गोष्ठी सार्थक बनाउने तरिका
“तपाईंहरूका स्कूलले कसरी सफलता प्राप्त गरे , त्यसनिम्ति तपाईंहरूले के के गर्नु भयो, त्यसमा अन्य शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका कस्तो रह्यो त्यो पनि विस्तारमा बताइदिनुहोला ।”
विद्यालयलाई कसरी सफल तुल्याउने, पठनपाठन सुधार्ने जिम्मा कसको, सरकारी विद्यालय भनेपछि किन नाक खुम्च्याइन्छ आदित्यादि प्रश्न वा विषय राखेरगोष्ठी, अन्तरक्रिया अथवा छलफल कार्यक्रम चलाउँदा कार्यक्रमका अधिकांश सहभागीहरूले के बोल्छन् भन्ने अनुमान पहिल्यै लगाउन सकिन्छ । अर्थात् तिनले या त क–कसले के–के र कसरी गर्नु पर्छ भनेर पट्यारलाग्दो अर्ति–उपदेश सुनाउँछन् या आफूले गरेका कामको बखान गर्दै अरू व्यक्ति र निकाय माथि गुनासो र आरोप ओकल्छन् ।
शायद हराम्रो यस्तो प्रवृत्तिप्रति पूर्ण परिचित भएर होला, ललितपुर जिल्ला शिक्षा कार्यालयले शिक्षक–गोष्ठी सञ्चालन गर्ने नयाँ विधि अपनाएको छ । अघिल्लो महिना उसले जिल्लाभरिका माविका प्रधानाध्यापकहरूकोगोष्ठी अर्कै ढङ्गबाट सञ्चालन गरयो । त्यहाँ उपस्थित प्रअहरूमध्ये समग्र पठनपाठन, व्यवस्थापन र एसएलसी परीक्षामा समेत निरन्तर रराम्रो नतिजा प्राप्त गरिरहेका स्कूलका प्रअहरूलाई सम्बोधन गरेर भनियो “तपाईंहरूका स्कूलले कसरी सफलता प्राप्त गरे , त्यसनिम्ति तपाईंहरूले के के गर्नु भयो, त्यसमा अन्य शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका कस्तो रह्यो त्यो पनि विस्तारमा बताइदिनुहोला ।”
गोष्ठीमा ‘सफल’ भन्दा ‘कमजोर’ माविका प्रअहरूकै बाहुल्य थियो, तर शुरु मा बोल्ने अवसर ‘सफल’का प्रअहरूले पाए । उनीहरूले आफ्नो स्कूल रराम्रो पार्न के के कार्य गरे वा गर्दैछन् भन्ने कुरा को फेहरिस्त राखे; कसैलाई आरोप लगाएनन्, गुनासो गरेनन्, अर्ति–उपदेश पनि खासै दिएनन् । उनीहरूको कथनको सार थियो— स्कूल सफल पार्न सबैको साथ सहयोग अवश्य चाहिन्छ, तर त्यसनिम्ति अग्रसर हुनुपर्ने प्रअले नै हो । प्रअको व्यक्तित्व मिलनसार, अहङ्कारहीन, अध्ययनशील, पारदर्शी र न्यायी हुनुपर्ने पनि उनीहरूको मनसाय थियो । ‘कमजोर’ माविका प्रअहरूले ‘सफल’ का कुरा सुने र यदाकदा प्रश्न सोध्ने काम गरे । उक्तगोष्ठीमा व्यक्त केही ‘सफल’ माविका प्रअका विचार यस्ता थिएः
माधवप्रसाद पाण्डे, त्रिपद्म उमावि, पुल्चोक
हामीले विद्यालयको सफलताका लागि त्यति धेरै कुरा गरेका छौं जस्तो लाग्दैन । स्कूलको शैक्षिक स्तर उठाउनका निम्ति विद्यालय व्यवस्थापन समितिमा सार्थक बहस हुन्छ, समितिको सहयोग रराम्रो छ । मैले प्रअको रूपमा प्रशासनिक नेतृत्वमा भन्दा शैक्षिक नेतृत्वमा बढी ध्यान दिने गरेको छु । सामूहिक दायित्वमा विद्यालयको व्यवस्थापन हुँदै आएको छ ।
पठनपाठनलाई प्रभावकारी बनाउन शैक्षिक सामग्रीको प्रयोग बढाउँदै लगिएको छ र कठिन ठानिएका गणित, विज्ञान र अङ्ग्रेजी विषयका अतिरिक्त कक्षाहरू सञ्चालन गरिएको छ । मासिक, त्रैमासिक, अर्ध–वार्षिक र वार्षिक परीक्षाहरूलाई प्रभावकारी बनाउँदै लगिएको छ । परीक्षाका उत्तरपुस्तिका परीक्षणपश्चात् विद्यार्थीलाई नै फिर्ता दिने गरिएको छ । त्यसबाट विद्यार्थीहरूलाई आफ्ना कमि–कमजोरी थाहा पाउन र सुधार गर्न मद्दत पुगेको छ ।
विद्यालयको भौतिक सुधार, शिक्षकहरूलाई थप सुविधा र जिशिकाबाट शैक्षिक सुपरीवेक्षण भए अरू सफल भइने हराम्रो ठम्याइ छ ।
भीम सापकोटा
आदर्श सौल युवक उमावि, बुङ्मती
हराम्रो विद्यालयसँग योजना छ । योजना कार्यान्वयन गर्न लगनशील र प्रतिबद्ध शिक्षक साथीहरू हुनुहुन्छ । हराम्रो पनि जोड प्रशासनिक होइन, शैक्षिक नेतृत्वमै छ । विभागीय संरचना बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ । यसले जागिरे मनोवृत्तिमा कमी आएको छ र अपनत्व–भावनाको विकास भएको छ ।
