धेरै विकृतिको साझ समाधानः शिक्षक ब्याङ्क

२०४५ सालतिर को कुरो हो । तत्कालीन महेन्द्र क्याम्पस, दाङमा भारतबाट परेस पाण्डेय नाम गरेका शिक्षक झ्किाइएका थिए । पहिलो दिन कक्षामा पस्दा उनले आफूलाई ‘उत्तरप्रदेश लोकसेवा उत्तीर्ण अफिसर’ को रूपमा चिनाउँदा विद्यार्थीहरू अलमलमा परे । उत्तरप्रदेश (भारत)को लोकसेवा पास गरेको मान्छे कसरी नेपालको कलेजमा पढाउन आइपुग्यो ? सबैलाई खुल्दुली लाग्यो । करिब वर्ष बित्दा नबित्दै उनी फर्की पनि हाले । पछि सबै कुरा खुलस्त भयो– उनी लोकसेवा पास गरेर जगेडामा राखिएका सम्भाव्य कर्मचारी थिए । कतै दरबन्दी खाली भएपछि उत्तरप्रदेश सरकारले उनलाई काममा बोलाएको थियो ।

कुनै पनि रिक्त स्थानमा तत्कालै स्थायी र योग्य जनशक्तिको आपूर्ति गरिहाल्नको निम्ति यस किसिमको व्यवस्था भारतमा पहिले देखि नै भएको पाइन्छ ।

नेपालमा स्थायी, अस्थायी, राहत, लियन, सहयोगी कार्यकर्ता आदि विभिन्न विशेषण जोडिएका शिक्षक पद छन् । सेवा प्रवेशका बखत अस्थायी शिक्षकका रूपमा भर्ती हुने र पछि तिनै व्यक्तिलाई विभिन्न बहानामा स्थायी गर्दै लैजाने पञ्चायती परिपाटी हालसम्म पनि कायमै छ । शिक्षक आपूर्तिमा भइरहने खिचातानी, अस्वस्थ र गैर –शैक्षिक क्रियाकलाप , फितलो नियम–कानुन आदिका कारण ‘सबै अस्थायीलाई स्थायी गर्नु को विकल्प नै छैन’ भन्ने मान सिकताले सरोकारवालाहरूको दिमागमा जरागाडेको छ । तर हराम्रो यो मान सिकतामा परिवर्तन ल्याउनै नसकिने र विकल्पहरू भेटिँदै नभेटिने भने होइनन् ।

के हो शिक्षक ब्याङ्क ?
केन्द्रीय स्तर बाट प्रतिस्पर्धाका आधारमा छनोट भई कुनै जिल्ला शिक्षा कार्यालयको सम्पर्कमा बसेका शिक्षकहरूको समूह नै शिक्षक ब्याङ्क हो । उनीहरू शिक्षक सेवा आयोगका सबै चरणका परीक्षा उत्तीर्ण भई स्थायी नियुक्ति प्राप्तार्थ पालो पर्खाइमा हुन्छन् । कुनै स्कूलमा शिक्षक पद रिक्त भएको भोलिपल्टै सो ब्याङ्क अथवा समूहबाट एकैचोटि स्थायी र योग्य शिक्षकको व्यवस्था गर्न सकिन्छ । यसबाट पठनपाठनमा व्यवधान पैदा हुने अथवा अस्थायी र अयोग्य शिक्षकबाटै काम चलाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ ।

आयोगको योग्यता क्रमका आधारमा शिक्षकहरूलाई रिक्त दरबन्दीमा नियुक्त गर्दै जाने र नियुक्त मितिका आधारमा मात्र सेवागणना गर्ने , पायक पर्ने स्कूल वा जिल्ला शिक्षकले नै रोज्न पाउने, कुनै जिल्लाको शिक्षक ब्याङ्कमा शिक्षकको कमी भएमा अर्को जिल्लाको ब्याङ्कमा स्वेच्छाले जान पाउने, एक निश्चित समयभित्र नियुक्ति भइसक्नुपर्ने अन्यथा आयोगको सिफारिस निष्क्रिय हुने जस्ता प्रावधानहरू राखी यस्तो ब्याङ्कलाई सरल, सहज र जीवन्त तुल्याउन सकिन्छ ।

विद्यालय शिक्षक किताबखानाको तथ्याङ्क अनुसार चालू आ.व. २०६७/६८ मा करिब २००० शिक्षक उमेरको हदले सेवा निवृत्त हुँदैछन् । त्यसै गरी; विगतको ‘ट्रेन्ड’ हेर्दा वार्षिक करिब तीन सय शिक्षक अन्य कारणले (मृत्यु, स्वेच्छिक अवकाश) सेवा निवृत्त हुने गर्छन् । यो पृष्ठभूमिमा तीनहजार जतिको शिक्षक ब्याङ्क स्थापना गर्न सकियो भने नेपालको तत्कालको खाँचो टर्ने देखिन्छ । शिक्षक सेवा आयोगले सबै विधि पुर्याएर विना हतार र दबाबमा शिक्षक चयन गर्दा शिक्षकहरूको जमात समावेशी, योग्य र ताजा त हुन्छ नै; पहुँच र पैसाको आधारमा शिक्षक बन्ने परम्पराको पनि अन्त्य हुन्छ र अन्ततः शैक्षिक गुणस्तर को आधारशिला खडा हुनसक्छ ।

विषयगत शिक्षकहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्दा जिल्लागत, अञ्चलगत, क्षेत्रगत अथवा निर्वाचन क्षेत्रका आधारमा समेत स–सर्त विज्ञापन गर्न सकिने हुनाले शिक्षक ब्याङ्क निरन्तर स्थायी शिक्षक आपूर्तिको एउटा उत्तम विकल्प सावित हुन सक्छ । त्यसपछि ‘अस्थायी शिक्षक’ भन्ने शब्दावली नै इतिहासको विषय बन्न पुग्छ ।

