प्रतिक्रिया र सुझाव

व्यर्थको पोशाक बहस

शिक्षकको पोशाक सम्बन्धी समाचार (असोज २०६७) पढ्दा लेखक मित्रले शिक्षा क्षेत्रको मर्म बुझन भर्खरै थालनी गरेको अनुभव भयो । शैक्षिक स्तर सुधारका लागि पोशाक पनि एक पाटो हुन सक्छ भन्नेमा म सहमत छु । तर शिक्षक माथि पोशाक लाद्न खोज्नु पक्कै पनि ठीक होइन । विद्यालयमा शैक्षिक सामग्री, प्रयोगशाला र बालमैत्री तथा भयरहित वातावरणको अभाव छ । शिक्षा नियमावलीमा रहेका अव्यावहारिक नीति लगायतका कठिनाई पनि शिक्षकहरूले झेलिरहनु परेको छ । सरकारले विद्यालय व्यवस्थापन समितिमा राजनीतिकर्मीहरूको प्रवेश खुला गरिदिएका कारण प्रअ तथा शिक्षकहरूले जागिर जोगाउन चाकडी गर्नु परेको अवस्था छ । कमजोर सरकारी नीतिले जोसुकैमा अभिभावक बन्ने होड पैदा गराए र शिक्षकको मान मर्दन गर्दैछ । यस्तो अवस्थामा; एकतर्फी रूपमा शिक्षकलाई पात्र बनाएर त्रुटिपूर्ण शिक्षा नीति र सरकारसँग लेखक डराउनुभएको भान हुन्छ ।

लेखक मित्रले पोशाकलाई यतिका महत्व दिनुभन्दा शिक्षा नीतिमा रहेको त्रुटि सुधारका लागि प्रयास गरेको भए खर्चेको मसी सार्थक हुनेथियो कि ? निजी विद्यालयहरूले पोशाक भिराइदिएर विद्यालयको विज्ञापनगराइरहेको अवस्थामा त्यहाँका शिक्षकहरू भने पोशाक लगाएर पनि असन्तुष्ट देखिन्छन् । सरकारी विद्यालयमा पनि शिक्षकहरू विद्यालय व्यवस्थापन समितिबाट पीडित छन् । समितिको परिवर्तनपिच्छे शिक्षकको पढाउने शैली र व्यवहार बदल्नुपर्ने बाध्यता छ । तर उक्त समाचारमा शिक्षकको पोशाकबाट गरिएको अपेक्षासँगै शिक्षकको अपेक्षालाई गौण बनाइएको छ । के राज्यका अन्य कर्मचारीसरह शिक्षकले पनि महिनापिच्छे तलब पाउनुपर्ने होइन र ?

समाचारलाई सन्तुलित तथा बिकाउ बनाउनका लागि इमान्दार हुनु पनि जरुरी हुन्छ । शिक्षकलाई उभ्याइएको धरातलको ख्याल न गर्दा शिक्षकलाई थप अन्याय गर्न खोजिएको छ । मन्त्रीको चाहनाअनुरुप फेरिँदै गएको नियमावलीले दिएको मान सिक वेदनामा त्यो लेखले अर्को एक पिलो थपेको छ ।
शम्भुप्रसाद चौधरी
जनजागृति मावि,गुठी परसौनी, नवलपरासी

विवरण झूाठो हो

‘नपढाई जागिर खाने शिक्षकको मारमा सरकारी स्कूल’ शीर्षक (शिक्षक, असोज, २०६७) अन्तर्गत पृष्ठ २९ मा छापिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय हाजिर मात्र गर्न जाने, आफ्नो सट्टामा वारेस राखेको भन्ने म सम्बन्धी समाचार एकदम झूठो हो । को हो, कृष्ण ठ गुन्ना ? म र मेरो विद्यालय परिवार उहाँलाई चिन्दैन ।

म कालिका मावि ( गाउँ)को विद्यालयबाट सदरमुकामको विद्यालयमा जिम्मेवारीबाट भाग्न होइन विद्यालयको गतिविधिमा बढी सक्रिय हुन सरुवा भएको हुँ । साथै, म गणित नभई विज्ञान विषयको शिक्षक हुँ ।

नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष भएपश्चात् निश्चित रूपमा सोचेअनुरुप विद्यालयलाई समय दिन नसकेको हो । २०६६ कात्तिक १ गते देखि म अध्ययन बिदामा बसेको अवस्थामा मेरो विषयमा समाचार लेखिनु राजनीतिक पूर्वाग्रह भन्दा अन्य केही हुनै सक्दैन । आधारविना तयार पारिएको त्यस रिपोर्टको तथ्यहीन अंशहरू सच्याएर प्रकाशित गरिदिनुहुन अनुरोध छ ।
चतुरबहादुर चन्द, बैतडी

आत्मसम्मान मा चोट

म २०४९/१०/६ गते देखि हालसम्म यस विद्यालयमा नियमित रूपमा शैक्षणिक क्रियाकलाप सञ्चालन गर्दै आएकी छु । तर शिक्षक मासिक (असोज २०६७) मा हराम्रो विद्यालय सम्बन्धी समाचारको ‘स्कूल नजाने, तलब खाइरहने’ उप–शीर्षकअन्तर्गत प्रकाशित विवरणले हामी दम्पतीबाट जन्मिएको नवजात शिशु समेतलाई मुछेको देख्दा हामी दम्पती स्तब्ध भयौं । म डाक्टरले दिएको डेलीभरी समय २०६७/३/२५ गते भए तापनि २०६७/३/३० गतेसम्म विद्यालयमा उपस्थित भएको हाजिर कपीबाट प्रस्ट हुन्छ । २०६७/३/३२ गते ‘डेलीभरी’ भई २०६७/६/१ गते देखि पुनः विद्यालयमा उपस्थित छु र मेरो सञ्चित बिदा अझै ११४ दिन बाँकी छ । शिक्षक मा प्रकाशित समाचारले मेरो र परिवारको मानव अधिकार र सम्मान मा समेत आँच पुर्याएकोले सोको खण्डन प्रकाशित गरिदिन अनुरोध गरे की छु ।
सफला के.सी.
मनोहर उमावि,गोङ्गबु, काठमाडौं

(टिप्पणीः हराम्रो समाचारमा तथ्यगत त्रुटि नहुँदा नहुँदै पनि त्यसको प्रस्तुतिका कारण केसीजी र उहाँको परिवारलाई परेको चोटका निम्ति हामी क्षमा चाहन्छौं । शिक्षक मासिक हरेक शिक्षक र व्यक्तिको आत्मसम्मान को कदर गर्न दृढ सङ्कल्पित छ । –सं.)

सरकारी विद्यालयको उत्कृष्ट नतिजा

शिक्षक मासिक (भदौ २०६७) को ‘देशका १४४ उत्कृष्ट सरकारी स्कूल’ सम्बन्धी रिपोर्ट पठनीय लाग्यो । यसले ताप्लेजुङ देखि सुदूरपश्चिमसम्मका राम्रा विद्यालयहरूको रेकर्ड सार्वजनिक गरिदिएको छ ।

जुन विद्यालयका वि.व्य.स., प्रअ र अभिभावकले मेहनत गरेका छन् तिनै विद्यालय उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिन्छ । ओदानको तीन खुट्टामध्ये एउटा कमजोर भयो भने ढल्न सक्छ । त्यसकारण वि.व्य.स., प्रअ र अभिभावक नै बलियो हुनुपर्छ अनि मात्र सरकारी स्कूलको शिक्षा रराम्रो हुन्छ । अर्को पक्ष भनेको; सरकारले चासो राख्नुपर्छ ।

शिक्षक पत्रिकाले शिक्षा क्षेत्रका गतिविधिलाई जनसमुदायमा ल्याएर ठूलो गुन लगाएको छ । आगामी दिनहरूमा पनि यस्तो योगदान जारी रहोस् ।
लक्ष्मी राई,
गोदावरी, ललितपुर

............

