प्रकृतिका विस्मय !

सोसेको पानीलाई जराले अलिकति माथि धकेलिदिन्छ ।रूखका पातबाट पानी सुकेर जान थालेपछि सूक्ष्म नलीको पानी आफैं अलिकति माथि तानिन्छ । त्यसपछि बाँकी उकालो चढ्ने काम पानी आफैंले गर्छ । जस्तो, एउटा केटालाई अग्लो पर्खाल चढाउन तलबाट एकजनाले अलिकति उचालिदिन्छ, माथिबाट अर्कोले अलिकति तान्छ । त्यसपछि केटा आफ्नै बलले पर्खाल उक्लिन्छ । केटामा जस्तै पानीमा पनि आफ्नै उक्लने शक्ति हुन्छ ।

संखुवासभाको एउटा राई गाउँ । आठ–दश वर्षका दुई बहिनी । दिदीको थाप्लोमा नाम्लो । नाम्लोले थामेको डोको । डोकोभित्र बाँसका ढुङ्ग्रा । बहिनीको हातमा प्लाष्टिक झेला । झेलाभित्र एक/दुई कापी र किताब । बहिनीलाई स्कूलमा छोडेर पँधेरोतिर जान ओरालो ओर्लंदैछिन् । आज दिदीको पानी भर्नेपालो । भोलि भने स्कूल जान्छिन् रे ! कति कठिन हुन्छ गाउँघरमा पानी बोकेर ल्याउने काम !

यता काठमाडौंमा धाराको पानी पनि मोटर–पम्प लगाएर जमिनमुनिको ट्याङ्कीसम्म तान्छौं । भूमिगत ट्याङ्कीमा जम्मा भएको पानीलाई पुनः पम्पबाट छानाको ट्याङ्कीमा चढाउँछौं । उता गाउँछेउको पात्ले कटुस र यहाँ घरछेउको बकाइनुको बोटमा जरा देखि टुप्पासम्म १५/२० मिटरको ठाडो उकालोमा पानी आफैं चढिरहेको हुन्छ । पानी कसरी चढ्छ यी अग्ला र ठाडारूखमा ? यिनको पानी कसले बोकी दिन्छ ? कसले चलाइदिन्छ पम्प ?

तराई–बेंसीका साल र सिमल, पहाडका उत्तिस, गुराँस र खोटे सल्ला, लेकतिरका देवदार, खस्रु र भोजपत्रहरू सबै अग्ला हुन्छन् । तर ती सबैले पानी सोस्ने जराबाटै हो । यीरूखको भित्रभित्रैबाट कसरी उचालिन्छ पानी फेद देखि टुप्पासम्म ? प्रकृतिको यस्तो रहस्य बुझन सके कति रमाइलो हुन्थ्यो होला !

रूख–बिरुवाका यस्ता रहस्य खोतल्न धेरै अध्ययन अनुसन्धानहरू भएका छन् । वैज्ञानिकहरूले शुरु मा त हराम्रो मुटुले रगत सञ्चालन गरे जस्तै कुनै जैविक शक्ति होला भन्ने मान्यता राखेर परीक्षण गरेर हेरे । तर त्यस्तो खासै हैन रहेछ । बिरुवाको जराले जमिनको माटोबाट पानी सोसेर माथि धकेल्न सक्छ कि भनेर प्रयोग गरी हेरे । केही हदसम्म त यस्तो हुँदोरहेछ । तर २०/२५ मिटर अग्लोरूखको टुप्पोसम्म पानी चढ्नुको कारण त्यही हो भन्ने प्रमाणित भएन । बिरुवाका पातबाट पानी सुकेर हावामा जान्छ । कतै त्यसैको शक्तिले जरा देखि पानी उचालिन्छ कि भन्ने अवधारणाले पनि सन्तोषजनक पुष्टि पाउन सकेन ।

अहिलेसम्मरूख–बिरुवामा पानी माथि चढ्ने वा चढाउने प्रमुख अङ्ग विशेषका रूपमा काठ पदार्थ (Wood tissue) लाई मानिएको छ । ती कोष जीवित धमनी जस्ता भने होइनन् । तैपनि तिनै कोष पानी चढाउनमा सफल छन् । प्रकृतिका यस्ता विस्मयहरू प्रत्येक वृक्षमा अनुभव गर्न सकिन्छ ।

सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को अध्ययनबाट बिरुवाका काष्ठ पदार्थमा तीन प्रकारका कोषहरू छुट्याउन सकिन्छ । अर्थात् यसो भनौं कि; तीन प्रकारका पानी तान्ने पाइपहरू मिलेर काठको निर्माण भएको हुन्छ । सबभन्दा बढी मात्रामा पानी ओसार्ने (Transport) क्षमता भएको कोषलाई ‘भेसल’ (Vessel) भनिन्छ । हराम्रो उत्तिस वा चिलौनेको काठमा रहेको यस्तो नलीको एक मिटर लम्बाइमा एक हजार जति सूक्ष्म कोषहरू जोडिएका हुन्छन् । सालको काठमा भने एक मिटरमा दुईहजार भन्दा बढी कोष हुन्छन् । हजारौं–लाखौं कोषहरू आपसमा जोडिएर जरा देखि टुप्पोसम्म पानी नलीको सञ्जाल निर्माण भएको हुन्छ । ‘भेसल’ कोषको प्वाल अरू दुई थरीका कोष ‘टे«किड’ (Trachied) र ‘फाइवर’ (Fibre) को भन्दा चौडा हुन्छ । ‘भेसल’भन्दा बाक्लो भित्तो र सानो प्वाल भएका ‘टे«किड’ कोष पनि एकापसमा जोडिएर जरा देखि पातसम्म फैलिएका हुन्छन् । ‘भेसल’ र ‘टे«किड’ले पानी ओसार्ने मात्र होइन बिरुवालाई ठाडो र स्थिर राख्न आवश्यक टेवा पनि पुरयाउँछन् । यी कोषमा हुने फाइवरले काठको मजबुती बढाउने काम गर्द छ । काठ पदार्थ साह्रो र दह्रो हुनुमा यिनै तीन प्रकारका कोष— भेसल, ट्रेकिड र फाइवरको निर्माणमा प्रयोग हुने ‘लिगनिन’ नामक रसायनको मुख्य भूमिका रहन्छ । तर यी कोष जीवित अवस्थामा हुदैनन् । तैपनि तिनले पानी चढाउने क्षमता राख्दछन् । तर त्यो कसरी भन्ने रहस्य आजसम्म पनि चित्तबुझदो गरी खुलासा हुनसकेको छैन ।

रूखका जराले पानी भित्र सोस्ने कुरा वैज्ञानिक परीक्षणबाट प्रमाणित भइसकेको छ । त्यसरी सोसेको पानीलाई जराले अलिकति माथि पनि धकेलिदिन्छ ।रूखका पातबाट पानी सुकेर जान थालेपछि सूक्ष्म नलीको पानी आफैं अलिकति माथि तानिन्छ ।

त्यसपछि बाँकी उकालो चढ्ने काम पानी आफैंले गर्छ । यसलाई यसरी पनि भन्न सकिन्छ– एउटा केटालाई अग्लो पर्खाल चढाउन तलबाट एकजनाले अलिकति बल लगाएर उचालिदिन्छ, माथिबाट अर्कोले अलिकति तान्छ । त्यसपछि केटा आफ्नै बलले पर्खाल उक्लिन्छ । केटामा जस्तै पानीमा पनि आफ्नै उक्लने शक्ति हुन्छ । पानीका कणहरूमा आपसमा जोल्टिएर नछुट्टिकन बस्ने चुम्बकीय विशेषगुण हुन्छ; जसलाई वैज्ञानिक शब्दावलीमा ‘कोहेसन’ ९ऋयजभकष्यल० भनिन्छ । त्यही नछुट्टिने चुम्बकीय शक्तिले गर्दा पानी माथि उक्लिन सक्छ । तर त्यस्तो अवस्था सिर्जना गर्न सजिलो भने हुँदैन । पानीलाई हराम्रो रौंभन्दा पनि धेरै मसिनो धागोजस्तो उन्न वा तन्काउन सकियो भने त्यस्तो शक्ति पैदा हुन्छ । यो विद्या रुख–बिरुवाले जानेका हुँदारहेछन् । तिनले आफ्ना पानी तान्ने नलीहरू यति मसिनो गरी निर्माण गर्दारहेछन् कि तिनमा पानीको ‘कोहेसन’ शक्ति प्रबल भएर पानी स्वतः सूक्ष्म नलीहरूबाट माथि चढ्न थाल्छ । यस्तो प्रविधिलाई मानिसले सिको गर्न सकेको छैन । त्यसै भएर नै स्कूल जानुको सट्टा दिदीले पँधेरो धाउनु परेको हो; अनि हामीले एकपछि अर्को पम्प चलाएर पैसा खर्च गर्नु परेको !

