‘द्+य’ पढौं, ‘विध्यालय’ बन्द गरौं !
‘विद्यालय’ वा ‘उद्योग’ लेख्न र उच्चारण गर्न कठिन लागे ‘विद्यालय’ र ‘उद्योग’ पनि लेख्न सकिन्छ । यसरी लेख्दा अशुद्ध हुँदैन र उच्चारण गर्न पनि सजिलो हुन्छ । तर विद्यार्थीलाई यी शब्दमा प्रयुक्त संयुक्त वर्ण ‘द्य’ कसरी निर्माण भएको हो भन्ने कुरा को सही ज्ञान (द्+य) दिन नसकेकै कारण हामी नेपाली भाषाका शिक्षकहरूले ‘विध्यालय’; ‘उधोग’ जस्ता कर्णकटु उच्चारण सुन्नुपरेको हो । जबकि यी दुवै शब्दमा ‘ध’ को अस्तित्व नै छैन ।
भाषा सिकाइका चारवटै सीप— सुनाइ, बोलाइ, पढाइ र लेखाइ– एकअर्काबाट प्रभावित हुन्छन् । एउटा सीपको अपूर्ण सिकाइ अथवागलत प्रयोगले अर्को सीपलाई असर पार्छ । तसर्थ हराम्रो सुनाइ, बोलाइ, पढाइ र लेखाइ सबै शुद्ध हुनुपर्दछ । रेडियो आदि विद्युतीय सञ्चारमाध्यमबाट ‘विध्यालय’, ‘उध्योग’, अधच्छे, ‘प्रतच्छे’ जस्ता अशुद्ध उच्चारण सुन्नुपर्दा हामी भाषा शिक्षकका कान टट्याउँछन् । त्यस्तो उच्चारण हाम्रा विद्यार्थीले पनि सुन्छन् र त्यस्तै उच्चारणलाई सही ठान्न सक्छन् । तसर्थ कक्षामा हामीले यस्ता समस्यायुक्त शब्द र ध्वनिको विशेष अभ्यास गराउनु जरुरी छ ।
तत्सम अर्थात् संस्कृतबाट जस्ताको त्यस्तै नेपाली भाषामा आएका शब्दको वर्णव्यवस्था संस्कृतकै नियममा आधारित हुन्छ । कतिपय तत्सम शब्दको त नेपाली ध्वनि व्यवस्थाले उच्चारण पनि गर्न सक्दैन । जस्तै तलका शब्द हेरौं–

माथिका शब्दहरूको उच्चारण नेपाली जिब्रो अनुसार भए पनि लेखाइमा भने संस्कृतको नियम नै अनुसरण गरिन्छ । नेपालीमा ‘ऋण’ वा ‘रिन’ दुवै लेख्न सकिन्छ । तर ‘ऋन’ वा ‘रिण’ भने हुँदैन । त्यस्तै ‘पुष’ पनि अशुद्ध लेखाइ हो । ‘पुस’ वा पौष लेख्नुपर्दछ ।
संस्कृतमा केही संयुक्त वर्णलाई छुट्टै वर्ण वा अक्षर जस्तै गरी लेखिन्छ । त्यस्ता संयुक्त वर्णहरूको सही हिज्जे (त्यो संयुक्त अक्षर कुन कुन अक्षर मिलेर बनेको हो) सम्बन्धी अवधारणा स्पष्ट नहुँदा उच्चारणमा गल्ती हुन्छ । केही संयुक्त वर्णहरूको बनावट हेरौंः


‘विद्यालय’ वा ‘उद्योग’ लेख्न र उच्चारण गर्न कठिन लागे ‘विद्यालय’ र ‘उद्योग’ पनि लेख्न सकिन्छ । यसरी लेख्दा अशुद्ध हुँदैन र उच्चारण गर्न पनि सजिलो हुन्छ । तर विद्यार्थीलाई यी शब्दमा प्रयुक्त संयुक्त वर्ण ‘द्य’ कसरी निर्माण भएको हो भन्ने कुरा को सही ज्ञान (द्+य) दिन नसकेकै कारण हामी नेपाली भाषाका शिक्षकहरूले ‘विध्यालय’; ‘उधोग’ जस्ता कर्णकटु उच्चारण सुन्नुपरेको हो । जबकि यी दुवै शब्दमा ‘ध’ को अस्तित्व नै छैन ।
यस्ता अरू पनि केही शब्द छन् जहाँ हामी पहिलेगलत उच्चारण गर्छौैं अनि अशुद्ध लेख्छौं । गल्ती उच्चारण गरिने र लेखिने त्यस्ता केही प्रचलित शब्द हेरौंः

यो तालिकामा दिइएका शब्द भाववाचक नाम हुन् । आधार पदमा प्रत्यय ल गाएपछि बन्ने शब्दले आफ्नो वर्ग वा उपवर्ग परिवर्तन गर्द छ । जस्तो; ‘सुन्दर’ विशेषण हो र यसमा ‘ता’ थपिँदा ‘सुन्दरता’ र ‘य’ थपिँदा ‘सौन्दर्य’ भाववाचक नाम बन्छ । अब फेरि यसमा ‘ता’ थपेर भाववाचक नाम ‘सौन्दर्यता’ बनाउन मिल्दैन । ‘सौन्दर्यता’ लेखेर वा बोलेर जे भाव प्रकट गर्न खोजिएको हो त्यसनिम्ति ‘सौन्दर्य’ शब्द नै पर्याप्त हुन्छ । सौन्दर्यमा ‘ता’ थप्दा अशुद्ध त हुन्छ नै, व्यर्थ पनि हुन्छ ।
केही स्वनामधन्य विद्वानहरू पनि बहुबचनान्त अङ्ग्रेजी शब्दमा समेत ‘हरू’ थपेर प्रयोग गर्ने गर्नु हुन्छ, जस्तो— स्टुडेन्ट्स्हरू, बुक्स्हरू, लेडिजहरू, टिचर्सहरू आदि । त्यस्तै— जनताहरू, सज्जनवृन्दहरू, गुरुवर्गहरू, जनसमुदायहरू आदि । आफैँ बहुबचन अर्थात् एकभन्दा धेरै भन्ने अर्थ र भाव बोकिरहेका यस्ता शब्दमा ‘हरू’ थप्नुका पछाडिको कारण अज्ञान वा उपबुज्रुक्याईं जे भए पनि भाषाका दृष्टिले चाहिँ त्यसो गर्नु त्रुटिपूर्ण नै हो । यस्ता कुनै पनि शब्दमा ‘हरू’ थप्नुहुँदैन; किनभने थप्नुपर्ने जरुरत नै छैन । यसै गरी; कतिपयले ‘पु गुन्जेलसम्म’ लेख्ने/बोल्ने गरेको पनि पाइन्छ । तर ‘पु गुन्जेल’ शब्दले नै पुग्दासम्म भन्ने अर्थ बोकिरहेको हुँदा ‘सम्म’ थप्नुपर्ने जरुरी नै छैन ।
जनज्योति उमावि, चन्द्रनिगाहपुर, रौतहट



