पीसीएफ अनुदानबाट नयाँ शिक्षक राख्ने
– प्राचार्य भीम सापकोटा
ललितपुर सैंबुका ईन्द्र शेर्पाले स्थानीय ‘बोर्डिङ’ मा पढिरहेका आफ्ना दुईवटी छोरीलाई नजिकैको आदर्श सौल युवक माविमा भर्ना गर्ने निर्णय गरेका छन् । उनले यो निर्णय ‘बोर्डिङको फि’ तिर्नु नसकेर वा ‘छोरीहरूलाई सरकारी स्कूलकै पढाइले पुग्छ’ भनेर होइन, आदर्श माविले स्थापना गरेको आदर्शका कारण गरेका हुन् ।
हिजोआज सैंबु आसपासका निजी विद्यालयबाट छोराछोरी झ्किेर आदर्शमा ल्याउने अभिभावक बढ्दैगइरहेका छन् । त्यहाँका केही बोर्डिङमा विद्यार्थी सङ्ख्या घट्नै थालेको छ । उता आदर्शमा भने सेक्सन थप्न भ्याई–नभ्याई छ । कक्षा ७ मा मात्र तीन वटा सेक्सन सञ्चालनमा छन् ।
सामान्यतया विद्यालय मूल्याङ्कनको आधार त्यहाँको भौतिक, शैक्षिक र अतिरिक्त क्रियाकलाप नै हो । आदर्श सौल युवक माविमा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ, प्राथमिक र माध्यमिक तहका गरी दुईवटा पक्की भवन छन्, खाननेपानी र शौचालयको रराम्रो सुविधा र खेल्न–उफ्रिन फराकिलो मैदान छ । विद्यालयको वातावरण सफा र स्वच्छ देखिन्छ । व्यवस्थित पुस्तकालय र राम्रै कम्प्युटर ल्याब पनि छ । एसएलसीको रिजल्टले पनि त्यहाँका शिक्षक दक्ष, कर्तव्य–परायण भएको देखाउँछ ।गत वर्ष १०१ जनाले एसएलसी दिएकोमा ११ जना विशिष्ट श्रेणी, ५० जना प्रथम र ४० जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । यो नतिजा राजधानीका नाम चलेका निजी विद्यालयहरूको सरह नै हो ।
यो विद्यालय समग्रमा रराम्रो छ । शिक्षकले अथक् मेहनत गरेका छन् । व्यवस्थापन समिति पनि सहयोगी छ । तथापि मानिसहरू यसको सफलताको मूल श्रेय ५५ वर्षीय प्राचार्य भीम सापकोटाको नेतृत्वलाई दिन्छन् । तर यो रातारात भएको काम भने होइन ।
२०४१ सालमा अस्थायी शिक्षकका रूपमा भीम सापकोटा यो स्कूलमा आउँदा १५७ जन विद्यार्थी थिए । भौतिक पूर्वाधार भने त्यति विद्यार्थीलाई पुग्ने पनि थिएन । विद्यालय सबै दृष्टिले दयनीय अवस्थामा थियो । आएको ६ महिनामै उनको काँधमा प्रअ बनेर विद्यालय सम्हाल्ने जिम्मेवारी आइपरयो । उनले त्यो जिम्मेवारीलाई जागिरका रूपमा भन्दा एउटा चुनौती, एउटा अभियान र एउटा आदर्शका रूपमा लिए । व्यवस्थापन रराम्रो बनाए, आफूले गर्न चाहेको काम आफैँले गरेर सहकर्मी शिक्षकहरूका सामु उदाहरण बने । तर अरू कुरा जति नै रराम्रो भए पनि अभिभावकलाई परिणाम चाहिन्छ भन्ने बुझेका सापकोटाको नेतृत्वमा शिक्षकहरूले परिणाममुखी प्रयत्न शुरु गरे ।