अभिभावकको चाहनाअनुरुप विद्यालयको पठनपाठन अङ्ग्रेजी माध्यमबाट सञ्चालन गरेका छौं । यसै वर्ष देखि विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रवेश गराए का छौं । त्यसनिम्ति २० वटा कम्प्युटरसहितको नेटवर्किङ ल्याब बनाइएको छ ।
विद्यालयमा सिकाइ–संस्कृति ९भिबचलष्लन अगतिगचभ० को विकास गर्ने कोशिश गरेका छौं । कक्षामा विद्यार्थी सङ्ख्या धेरै हुँदा शिक्षकको ध्यान पुग्न नसक्ने महसुस गरी सेक्सन छुट्याएका छौं । विद्यालयमा नियमित कक्षा सञ्चालन हुने गरेको छ । पठनपाठनबारे छात्रछात्रासँग पनि छलफल गर्ने गरिएको छ ।
विद्यार्थीको मूल्याङ्कनका निम्ति ‘निरन्तर मूल्याङ्कन विधि’ अपनाएका छौं । यसका लागि शिक्षा विभागको फारमलाई केही परिवर्तन गरी लागू गरेका छौं । कमजोर विद्यार्थीहरूका लागि नियमित परामर्श कार्यक्रम र अतिरिक्त कक्षा सञ्चालन गर्नु हराम्रो स्कूलको सफलताको सूत्र हो ।
हामीले आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा पढाएका छौं । विद्यालयको सामाजिक परीक्षणलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेका छौं । त्यसबाट विद्यालयको पारदर्शितामा वृद्धि भई अभिभावकको विश्वास जित्न सकिएको छ ।
शिक्षकको पेशागत विकास मा जोड दिएका छौं र दलीय राजनीतिबाट विद्यालयलाई अलग राखिएको छ ।
बाबुराम थापा, रुद्रायणी मावि, खोकना
विद्यालय सुधारको योजना छ । सक्रिय र चनाखो व्यवस्थापन समिति छ । शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिको सामूहिक प्रयासमा विद्यालय सञ्चालित छ । विद्यालयमा विषयगत समितिहरू छन् । जसमा सबै तहका शिक्षकहरू समेटिन्छन् । शिक्षकहरूले ‘टिम–वर्क’मा शिक्षण कार्य गरिरहनु भएको छ ।
शिक्षकको कार्यसम्पादनका बारेमा हरेक महिना विद्यार्थीहरूको राय लिन्छौं र शिक्षक–विद्यार्थीहरूलाई सुझाव दिने गरेका छौं । सदनहरूकोगठन र विद्यार्थीहरूका समूह निर्माणले पनि विद्यालयको उन्नतिमा सहयोग पुगेको छ ।
सुदर्शन घिमिरे, बुद्ध मावि, बाँडे गाउँ
हराम्रो विद्यालयमा सामूहिक नेतृत्व र प्रजातान्त्रिक विधि अवलम्बन गरिएको छ । स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोग छ । विद्यालयको सुधार, पठनपाठन, गुणस्तर तथा शैक्षिक उपलब्धिका लागि सबैसँग सहयोग र सहकार्य गर्ने गरिएको छ ।
हामीकहाँ विषयगत विभाग छन् । विद्यालयका काम र जिम्मेवारी बाँडफाँड गरिएको छ । प्रत्येक महिना विद्यालयका प्रधानाध्यापक र शिक्षकबीच विचार आदानप्रदान गर्ने व्यवस्थाबाट विद्यालयको स्तर सुधारमा सहयोग पुगेको छ ।
आर्थिक कारोबार व्यवस्थित र पारदर्शी बनाइएको छ । यसले सरोकारवालाहरूबीच विश्वासको वातावरण सिर्जना गरेको छ ।
विद्यार्थीहरूको प्रत्येक हप्ता परीक्षा लिइन्छ । परीक्षाअगावै विद्यार्थीहरूलाई दुई–तीन सेट प्रश्नपत्र उपलब्धगराइन्छ । विद्यार्थीले परीक्षामा तिनै प्रश्न समाधान गर्छन् । यसो गर्दा विद्यार्थीहरूमा जाँचप्रतिको डर हटेको छ र उनीहरूले ध्यान दिएर पढ्ने गरेको पाएका छौं ।
रामबहादुर विष्ट
महाकाली देवी उमावि, भट्टेडाँडा
सबै शिक्षक साथीहरूको सामूहिक प्रयासबाटै हराम्रो विद्यालयको नतिजामा सुधार आएको हो । शिक्षक– शिक्षकबीच र समुदायसँग सुमधुर सम्बन्ध छ । विद्यालयको नीतिनियम तर्जुमा गर्दा विद्यार्थीलाई समेत संलग्नगराइने गरेको छ ।
विद्यालयको सफलताका लागि सहमति, सहकार्य, सहिष्णुता अनि सहभागिताबाट कार्य गर्दा उत्तम हुने हराम्रो विद्यालयको ठहर छ ।
प्रस्तुतिः गुरु मैनाली