शिक्षक मासिकको भदौ अङ्कले एसएलसीमा सामुदायिक विद्यालयहरूको पनि रराम्रो ‘रिजल्ट’ आउँदो रहेछ भन्ने छर्लङ्ग पारिदिएको छ । सबै पक्षको समन्वय भयो भने विशिष्ट श्रेणी ल्याउन बोर्डिङ नै ताक्नुपर्ने रहेनछ भन्ने पाठ देशका १४४ वटा माविले देखाए । अब शिक्षकले एकपटक निजी विद्यालयमा पढाइने र सामुदायिक विद्यालयमा पढाइने पाठ्यपुस्तकको पाठ्यभार, त्यहाँ समावेश भएका लेख, पाठ र विद्यार्थीको तहगत स्तर आदिको पनि तुलना गर्ने जमर्कोगरोस् !
सुरेश पौडेल
बुटवल बहुमुखी क्याम्पस, बुटवल

रोचक उपाय

‘नयाँ जीवन ६० वर्षमा त शुरु हुन्छ’ (शिक्षक, भदौ २०६७) मा अवकाशपछि को जीवनलाई सुखी तुल्याउन दिइएका १० वटा उपाय रोचक लागे ।
हामी नेपालीहरूको सरदर आयु ६० वर्ष भएको सन्दर्भमा अब ४० देखि ६० वर्षसम्मका नेपालीहरूको जीवनलाई कसरी सुखमय बनाउन सकिन्छ भन्ने विषयमा पनि त्यस्तै सामग्री दिनुभए रराम्रो हुन्थ्यो ।
रामसिं घिसिङ
बालुवा मावि, बालुवापाटी, नाल्दुम, काभ्रे

