मेरो अङ्ग्रेजी सिकाइको कठिन यात्रा
शब्द र वाक्यहरूमा कहाँ स्वराघात ९क्तचभकक० पर्छ, वाक्यहरू पढ्दा वा बोल्दा कसरी स्वरको आरोह–अवरोह हुन्छ र ब्रिटिश लवज ९ब्अअभलत० कस्तो हुन्छ भनी अध्ययन गर्न अक्सफोर्ड डिक्सनेरी किनेँ । अङ्ग्रेजीका ध्वनि ९एजयलझभक० र तिनलाई कसरी उच्चारण गर्ने भन्ने ज्ञान मलाई एक स्कटिस स्वयंसेविका ीष्ददथ ले दिइन् । साथमा नियमित बीबीसी रेडियोको अङ्ग्रेजी भाषाका कार्यक्रम सुन्ने आदत बसालेँ ।
प्युठानको लुङ गाविसमा २०१७ सालमा जन्मँे । घरनजिक विद्यालय थिएन । १४ वर्षको हुँदासम्म गाउँमैगाई–ग्वाला र दाउरा–घाँस गरी दिन बिते । २०३१ सालको माघ महिनामा हराम्रो परिवार दाङमा बसाइँ स¥यो । त्यहाँ पुगेपछि म सोझै कक्षा ४ मा भर्ना गरिएँ । त्यतिवेला अमेरिकनहरूले फरर्र अङ्ग्रेजी बोलेको सुन्दा–देख्दा आश्चर्यसँगै लोभ पनि लाग्दथ्यो । भविष्यमा म आफू पनि त्यस्तै अङ्ग्रेजी बोल्न सक्ने हुन्छु भन्ने सपना देख्न थालेँ ।
पढ्दै जाँदा भाषा सिक्नु भनेको मूलभूत रूपमा त्यस भाषाका धेरैभन्दा धेरै शब्दको हिज्जे र अर्थ सिक्नु हो भन्ने चेतना ममा विकसित भयो । सुन्दर शब्दमार्फत मात्रै सुन्दर भावहरू प्रभावकारी रूपमा व्यक्त गर्न सकिन्छ र किताबमा लेखिएका वा अरूले बोलेका कुरा हरू सजिलै बुझन सक्षम होइन्छ भन्ने मान्यताका साथ म अङ्ग्रेजी शब्दार्थ जबर्जस्तर ूपले सिक्न थालेँ । तीसको दशकमा अहिलेको जस्तो कक्षागत शब्दकोशहरू थिएनन् ।गोजीमा अट्ने आकारको नोटबुक आफैं सिलाएर त्यसमा आफ्नो पाठ्यपुस्तकलगायत बाहिरका शब्दहरू दिनमा १५/२० का दरले याद गर्ने गर्थें ।
२०३५ सालमा हालको श्री पद्मोदय पब्लिक नमुना उमावि, भरतपुर, दाङमा कक्षा ८ मा भर्ना भएपछि अङ्ग्रेजी व्याकरणका अत्यन्तै सुयोग्य शिक्षकसँग पढ्ने सुअवसर प्राप्त भयो । यसले भविष्यमा फरर्र अङ्ग्रेजी बोल्ने र अङ्ग्रेजी शिक्षक बन्ने आफ्नो लक्ष्यमा पुग्ने कुरा मा थप ढुक्क बनायो । शिक्षक हुनुहुन्थ्यो— भगीरथ उपाध्याय । भगीरथ सरले हामीलाई अङ्ग्रेजी व्याकरण विस्तृतरूपले नै पढाउनु भयो । उहाँले व्याकरण पढाउँदा अनुवाद विधि (जीटी मेथड) अपनाउनुहुन्थ्यो । यदि सिक्न खोजिएको नौलो भाषासँग संसर्ग (exposure to the target language) गर्ने अवसर अत्यन्त न्यून वा शून्यप्रायः हुन्छ भने त्यतिवेला यो विधिबाट भाषामा दक्षता हासिल गर्न सजिलो हुँदो रहेछ । व्याकरण भाषाको प्राण हो, शब्दहरू अस्थिपञ्जर हुन् र भाव मांसपेशी र छाला हो । व्याकरणले एउटा यस्तो धागो (सूत्र) को काम गर्छ जसमा शब्दरुपी पुष्पलाई व्यवस्थितरूपले उनेर वाक्यरुपी माला तयार गरिन्छ । मावि तहमा पढ्दापढ्दै अङ्ग्रेजीका कथा, सरल कविता आदि बुझन र व्याकरण मिलाएर आफूले पनि सानातिना लेख लेख्न सक्ने भएँ । २२ वर्षको उमेरमा २०३९ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएँ ।
हराम्रो परिवार प्युठानका साहूद्वारा ‘बसाइँ’ उपन्यासको ‘धने’ जस्तै गरी लखेटिएको थियो । दाङमा पनि हराम्रो जग्गा थिएन । आर्थिक अवस्था ज्यादै दर्दनाक थियो । केही समयपछि बुबाले मैले अध्ययन गरेको माविमा पियनको जागिर पाउनुभयो । विद्यालयको हाताभित्र आमाले चियापसल चलाउन थाल्नुभयो । उहाँहरूको कमाई खाँदै म चाहिँ पढ्दै नै रहेँ ।
