तालिमबाट सिकें पढाउन

ाम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमान दार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।

मैले २०४८ सालमा झापाको घैलाडुब्बास्थित त्रिपुरासुन्दरी अङ्ग्रेजी बोर्डिङ स्कूलबाट पढाउन थालेको हुँ । त्यहाँ पढाउँदा म निकै मिहिनेत गर्थें । तर, जति मिहिनेत गरे पनि सफलता भने थोरै हात लाग्यो । वार्षिक परीक्षामा २५ प्रतिशत विद्यार्थीले मात्र रराम्रो गरे । अरू ५० प्रतिशत मुश्किलले पाससम्म भए । २५ प्रतिशत त फेलै भए । आफूले पढाएकै विषयमा यस्तो नतिजा आएपछि म दुखित भएँ । तर आफूले मिहिनेत गरेरै पढाएकोले छात्रछात्रा नै कमजोर होलान् भन्ने पनि ठानेँ । अलिकति दोष अभिभावकलाई पनि दिन मन लाग्यो । तैपनि दिक्क भएर मैले त्यो स्कूल छाडेँ ।

२०४९ सालको शुरुमा दीपज्योति विद्या मन्दिर कप्तानबाडी; अर्जुनधारामा शिक्षक बन्न पुगेँ । त्यो विद्यालयले मलाई एक वर्षको न्यु एप्रोच टु प्राइमरी एजुकेशन  सिस्टम सम्बन्धी तालिमको मौका दियो । मलाई भुटानी शिक्षक टीएन नेपालले प्रशिक्षण दिनुभएको थियो । यो तालिम हाम्रो परम्परागत प्रणाली भन्दा बिल्कुल फरक थियो । तालिमपछि आफूलाई रुपान्तरण गर्न निकै कठिन भयो । तर, तालिममा सिकेको विधि लागू गरेर पढाउन थालेपछि स्कूलको नतिजामा उत्साहजनक सुधार भयो । अन्तिम परीक्षामा ८० प्रतिशत विद्यार्थी विशिष्ट, १५ प्रतिशत प्रथम, ५ प्रतिशत दोस्रोे श्रेणीमा उत्तीर्ण भए । आफूले पढाएको विषयमा यस्तो नतिजा आएपछि म उत्साहित भएँ र आफ्नो कामप्रति आत्मविश्वास जाग्यो । शुरुमा पढाएका विद्यार्थीको नतिजा रराम्रो नहुनुमा विद्यार्थी; अभिभावकको होइन, मैले अपनाएको शिक्षण विधिको कमजोरी रहेछ भन्ने बुझेँ ।

तीन वर्ष दीपज्योति स्कूलमा पढाएपछि पथरीको अन्नपूर्ण विद्यालयका प्रअ प्रभाकर खरेलको आग्रहमा म त्यहाँ गएँ । मेरो नौलो तरिकाको शिक्षण विधिबाट छात्रछात्रा मात्र होइन, त्यहाँका अभिभावक पनि खुसी भए । विद्यार्थीहरूको भर्ना दर पनि बढ्यो । त्यसपछि हरिकुल मावि सुरुङ्गाका प्रअ चन्द्रप्रसाद मैनालीको अनुरोधमा मैले उहाँको स्कूलमा काम गर्न थालेँ । त्यो स्कूलको पनि परिणाम उल्टियो । उत्कृष्ट नतिजा हासिल गरेका कारण अभिभावकहरू ज्यादै खुसी भए । वार्षिक उत्सवको दिन अभिभावकहरू मिलेर सम्मान पनि गरे । त्यही विद्यालयका शिक्षक अखिल कोइरालाको छोरी आस्था कोइरालाले रराम्रो नतिजा प्राप्त गरेको खुसीमा एक सेट सुट उपहार पनि दिनुभयो ।

यसरी पो विद्यार्थीले राम्ररी बुझछन् त !