हिमशिखरको उचाइः केही स्पष्टीकरण

शिक्षक मासिकको असोज अङ्क २०६७ मा छापिएको ‘नेपालको सगरमाथाः विश्वको सम्पदा’ बारे केही पाठकले मलाई इमेलमार्फत सुझावहरू पठाउनुभएको छ । लेख पढिदिएर त्यसप्रति चासो र चर्चा उठाउनुभएको मा आभार प्रकट गर्द छु ।
उक्त लेखमा सगरमाथा शिखरलाई विश्वसम्पदाको सूचीमा परेको सगरमाथा राष्ट्रिय निकुञ्जको परिप्रेक्ष्यमा प्रस्तुत गरिएको हो । त्यसैले लेखमा उल्लेख भएका हिमशिखर र तिनको उचाइ ‘द स्टोरी अफ माउण्ट एभरेष्ट नेसनल पार्क’ नामक पुस्तकमा आधारित छन् । सो पुस्तक न्यूजिल्याण्डबाट सन् १९८६ मा प्रकाशित भएको हो र त्यसको भूमिका सर एडमण्ड हिलारीले लेख्नुभएको छ । अर्को आधार ‘मेची देखि महाकाली’ (२०३१ वि.सं.) हो । तर यसो भन्दैमा हाम्रा हिमशिखरहरूको उचाइको विवाद टुङ्गिदैन । किनभने नेपाल सरकार नापी विभागबाट पुनः मुद्रित वि.सं. २०६३ का नक्सा तथा नेपाल पर्यटन बोर्डबाट वि.सं. २०६७ मा प्रकाशित पुस्तकका हिमशिखर उचाइ र अन्य केही आधिकारिक विज्ञहरूका कृति एवं केही आधारभूत नक्सासँग मेल खाँदैनन् । केही उदाहरणहरू यहाँ प्रस्तुत छन्ः
१.    ल्होत्सेको उचाइ ८५०१ मिटर छ भन्ने मान्यता सगरमाथा क्षेत्रको पुनः सर्वेक्षण गरेर सन् १९८८ मा नेसनल जिओग्राफिक म्यागाजिनले प्रकाशित गरेको विस्तृत नक्सामा उल्लेख छ । डा. ल्हाक्पा नोर्वु शेर्पाको संयोजकत्वमा लिखित सगरमाथा राष्ट्रिय निकुञ्जको व्यवस्थापन योजना (सन् २००७–१२) ले पनि सोही उचाइलाई मान्यता दिएको छ । ल्होत्सेका आरोही अर्नेष्ट राइसले सन् १९६५ मे १८ का दिन ८,५०१ कै उचाइमा पुगेको पुष्टि गरेका छन् । तर नेपाल पर्यटन बोर्डको अङ्क भने ८५१६ मि. छ ।
२.    चोउको उचाइ ८,१५३ मि. लाई मान्यता दिनेहरूमा डा. ल्हाक्पा शेर्पा तथा डा. हर्कबहादुर गुरुङ छन् । त्यसमा नेपाल पर्यटन बोर्डको अङ्क ८२०१ मि. छ ।
३.    डा. हर्कबहादुर गुरुङ तथा जेम्स फिसरले नुप्सेको उचाइ ७,८७९ मि. मानेका छन् । डा. ल्हाक्पा शेर्पाले ७,८९६ मि. लाई मान्यता दिएका छन् । नेपाल पर्यटन बोर्डको अङ्क भने ७,८५५ मि. देखिन्छ । नेसनल जिओग्राफिक ले ७,८६१ मि. मान्दै आएको छ ।
४.    आमादाब्लाङको उचाइ ६,८५६ मि. को मान्यता दिनेमा नेसनल जिओग्राफिक र डा. हर्कबहादुर गुरुङ छन् । नेपाल पर्यटन बोर्डले ६,८१२ मि. कायम गरेको छ ।
५.    तामर्सेकुको उचाइ ६६०८ मि. लाई मान्यता दिनेमा डा. हर्कबहादुर गुरुङ तथा टोनी हागन पर्दछन् । नेपाल पर्यटन बोर्डले ६,६२३ मि. कायम गरेको छ ।
(६) नुमोरीको हकमा मैले उपयुक्त स्रोत तथा डा. हर्क गुरुङको पुस्तकको आधारमा ७,१४५ मि. उल्लेख गरेको थिएँ । नेपाल पर्यटन बोर्डले ७१६१ मि. कायम गरेको छ । नेसनल जिओग्राफिक म्यागाजिनले भने ७,१६५ मि. उल्लेख गरेको छ । यी तीनथरीका उचाइमध्ये कुन चाहिँलाई मान्यता दिने भन्ने सन्दर्भमा आफ्नो सन्दर्भ सामग्री खुलाएर आफ्नै धारणा बनाउनुपर्ने हुन्छ । शिक्षक साथी एवं विद्यार्थी भाइबहिनीहरूले यस्ता अङ्क र तथ्याङ्क उल्लेख गर्दा आफ्नै पाठ्यक्रमलाई पछ्याउनु उपयुक्त हुन्छ; नत्र परीक्षाफलमा त्यसको प्रभाव पर्न सक्छ । अरू वेला; सन्दर्भ सामग्री उल्लेख गरेर आफ्नो निर्णय लिनु उचित हुन्छ ।
उपर्युक्त लेखमागिनिज अफ रेकर्डमा १२ जना नेपालीले सगरमाथा चढेको कीर्तिमान दर्ता गराए को पनि उल्लेख छ । तेन्जिङ शेर्पा देखि गन्दै ल्याउँदा त्यो सङ्ख्या अधिक देखि ने कुरा मा ध्यानाकर्षण गराउने पाठकलाई मेरो धन्यवाद छ । दिवङ्गत र वर्तमान का व्यक्तिहरूसमेत गरेर जोडिदिँदा त्यो निश्चय नै लामो फेहरिस्त बन्न पुग्छ । तर, लेखको मूल उद्देश्यबाट धेरै टाढा जानु पनि उपयुक्त नहुने हुँदा सबै नामहरू नपरेका हुन् ।
डा. तीर्थबहादुर श्रेष्ठ

