने कोइली छिप्पिएको वसन्तको मादमा मस्त भएपछि ‘बीउ कुहियो, बीउ कुहियो’ भनेर दैलोमा नै किसानलाई सम्झउन आइपुग्छ । सुक्खा रगर्मीको त्यो माहोलमा कोइलीको त्यही भाकालाई अङ्ग्रेजीभाषीहरूले ‘ब्रेन फिभर, ब्रेन फिभर’ भनेर अथ्र्याउँछन् । हेर्दाहेर्दै आँपका मञ्जरीहरूमा लटरम्म फल लागिसकेको हुन्छ ।
पछिल्लो श्रीपञ्चमीको बिहान काठमाडौं कुहिरोभित्रगुटमुटिएको थियो । म पनि सिरकभित्रै थिएँ । जाडो गएको थिएन । हेर्दाहेर्दै माघ गयो । फागुन लाग्यो । तोरीबारीका तरेलीहरू पहेंलिएर सुनैसरी बनिसकेछन् । माहुरीहरू तिनै पहेंला तरेलीमा लडिबुडी खेल्न थालेको देखि यो । अलिपर छिमेकमा मुलाबारीभरि चाँदी फुलेछ ! तिनलाई पनि माहुरीहरू उस्तै मोहले छोप्दै रहेछन् । आरूका बोटमा राताम्ये कोपिला फुट्न थालेछन् । बारीको ठूलो नासपातीको बोट सेताम्ये भएछ ! शिवरात्रि पनि त आइसकेछ । नशा र भाङमा शिवजी त रमाउँदै छन् भने कविहरू किन कम ?
“कलिला पालुवा माथि बिछ्याएर फूलै फूल ।
वसन्त–श्री बसेकी छन् बनी सौन्दर्य–विह्वल ।।”
मेरो झयालै बाहिर निगालोको सानो झयाङमा पनि केही चलखेल हुँदैछ । एक जोडी फिस्टे चरी नमालुम के खोज्दैछन् । ज्यादै चञ्चल ! ज्यादै चकचक ! पछि थाहा पाएँ– बच्चा कोरल्न सुरक्षित स्थानको अनुसन्धानमा लागेका रहेछन् । आफ्नो प्रेमालापपछि को भविष्यलाई सुनिश्चित पार्ने चिन्तामा चलबलाएका यी फिस्टे चरा र चरीबाट हाम्रा बैंसालु युवा र युवतीहरूले ‘भ्यालेन्टाइन डे’ को भोलिपल्टलाई यसरी नै सोचिदिन सके प्रेमको सार्थकतामा पुग्न सजिलो हुनेथियो होला । त्यसनिम्ति प्रकृतिलाई पढ्ने बानी बसाल्नुपर्छ । प्रकृति अध्ययनबाट आनन्द मात्र होइन ज्ञान पनि प्राप्त हुन्छ ।

आजभोलि मेरो बिहानी भँगेराका चिरबिरबाट शुरु हुन्छ । वसन्तको थालनीसँगै झयारम्यार झ्गडामा अल्झेका यी भँगेराहरू अहिले शान्त छन् । भाले र पोथीबीचको झ्गडा र लडाइँपछि प्रेमको सम्झौतामा पल्केका यी चरीवरीहरू आजभोलि आमाबुबा बनेका छन् । बच्चा हुर्काउनमा तल्लीन छन् । आमा चारो बोकेर आउँछे । बच्चा च्वाँ–च्वाँ मुख बाउँछन् । कलिला पँखेटाहरू फरर्र नचाउँछे । बाबुचाहिँ अलिपर चनाखो पहरेदार बनेर बसेको देखिन्छ ।