हरिकुलमा तीन वर्ष पढाएपछि म सुरुङ्गाकै झापा मेरिगोल्डमा गएँ । नेपाली माध्यममा पढाइ हुने त्यस विद्यालयको पनि स्थिति सुधार भयो । त्यो स्कूलमा मेरो पनि लगानी थियो । तीन वर्षपछि स्कूलबाट लगानी झ्किेर घर बनाएँ । त्यसपछि अभिभावकहरूको अनुरोधमा आफ्नै गाउँमा चण्डिका नाम गरेको नयाँ स्कूल खोलेँ । शुरु मै नर्सरीमा भर्ना हुन १०० जना विद्यार्थी आए । तर माओवादीको विद्यार्थी सङ्गठनले ६ महिना चल्न नपाउँदै मेरो स्कूल बन्द गरिदियो । ती विद्यार्थीलाई मैले हरिकुलमा लगेर भर्ना गरें र त्यहीँ पढाउन थालेँ । चार बर्ष काम गरे पछि मलाई सुरुङ्गाकै चम्पा फ्लावर्स बोर्डिङ स्कूलबाट काम गर्न प्रस्ताव आयो । जहाँ अहिले पनि पढाइरहेको छु । यो स्कूललाई स्थापित गराउन म प्रयत्नशील छु । म आउँदा कक्षा ५ सम्म जम्मा १०० जना विद्यार्थी थिए । अहिले ३५० जना पुगेका छन् ।

न्यु एप्रोच टु प्राइमरी एजुकेशन सिस्टम बाट पढाउँदा शिक्षकले अनिवार्य पाठयोजना बनाउनुपर्छ । कक्षामा शैक्षिक सामग्री लिएर जानुपर्छ । शिक्षकले नानीहरूलाई कुटपिट गर्न मिल्दैन । म कहिले पनि लौरो लिएर कक्षामा जान्नँ । प्रत्येक दिन नैतिक शिक्षाको एउटा नयाँ कथा सुनाउँछु । यसरी पढाउँदा नानीहरूलाई क्लास वर्क धेरै गराउनु पर्छ । अनि गृह कार्य चाहिँ थोरै दिइन्छ । कक्षामा खेल, छलफल र प्रश्नोत्तर विधि अवलम्बन गरेर कक्षाकोठालाई पूरै अन्तरक्रियात्मक र जीवन्त तुल्याइन्छ । नानीहरू सिकाइको समग्र प्रक्रियामा सक्रिय हुन्छन् र शिक्षक पनि उनीहरूसँगै सक्रिय हुनुपर्छ । यो विधि अनुसार पढाउन ‘पढपढ नानी भन्दै खैनी मोल्ने’ अल्छे शिक्षक काम लाग्दैनन् । मेरो विधिमा शिक्षण गर्दा कक्षामा अलि हल्ला चाहिँ हुन्छ । तर, यसले सिकाइमा ठूलो उपलब्धि हासिल गर्न सहयोग पुग्छ । यसरी पढाउँदा अभिभावकले सोचेभन्दा बढी मात्रामा छात्रछात्राको क्षमता विकास हुन्छ । अभिभावकहरू पनि खुसी हुन्छन् र स्कूलको ‘गुडविल’ फैलिन्छ, शिक्षकले प्रशंसाको भारी बोक्नुपर्छ । विद्यार्थीहरू स्कूलमा अनुशासित र नियमित हुन्छन् । यो विधिमा विद्यार्थीलाई उत्तर लेखाइ दिने र रटाउने काम हुँदैन । त्यसैले उनीहरू साधारण छात्रछात्राको तुलनामा बढी सृजनशील हुन्छन् र रमाइलोसँग सिक्छन् । फलतः उनीहरूको पढाइको जग बलियो हुन्छ ।

अहिले अधिकांश स्कूलमा कक्षा ३, ४ र ५ का विद्यार्थीको पढाइ कमजोर छ । यो शिक्षण विधि कम्तीमा कक्षा ५ सम्म लागू गरिएमा यस्तो समस्या स्वतः हट्छ । मैले पढाउने विधिमा विद्यार्थीलाई समूहमा विभाजित गरेर निरन्तर प्रतिस्पर्धागराइन्छ । उनीहरूले शिक्षक देखेर भाग्नु वा लुक्नु पर्दैन । गृह कार्य न गरेको कारणलेगाली वा सजायको भागिदार बन्नु पर्दैन । उनीहरूले आफूले पढाइमा भोगेका समस्या शिक्षकसँग निर्धक्क राख्न सक्छन् ।