विद्यालय प्रभावकारिताको सूचकः उत्पादन

तुलसीप्रसाद थपलियाले लेख्नुभएको ‘विद्यालय प्रभावकारिता अवधारणा र सूचक’ (शिक्षक, भदौ २०६७) विश्लेषणात्मक लेख मननयोग्य लाग्यो । त्यो लेखले मलाई पनि केही लेखिहाल्न प्रेरित गरयोः
१.    विद्यालय प्रभावकारिता सम्बन्धी ७ बुँदा सिद्धान्ततः ठीक छन् । तर व्यवहारतः के देखि एको छ भने लगानी र प्रक्रिया सम्बन्धी तŒवहरूलाई गौण मान्दै उत्पादनलाई प्रमुखता दिइएको पाइन्छ । अर्थात् कुनै विद्यालयको प्रभावकारिताको मापदण्ड उसले प्राप्त गरेको अन्तिम परीक्षाको नतिजालाई मान्ने गरिएको छ ।
२.    हराम्रो मूल्याङ्कन (परीक्षा) प्रणाली दोषमुक्त छ भन्न सकिन्न । विद्यार्थीले एक वर्षभित्र प्राप्त गरेको सम्पूर्ण सिकाइ उपलब्धि र आफूमा विकसित गरेको सिर्जनशीलतालाई तीन घण्टाको लिखित परीक्षाले दुरुस्त मापन गर्न कसरी सक्ला ? त्यस माथि हाम्रा परीक्षाहरू (विशेष गरी एसएलसी परीक्षा र +२) को विश्वसनीयता माथि प्रश्नचिन्ह लाग्ने गरेको छ । त्यसैले, कुनै विद्यालयको नतिजा केलाउनु अघि त्यो विद्यालय सम्मिलित केन्द्रको परीक्षा कति मर्यादित थियो भनी थाहा पाउनु जरुरी हुन्छ ।
३.    मूल्याङ्कन प्रणालीको असर उत्पादनमा मात्र पर्दैन, यसले लगानी र प्रक्रियालाई समेत प्रभावित गर्द छ । अर्को शब्दमा, अवैज्ञानिक परीक्षा प्रणालीले न विश्वासिलो नतिजा दिन्छ न लगानी र प्रक्रियाका कुरा हरूलाई गुणस्तरीय र वैज्ञानिक बन्न सघाउँछ । यथार्थमा मूल्याङ्कन प्रणालीले सम्पूर्ण शिक्षा प्रणालीलाई नै प्रभावित गर्द छ ।
४.    शिक्षा क्षेत्रमा व्याप्त विकृतिका लागि धेरै हदसम्म राज्यको लापरवाही, उदासीनता र दण्डहीनता जिम्मेवार छ । उदाहरणको लागि;गत २०६५ सालको एसएलसी परीक्षा सञ्चालनको वेला टेलिभिजनले पूर्वतिर को कुनै एउटा परीक्षा केन्द्रमा भइरहेको अनियमितताबारे भिडिओ रेकर्डसहित समाचार प्रसारण गरेका थिए तर तत्कालीन परीक्षा नियन्त्रक परीक्षा अत्यन्त मर्यादित रूपमा सञ्चालित भइरहेको दावी गरिरहेका थिए ।

यस्तो अवस्थामा विद्यालयको प्रभावकारिताको मापदण्ड केलाई मान्ने भन्ने प्रश्नको उत्तर अलमलमा पर्नु स्वाभाविक हुन्छ ।
अन्त्यमा शिक्षासँग सरोकार राख्ने सम्पूर्णको पत्रिका शिक्षक ले शिक्षा क्षेत्रको एउटा सजग ‘प्रहरी’ वा ‘एम्पायर’को भूमिका निर्वाह गर्दै यस क्षेत्रका सकारात्मक पक्षलाई प्रकाशमा ल्याई प्रोत्साहन दिने र यसका विकृतिहरूलाई बढार्ने काम गर्दै जानेछ भन्ने अपेक्षा गर्द छु ।
इन्द्रराज बडु जनज्योति उमावि,
महेन्द्रनगर, कञ्चनपुर

राष्ट्रिय गानको निष्पक्ष छनोट

‘पौने तीन करोडको मनोभाव’ (शिक्षक, भदौ २०६७) मा राष्ट्रिय गानको नालीबेली उपयोगी लाग्यो । करिब १२९५ जना प्रतिस्पर्धीबाट कहिल्यै नाम नसुनिएका व्याकुल माइलाको छनोट हुनुले पनि छनोट प्रक्रिया निष्पक्ष थियो भन्ने प्रस्ट देखाएको छ । सामान्य पद देखि विशिष्टसम्मको कुनै पनि पदमा कर्मचारी नियुक्त गर्दा राजनीतिक रवाफ र लविङ प्रशस्त हुने घटनाहरूलाई राष्ट्रिय गान छनोट समितिको निष्पक्ष निर्णयलेगतिलो झ्ट्का दिएको छ । यसरी कुनै पनि कुरा मा निष्पक्षता भयो भने शहरिया र सम्भ्रान्त मात्र होइनग्रामीण भेगका पिछडिएका वर्गहरू पनि अगाडि आउन सक्छन् । आखिर ढुङ्गाको कापबाट नै त सुकोमल पीपलको बिरुवा उम्रन्छ नि हैन र ?
तीर्थ घर्तीमगर
बागेश्वरी मावि, लिवन, ह्वामा, रोल्पा

के चित्त दुखाउनु !

