अक्षर भनेका रेखा हुन्

अक्षर लेख्न सिकाउँदा वर्णमालाको पहिलो अक्षर (‘अ’ वा ‘क’) होइन, सबैभन्दा सजिलो अक्षरबाट थालनी गर्नु पर्छ । सिकाइको सिद्धान्त नै हो– पहिले सरल अनि मात्र जटिल कुरा सिकाउने ।

अक्षर लेख्न कसरी सिकाउने ?
आदरणीय शिक्षक मित्र ! के तपाईं प्राथमिक–पूर्व प्राथमिक तहमा नेपाली पढाउनु हुन्छ ? के उनीहरूलाई अक्षर लेख्न सिकाउन गाह्रो भएको छ ? के उनीहरू अक्षर लेख्दा उल्टोपाल्टो पनि पार्छन् ? अथवा आफ्नै घरमा बालबालिकालाई अक्षर सिकाउन अप्ठ्यारो लाग्ने गरेको छ ?

साना नानीहरूलाई पहिलो पटक अक्षर लेख्न/चिनाउन प्रायः सबैलाई कठिन नै हुने गर्छ । अतः यहाँ अक्षर लेखाइ सम्बन्धी केही सरल तरिकाहरूबारे चर्चा गर्न लागिएको छ । यहाँ बताइएका विधिहरू अवलम्बन गर्दा अक्षर लेखन–सीप सिकाउन अवश्य पनि केही सजिलो हुनेछ ।

अक्षर लेख्न सिकाउँदा वर्णमालाको पहिलो अक्षर (‘अ’ वा ‘क’) होइन, सबैभन्दा सजिलो अक्षरबाट थालनी गर्नु पर्छ । अनि अक्षर चिनाउने र लेखाउने काम सँग सँगै गर्नु / गराउनु पर्छ । सिकाइको सिद्धान्त नै हो– पहिले सरल अनि मात्र जटिल कुरा सिकाउने ।
शिक्षक साथीहरू ख्याल राखौं– अक्षर भनेकै रेखाहरू हुन् । विभिन्न आकारका रेखाबाटै अक्षरका आकृतिहरू बन्दछन् । अतः विद्यार्थीलाई सिसाकलम वा खरी समाउन दिएपछि शुरु शुरु मा मनपरी रेखाहरू कोर्न दिनुपर्छ । तपाईं के मात्र ध्यान राख्नुस् भने उसले सिसाकलम वा खरी सजिलोसित समातेको छ कि छैन । लेख्ने साधन समाउने तरिका नमिल्दा अक्षर नराम्रा हुने रगति नबढ्ने हुन्छ । दोस्रो चरणमा उसलाई छड्के, ठाडो, तेर्सो, बाङ्गो, टिङ्गो,गोलो धर्काे तान्न लगाउनुस् । शुरु मा आफैँ त्यस्ता धर्को तानेर देखाइदिनुस् र त्यस्तै धर्को बनाउन लगाउनुस् । यसबाट के फाइदा हुन्छ भने उसले चाहेको दिशामा नाडीलाई घुमाएर आकार बनाउन सक्छ । यदि उसको हात समाउनुभयो भने उसले आफ्नो हातलाई अररो पार्न सक्छ । त्यसैले समाउनै पर्ने भए मात्र हलुका गरी समाएर सहयोग गर्नु होस् । सकेसम्म नसमाउनु नै जाती ।

जब बालबालिकाले हातलाई दायाँबायाँ घुमाएर विभिन्न आकारका रेखाहरू कोर्न थाल्छन् तब उनीहरूलाई अक्षर देखाउँदै, चिनाउँदै, उच्चारण गराउँदै लेखाउँदै गर्नु स् । पहिले सबै अक्षर चिनून् अनि लेखाउँला भन्ने सोचाइ नराख्नुहोस् । उनीहरूले वा उसले चिनेको अक्षर लेख्दै जाओस् । यो एकीकृत क्रियाकलाप हो र यसमा समय पनि कम लाग्छ र सिकाइ पनि स्थायी हुन्छ । हराम्रो वर्णमालामा थुप्रै अक्षरहरू उस्तै उस्तै छन् । तिनमध्ये एउटा आधार अक्षर लेखाएर त्यसैमा अरूको पनि अभ्यास गराउन सकिन्छ ।

हेर्नुहोस् त आकार (कान्दानी) का दुई वटा चिह्न (ा) सँगै जोडेर राख्दा बन्ने आकृति ‘ाा’ बाट कुन कुन अक्षर बन्दा रहेछन् ।