मैले यो विधि लागू गर्दा शुरु मा थुप्रै समस्या भोगें । जस्तै कक्षामा हल्ला हुँदा प्रिन्सिपलले ‘कम्प्लेन’ गर्ने गर्थे । साना नानीहरू समेत मसँग नडराएको देख्दा अभिभावकहरू विद्यार्थीले शिक्षक (मलाई ) हेपेको ठान्थे । लौरो नबोक्दा कतिपय शिक्षक र अभिभावक ‘यो मास्टरले विद्यार्थीलाई नकुटेर बिगा¥यो, तह लगाउन सकेन’ पनि भन्थे । तर, यस्ता गुनासाहरूलाई विद्यार्थीले हासिल गरेको उपलब्धिले ओझाेलमा पार्न थाल्यो र पहिला गुनासो गर्नेहरू नै मेरो कामको प्रशंसा गर्न थाले ।

मेरो विचार मा शिक्षकले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र दिएर पुग्दैन । उनीहरूलाई नैतिक र व्यावहारिक शिक्षा पनि दिनुपर्छ । आज हराम्रो देशका विद्यार्थीहरू आन्दोलन गर्ने , भिडन्त गर्ने , स्कूल कलेजमा आगजनी गर्ने , शिक्षक कुट्ने कृत्यमा अग्रसर देखिन्छन् । उनीहरूमा सामाजिक र नैतिक चेतनाको अभाव भएकाले नै यस्तो भएको हो । नैतिक आचरण सम्बन्धी शिक्षाले देश र समाज मा बढ्दै गएको अराजकता कम गर्न सहयोग पुग्छ । हराम्रो देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमान दार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।


‘बालबालिकाका लागि मौरीको रानो जस्तै’

राम कुमार तामाङ कक्षामा पसेपछि हात जोडेर विद्यार्थीलाई नमस्ते गर्छन् । सबैले नमस्ते फर्काउँछन् । त्यसपछि प्रार्थना हुन्छ । एउटा नैतिक कथा सुनाएर विस्तारै विद्यार्थीको ध्यान पढाइतिर खिच्छन् । विद्यार्थीहरू नयाँ कुरा सिक्न उत्साहित भइसकेका हुन्छन् ।

झपाको सुरुङ्गास्थित चम्पा फ्लावर्स अङ्ग्रेजी स्कूल, सुरुङ्गा, झपाका नर्सरी शिक्षक राम कुमार तामाङ अर्थात् ‘रामसर’सँग दैनिक पाठयोजना हुन्छ । उनी पाठयोजनाका आधारमा विद्यार्थीलाई विभिन्न गतिविधि गराउँदै जान्छन् । पढाउँदा कतै बरालिँदैनन् । आफ्नो पढाइको उद्देश्य र शैलीबारे उनी एकै वाक्यमा स्पष्ट्याउँछन्, “साना नानीहरूलाई कसरी स्कूल आऊ–आऊ भन्ने बनाउनका लागि उनीहरू जेमा रमाउँछन् त्यसै गरी सिकाउनु पर्छ, त्यसै भएर स्थलगत भ्रमणमा लगेर, नक्सा देखाएर र खेलाएर विद्यार्थीलाई पढाउने गर्छु ।”

‘रामसर’ नक्सा देखाएर वा शारीरिक हाउभाउ गरेर ‘मैले के गरे ?’ भनी प्रश्न गर्छन् । विद्यार्थी उत्साही भएर जवाफ दिन्छन् । उनी कहिलेकाहीं चकलेटको पोको बोकेर कक्षामा जान्छन् । अनुशासित र सोधेको प्रश्नको सही जवाफ दिनेले चकलेट पाउँछ भन्ने कुरा विद्यार्थीले चाल पाइसकेका छन् ।