म सानो छँदागुलेली खेल्थें । भँगेरा मार्दथें । एकपल्ट साह्रै बिरामी परें । ज्वरो बेपत्ता बढेछ । ज्वरोमा बर्बराउन थालेछु “उ त्यो भँगेरालाई हान्... ।” पछि ज्वरो निको भयो । आमाले सम्झउनुभयो, “भँगेरा मार्नुहुन्न । चरीबरी मार्नुहुन्न ।” एक दिन कागले लखेट्दै ल्याएको भँगेराको बच्चा मेरैसामु आइपुग्यो । च्याप्प समातेर बुईगलमा आमाकहाँ पुर्याएँ । आमाले त्यसलाई भातको सितो ख्वाउन खोज्नुभयो । मान्दै मानेन । उसकी आमाले ख्वाउन खोजेको भए त खान्थ्यो होला नि ! तर मेरी आमाको हातबाट त्यो बचेराले भात खानै मानेन । मुखै खोलेन । पिँजडाभित्र दाना राखेर छोडिदिएँ । भोलीपल्ट बिहानै हेर्दा त त्यो त्यहीं मरेछ । दुबै खुट्टाका औंलाहरू मुठ्ठी बाँधेर मरेछ । आमाले भन्नुभयो, “हामीले बचाउन नसक्ने प्राणीलाई मार्नु पनि हुन्न ।” हो, म चराचुरुङ्गी मार्दिनँ तर तिनलाई हेर्ने मन भने कहिल्यै मरेन ।
वसन्त भित्रिएपछि सबैभन्दा रमाइलो स्वर धोबी चराको बोलीमा सुनिन्छ । कहिलेरूखको टुप्पामा, कहिले छाना माथिको पानीट्याङ्कीमा बसेर बिहान सखारै बास्न थाल्छन् धोबी चराहरू । कालो टाउको, कालो छाती र सेतो पेट भएको यो चरा आफ्नो मस्तीमा पुच्छर ठाडो पारेरगाउन थाल्छ । पोथी धोबिनी भने भालेको तुलनामा अलिक मैलो देखिन्छे । अलिक लज्जालु पनि हुन्छे । वसन्त लागेपछि अलि एकान्तका बगैंचा र खेतबारीमा स–साना तितुका बगाल देखि न थाल्छन् । झ्ट्ट हेर्दा पोथी भँगेरा जस्तै जीउडाल भएका तितुको भालेको टाउको र छाती रातोपिरो देखिन्छ । पोथी भने अलि फुस्रे र पहेँलो हुन्छ । “तितु भीचु... तितु भीचु” भनी गाउँदा निकै मीठो आवाज सुनिन्छ । पहिले काठमाडौंमा धोबीचरा र तितु चरालाई खोरमा पाल्ने चलन पनि थियो । यिनीहरू रत्तिन्छन् पनि । नरत्तिने चरी त जुरेली हुन् । जुरो भएको कालो टाउको र कम्मरमुनि रातो हुने यो चराले “मै टुक्लु... मै टुक्लु” भनी गाउने हुनाले हामी केटाकेटीमा यसलाई ‘मै टुक्लु’ नै भन्दथ्यौं ।
काठमाडौंको काँठतिर का वनमा सबभन्दा पहिले फुल्ने मयलको बोट हो । त्यसपछि जमानेमान्द्रोको बोटमा पहेँला फूलका झुप्पा लाग्न थाल्दछन् । चैत लागेपछि त लालीगुराँस पनि फुल्न थाल्छ । कोइरालाको बोटभरि सेतो–सेतो प्याजी–प्याजी फूल ढकमक्कै हुन्छ । वसन्तको बेला तरकारी बजारमा कोइरालाको फूल पनि तरकारीकै रूपमा बेचिन्छ । उता चिउरीको बोटैभरि मौरी झुम्मिएको देखेपछि प्रकृतिको प्रेम लीलाको रहस्य उजागर हुन्छ । यी मौरीहरू फूलको बिहे रचाउन व्यस्त हुन्छन् । एक फूलको पराग अर्को फूलमा सारिदिन्छन् । आफ्नो दक्षिणास्वरुप फूलका रस र महहरू सोरेर लग्छन् । भमरा, पुतली र पन्छीहरू पनि यिनकै सिको गर्छन् । सल्लाको बोटमा पनि वसन्तले परागको खानी भरिदिन्छ । तर कुनै पनि माहुरी वा पुतली त्यहाँ झुम्मिँदैनन् । सल्लाको सेचन क्रिया वसन्तको सिरसिरे बतासले पराग उडाएर सफलगराइदिन्छ । यस्तै अनेकौं अरू बिरुवाको बिहे सम्पन्न हुन्छ फगत हावाको भरमा । र, पो कवि शिरोमणि लेख्छन्