सिकारु बालबालिकाहरूलाई माथि देखाएको जस्तै आकार दिनुहोस्, अक्षर देखाउनुहोस् र जोडजाड पारेर नयाँ–नयाँ अक्षर बनाउन लगाउनुहोस् । यो एकप्रकारको रमाइलो खेल पनि हुन्छ र एउटा पछि अर्को अक्षर बन्दै जाँदा विद्यार्थीहरू सिकाइका लागि उत्प्रेरित पनि हुँदै जान्छन् ।

अब अर्को अक्षर लिनुहोस् ‘ट’ र यसबाट पनि माथि झै अरू थुप्रै अक्षरहरू बनाउन लगाउनुहोस्,

‘त’ ‘न’ दुवैबाट ‘ल’ सिकाउन सकिन्छ ।
‘ज’ बाट ‘ज्ञ’ बनाउन सिकाउनु स् ।
‘त्र’ बाट ऋ लेख्न सिकाउनु स् ।
बाँकी रहेका ‘ञ’ र ‘श’ को छुट्टै अभ्यास गराउनु होस् ।
यी त भए मात्रारहित अक्षरका कुरा । अब मात्रा सहितका अक्षर पनि सिकाऔं ।
यसनिम्ति सर्वप्रथम बालकले सिकेका अक्षरबाट बन्ने शब्दहरू चयन गर्नु होस् । ती शब्दको उच्चारणमा पर्याप्त अभ्यास गराउनु होस् । यसो गर्दा अक्षरलाई विभिन्न स्थानमा पर्ने गरी शब्द खोज्नुहोस् । (याद राख्नुहोस् त्यस्ता, शब्द सार्थक र विद्यार्थीले सुनेको वा थाहा पाएको हुनुपर्छ ।)
मात्रा सिकाउँदा पनि क, का, कि, की, कु, कू गराउनु पर्दैन । क्रमशः ‘आ’ को मात्रा सबै अक्षरमा लगाउन सिकाउनु होस्, अभ्यास गराउनु होस्, अनि ‘इ’ को मात्रामा प्रवेश गर्नु होस् । सबैभन्दा पहिले मात्रा र मात्राले प्रतिनिधित्व गर्ने ध्वनिको परिचय दिनुहोस्—
‘अ’ मा मात्रा नभए झ्ंै क, ख,ग, घ मा पनि मात्रा थिएनन् ।
‘अ’ मा ‘ा’ थपेर ‘आ’ बनाएझै का, खा,गा बनाउन सकिन्छ । यसै गरी =ि इ, ी= ई, ु=उ, ू=ऊ,  ृ=ऋ, े=ए, ै=ऐ, ो=ओ, ौ=औ, ं=अं (याद राख्नुहोस्, शिरबिन्दु ‘ ं’ पनि मात्रा होइन ।)
अब ‘अ’ लेख्न लगाई ‘ा’ तान्न लगाउनुहोस् र ‘आ’ भन्न लगाउनुहोस् । नजिकै ‘म’ लेख्न लगाई ‘ा’ तान्न लगाउनुहोस् र ‘मा’ भन्न प्रेरित गर्नु होस् । अब ‘आ’ र ‘मा’ लाई छिटो भन्न लगाउनुहोस् । यसै गरी पापा, काका, नाना, चाचा, दादा, रारा, माला जस्ता शब्दहरू दिँदै उच्चारण गरी लेख्न लगाउनुहोस् । साथै मात्राविहीन अक्षर पनि मिसाइ दिनुहोस्, जस्तै— खराब आकार, अचार आदि ।
यसै गरी अन्य मात्राहरूमा पनि अभ्यास गराउनु होस् र थाहा पाउनुहोस् तपाईंका विद्यार्थीले परम्परागत तरिकाभन्दा आधाभन्दा कम समयमा सबै मात्रा एकसाथ चिन्न, लेख्न र भन्न सक्नेछन् । यो प्रयोगसिद्ध सीप हो । कुनै मात्रा सिकाएपछि त्यही र सिकिसकेका मात्रा लागेका शब्दमा पर्याप्त अभ्यास गराउनु पर्छ । तर ‘आ’ को मात्रा सिकाएर ‘किताब’ लेख्न नभन्नुहोस् ।
अब आधा अक्षर सिकाउनेपालो आयो । यसका लागि पहिले सिक्ने वातावरणलाई रमाइलो पारौं । हाम्रा अक्षर तीन प्रकारका छन्ः
१) खुट्टा भएका— ख,ग, घ, च, ज, ञ, ण, त, थ, ध, न, प, ब, म, भ, य, ल व, श, ष, स, क्ष, त्र, ज्ञ
२) हात भएका— क, झ, फ
३) केही नभएका— ङ, ट, ठ, ड, ढ, द, छ, ह, र