हामीले जाने/बुझेका काठ पदार्थ भनेका बाल्ने दाउरा वा टेक्ने लठ्ठी वा घर बनाउने दलिन र चौकोस वा मेच, टेबुल, दराज र फर्निचर नै हुन् । काठ भनेपछि साह्रो हुनै पर्छ । हाम्रा लागि सालको काठ सबभन्दा साह्रो हुन्छ । अझ् त्यसको छिप्पिएको चुरो (अग्राख) अति साह्रो र खँदिलो हुन्छ । सल्लाको काठ त्यति साह्रो र बलियो हुँदैन । वन विशेषज्ञहरू वृक्ष वा वनको वर्गीकरण गर्दा नरम काठे (Soft wood) र साह्रो काठे (Hard Wood) भनी दुई श्रेणीमा विभाजन गर्द छन् । कोणधारी वृक्षहरू खोटे सल्ला, रानी सल्ला, ठिङ्ग्रे सल्ला, लोंठ सल्ला, देवदार आदि सबै नरम काठे वृक्ष हुन् । साल, सिसौ, सिमल, चिलौने, उत्तिस, कटुस,गुराँस, भोजपत्र आदि चाहिँ साह्रो काठे वृक्ष हुन् । साह्रो काठे वृक्षमा फूल फुल्छ र नरम काठेमा घोगा लाग्छ । नरम काठे कोणधारी वृक्षका पातहरू हिउँदमा झ्रेररूख नाङ्गो हुँदैन । त्यसैले कोणधारी वृक्ष अथवा नरम काठे वृक्षको वन सदावहार (Ever Green) हुन्छ । युरोप, क्यानडा, चीन, जापानका उत्तरी क्षेत्रमा कोणधारी सल्ला, धूपी बाहेक अरू सबै वृक्षबाट पात झ्र्दछन्, पूरै जङ्गल नाङ्गो हुन्छ र उराठ देखिन्छ । हराम्रोमा पनि केही वृक्षको त्यसरी नै हिउँदमा पात झ्र्छ । सिमल, सिसौ, खयर, बकाइनो, ओखर, पैैयूँ यस्तै पतझ्ड वृक्ष हुन् । साल, उत्तिस, पीपल आदि वृक्षको पात झर्ने र नयाँ पलाउने क्रम जारी हुन्छ । यस्ता वृक्ष पूर्णरूपले नाङ्गो हुँदैनन् । नेपालमा हिउँदमा पनि पात हरियो भएर रहने सदावहार वृक्ष धेरै छन् । जस्तैगुराँस, कटुस, चिलौने, बाँझ्, फलाँट, अर्खौलो आदि । त्यसैले नेपाल हिउँदमा पनि हरियो नै हुन्छ । युरोप, क्यानाडा र अमेरिका जस्तो नेपाल सर्वाङ्ग नाङ्गो हुँदैन ।

हामीले बाल्ने दाउरा काठ पदार्थले बनेको हुन्छ । जस्तो हराम्रो हातको नाडीमा भित्र हाड छ र त्यसको बाहिर छाला–मासु छ; त्यस्तैरूखको हाँगा वा मूल खामो सबैमा भित्र काठ र बाहिर बोक्रा हुन्छ । कुनैरूखको फेदमा चारैतिर बाट बोक्रा ताछिदिने हो भने केही समयपछि पात ओइलाएररूख मर्न थाल्छ ।रूखको बोक्रा जीवित तन्तुहरूले बनेको हुन्छ । यस भागबाट खाद्य पदार्थ सञ्चार हुने गर्छ । काठ पदार्थबाट मल र जल सञ्चार हुन्छ । त्यसैले बोक्रा फालेपछि पनि पातहरू तत्काल ओइलाउँदैनन् । तर बोक्रा ताछेपछि जब जराहरू खाद्य पदार्थबाट वञ्चित हुन्छन् अनिरूख मर्न थाल्छ ।रूख सुकाउने यो प्रविधि नेपालमा ज्यादै प्रचलित छ ।