सापकोटा सरले सामान्यतया शहरबजारका शिक्षकहरूले न गर्ने एउटा आँटिलो काम गरे – आफ्ना दुवै छोरालाई आफ्नै विद्यालयमा पढाउन थाले । अरू शिक्षकहरूले पनि आफ्ना छोराछोरीलाई त्यहीँ पढाउन थालेपछि अभिभावकहरूमा विद्यालयप्रतिको विश्वास बढ्यो । एसएलसीको रिजल्ट रराम्रो हुन थाल्यो र विद्यालयले समुदायमा प्रतिष्ठा आर्जन गर्न थाल्यो । ‘मेरा छोराछोरी आदर्श युवकमा पढ्छन्’ भन्दा अब बोर्डिङ पठाउन नसकेको होइन, विवेक पुर्याउन सकेको अर्थ लाग्न थाल्यो । यसरी विद्यालयको कायापलट भयो । राजधानीका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेर विद्यालय नै बन्द भइरहेको अवस्थामा वरिपरि दर्जनौं बोर्डिङ स्कूलद्वारा घेरिएको आदर्शमा १२०० विद्यार्थी पढ्छन् ।
हाल उक्त विद्यालय परिसरमा मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षामा ‘प्लस टु’ अध्यापनगराइन्छ भने स्नातक तहमा बीबीएस र बीएड । थपमा आमाहरूका लागि अनौपचारिक शिक्षा पनि शुरु गरिएको छ । हाल २०० जनाले उक्त कक्षा लिइरहेका छन् । आमाहरूले कक्षा लिन थालेपछि विद्यार्थीहरूगयल नहुने, गृह कार्य नियमित रूपमा गर्ने र उनीहरूका कापी–कलम र किताब ठीक अवस्थामा रहने गरेको थप फाइदा पनि अनुभव गरिएको छ । अभिभावकहरूबीच हुने गरेको नियमित अन्तरक्रियाका कारण पनि यो विद्यालयले समाज मा बेग्लै छाप बनाएको छ । ३४ जना असक्त विद्यार्थीहरूका लागि विशेष कक्षा पनि सञ्चालित छ ।
विद्यालयको पूरै जिम्मेवारी प्राचार्य माथि केन्द्रित रहँदा धेरै समस्या देखि एको सापकोटा बताउँछन् । त्यसैले उनले विद्यालयमा पूरा अधिकारसहित कार्यविभाजन गरेका छन् । परीक्षा प्रमुख, शैक्षिक विभाग प्रमुख, अतिरिक्त क्रियाकलाप प्रमुख र अनुशासन विभाग प्रमुखहरू नियुक्त गरिएका छन् । पाठ्यक्रम, तालिम, शिक्षक नियुक्ति जस्ता विषयमा शैक्षिक विभागले निर्णय लिने गर्छ ।
विद्यालयको सफलता शैक्षिक नेतृत्वमा भर पर्छ भन्ने सापकोटाको मान्यता छ । उनी भन्छन्, “एक्लै खटेर मात्र हुँदैन, शिक्षकहरूको सिक्ने विधिलाई नै परिमार्जन गर्नु पर्छ ।” विद्यालयले नियमित मूल्याङ्कन प्रणाली (क्यास) अपनाएको छ । ‘क्यास’का निम्ति २०–२५ अङ्क छुट्याइएको छ । ‘क्यास’ शुरु भएपछि अङ्कगुम्न सक्ने चिन्ताले विद्यार्थीहरू थप अनुशासित र नियमित भएको सापकोटाको अनुभव छ ।
आदर्शका यस्ता आकर्षणहरूका कारण आसपासका बोर्डिङहरूमा असर पर्नु स्वाभाविक थियो । १२ वटा स्थानीय बोर्डिङ सञ्चालकहरूले त प्राचार्य सापकोटालाई ज्ञापनपत्र नै बुझए । ज्ञापनपत्रमा अरू गुनासो केही थिएन, ‘बोर्डिङबाट सरेर आउनेहरूलाई पुरानो विद्यालयको शुल्क तिरेको पक्का गरेर मात्र भर्ना लिइदिने’ अनुरोध थियो । सापकोटा भन्छन्, “सरकारी विद्यालयहरूलाई सङ्गठनहरूले राजनीति गर्ने माध्यम मात्र बनाए । राज्यले पनि शिक्षामा राजनीति गरयो र त्यही कमजोरीलाई भजाएर बोर्डिङहरूले शिक्षाको व्यापार गर्न पाएका हुन् ।”