एउटा खेल गराउनु होस् । सबैलाई उभिन भन्नुहोस् । अब एउटा खुट्टाले मात्र उभिन लगाउनुहोस् । केही सक्छन्, केही सक्दैनन् । नसक्नेलाई बस्न भन्नुहोस् र सक्नेसित सोध्नुहोस्, त्यो खुट्टो पनि उचालेर उभिन सकिएला ? ‘सकिँदैन’ भन्ने भएपछि विषयमा प्रवेश गर्नु होस् । क, ख,ग, घ आदिलाई पनि एक्लै आधा लेख्न र उच्चारण गर्न सकिँदैन भन्ने कुरा मा छलफल गर्नु होस् । अब कालोपाटीमा ‘भन्छ’ लेख्नुहोस् र ‘न’ को खुट्टी नभएको हुँदा त्यसको उच्चारण पनि एक्लै गर्न नसकिने धारणा दिनुहोस् र ‘भन्छ’ को उच्चारण गराउनु होस् । फेरि ‘न्’ लेखेर उच्चारण गर्न भन्नुहोस् । विद्यार्थीले त्यसको उच्चारण गर्न सक्दैनन् । नसकून् । हामीले सिकाउन खोजेकै ‘सकिँदैन’ भन्ने हो । अब त्यस्ता ‘आधा’ अक्षर प्रयोग भएका शब्दहरू लेख्दै उच्चारण गराउँदै लैजानुहोस् र लेख्न लगाउनुहोस् ।
अब यी कुरा बुझाउनुहोस्...
१)    खुट्टा हुने अक्षरको खुट्टो झ्कििदिएपछि आधा बाँकी रहन्छ— ख्,ग्, घ्, च्, ज् आदि ।
२)    हात हुने अक्षरको हात टुक्र्याएपछि आधा अंश बाँकी रहन्छ— क्, फ्,
३)    खुट्टा र हात दुवै नहुने अक्षरको तल ‘्’ दिएपछि आधा हुन्छ— ट्, ठ्, ड्, ढ्, द्, छ्, ह्
यहाँनेर विद्यार्थीले सिकाइलाई सामान्यीकरण गरेर अ, इ आदिलाई पनि आधा गर्ने प्रयास गर्न सक्छन् । अब तपाईं ‘अ’, ‘आ’ लाई आधा उच्चारण गर्न खोज्नुहोस् र उनीहरूलाई पनि गर्न लगाउनुहोस् । हुँदैन । यसैलाई आधार बनाएर ‘अ, आ, इ, ई...’ लाई आधा उच्चारण गर्न र लेख्न मिल्दैन भन्ने धारणा दिनुहोस् ।
नेपालीमा झुन्डिएका र जोल्ठिएका अक्षरहरू पनि छन्, जस्तै, ट्ट, ठ्ठ, ङ्ग, ङ्क, ङ्ख, क्त, द्य आदि । अब यस्ता अक्षरहरूको प्रयोगमा कमी आउँदैछ । यस्ता जटिलतालाई हटाउन तपाईं हामीले पनि प्रयत्न गर्नु पर्छ र विस्तारै ‘ट्ट, ड्ड, ङ्क, ङ्ख’ जस्ता र क्त, ढ्य, ह्व, ह्न जस्ता प्रयोगतर्फ प्रवृत्त हुनुपर्दछ । यी लेखाइ र छपाइका लागि पनि जटिल छन् । फेरि पनि अझै प्रयोगमा रहेकाले यिनलाई टुक्र्याएर देखाइदिनुहोस् र भन्नुहोस्— ‘यस्ता अक्षरमा पहिलो आधा र दोस्रो सग्लो हुन्छ; जस्तै ‘शङ्ख= शङ्ख,गद्य=गद्य, भक्त= भक्त आदि ।
र मा लाग्ने मात्रा र ‘र र्’ को छुट्टै प्रयोग—
मात्रा सिकाउँदा हामीले ‘उ’ लाई ु र ‘ऊ’ ू गरी तलपट्टि दिन सिकायौं । त्यसैको सिको गरेर विद्यार्थीले ‘रु’, ‘रू’ लेख्ने गल्ती गर्छन् । यो स्वाभाविक हो । यहीनेर शिक्षकको विशेष भूमिका हुन्छ, ‘उ’बाट ह्रस्व (रु) र ‘ऊ’ बाट दीर्घ (रू) सिकाउने । यसका लागि उदाहरण विधि नै सबैभन्दा उपयुक्त हुन्छ । यसनिम्ति रुचि,रूप, हरू, बरु जस्ता शब्दको उदाहरण दिँदै अभ्यास गराउनु पर्छ ।
यी प्रयोगहरू हेरौं— व्रmम, प्रसाद, स्रोत, श्रम, द्रव्य,ग्रीष्म आदि ।
त्यस्तै, ट्रक, ट्रली, ड्रम आदि ।