क्याम्पस जीवन
मा.वि. तहमा पढ्दा नै म बिस्कुटको, औषधिको, चाउचाउको लेवलमा लेखिएका अङ्ग्रेजी वाक्य कस्ता छन्, तिनको अर्थ के हुन्छ भनी खोतल्थेँ । आफ्नो पाठ्यपुस्तक बाहेक अङ्ग्रेजीमा लेखिएका कथा, कविता, उपन्यास र दि राइजिङ नेपाल अङ्ग्रेजी पत्रिका पढ्थँे । त्यहाँ भेटिएका नयाँ शब्दहरूमा पेन्सिलले चिन्ह ल गाउँदै शब्दकोश हेर्दै नोटबुकमा सारेर स्मरणगर्थें । मेरो यो क्रम अझै जारी छ । २०३९ सालमा महेन्द्र क्याम्पस, दाङमा भर्ना भएपछि आई.ए. मा अङ्ग्रेजी साहित्य लिएँ । शब्द र वाक्यहरूमा कहाँ स्वराघात (Stress) पर्छ, वाक्यहरू पढ्दा वा बोल्दा कसरी स्वरको आरोह–अवरोह हुन्छ र ब्रिटिश लवज (Accent) कस्तो हुन्छ भनी अध्ययन गर्न अक्सफोर्ड डिक्सनेरी किनेँ । अङ्ग्रेजीका ध्वनि (Phonemes) र तिनलाई कसरी उच्चारण गर्ने भन्ने ज्ञान मलाई एक स्कटिस स्वयंसेविका Libby ले दिइन् । साथमा नियमित बीबीसी रेडियोको अङ्ग्रेजी भाषाका कार्यक्रम सुन्ने आदत बसालेँ । अङ्ग्रेजीका शब्दहरू अगाडि राखेर रेडियो सुन्दै उच्चारण गर्ने अभ्यास गर्न थालेँ ।
धेरैले; ‘२० वर्षभन्दा बढी उमेरका व्यक्तिको वाणी अङ्गहरू (Speech organs) स्थिर (Rigid) भइसकेका हुन्छन्, त्यसैले तिनले अङ्ग्रेजीका शब्दको सही उच्चारण गर्न सक्दैनन्’ पनि भन्नेगर्थे । तर मलाई त्यस्तो महसुस भएन । कलिलो बच्चाको जस्तै म अहिले पनि आफ्नो Speech organs flexible भएको महसुस गर्द छु ।
अङ्ग्रेजी शब्दकोश हेर्दै उच्चारण अभ्यास गर्दै गर्दा २/३ वर्षमा ३५/४० हजार शब्दलाई Transcribe गर्न र सही उच्चारण गर्न सिकेछु । अङ्ग्रेजीका अन्य सीप सिक्नुभन्दा लामो, कठिन र धैर्यशाली काम– उच्चारणको अभ्यास गर्नु लाग्यो । हुनत अङ्ग्रेजी शब्दको उच्चारण बोधगम्य भए पुग्छ । किनकि अङ्ग्रेजी यस्तो भाषा हो जसको उच्चारण संसारभर फरक–फरक ढङ्गबाट हुन्छ । तर मेरो रुचि, आफ्नो उच्चारणलाई अङ्ग्रेजकै जस्तो नभए पनि त्यसको नजिक पुरयाउने थियो । यसो गर्दा आफूले बोलेको भाषामा बढी शुद्धता र सौन्दर्य आउँछ । भाषा पनि सङ्गीत, चित्रकला, मूर्तिकला वा वास्तुकला जस्तै हो जसमा सौन्दर्यको मूल्य (Aesthetic value) निहित रहन्छ ।
आफ्नो मातृभाषालार्ई हामीले आमाको दूधसँगै पिएका हुन्छौं । अङ्ग्रेजी भाषा सिक्न चाहिँ मैले एकलव्यले झैँ अत्यन्त कठोर साधना गरें । दैनिक रूपमा अङ्ग्रेजीमा केही न केही लेख्नु, अङ्ग्रेजी अखबार पढ्नु, बोल्ने अभ्यास गर्नु , मेरा नित्य कर्म थिए । अङ्ग्रेजीका सीपहरू हासिल गर्न चाहने जोकोहीले पनि अवसर पाएको वेला अङ्ग्रेजहरूसँग नहिच्किचाई बोल्ने र उनीहरूले बोलेका अभिव्यक्तिहरू राम्ररी बुझने प्रयास गर्नु पर्छ । हामीमध्ये धेरैजसो गल्ती हुन्छ कि भनेर डराएर बोल्दै नबोली अङ्ग्रेजीको कथ्य सीप सिक्नबाट वञ्चित हुन्छौँ । अलिअलि सक्नेहरूले साना–साना नानीहरूलाई अङ्ग्रेजी पढाउने गरे मा पनि भाषिक सीप बढ्छ ।

अङ्ग्रेजी बोल्ने अभ्यास कसरी गर्ने ?