बूढानीलकण्ठ स्कूलका ज्ञानप्रसाद आचार्यको तर्क (प्रतिक्रिया र सुझाव, भदौ २०६७) चित्तबुझदो लाग्यो । बौद्धिक वर्गले पढ्ने शिक्षक जस्तो पत्रिकामा वर्णविन्यास त्रुटि हुनै नहुने हो । तर कहिलेकाहीँ भइहाल्दोरहेछ । जस्तो कि भदौ अङ्कमै त्यस्तो पाइयो । पृष्ठ १४ मा उल्लिखित ‘इण्डिया’ नभएर ‘इन्डिया’ हुनुपर्ने थियो । नेपाली व्याकरणको सामान्य नियम अनुसार पञ्चम वर्णको प्रयोग, तत्सम शब्दमा मात्र गरिन्छ जबकि यो शब्द त्यस्तो होइन । त्यस्तै पृष्ठ १५ को शीर्षकमा ‘युनियनबाट ढकालको बिदाई’ छापियो । यो वाक्यांशमा प्रयुक्त ‘बिदाई’ नभएर ‘बिदाइ’ हुनुपथ्र्यो ।

यस्ता नगन्य त्रुटिहरूलाई बिर्सिदिने हो भने शिक्षक का सामग्रीहरू साहै्र पठनीय छन् । यस अङ्कमागुणराज लोहनीको विचार ‘रराम्रो पढाइको शर्तः समस्यामुक्त शिक्षक’ अत्यन्त यथार्थपरक र विचार णीय लाग्यो । साँच्चै नै, हराम्रो देशमा थरीथरीका शिक्षक राख्ने प्रावधान हटाएर सरकारले शिक्षकका पेशागत हकहित बढाउने कुरा तर्फ ध्यान दिएको दिन कस्तो होला ? तर यो कुरा मनको लड्डु घिउसँग खानुसरह भएको छ । अन्य मुलुकमा राजनेताहरू विद्वान् छन् । जुन देशका नेताहरू त्यस्ता छन्, तिनले शिक्षाको महत्व बुझेका छन् । त्यसैले उनीहरू राष्ट्रको नीति तथा कार्यक्रममा शैक्षिक एजेण्डालाई प्रमुख रूपमा उठाउँछन् । हाम्रा देशका नेताहरू त्यस्ता छैनन् । त्यसैले तिनले आँखा देखेनन् भनेर के चित्त दुखाउनु !
इन्द्र कुमार श्रेष्ठ
सरस्वती उमावि, खानीभन्ज्याङ, ओखलढुङ्गा

स्याबास वासुजी !

‘नेता इमान दार भएनन् ? त्यसो भए शिक्षामा सुधारगर’, ‘ लेख्ने पाटीः कालोभन्दा सेतो जाती’, ‘छलाङी बच्चा र थोत्रिएका शिक्षक’, ‘पढाउन सकिन्छ नपन्छाऔं’ (शिक्षक, साउन २०६७) जस्ता थुप्रै पठनीय सामग्रीहरू हुँदाहुदै पनि मेरो ध्यान ‘म शिक्षक, मेरोगौरव’ भन्ने लेखमा केन्द्रित भयो । नियतगलत भएका कतिपय शिक्षकहरू शिक्षण पेशालाई कमसल ठान्दछन् । जसरी आफूले ठगी खाने भाँडो शिक्षण पेशालाई बनाएका छन् तिनले त्यसरी नै यो पेशालाई अमर्यादित बनाइरहेका छन् । उनीहरूकै हेराइ, बुझइ र भोगाइले हामी शिक्षक र शिक्षण पेशालाई अपहेलित ठानिएको हो । त्यस्ता अयोग्य व्यक्तिहरूलाई यो लेख चोटिलो खुराक र स्वाभिमानी शिक्षकहरूका लागि आत्मगौरवको विषय बनेको छ । यसका लागि लेखक वासुप्रसाद सुवेदीलाई हार्दिक साधुवाद !