यिनको संरचना यस्तो हुन्छ— क्+र+म, ट्+र+ली, प्+र+सा+द, ट्+र+क आदि । झ्ट्ट हेर्दा न देखि ए पनि यी सबै शब्दमा ‘र’ पूरा अक्षर हो । त्यसभन्दा अघि आउने क्, प्, स्, श्, द्,ग्, ट्, ड्, आधा हुन् । अर्थात् एउटै ‘र’ लाई ‘ ्र’ तथा ‘ «’ को रूपमा लेखिन्छ । स्पष्ट हुनुहोस् र स्पष्ट पार्नुहोस्—
१)    खुट्टा भएका अक्षरमा ‘र’ जोडिँदा ‘ ्र’ हुन्छ; जस्तैः क्रम, प्रसाद आदि ।
२)    खुट्टा नभएका अक्षरमा ‘र’ जोडिँदा ‘ «’ हुन्छ; जस्तै ट्रक, ड्रम आदि ।
थप कुरा बुझाउनुहोस्— श+र= श्र हुन्छ; जस्तै, श्रम, श्री आदि ।
कसै कसैले ‘पर्दैन’लाई ‘प्रदैन’, ‘ गरयो’ लाई ‘गर्यो’ र ‘आशीर्वाद’ लाई ‘आर्शीवाद’ लेखेको तपाईले पनि पाउनुभएको होला ।
मैले त निकै नै पाएको छु । अक्षर र शब्दको अवधारणा नै स्पष्ट नभएका कारण यस्तो अशुद्ध लेखाइ हुने गरेको हो । तसर्थ पहिले अवधारणा स्पष्ट पार्नुहोस्—
‘र्’ लाई ‘¥’ तथा र्‘ ’ को रूपमा लेखिन्छ । यी चिह्न प्रयोग भएका तलका शब्दमा उच्चारणको अभ्यास गराउनु होस् त–
गर्छ, सर्प,गर्मी, चर्पी, आशीर्वाद, सम्पर्क, समर्थन, गर्द िनँ, गर्दै आदि । त्यस्तै; गरयो, म¥यो, झ्¥यो, च¥यो, ¥याल, झ्¥यामझुरुम आदि ।
यहाँ आफू ख्याल गर्नु होस् र विद्यार्थीलाई सम्झउनुहोस्ः प्रथम समूहका शब्दहरूको उच्चारणमा ‘र्’ लाई पहिलो स्वरले तानेको छ; जस्तै—गर्+छ, सर्+प, चर्+पी, समर्+थन, आशीर्+वाद आदि ।
अब स्पष्ट हुनुहोस् र स्पष्ट पार्नुहोस् ‘र्’ को उच्चारण जुन अक्षरभन्दा पहिले हुन्छ त्यसकै डिको माथि रेफ र्‘ ’ बनेर बस्छ । जस्तै, सर्+प= सर्प, समर्+थन= समर्थन,गर्+दै= गर्दै आदि ।
दोस्रो समूहका शब्द उच्चारण गर्दा ‘र्’ लाई ‘य’ ले तानेको छ, जस्तै—ग+र्यो, म+र्यो, झ्+र्यो, र्याल आदि ।
यसरी पछिल्लो अक्षरले तान्दा ‘र’ लाई ‘¥’ रूपमा लेखिन्छ; गरयो, म¥यो, ¥याल आदि ।
यस कुरा मा पनि ध्यान दिनुहोस् ।
संयुक्त अक्षरको लेखाइ र उच्चारणमा फरक पर्ने हुनाले पनि त्रुटि हुने गर्छ; जस्तै– ‘प्रसाद’ लाई नेपाली उच्चारणले ‘पर्साद्’ भन्छ । त्यसकारण शुद्ध र मान क उच्चारणमा अभ्यास गराउनु पर्दछ ।
शिक्षक साथीहरू ! उपर्युक्त तरिका अपनाइसकेपछि राम्रा अक्षर लेख्ने अभ्यास गराउन

 


जस्ता बिन्दुहरूमा दोहोर्याउन लगाउन सकिन्छ । कपीको सिरानमा राम्रा अक्षर लेखेर हस्तलेखनको अभ्यास गराउन सकिन्छ ।


जस्ता आकृति बनाएर बीचमा लेख्न लगाउन सकिन्छ । अनुलेखन (लिखित वा मुद्रित सामग्री हेरेर सार्ने), तथा श्रुतिलेखन (सुनेर लेख्ने) गराए र सफा, रराम्रो, शुद्ध तथा छिटो लेख्ने अभ्यास गराउन सकिन्छ ।

गरेर हेर्नुस्, परिणाम अवश्य रराम्रो होला ।
प्रतिक्रिया लेख्नुहोस्–  mail@teacher.org.np

commercial commercial commercial commercial