वनको ज्ञान र विज्ञान
अमेरिकाको क्यालिफोर्नियाका जायन्ट सिकुव्रा नामकारूख ८३.८ मिटरसम्म अग्ला हुन्छन् । अमेरिकाकै डगलसफर नामक डिंग्रेसल्ला चाहिँ हाम्रो धरहरा (५९.२९ मिटर) जत्तिकै अग्लो हुन्छ । नेपालीरूखहरूमध्ये अग्लो वर्गमा साल, सिमल, देवदार पर्छन् । यिनको उचाइ ३०–४० मिटरसम्म हुन्छ । अर्थात् हाम्रा कुनै पनि रूखले धरहरालाई उछिन्न सक्दैनन् ।
इस्बी सम्वत्को नयाँ वर्ष २०११ को थालनीसँगै ‘अन्तर्राष्ट्रिय वन वर्ष’ पनि प्रारम्भ भएको छ । संयुक्त राष्ट्रसंघको यो घोषणाको स्वागत गर्दै नेपाल सरकार वन मन्त्रालयले केही नौला प्रस्ताव अघि सारेको छ । त्यस अनुसार यो वर्षलाई ‘प्लान्ट होलिडे’ को रूपमा ‘एउटा पनि रूख काट्न अनुमति नदिने’ नीति बनाएको समाचार पुस १६ गते पढ्न पाइयो । तर, ‘ढलेका, सुकेका, धोद्रा, बाङ्गा/टिङ्गारूख भने काटेर बजार आपूर्ति गरिनेछ’ भन्ने अपवाद त्यहाँ जोडिएकै रहेछ । त्यसको अघिल्लो दिन मात्र ‘सात वर्षमा एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण’ भन्ने समाचारले अखबार पिटेको थियो । आजभोलि अपवादले शासन गरेको वेला, अवैधानिक शक्तिको बोलवाला भएको वेला, ‘नेपालको वन तस्करीको धन’ भन्ने जन गुनासोगुञ्जेको वेला कस्तालाई रूख मान्ने ? कस्तालाई रूख नमान्ने ? कस्तालाई काट्न हुने, बाङ्गा/टिङ्गा भन्ने ? कस्तालाई सोझ र काट्न नहुने जस्ता प्रश्नले किचलो उठाए भने ‘प्लान्ट होलिडे’ को पावन मर्म मर्माहतमा पुग्न बेर लाग्दैन । तर यदि जनमान समा देशप्रेमको जागरण आयो भने, युवा विद्यार्थी एवं शिक्षक वर्ग आन्दोलित भयो भने, नेपालमा पनि ‘चिप्को आन्दोलन’ चम्कन सक्छ । त्यतिवेला हाम्रा युवा र युवतीहरू पनि आ–आफ्ना गाउँ र जिल्लाकारूखलाई अँगालोमा बेरेर बञ्चरोको सामना गर्ने छन् भन्ने विश्वासका साथ वन र वृक्षको वानस्पतिक विवेचनातिर लागौं ।
वन हामीलाई थाहा नभएको विषयवस्तु होइन । तर वनको परिभाषा गर्नु परयो, वनलाई वर्गीकरण गर्नु परयो वा वनसम्पदाको जोखना गर्नु परयो भने चाहिँ सजिलो हुँदैन । वन ऐन तथा नियमावली हे¥यौं भने ‘वन भन्नाले पूर्ण वा आंशिक रूपमारूखहरूले ढाकिएको क्षेत्र सम्झनुपर्छ’ भनी तोकेको हुन्छ । सरकारी तथ्याङ्क अनुसार आज नेपालको कुल भू–भागको २९.६ प्रतिशत वन क्षेत्र रहेको दाबी गरिन्छ । यो आँकडाभित्र कतिसम्म पातलो वन अटाएको छ भन्ने प्रश्न केलाउनु आवश्यक हुन्छ । वन प्राविधिकहरू वनको हैसियत तय गर्न वनभित्र छिरेर त्यहाँबाट आकाश कति देखिन्छ भन्ने कुरा को हिसाब गर्छन् । त्यहाँबाट हेर्दा ९० प्रतिशत खुल्ला आकाश देखिन्छ र १० प्रतिशत मात्र पनि रूखको हरियालीले छेकेको छ भने त्यस क्षेत्रलाई वन क्षेत्र मानेर हिसाब निकालिएको हुन्छ । आजभोलि हवाई चित्र एवं अन्तरिक्ष यानले पठाएका चित्रको अध्ययन गरेर पनि वन कति पातलो वा घना रहेको छ भन्ने अध्ययन हुन्छ । वनभित्र छिरेर दुः ख गरिरहन पर्दैन ।