हावाको चालमा सारा परागगगनै भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता सरी ।।
चैतको आधाआधी कटेपछि काठमाडौंको बारी, बगैँचा र काँठबाट वसन्त उकालो लाग्न थाल्दछ ।गुराँसका वनहरू लालीमय हुन्छन् । चुत्रोहरू पहेंलैै फुलिदिन्छन् । चाँदीगाभाका फूलहरू सेतो जिब्रो पसारेर लहलहाउन थाल्छन् । शिवपुरीको वनभित्र पस्ने हो भने दुर्लभ नेपाली पैयूँ रातै फुलेको हुन्छ । विश्वका अरू देशमा पनि पैयूँ वसन्त ऋतमा नै फुल्छ । पैयूँ फूलका रोमाञ्चक पक्ष जापानी संस्कृतिमा विशेषरूपले झल्कन्छ । जापानी मित्रहरूका लागि यो वर्षको रोमाञ्चक वसन्त दुर्भाग्यबस भुईंचालो र सुनामीले डुवाइदियो । त्यस प्रलयकारी प्रकोपबाट त्राण पाएपछि मात्र अर्को वसन्त फिर्ला मित्रराष्ट्र जापानमा ।
नेपालको लेकाली भागमा विशेष गरेर ३,००० मिटर भन्दा उच्च क्षेत्रमा फूलहरू ढिलो फुल्छन् । त्यसमानेमा वसन्त पनि ढिलै गरी पुग्छ त्यहाँ । हेटौंडा, कुलेखानी क्षेत्रको १२०० मिटरमा लालीगुराँस फागुन नलाग्दै फुल्न थाल्छ । सगरमाथा राष्ट्रिय निकुञ्जतिर भने जेठ नलागी लालीगुराँस फुल्दैन । लेकाली बुकी त अझ् असार–साउनताका मात्र फुल्न थाल्छ । शिशिरको हिउँ पग्लेपछि मात्र पुष्पबाट िका तयार हुन्छ ४००० मिटरको आसपास क्षेत्रमा । त्यहाँ चराचुरुङ्गी, माहुरी–भमरा र अरू प्राणीहरू पनि वसन्त पर्खेर बसेका हुन्छन् असार–साउनसम्म पनि ।
जहाँ फूल फुल्यो त्यहीं वसन्त ! जहिले भमराहरू प्रेमगाँस्न तयार हुन्छन् त्यही बेला वसन्त ! नेपालीहरू लेक–बेंसी गरेर वसन्तलाई पछ्याइरहेका हुन्छन् । तर अधिकांश नेपालीको वसन्त चैतमा फुल्दछ । यसै सन्दर्भमा कवि हरिभक्त कटुवालका शब्दहरू मणिकमलका सङ्गीतमा अरुणा लामाको कण्ठबाट निस्कँदा वसन्तको नयाँ चेत जागेर आउँछ–
हाँगा हाँगा वन भरी चैत फुलेछ,
थाहा नपाई मनभित्र बैंस फुलेछ ।
कता कता कसैलाई भेटे भेटे झै ।
सङ्लो पानी पिई तिर्खा मेटे मेटे झै ।
कोहो कोहो दुई आँखामा आई डुलेछ,
थाहा नपाई मनभित्र प्रीत फुलेछ ।
एकजोडी आँखा सधैँ हाँसु हाँसु झै,
एउटा माला फूल टिपीगाँसुगाँसु झै ।
कसो कसो बिहानीको नीद खुलेछ,
थाहा नपाई मनभित्र प्रीत फुलेछ ।