यस्तो ब्याङ्कको स्थापना, अहिले कार्यरत अस्थायी शिक्षकलाई हटाउने उद्देश्यका लागि भने हुनुहुँदैन । अस्थायी शिक्षकहरूले उमेरको हदसम्म आयोगको प्रतिस्पर्धामा सामेल हुन पाउनुपर्छ । त्यसै गरी उनीहरू उमेरको हदसम्म जागिरमा रहन सक्ने वातावरण पनि दिइनुपर्दछ । अस्थायी शिक्षकहरू सेवा निवृत्त हुँदा राज्यले दिने सेवा, सुविधाका बारेमा वेलैमा नीतिनियम तर्जुमा गरेको खण्डमा ‘शिक्षक ब्याङ्क’ लाई कसैले पनि ‘सौता’ ठान्ने छैनन् ।

दरबन्दी मिलानमा सहजता
हामीकहाँ शिक्षक नियुक्ति विद्यालय व्यवस्थापन समितिले गर्ने र सरकारी निकायले समर्थन मात्र गर्ने परिपाटी लामो समय देखि चलेको छ । यही परिपाटीका कारण मावि, निमाविमा सामाजिक विषयका शिक्षक आवश्यकता भन्दा बढी सङ्ख्यामा नियुक्त भएका छन् । यसरी विषयगत खाँचो र शिक्षक दरबन्दीबीच सामञ्जस्य नहुँदा शैक्षिक गुणस्तर मा प्रतिकुल असर परेको छ । शिक्षकको स्थानान्तरण उनको व्यक्तिगत सहमतिमा मात्र हुने वर्तमान परिपाटीले शिक्षक वितरण प्रणाली समानुपातिक र खाँचोमा आधारित हुनसकेको छैन । परिणामतः त्यसको असर पनि पठनपाठनमा पर्न गएको छ । यो समस्याको समाधान रिक्त दरबन्दी मात्र स्थानान्तरण गर्ने नीति अपनाउनु हुनसक्छ । यसलाई सरलीकरण गर्न पनि शिक्षक ब्याङ्कको अवधारणा नै सहयोगी हुन्छ । रिक्त दरबन्दीमा आफ्नो मान्छे भर्ती गर्न नमिल्ने भएपछि सो पद अर्को आवश्यक विद्यालय वा जिल्लामा स्थानान्तरण गर्दा वि.व्य.स.बाट व्यवधान हुने सम्भावना स्वतः हटेर जान्छ ।

शिक्षक छनोट कार्य केन्द्रीकृत किन ?
कुनै पनि व्यक्ति शिक्षक बन्नका लागि योग्य छ वा छैन भन्ने कुरा गहन मनोवैज्ञानिक परीक्षाबाट मात्र यकिन गर्न सम्भव हुन्छ । कोही व्यक्ति कुनै काम नपाएर शिक्षक भए पनि बनिहालौं भनेर आएको छ कि वास्तवमै शिक्षक बन्न उत्सुक र योग्य पनि छ भन्ने थाहा पाउन बौद्धिक र मनोवैज्ञानिक छनोट प्रणाली अत्यावश्यक हुन्छ । विशेषज्ञहरूको संलग्नताबाट मात्र कुनै पनि व्यक्तिको क्षमता, उपलब्धि, बुद्धि, प्रतिभा, प्रवृत्ति र सम्भावित क्षमता ९ब्उतष्तगमभ० को सही मापन र परीक्षण सम्भव हुन्छ ।
शिक्षक छनोटको सन्दर्भमा हाम्रा वि.व्य. समितिहरू शैक्षिक तथा मनोवैज्ञानिक विशेषज्ञहरूको सेवा लिन आर्थिक र व्यावहारिकरूपले सक्षम छन् त ? के तिनले अभिवृत्ति ९ब्उतष्तगमभ० परीक्षण सक्छन् ? यी प्रश्नको जवाफ स्वाभाविकरूपमै नकारात्मक हुन्छ । अतः यस्ता पेशागत छनोटका कार्यहरू विश्वसीनयता, वैधता, प्राविधिक र आर्थिक कारणले समेत केन्द्रीयस्तर का संरचनामा मात्र सम्भव हुन्छ । मौजुदा शिक्षक आपूर्ति व्यवस्था त एकातिर योग्य शिक्षक छनोटमा असफल भएको छ भने अर्कोतिर शैक्षिक गुणस्तर गिराउनमा समेत जिम्मेवार देखि एको छ ।

वास्तविक व्यवस्थापन समिति
शिक्षक मासिक, जेठ २०६७ को अङ्कमा राधेश्याम अधिकारी ले लेख्नुभएको छ, “हाम्रा स्थानीय नेता र नागरिक समाज का प्रतिनिधिले आफ्नो सेरोफेरो वा विद्यालयहरूमा अहिले पनि चाख त लिएका छन् तर केका लागि भने विद्यालय व्यवस्थापन समिति हत्याउन र त्यहाँ शिक्षकका रूपमा आफन्त भिœयाउनका लागि मात्र ।” तर, यदि माथि उल्लेख गरिएझैँ वर्तमान को शिक्षक आपूर्तिको व्यवस्था ब्याङ्कको माध्यमबाट हुने हो भने वि.व्य.स. मा स्वार्थरहित शिक्षाप्रेमीहरूको पहुँच सुनिश्चित र वास्तविक विद्यालय व्यवस्थापन समिति बन्नेछ ।
(लेखक विद्यालय निरीक्षक हुन् ।)

commercial commercial commercial commercial