नेपालमा भोट, हिमाल, पहाड, महाभारत, मधेश, चुरे र तराई आदि विभिन्न भू–स्वरुप भएकाले पनि वनहरू भिन्न–भिन्न प्रकारका हुन्छन् । व्यवस्थापनको हिसाबले भने ऐन–नियमले तोकेबमोजिम सात प्रकारका वन निर्धारण गरिएको छः (१) राष्ट्रिय वन (२) सरकारद्वारा व्यवस्थित वन (३) संरक्षित वन (४) सामुदायिक वन (५) कबुलियती वन (६) धार्मिक वन र (७) निजी वन । त्यसका अतिरिक्त राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रसँग आबद्ध मध्यवर्ती सामुदायिक वन, धार्मिक वन, निजी वन, मध्यवर्ती क्षेत्र वन जस्ता विभिन्न प्रकारले वन वर्गीकरण गरिएको हुन्छ । यी सबै वर्गीकरणहरू व्यवस्थापन एवं कानुनी दृष्टिमा निर्धारण भएका हुन्छन् । वनको प्रकृति एवं जैविक विविधताको दृष्टिले हेर्दा वनको परिभाषा वेग्लै हुन्छ । वनका प्रकार पनि वेग्लै हुन्छन् । नामकरण पनि वेग्लै प्रकारले गरिन्छ ।
वन भन्नालेरूख वा वृक्षको समूह मात्र जनिँदैन र वृक्ष भन्नाले काठ पदार्थ मात्र हुन्छ भन्ने कुरा पनि हुँदैन । वनमा वृक्षहरू हुन्छन्, झरबुटा हुन्छन्, लता–लहरा र सुनाखरीहरू, उन्यूँ–घाँसपात, जराजुरी लगायत झयाउ, लेउ पनि हुन्छन् । वनभित्र बाँस, निगालो, लोक्ता, जडिबुटी र च्याउ पनि हुन्छ । जीव प्राणीमा कीरा, फट्याङ्ग्रा, पुतली, माहुरी, सर्प, छनेपारो, भ्यागुता,गड्यौला, जुका र माकुरा हरू पनि हुन्छन् । विभिन्न जन्तु र चराचुरुङ्गीका बासस्थान पनि वनभित्र हुन्छन् । वन भित्रको जीवन सञ्जाल र तिनको रहस्य वनैभित्र मात्र अनुभूत हुन्छ । व्याख्या र वर्णनबाट त्यो पूरा हुँदैन ।

वन भनेपछि निश्चित रूपमा त्यहाँरूख हुनैपरयो ।रूख भनेपछि त्यसको एउटा मूल खामो हुन्छ भन्ने बुझनुपरयो । प्राविधिज्ञहरूको भनाइमा त्यो खामो तीन मिटरभन्दा लामो र त्यसकोगोलाइ १० सेन्टिमिटरभन्दा मोटो भए मात्र त्यसलाई रूख मानिन्छ । तर, नेपालको परिप्रेक्ष्यमा यस्तो ठोकुवा परिभाषाले आफैं ठक्कर खान्छ । एकै प्रजातिकोरूख पनि स्थानविशेष अनुसार अग्लो र होचो हुन्छ । ढोरपाटनको वनमा ८–१० मिटरको सुरिलो कद हुने धुपिसल्लाको बोट, लेकाली क्षेत्रमा ख्याउटे रुप लिएर झङ्गिन्छ । त्यसैले हराम्रो सन्भर्दमा एउटा मोटोगोलाइको मूल खामोबाट हाँगाबिँगा पलाएर आकाशतिर उक्लिने बिरुवालाई रूख मान्नुपर्छ ।रूख भएपछि आफैं ठडिनु पर्छ । अरूको आडमा आकासिनु हुँदैन । त्यसैले काष्ठ पदार्थलेरूखको मूल खामो बनेको हुन्छ । नत्र त केराको बोटलाई पनि रूख मान्नुपर्ने हुन्छ र बाँसलाई पनि रूखमागणना गर्नु पर्ने हुन्छ । बाँसमारूखको जस्तो हाँगाबिँगा हुँदैनन् । यो खोक्रो पनि हुन्छ । त्यसैलेरूखमागनिँदैन । संसारमा हजारौं प्रकारकारूखहरू छन् । अमेरिकाको क्यालिफोर्नियाको एक राष्ट्रिय निकुञ्जमा ८३.८ मिटरसम्म अग्लोरूख पाइन्छ । जायन्ट सिकुव्रा नामका तीरूख हराम्रो धरहरा (५९.२९ मिटर) भन्दा पनि अग्ला हुन्छन् । अमेरिकाको डगलसफर नामक डिंग्रेसल्ला पनि धरहरा जत्तिकै अग्लो हुन्छ । हाम्रा नेपालीरूखहरूमध्ये अग्लो वर्गकारूखमा साल (सखुवा), सिमल, देवदारका वृक्षहरूलाई उल्लेख गर्न सकिन्छ । यीरूख ३०–४० मिटरसम्म अग्ला हुन्छन् । हाम्रा कुनै पनि रूखले धरहरालाई उछिन्न सक्दैनन् ।