आफ्नो पसलमा साना नानीहरू ल्याएर फलफूल चिनाएको देखेर कोशिला भुसालले भनिन्, “यसरी पढाएका नानीहरू त्यसै तिखा भइहाल्छन् नि !गर्मीमा कोठामा थुनेर लौरो देखाएर पढाउनु भन्दा यसरी पढाउनु कति राम्रो ।”


‘रामसर’को कक्षा विभिन्न समूहमा विभाजित हुन्छ । हरेक समूहले छुट्टाछुट्टै नाम पाएका हुन्छन् । उनले सोधेका प्रश्नको उत्तर दिएर कुन समूहले कति नम्बर पायो; त्यो कालोपाटीमा लेखिदिन्छन् । यसले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जागृत हुने उनको विश्वास छ । नर्सरीका नानीहरूलाई मूर्त वस्तु देखाएरै सिकाउनु पर्छ भन्ने मान्यता अनुसार उनी प्रायः विद्यार्थी डो¥याएर स्थलगत अवलोकनका निम्ति कतैगइरहेका हुन्छन् ।

२०६७ साल फागुन १३ गते घरपालुवा जन्तु (डोमेस्टिक एनिमल) सम्बन्धी पाठ बुझाउन रामसर नर्सरीका नानीहरूलाई लिएर सुरुङ्गा–५ को एउटा आवादीमा पुग्छन् । विद्यालयको पोशाकमा सजिएका नानीहरू बाँधिएको एउटागाईको वरिपरि झुम्मिन्छन् । अनि रामसर ठूलो स्वरमा भन्छन्, “दिस इज काउ । इट इज अ डमेस्टिक एनिमल, डू यू नो ?” नानीहरू एकैस्वरमा जवाफ फर्काउँछन्, “यस सर ।”

गाईका अङ्ग–प्रत्यङ्गको परिचयगराइसकेपछि विद्यार्थीलाई पछि लगाएर रामसर बाख्रा खोज्दै अगाडि बढ्छन् । केहीपर बाँधिएको बोको देखाउँदै उनी भन्छन्, “दिस इज अगोट ।” त्यसपछि बोकालाई समाएर उसका कान, आँखा, खुट्टा, पुच्छर आदि सबै अङ्गको बारेमा विद्यार्थीलाई जानकारीगराउँछन् । विद्यार्थीहरू अत्यन्त उत्सुक भएर सरले सिकाएको कुरा सुन्छन् । सरले बाख्राका खुट्टा देखाएर सोध्छन्, “ह्वाट इज दिस ?” प्रश्न झ्र्न नपाउँदै विद्यार्थी चिच्याउँछन्, “दिस इज अ लेग ।”
बाख्रा पछि भैंसीको पालो आउँछ । त्यसपछि क्रमशः कुकुर, सुँगुर, कुखुरा आदि चिन्दै–चिनाउँदै शिक्षक र विद्यार्थीहरू स्कूल फर्किन्छन् । योसँगै नर्सरीका विद्यार्थीलाई ‘डोमेस्टिक एनिमल’ पाठ पढाउने कार्य सम्पन्न हुन्छ ।

यो पाठ पढाउन उनले बनाएको पाठयोजनामा चारवटा शिक्षण विधिबारे उल्लेख गरेका छन्ः प्रदर्शन विधि, स्थलगत भ्रमण, छलफल र प्रश्नोत्तर । कक्षामा प्रयोग गर्नु पर्ने विधि पूरा गरेर स्थलगत भ्रमणका लागि उनले विद्यार्थीलाई गाई–बाख्राकागोठमा लगेका थिए ।

कक्षामा फर्किएपछि राम कुमारले अघि देखाएका घरपालुवा जनावरका आफैंले बनाएका चित्रहरू देखाउँदै प्रश्न गरे । विद्यार्थीले तँछाडमछाड गर्दै जवाफ फर्काए । सबै जवाफ सही थिए । कक्षामै बसेको शिक्षक प्रतिनिधितिर फर्केर उनले भने “पहिला मूर्त वस्तु देखाएर पछि चित्र देखाउँदा विद्यार्थीमा कुनै पनि विषयको बारेमा गहिरो धारणा बस्छ । अघि चित्रमागाई–भैंसी नचिन्ने सबैले अहिले सजिलै चिन्न सके ।”