त्यस्तै; शिक्षकलाई पनि दुर्गम र महँगी भत्ता शीर्षकको समाचार पढ्न पाउँदा ज्यादै खुसी लाग्यो । शिक्षा मन्त्रालय तथा शिक्षा विभागबाट जतिसक्यो चाँडो दुर्गम र महँगी भत्ता बढेको पत्र जिशिकामा पठाइयोस् भन्ने हराम्रो अनुरोध छ ।
प्रेम धिताल ‘श्रमिक’
मालिका निमावि, लोठचौर, जुम्ला

डरछेरुवाहरू !

शिक्षाशास्त्रको विद्यार्थी भएकाले शिक्षक सम्बन्धी सम्पूर्ण पक्षहरूको अध्ययन गर्छु । यसै क्रममा, अस्थायी तथा राहत शिक्षकहरूले स्वतः स्थायी हुनुपर्छ भनी गरेको माग सुन्दा अचम्म लाग्छ । लाखौं विद्यार्थीहरूको भविष्य कोर्ने जिम्मा लिएका र आफूलाई राष्ट्रको दक्ष जनशक्ति भन्न रुचाउने शिक्षकहरू प्रतिस्पर्धासँग किन डराउँछन् ? त्यसमा पनि नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली (शिक्षक, साउन, २०६७) को अभिव्यक्ति पढ्दा म अचम्मित भएँ । शिक्षक जस्तो सम्मानित पेशामा लाग्नुभएका ज्ञवालीज्यूको मुखारबिन्दबाट यस्तो गैर जिम्मेवार अभिव्यक्ति कसरी प्रकट भयो ? यस्ता नेता र प्रतिस्पर्धाबाट भाग्ने डरछेरुवा शिक्षकहरूबाट देशले के आशा गर्न सक्छ ? यिनीहरूले कस्तो जनशक्ति उत्पादन गर्लान् ? देश र जनताको भविष्य माथि खेलबाड गर्ने तथा शिक्षक पेशालाई नै बद्नाम गर्नेहरूलाई नै स्वतः स्थायी गर्ने हो भने देशको भविष्य कस्तो होला ? म जस्ता लाखौं शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य के होला ? एकछिन शान्त मनले सोचौं त !
सन्तोष मेहता, नरसिंह–८, सुनसरी

अस्पष्ट प्रश्न

सामान्यज्ञान–२१ (असार, २०६७) ‘नेपालीको भान्छामा आलु पहिले पस्यो कि तरुल ?’ भन्ने प्रश्नको जवाफ ‘तरुल’ भनेको पाउँदा अचम्म लाग्यो । यो कसरी र कुन आधारमा हो ? यसको सही जवाफ झ्र्को नमानी बताइदिनुहुन अनुरोध गर्द छु । साथै जहिले पनि एउटा प्रश्न अनुमान गर्नु स् भनेर अस्पष्ट रूपमा राखिन्छ यसको कारण के हो ?
भुवन आचार्य
जनज्योति प्रावि, झरा–१, रातमाटा, सिन्धुली

(टिप्पणीः सही जवाफ तरुल नै हो । तर त्यो किन र कसरी भन्ने व्याख्या शिक्षक का अरू नै पाना वा अङ्कमा खोज्नुपर्छ । सामान्यज्ञानको जवाफमा व्याख्या गर्न सम्भव हुँदैन । यस्ता जिज्ञासा हराम्रो ‘जिज्ञासा र जवाफ’ स्तम्भमा पनि पठाउन सकिन्छ । –सं.)