वन भनेपछि के को वन भन्ने प्रश्न स्वाभाविकै हुन्छ । वृक्ष अनुसार वनको नाम दिने चलन हुन्छ । जस्तै सालको वन, सल्लाको वन,गुराँसको वन, देवदारको वन, उत्तिसको वन, चिलौनेको वन, ढिंग्रेसल्लाको वन आदि । तर भन्दा ‘सालको वन’ भनिए तापनि त्यहाँ अरू विभिन्न प्रजातिकारूखहरू मिसिएकै हुन्छन् । त्यहाँ बाहुल्य मात्र सालको हुन्छ । कहिलेकाहीं दुई प्रजातिको बाहुल्यमा वन खडा हुन्छ । जस्तै खयर र सिसौ, चिलौने र कटुस,गुराँस र धूपी इत्यादि । जहाँ जसको बाहुल्य बढी हुन्छ त्यसकै नाम अगाडि दिने चलन हुन्छ ।
वनको वर्गीकरण र तिनको नामकरण गर्दा स्थानविशेषको जलवायुलाई आधार मान्नुपर्ने धेरै कारणहरू हुन्छन् । मुख्यतया उष्ण क्षेत्र, समशीतोष्ण क्षेत्र र लेकाली क्षेत्रका विशेषतालाई ध्यानमा राखेर वनको वर्गीकरण गरिन्छ । नेपालको परिप्रेक्ष्यमा समुद्र सतहबाट १००० मिटरभन्दा कम उचाइ भएको तराई, मधेश र चुरेको भू–भागमा रहेको वनलाई उष्ण वन मानिन्छ । नेपालको भूगोल अनुसार हामी कर्कट रेखाभन्दा उत्तरमा पर्दछौं । त्यस हिसाबमा हामी उष्ण कटिबन्ध भन्दा बाहिर पर्दछौं । तर हाम्रा वन, वनस्पति र वन्यजन्तुले उष्ण क्षेत्रको प्रतिनिधित्व गर्छन् । हाम्रागुराँसका वन, देवदारका वन, धोगे चाँपका वन, ओखरका वन आदि विश्वका समशीतोष्ण कटिबन्धका वनको कोटिमा पर्न आउँछन् । जापान, चीन, युरोप र क्यानडा तथा उत्तरी अमेरिका सम–शीतोष्ण कटिबन्धका वनको प्रधानता भएका मुलुक हुन् । यी क्षेत्रमा उत्तरी अक्षांशको साढे ६६ डिग्री नाघेपछि त्यहाँ वन क्षेत्र बिलाउँछ र घाँसेमैदानको संसार थालनी हुन्छ । नेपालमा भने वन क्षेत्रको सिमाना उचाइले तोक्छ, अक्षांशले होइन । लगभग ४००० मिटरको उचाइमा हराम्रो वृक्षरेखा कायम हुन्छ । त्यसभन्दा माथि वन फस्टाउँदैन ।
वनको वर्गीकरण एवं नामकरणको अर्को आधार ऋतु अनुसार परिवर्तन हुनेरूखको प्रकृतिमा निहित हुन्छ । जाडो याममा पूरैरूख नाङ्गो हुने गरी पात झ्रेर जाने खयर, सिसौ, सिमल, ओखर, पैयूँ, शिरीष आदिका वनलाई पतझ्र वन भन्ने चलन छ भने त्यसरी पात नझर्ने जामुनो, क्यामुनो, चिलौने, कटुस,गुराँसका वनलाई सदावहार वनको कोटिमा राखिन्छ । जाडोमा पात नझर्ने सदावहार तर फूल नफुल्ने कोणधारी वृक्ष जस्तै सल्ला, धूपी, देवदार, ढिंग्रे सल्ला, लोंठ सल्ला आदिलाई कोणधारी वनको कोटिमा वर्गीकरण गरिन्छ । कोणधारी वृक्षको काठ नरम हुने र अरू चौडा पाते वृक्षहरू जस्तै साल,गुराँस, चाँप आदिको काठ साह्रो हुने भएकाले वन विशेषज्ञहरू वन र वृक्षलाई नरम काठे (सफ्ट उड) र साह्रो काठे (हार्ड उड) भनी दुई वर्गमा वर्गीकरण गर्द छन् । त्यस अनुरुप वन गुरुयोजना (सन् १९८८) ले तराईको वनलाई साह्रो काठे मिश्रित वन (तराई मिक्स्ड हार्ड उड) र उच्च क्षेत्रको मिश्रित वनलाई साह्रो काठे वन (अपर स्लोप मिक्स्ड हार्ड उड) भनेर वनको प्रकार छुट्याउने काम गरेको छ ।