कक्षामा लौरो लगेर विद्यार्थीलाई तर्साएर पढाउने शिक्षकका भीडमा राम कुमारले पृथक् पहिचान बोकेका छन् । “साना नानीहरूलाई खुसी पार्न सकियो भने मात्र सिक्न सक्छन्” मुसुक्क हाँस्दै राम कुमार भन्छन्, “तर्साएर पढाउँदा विद्यार्थीले सिके जस्तो लागे पनि उसले धेरै कुरा सिक्न सकेको हुँदैन ।”

‘रामसर’ सधैँभरि नर्सरी कक्षा मात्र लिन्छन् । उनी भन्छन्, “म विद्यार्थीको बेस रराम्रो बनाउन चाहन्छु । जग रराम्रो भयो भने त्यसभन्दा माथि आफैं पनि मिहिनेत गर्न सक्छन् ।” उनले दिनको एकपटक विद्यार्थीलाई कुनै न कुनै नयाँ ठाउँको भ्रमणमा लगेकै हुन्छन् । शिक्षक मासिक ले गरेको केही दिनको अवलोकनमा उनका स्थलगत भ्रमणहरू निम्न अनुसार रहेः
फागुन १० गते ‘वाइल्ड एनिमल’ पाठ पढाउन विद्यार्थीलाई अढाइ किलोमिटर टाढाको जामुनखाडी सामुदायिक वनमा रहेको चिडियाखानामा लगे । त्यहाँ बालबालिकाले मृग, अजिङ्गर, पाटे बाघलगायत दुई दर्जन जति जङ्गली जनावर हेरे ।
फागुन १३ गते ‘डोमेस्टिक एनिमल’का विषयमा पढाउन स्कूल नजिकैको आवादीमा लागे ।

फागुन १५ गते विज्ञान विषयको ‘भेजिटेबल’ भन्ने पाठ बुझाउन विद्यार्थीलाई बसमा हालेर सुरुङ्गा बजारको सब्जीमण्डीमा पुर्याए । त्यहाँ उनले कोबी, साग,गोलभेंडा, सिमी जस्तै करिब दुई दर्जन जति सब्जीहरू चिनाए ।

‘फागुन १७ गते ‘फ्रुट’ भन्ने पाठ पढाउन सुरुङ्गा बजारकै झण्डै दर्जन जति फलफूल पसल घुमाए । आफ्नो पसलमा साना नानीहरू ल्याएर फलफूल चिनाएको देखेर कोशिला भुसालले भनिन्, “यसरी पढाएका नानीहरू त्यसै तिखा भइहाल्छन् नि !गर्मीमा कोठामा थुनेर लौरो देखाएर पढाउनु भन्दा यसरी पढाउनु कति रराम्रो ।”

प्रयोगात्मक सिकाइमा शिक्षक तामाङ ।

२१ वर्ष देखि को शिक्षण अवधिमा ४१ वर्षे राम कुमारले आधा दर्जन विद्यालयमा पढाइसकेका छन् । चम्पा फ्लावर्सका प्रिन्सिपल राधाकृष्ण सुवेदी राम कुमार जस्ता शिक्षक पाउनु विद्यालयका लागिगौरव भएको बताउँछन् । राम कुमारको शिक्षण विधिबाट सिक्नको निम्ति विद्यालयले अन्य शिक्षकहरूलाई उनको कक्षा देखाउने गरेको छ । नयाँ भर्ना हुने प्राथमिक तहका शिक्षकलाई दुई–तीन महिना राम कुमारको कक्षामा बस्न लगाएर मात्र कक्षा दिने गरिएको छ । “रामसरले पढाइरहेका विद्यार्थीलाई नयाँ शिक्षकले पढाउँदा शिक्षण विधि नै मिल्दैन । अभिभावकले नानी झ्किेर अन्तै लैजालान् भन्ने डर हुन्छ” प्रिन्सिपल सुवेदी भन्छन्, “त्यही भएर नयाँ सर/मिसलाई रामसरको तीन महिनाको तालिम पछि मात्र विद्यालयमा लिने गरिएको छ ।”

