हेराइ र बुझाइ
विनम्रता
संयुक्त राज्य अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कनका बारेमा धेरै राम्रा, प्रेरक र उत्साहबद्र्धक कथाहरू प्रचलित छन् । लिङ्कनको विनम्रताका बारेमा प्रचलित एउटा कथा यसप्रकार छः
एकदिन लिङ्कन र उनका एकजना राजनीतिक सहकर्मी बग्गी चढेर कतैगइरहेका थिए । बाटामा एउटा मानिसले लिङ्कनलाई चिन्यो र आदरपूर्वक झुकेर अभिवादन गरयो । लिङ्कनले बग्गीकोगति घटाउन लगाए । डाङरी लगाएर असिन–पसिन भएर काम गरिरहेको त्यो मान्छेलाई उसले जसरी नै आदरपूर्वक झुकेर अभिवादन गरे । लिङ्कनका सहकर्मीलाई त्यो दृश्य अलिक अनौठो लाग्यो र उनले भने, “तपाईं यत्रो मानिस भएर पनि एउटा साधारण मजदुरलाई किन यसरी अभिवादन गर्नु भएको ?”
लिङ्कनले भने, “मलाई विनम्र मानिसहरू मन पर्छन् र मलाई पनि उनीहरू जस्तै बन्न मन लाग्छ । तर आफूले मन पराएका व्यक्ति जस्तै कसरी बन्ने भन्ने मलाई थाहा नभएकाले मैले उनीहरूले जस्तै व्यवहार गर्ने कोशिश गरेको हुँ । तपाईंलाई त्यस्तो केही तरिका थाहा भए सिकाइदिनुहोस् न, म त्यही गर्छु ।”
लिङ्कनका सहकर्मी निरुत्तर मात्र भएनन्, उनले पनि लिङ्कनकै जीवनशैली अपनाउने प्रण गरें । ७
शिक्षाः मन परेको व्यक्तिको जस्तो व्यवहार गर्नु ऊ जस्तो बन्ने प्रयास त हो नै; त्यस्ता व्यक्तिप्रतिको सम्मान पनि हो ।