प्राकृत रूपमा स्थान अनुसार स्थापित हुने स्थायी प्रकारको वनलाई उत्कर्षमा पुगेको वन (क्लाइमेक्स फरेष्ट) भन्ने चलन छ । पूर्वी र मध्य नेपाल (मेची देखि गण्डकीसम्म) १००० मिटर देखि २००० मिटरसम्मको उचाइमा रहेको चिलौने र कटुसको वन मानव क्रियाकलाप वा अरू प्राकृतिक प्रकोपले विनाश नभएमा स्थायी रूपमा कायम रहन्छ । उक्त क्षेत्रमा वन विनाश भएमा अक्सर सल्लाकारूखहरू उम्रन थाल्छन् ।

वृक्षरोपण गर्दा पनि सल्लो नै बढी सफल हुन्छ । त्यस अवस्थामा सल्लाको वन वा सल्ला मिश्रित चिलौने वा कटुसको वनलाई माध्यमिक वन (सेकेण्डरी फरेष्ट) अथवा दोस्रो पुस्ताको वन भन्ने गरिन्छ । यस्तो वन पछि कालान्तरमा फेरि चिलौने र कटुसकै वनमा परिणत हुन्छ । त्यहाँ सल्लाका वृक्षहरू आफैं नष्ट भएर जान्छन् । पश्चिमी नेपालमा भने १००० मिटर र २००० मिटरको उच्च क्षेत्रमा सल्लाकै वन स्थायी रूपमा स्थापना हुन्छ । त्यहाँको जलवायु र जमिनले उत्कर्ष वनको रूपमा सल्लाको वनलाई स्थापित गरेको हुन्छ । चिलौने र कटुस त्यस क्षेत्रमा स्थापित हुन सक्दैनन् ।
नेपालमा वन विकास को क्रममा धेरै ठाउँमा वृक्षरोपण गरेर वन पाल्ने गरेका उदाहरणहरू छन् । यस्ता वनलाई रोपुवा वन (प्लान्टेशन फरेष्ट) भनिन्छ । कृषि बाली जस्तै वन बाली लगाएर उद्योग र व्यापारबाट फाइदा लिने पुरानै चलन हो । रबरकोरूख र टिककोरूखबाट ठूलै व्यापार फस्टाएको उदाहरण यहाँ उपयुक्त हुन्छ । नेपालमा युकालिप्टस (मसलाकोरूख) रोपेर वन उद्योग चलाउने प्रयासहरू पनि भएका थिए । ‘प्लान्ट होलिडे’ ले यस्ता वनमा रहेकारूखहरू काट्ने वा छाँट्ने विषयमा के नीति लिने होला, भविष्यले बताउनेछ । यसै गरी सामुदायिक वन उपभोक्ताहरूको प्रतिक्रिया पनि आउन बाँकी नै छ ।
नेपालको वनको विविधता के–कस्तो छ र के–कति प्रकारका वन छन् भन्ने भरपर्दो जानकारी एडम स्टेन्टनले सन् १९७२ मा प्रकाशित गरेको ‘फरेष्ट अफ नेपाल’ अर्थात् नेपालको वन नामक पुस्तकबाट प्राप्त हुन्छ । उनले नेपालको वनलाई ३५ प्रकारमा वर्गीकरण गरेका छन् । सो अनुसार उष्ण र उप–उष्ण प्रदेशमा १० प्रकारका वन छन् भने समशीतोष्ण एवं लेकाली क्षेत्रमा २५ प्रकारका वनहरू भेटिन्छन् । यसै गरी वन र वनस्पतिलाई आधार बनाएर नेपालको पर्यावरणलाई नक्साङ्कन गर्ने काम गर्दा ३६ विभिन्न प्रकारका पर्यावरण क्षेत्र र (इकोलजिकल रिजन्स) ले नेपालको भूगोल ओगटेको छ ।
आफ्नो गाउँ–जिल्लामा वनहरू के कति प्रकारका छन् र तिनको संरक्षण तथा सम्बद्र्धन कसरी गर्ने भन्ने आधारभूत ज्ञान प्राप्त गर्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय वन वर्षलाई सकार्न उचित होला । हराम्रो जीविकोपार्जन र सुरक्षित भविष्य एवं समसामयिक विकास को लागि वनले के–कस्तो भूमिका खेल्न सक्छ भन्ने यथार्थ ज्ञान पनि हामीले आर्जन गर्नु परेको छ ।



