जलवायु परिवर्तनसँग बाँच्न सिकौं

पृथ्वीको जलवायु नित्य परिवर्तनशील छ, परिवर्तनकै क्रममा अत्यन्तगर्मी र चिसा हिमयुगहरू पृथ्वीले पार गरिसकेको छ । जलवायु परिवर्तन हामीले रोक्न सक्ने कुरा हो । जलवायु परिवर्तन जीवहरूको सृष्टि अघि देखि नै हुँदै आएको छ । सबै जीवजन्तुले यो परिवर्तनलाई भोगिसकेका छन् । दुर्भाग्यवश, कहिलेकाहीँ परिवर्तनको दर धेरै र अवधि छोटो हुन्छ जसले प्राणीहरूलाई तालमेल मिलाउन गाह्रो पर्छ । त्यस्तो वेलामा परिवर्तनका दुष्प्रभाव पनि धेरै हुन्छ । धेरैको मृत्यु हुन्छ । तर पनि परिवर्तन चाहिँ रोकिँदैन ।

प्राणीहरूमा रहेको प्रतिकूल परिस्थितिमा बाँच्न सक्ने क्षमता र समयक्रममा तिनमा आएको परिवर्तनको सूक्ष्म अध्ययन गरेर प्रसिद्ध प्रकृतिविद् चाल्र्स डार्बिनले ‘सबभन्दा योग्य मात्र बाँच्छ’ (सर्भाइभल अफ द फिटेस्ट) भनेका थिए । वातावरण अनुसार आफूमा परिवर्तन गर्न सकेका प्राणीहरू मात्र आजसम्म अस्तित्वमा रहेका छन् । जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो भन्नुको अर्थ यसलाई चुपचाप सहनुपर्छ र यसले जताजता डोर्याउँछ, त्यतात्यता जानुपर्छ भन्ने चाहिँ होइन ।

भविष्यमा हुने परिवर्तनका बारेमा वेलैमा थाहा पाउने र परिवर्तनसित तालमेल मिलाउन सक्ने भएकाले नै मानिस पृथ्वीको सबभन्दा योग्य प्राणी सावित भएको हो । त्यसैले अहिले पृथ्वीले जुन किसिमको परिवर्तनको चाप भोगिरहेको छ, त्यसको व्यवस्थापनको अभिभारा पनि मानव जातिमै आएको छ । पृथ्वीको तापक्रम बढ्दै जाँदा विभिन्न ठाउँमा थुप्रिएर रहेको हिउँ पग्लिँदै जान्छ र समुद्रमा पानीको मात्रा बढ्छ । कैयन् टापुहरू डुब्ने अवस्थामा पुग्न सक्छन् । खास गरी विकास शील देशहरूसित परिवर्तनसँग तालमेल मिलाउन लाग्ने खर्च हुँदैन । अर्कातिर यही प्रक्रियाबाट रूस जस्ता देशलाई फाइदा हुनसक्छ किनभने त्यहाँ प्रशस्तै जमिन छ र साइवेरिया क्षेत्रबाट हिउँ पग्लियो भने त्यहाँको तेलको भण्डारको अझ् ठूलो प्रयोग हुनसक्छ ।
कतिपय देशहरू अहिले नै एकदमै सम्पन्न छन् । तिनले जलवायु परिवर्तनका प्रभावहरू सितिमिति थाहा नै पाउने छैनन् । धनीहरू त्यसवेला पनि एयर कन्डिसनमा बसेर काम गरिनै रहन सक्छन् । विकसित देशमा प्रयोग हुने आधुनिक उपकरण र त्यस्तै महङ्गो जीवनशैलीका कारण थपिएकोगर्मीको मार गरिब देशका जनतालाई परिरहन्छ । जलवायु परिवर्तनका प्रभाव बढ्दै जाँदा वर्षा कम हुँदै जाने कुरा देखि इसकेको छ । वर्षा कम भएपछि र हिउँको स्रोतबाट बग्ने नदीहरूमा पानी घटेपछि खडेरीको मार पक्कै बढ्छ । फलतः खाद्यान्नको उत्पादन घट्दै जानेछ । वातावरणीय कारणले शरणार्थी बन्नेहरूको सङ््ख्या धेरै बढ्नेछ । हामी जलवायु परिवर्तनबाट बच्न सक्दैनौँ, त्यसैले परिवर्तनसित बाँच्न सिक्नुपर्छ, यसैसित तालमेल मिलाउन जान्नुपर्छ । तालमेल मिलाउनका निम्ति जलवायु परिवर्तनको प्रकृति र प्रवृत्तिलाई बुझनुपर्छ र असल अभ्यास लाई बढाउनुपर्छ । बोटबिरुवाको सङ्ख्या बढाउनु, सकेसम्म कम ऊर्जा खर्च गर्नु , वर्षाको पानीलाई सकेसम्म धेरै जोगाएर प्रयोग गर्नु , सुक्खा सहन सक्ने खालका बाली र बालीका प्रजातिहरूको अनुसन्धान र खेती गर्नु यस्ता केही प्रभावकारी उपायहरू हुन् ।
वातावरण विनाश दुईधारे तरबार हो । यसले व्यक्तिको जीवन कष्टकर र महङ्गो बनाउँछ । अन्त्यमा पृथ्वीलाई नै बस्न नसकिने ठाउँ बनाइदिन्छ । तर वातावरण संरक्षण भने दुई हातमा लड्डु मिल्ने काम हो । यसबाट आफ्नो जीवन सुखी हुन्छ र सम्पूर्ण संसारका लागि काम गरेको सन्तुष्टि पनि प्राप्त हुन्छ ।
(द इकोनोमिस्ट, डिसेम्बर,२०१०)

commercial commercial commercial commercial