बञ्चरो वा आराले चिरेर ढालेकोरूखको फेदमा हामीरूखको बाहिरी (बोक्रा) भाग र भित्री (काठ) भाग प्रस्ट देख्न सक्छौं । कतिपय छिप्पिएकारूखको काठ भागमा मण्डला जस्तो चक्का–चक्का देखिन्छ । देवदार जस्तो कोणधारी वृक्षमा यो स्पष्ट देखिन्छ । यी चक्काहरूलाई गनेररूखको उमेर छुट्याउन सकिन्छ । बीस चक्का भएको काठ छ भने त्यो बीस वर्षको भएछ भनेर बुझन्छि । विशेष गरी उत्तरी अक्षांशका समशीतोष्ण वनहरूमा यस्ता चक्रहरू सजिलै देख्न सकिन्छन् किनभने त्यहाँ वसन्त–ग्रीष्म ऋतु तथा शरद–शिशिर ऋतुका वेलारूख–बिरुवामा हुने वृद्धिदर निकै फराकिलो हुन्छ । पानी ओसार–पसारको मात्रामा पनि त्यस्तै अन्तर हुन्छ ।

यसरी जब हामी प्रकृतिका विस्मयहरू वन र वृक्षमा देख्न थाल्छौं, अनुभव गर्न थाल्छौं र आफ्ना अनुभूतिहरूलाई केलाउन थाल्छौं अनि हराम्रो चेतमा यथार्थ खुल्छ– ‘हरियो वन नेपालको धन’ होइन कि ‘हरियो वन नेपालको जीवन’ पो हो ! वनबाट प्राप्त हुने वस्तुभन्दा सेवा बढी महत्वपूर्ण हुन्छ भन्ने चेत त्यतिवेला खुल्छ जब पानीका मुहान सुकेपछि सिङ्गो गाउँ बसाइँ सर्दै बेंसी र तराई झ्र्न बाध्य हुन्छ । भर्खरै तेह्रथुम, ओख्रे–५, बाँसपानीका दुई दर्जन परिवार पानी नै खान नपाएर गाउँ छोडी हिँडेको समाचार सार्वजनिक भएको छ । नजिकका पानी मुहान सुकेपछि पाठशाला जाने छोरीहरू टाढा–टाढाका पँधेरो धाउन बाध्य हुन्छन् । बाढी–पहिरोले पाखाबारी खेत भत्किन थालेपछि थाप्लोमा हात राखेर वन बचाउन नसकेकोमा पछुतो गर्नेहरू पनि कम छैनन् । आजभोलि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्नगई जलवायु परिवर्तनको सङ्कटसँग सामना गर्नु पर्ने अवस्थामा वन संरक्षणको महत्वलाई गम्भीरताका साथ हेरिन थालेको छ । वन भनेपछि बाघ, भालु मात्र होइन चरा–चुरुङ्गी, सर्प, छनेपारो,गड्यौला, माहुरी, भमरा, पुतली, झयाउँकिरी सबै प्राणीलाई आश्रय दिने बासस्थान पनि हो । विना वन जैविक विविधताको संरक्षण हुन सक्दैन । वन र हरियालीले चुरे जस्तो कमलो भूू–स्वरुपलाई भत्कन र बिग्रनबाट बचाउने काम गर्द छ । चुरेको वन विनासबाट हराम्रो उर्वर तराई बालुवाको थेग्रिने ठाउँ बन्न थालेको छ । वन र वनको हरियालीले नदी, ताल र सिमसारहरूलाई सौन्दर्यता मात्र होइन तिनलाई सुरक्षा पनि प्रदान गर्द छ । वन र हरियाली नभएको ठाउँमा पाहुना र पर्यटक मात्र नआउने होइनन् त्यहाँ वसन्तले पनि बास गर्न पाउँदैन । त्यसैले सानै देखि वन जोगाउने बानी बसालौं ! (समाप्त)

commercial commercial commercial commercial