न गर्दै रराम्रो

शिक्षक मासिकले हामीजस्ता शिक्षकहरूको बौद्धिक, शैक्षिक तथा व्यावहारिक सीप अभिवृद्धिमा ठूलो योगदान गरेको छ । यसका लागि मुरीमुरी धन्यवाद । यसको सामान्यज्ञान स्तम्भमा विवादास्पद तथा ठोस उत्तर नहुने प्रश्नहरूलाई सकभर समावेश न गरियोस् ।
मेरो विचार मा शिक्षक को पुरस्कार विजेतालाई निःशुल्क शिक्षक भन्दा रु.१००० दिने व्यवस्था नै ठीक हो ।
सुरेश कुमार शर्मा
सिद्धार्थ निमावि, मोतीपुर–१, बर्दिया

(सुझावका लागि धन्यवाद । थुप्रै पाठक र पुरस्कार विजेताहरूको सुझाव अनुरुप पुरस्कार को रूपमा नगदको सट्टा पत्रिका उपलब्ध गराउने निर्णय अघिल्लो महिना नै भइसकेको छ । सं.)

युनियन बोलोस् !

अस्थायी शिक्षकका समस्या समाधानार्थ गरिएको अन्तिम सहमतिमा आन्तरिक प्रतिस्पर्धाका लागि गरिने नयाँ विज्ञापनपूर्व नियुक्ति पाएका सम्पूर्ण अस्थायी शिक्षकहरूमाझ् (कोटा निर्धारण गरिकन) प्रतिस्पर्धा गराए र समस्या समाधानका निमित्त सहमति गर्न युनियनलाई के बाधा थियो ? बाधा थिएन भने निश्चित ‘डेडलाइन’ तोकेर आन्तरिक प्रतिस्पर्धा गराउनु को पछाडि युनियनको के स्वार्थ छ ? समस्याग्रसितहरूलाई मलमपट्टी लगाउनुको साटो फूट गराए र सहमति गर्नु को उद्देश्य के हो ? सम्पूर्ण अस्थायी शिक्षकहरूमाझ् प्रतिस्पर्धागराउँदा के योग्य र खारिएका शिक्षक छान्न बाधा पुग्थ्यो र ? समस्याको दीर्घकालीन समाधानको निमित्त युनियन किन गम्भीर नभएको ? यस किसिमको किस्ताबन्दी कामबाट समस्याको निकास कहिलेसम्ममा होला ? अस्थायी शिक्षकका समस्या समाधानको निमित्त कहिलेसम्म लडिरहने ? वेलैमा सचेत भएर कसैलाई मार नपर्ने गरी सहमति संशोधन गरेर समस्याको जरै उखेलेर फ्याँक्ने अब कुनै बाटो छैन ?
हरिप्रसाद दाहाल
सार्वजनिक निमावि, टक्सार–८, भोजपुर

अङ्ग्रेजी उपयोगी छ

शिक्षा क्षेत्रमा भए गरेका विविध उपलब्धि, विकृति र विसङ्गतिको जरा केलाउने साधन शिक्षक मासिक बनेको कुरा लेख्दा वा भन्दा कुनै अत्युक्ति नहोला । तथापि शिक्षक लाई मेरा तपसिलका सुझाव छन्ः
–    अङ्ग्रेजी स्तम्भ अति नै उपयोगी छ । मैले यो स्तम्भलाई शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्ने गरेको छु । शिक्षक मासिकको मूल्यवृद्धिसँगै यसको पृष्ठ पनि बढाई ब् त्चबष्लष्लन ऋयगचकभ ायच त्भबअजभच का केही अंशहरू खुराकका रूपमा पस्किदिएको भए अझ् प्रभावकारी हुनेथियो कि ?
–    शब्दखेल काटेर पठाउँदा अङ्ग्रेजी लेख जोगिने भएछ । तर अन्ताक्षरी, सुडोकु र सामान्यज्ञान स्तम्भलाई पनि बेग्ला–बेग्लै पृष्ठ उपलब्धगराउँदा कसो होला ?
–    सामान्यज्ञानको प्रश्नमा अनुमान गर्ने भन्दा विशिष्ट उद्देश्य हासिल गर्ने तथ्य राखिदिनुहुन अनुरोध गर्छु ।
मिलन श्रेष्ठ
लक्ष्मी मावि, काहुले–२, खोटाङ

commercial commercial commercial commercial