कुनै पनि नयाँ भाषा बोल्न सिक्नु भनेको साइकल चलाउन सिक्नु जस्तै हो । गल्ती होला कि भनेर डराउनुहुदैन किनकि सिकाइ र त्रुटिहरू समान्तररूपले चलिरहन्छन् । मानिसले प्रयास गर्दै जाँदा भूलको सङ्ख्या घट्दै जान्छ । मैले अङ्ग्रेजी बोल्न सिक्दा हिस्याउने र खिस्याउनेको जमात सानो थिएन । दाङमा अङ्ग्रेजी भाषा सिक्ने वातावरण पटक्कै थिएन तर पनि आफ्नो रुचि मिल्ने साथी खोजेर उनीहरूसँग अङ्ग्रेजी बोल्ने अभ्यास गर्थें । टेप रेकर्डरमा आफ्नो आवाज रेकर्ड गरी सुन्थँे र आफ्ना कमी–कमजोरी केलाउथँे । म अङ्ग्रेजीमै सोच्थँे र आफैंसँग अङ्ग्रेजीमा कुरा गर्थें । त्यसमा अक्सफोर्ड डिक्सनरीमा उल्लिखित उच्चारण विधि नै मेरो प्रमुख ‘गाइड’ थियो । अङ्ग्रेजी सिक्ने चाहना भएका व्यक्तिहरूले यो विधिबाट जहिले पनि सिक्न सक्छन् ।
बच्चा होस् या प्रौढ, मानिसलाई क्रियाशील हुन कतैबाट ऊर्जाशक्ति प्राप्त भइरहनु पर्छ । हाईस्कूलमा मलाई व्याकरण सिकाउने मेरा अङ्ग्रेजी गुरु भगीरथ उपाध्याय मेरा प्रथम प्ररेक व्यक्तित्व हुनुहुन्छ भने मेरो लगनशीलतालाई नजिकबाट नियालेर आफ्नो विद्यालयमा सरुवा गर्ने अर्का गुरु हरिप्रसादगौतम हुनुहुन्छ । उहाँ मैले अहिले अध्यापन गर्ने विद्यालयका प्राचार्य हुनुहुन्छ । स्वर्गद्वारी एफएम का स्टेशन म्यानेजर दधिराम सुवेदी मेरा अर्का प्रेरक व्यक्तित्व हुनुहुन्छ, जसले मलाई रेडियोबाट अङ्ग्रेजी भाषा शिक्षणको कार्यक्रम English by Radio प्रस्तुत गर्ने अभिभारा सुम्पनुभएको छ । पछिल्लो समयमा मलाई हौसला दिने व्यक्तित्वहरूमा नेपाली टाइम्स का सम्पादक कुन्द दीक्षित हुनुहुन्छ । उहाँले मैले द्वन्द्वकालमा पठाएका रिपोर्टहरू सो पत्रिकामा प्रकाशित गरी मलाई हदैसम्म प्रोत्साहित गर्नु भयो । एकजना बेलायती स्वयंसेविका Fiona Lewis बाट पनि मैले धेरै भाषिक सीपहरू सिकेँ । उनी सन् २००३ मा बेलायत फर्केपछि मलाई 'The Guardian Weekly' कोग्राहक बनाइदिएकी छन् । उनले त्यतिवेला लेखेकी थिइन्—'I have subscribed you to this newspaper in order to satisfy your voracious appetite to English' । म यी प्रेरक व्यक्तिहरूलाई दैनिक स्मरण गर्छु ।
एसएलसी उत्तीर्ण भए देखि नै मैले अध्ययन र अध्यापनलाई समान्तररूपले लगेँ । त्यसपछि का दिनमा हजारौं छात्रछात्राहरूसँग आफ्नो सीप बाँडिरहेको छु । शैक्षिक तालिम केन्द्र तुलसीपुरमा रोष्टर प्रशिक्षक भएर मावि र निमाविका शिक्षकहरूलाई तालिम पनि दिँदै आएको छु । अति कमजोर विद्यार्थीलाई सहयोग पुरयाउने उद्देश्यले अङ्ग्रेजीकोगाइड पनि लेखेँ । हरेकजसो विद्यार्थीको हातमा आफूले लेखेकोगाइड देख्दागर्व महसुस हुन्छ । आफूलाई आज गुरुहरूको पनि गुरु भएको पाउँदा जुनी नै फेरेको आभास हुन्छ । भगीरथ प्रयास गरेर विद्या आर्जन गरे मा एक दिन सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने विश्वास अरू बलियो भएको छ ।