बिएड प्रथम वर्षकी विद्यार्थी रमा तिवारी दुई महिना देखि राम कुमारसँगै नर्सरी कक्षामा जाँदैछिन् । उनी राम कुमारले गरेका शैक्षणिक गतिविधि नियालेर अवलम्बन गर्ने प्रयासमा छिन् । तिवारी भन्छिन्, “रामसरले पढाए जस्तै पढाउन सिकेर वैशाख देखि मैले एक्लै कक्षा चलाउनुपर्छ ।” यहाँ आउनुभन्दा अघि बोर्डिङका विद्यार्थी पढाउन कक्षामा लौरो लिएर जाने र तर्साएर पढाउनु पर्ला भन्ने सोच बनाएकी तिवारीको मान सिकता अहिले बदलिएको छ । “लौरोले तर्साउने होइन टेक्निकले पढाउनु पर्दोरहेछ” तिवारीको बुझइ थियो ।

लामो समय देखि राम कुमारको पढाइ देखि प्रभावित भएका अभिभावकको सङ्ख्या पनि धेरै छ । सुरुङ्गा–५ का पुण्य शिवाकोटी भन्छन्, “बालबालिकाका लागि ‘रामसर’ मौरीको रानो जस्तै छन् । “रामसर सुरुङ्गा बजारको हरिकुल माविबाट छोडेर अहिलेको विद्यालयमा आउँदा मेरा बच्चाले रामसरकै स्कूलमा जान्छांै भनेर धेरै औडाहा गरेका थिए ।” शुरु –शुरु मागाई–भैंसी देखाउन विद्यार्थीग्वाली–ग्वालीमा लिएर आउँदा अभिभावकलाई अचम्म लाग्थ्यो रे ! “कस्तो पागल मास्टर जस्तो लाग्थ्यो” विद्यालय नजिकैकी एक महिलाले भनिन्, “पछि पो थाहा भो रामसरको पढाइ रराम्रो छ । सबै केटाकेटी रामसरकै पछि लाग्दा रहेछन् ।”

नर्सरीमा पढिरहेकी आफ्नी चार वर्षीया छोरीले रामसरले कक्षामागीतगाएको, चित्र देखाएको र स्थलगत भ्रमणमा लगेको कुरा सम्झ्रिहने बताउँदै अभिभावक कल्पना आचार्य भन्छिन्, “सर भनेपछि प्रायः विद्यार्थीहरू डराउँछन् तर रामसर भन्दा चाहिँ गाउँभरिका बच्चाहरू खुसी हुन्छन् ।” रामसरकी पूर्व स्टाफ जमुना अधिकारी पनि उनको शिक्षणकलाको प्रशंसा गर्छिन् । “उहाँले साना नानीहरूलाई दिने माया हामी आमाहरूले भन्दा कैयौंगुणा बढी थियो” अधिकारी ले भनिन्, “नानीहरूलाई मायामा लुट्पुट्याएर सिकाउन सक्ने उहाँको जस्तो क्षमता अरू शिक्षकमा पाइँदैन ।”

धेरै स्कूलमा पढाएको अनुभव सँगालेका राम कुमार तामाङ एउटा स्कूलमा एक वर्षको मात्र सम्झौता गर्छन् । यसो गर्नु को कारण प्रस्ट्याउँदै उनी भन्छन्, “एक वर्षमा अरू शिक्षकलाई प्रशिक्षित तुल्याउन सकिने र आफूले छोड्दा पनि समस्या नहुने भएकाले यस्तो गर्छु ।” अहिले पनि आफूलाई पाँच वटा स्कूलबाट पढाउने प्रस्ताव आएको बताउँछन् ।
 

commercial commercial commercial commercial