स्थानीय समुदायमा यो विद्यालयले पारेको सकारात्मक प्रभावका बारेमा कुरा गर्न धेरै अभिभावकहरू अघिसर्छन् । यहाँ छोराछोरी पठाउने अभिभावकसित मात्र होइन अहिलेसम्म आफ्ना नानीहरूलाई त्यस विद्यालयमा पढाउन नपाएकाहरू पनि यस विद्यालयको प्रशंसा गर्छन् । सैंबुका इन्द्र शेर्पाले आफ्ना छोरीहरूलाई बोर्डिङबाट निकालेर यहाँ ल्याउने निर्णय गरिसकेका छन् । उनलाई बोर्डिङ पढ्ने आफ्ना नानीहरूभन्दा आदर्श सौलका विद्यार्थीहरू तीक्ष्ण र चनाखा देख्दा आफूले ठूलो गल्ती गरेको अनुभव भइरहेको छ । उनी भन्छन्, “बोर्डिङमा पढेका विद्यार्थी ब्रोइलर कुखुरा जस्तै हुन्छन्, जे दियो त्यही खाने तर सरकारी र सामुदायिक विद्यालयका विद्यार्थी ‘लोकल’ जस्ता हुन्छन्, आफैं खोस्रेर खाने ।”
यो सफलता र प्रतिष्ठाको जस अरूले आफूलाई दिए पनि प्राचार्य सापकोटा भने शिक्षकहरूको इमान दारीलाई यसको प्रमुख कारण ठान्छन् । उनी भन्छन्, “लक्ष्य हासिल गर्न शिक्षक नै मुख्य जिम्मेवार हुन्छ । हामी जुटेपछि सबै मिल्दै जान्छ । जो मान्छे जुन कामका लागि नियुक्त भएको हुन्छ, त्यही काम मात्र इमान दार ढङ्गले पूरा गरे पुग्छ ।”
सापकोटाका अनुसार प्राचार्य र शिक्षकहरू आफैँ उदाहरण बन्न सक्नुपर्छ । आफ्नै छोराछोरीलाई समेत बोर्डिङ पठाउने शिक्षकहरू माथि अभिभावकहरूले विश्वास गर्न नसक्ने सापकोटाको ठहर छ । उनका दुवै छोरा स्कूल देखि क्याम्पससम्म यहीँ पढ्दै छन् । सापकोटा भन्छन्, “सरकारी विद्यालयहरूको छवि बिग्रनुमा हामी शिक्षकहरू पनि ७५ प्रतिशत जिम्मेवार छौं । हामीले सिकाउने प्रजातान्त्रिक संस्कार, जबकि हामीभित्र समस्या रहेको छ । त्यसैले आफू नसुध्रिएसम्म अरूलाई सुधार्न सकिँदैन भन्ने हामी शिक्षकहरूले हेक्का राख्न सक्नुपर्छ ।”
विद्यालयको मियोको रूपमा रहने प्राचार्यको छनोटमा व्यवस्थापन समिति उत्तिकै गम्भीर बन्नु पर्ने सापकोटाको सुझाव छ । उनी थप्छन्, “जहाँजहाँ कुशल नेतृत्व दिने प्राचार्य छन्, ती विद्यालयहरूगतिला भनेर चिनिएका छन् ।”
त्यसो त सरकारी विद्यालयहरू रराम्रो वा नरराम्रो हुनुमा स्थानीय अभिभावकहरू पनि उत्तिकै जिम्मेवार मानिन्छन् । अभिभावकहरूले घरछेउको विद्यालयप्रति चासो देखाएर आफ्ना नानीहरूलाई दुई घन्टाको मोटरदूरीमा पढ्न नपठाउने हो भने सरकारी विद्यालयहरूको स्तर तत्कालै बढ्ने सापकोटाको दाबी छ । भन्छन्, “सामुदायिक विद्यालय रराम्रो बन्न सक्यो भने त्यो पुस्तौँ पुस्ताको सम्पत्ति बन्न सक्छ भन्नेतर्फ अभिभावकहरूले पनि हेक्का राख्नुपर्छ ।”



