प्रतिक्रिया र सुझाव

हामी पनि शतप्रतिशत

शिक्षक मासिक (२०६७ को भदौ) ले २०६६ सालको एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नेपालभरका सामुदायिक विद्यालयहरूको नामावली प्रकाशित गरेकोमा हार्दिक धन्यवाद । तर उक्त सूचीमा कक्षा ५ सम्मको स्वीकृति र अन्य कक्षाहरू अनुमतिमा स्थापनाकाल (२०४२) देखि सम्पूर्ण कक्षाहरू अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने हराम्रो विद्यालय (श्री पद्मप्रकाश माध्यमिक विद्यालय, धापाखेल– १ ललितपुर) को नाम नअटाएको देख्दा आश्चर्य लागेको छ । २०६२ साल देखि एसएलसी परीक्षामा सम्मिलित यस विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।

२०६६ सालको एसएलसीमा ८७.८७ प्रतिशत अङ्कसहित तीन जना विद्यार्थी विशिष्ट र अन्य सबै प्रथम श्रेणीमा उत्तीर्ण भई हामी ललितपुरमै दोस्रो स्थान ओगट्न सफल भएको व्यहोरा पनि अवगत गराउँछु । शिक्षकले सदैव सत्यतथ्य जानकारी प्रकाशितगरोस् भन्ने चाहन्छु ।
देवरत्न महर्जन
प्रधानाध्यापक, पद्मप्रकाश मावि
धापाखेल– १ ललितपुर

(टिप्पणीः जानकारीका लागि महर्जनजीलाई धन्यवाद । तपाईको स्कूलले २०६६ सालको एसएलसी परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको थाहा पाउँदा हामीलाई पनि खुशी लागेको छ । यसनिम्ति तपाई र तपाईं मार्फत स्कूल परिवारलाई हार्दिक बधाई दिन्छौं ।

शिक्षक मा प्रकाशित उक्त सूची परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए को शतप्रतिशत नतिजा ल्याउने २१३ वटा स्कूलको

विवरणमा आधारित थियो । हामीले सम्बन्धित जिशिकामा सम्पर्क गरेर रुजु गर्दा २१३ मध्ये ६९ वटा संस्थागत र १४४ सामुदायिक स्कूल रहेको पाइयो । पनि काको सूचीमै तपाईंको स्कूलको नाम नपरेका कारण हराम्रो सूचीमा पनि छुट्न गएको हो । पनि काको सूचीमा कसरी छुट्यो भन्न चाहिँ हामी असमर्थ छौं । – सं)

फेल भएकाले के गर्ने नि ?

एसएलसीको परिणामसँगै अखबारहरूमा ‘लौ हेर हाम्रा विद्यार्थीले यति–यति नम्बर ल्याए’ भन्ने पाराले विद्यालयका विज्ञापनको बाढी आयो । शिक्षक ले पनि ‘उत्कृष्ट’ र ‘शतप्रतिशत उत्तीर्ण गर्ने ’को सूची छाप्यो ।   

तर, सदाझै यसपाला पनि पास हुन नसकेकाहरू छायाँमा परे । के एसएलसीमा फेल हुनु जीवनमै फेल हुनु हो ? यदि होइन भने शिक्षक ले तिनलाई सम्बोधन गर्ने सामग्री छापोस् भन्ने आग्रह गर्द छु । एसएलसीको ‘फस्ट डिभिजन’ले जीवनकै ‘फस्ट डिभिजन’कोग्यारेण्टी गर्दैन । एसएलसी फेल भएर पनि जीवनमा फेल नभएका उदाहरण प्रशस्त भेटिन्छन् । पास भएकालाई सबैले हौसला र प्रेरणा दिन्छन् । त्यसले उनीहरूलाई अघि बढ्न सहज पार्छ । तर, फेल भएर चाउरिएकालाई कसले सम्झउने, कसले बुझाउने ? के उनीहरूको भविष्य छैन ?

मान्छेले पीडा सहन सकेन भने चाउरिन्छ, सहन सक्यो भने बौरिन्छ । हजारौं १४/१५ वर्षे किशोर, किशोरीहरू चाउरिनु भनेको देशको भविष्य चाउरिनु हो । यसर्थ यहाँहरूसँग हार्दिक आग्रह छ कि ती फेल भएर चाउरिएका र थोरै नम्बरमा पास भएर चाउरिएसरह भएकाहरूलाई बौरिने उपयुक्त सामग्रीहरू पस्किनुहोस् ।
महेश्वर आचार्य
अर्किड बुक्स­­­

एसएलसी मात्र कसी होइन

देशभरिका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति र संस्थाहरूको प्रिय पत्रिका शिक्षक को भदौ अङ्क (२०६७) हात पर्नासाथ आवरण शीर्षकले ध्यानाकर्षण गरयो । जुन सरकारी स्कूलहरू उत्कृष्टताको सूचीमा परे ती बधाई र शुभकामना पाउन योग्य छन् । तर पनि मलाई के भन्न मन लागेको छ भने एसएलसीको नतिजालाई नै उत्कृष्टताको कसी मान्ने पद्धति त्रुटिपूर्ण छ । एसएलसीको नतिजालाई प्रभावित गर्ने थुप्रै कारक तत्वहरू छन् । तसर्थ ‘पिसाबको न्यानो’मा भुलेर त्यसको दुर्गन्धलाई बेवास्ता न गरियोस् ।
रमेशहरि शर्मा ढकाल
जनज्योति उमावि, चन्द्रनिगाहपुर

..............

शिक्षक मासिकको भदौ अङ्क पढ्दा मलाई आनन्द लाग्यो । सरकारी विद्यालयको स्तर खस्किएको भन्ने आरोप आइरहेको बेला सर्वोत्कृष्ट सरकारी विद्यालयको नाम सार्वजनिक हुँदा सरकारी विद्यालयप्रति मानिसको चासो बढेको छ । यस्तै कुरा प्रकाशन गर्दै गए रराम्रो हुनेथियो ।
पदमबहादुर कठायत
नारायण निमावि, विलनेपाटा–१, दैलेख

सबैले पढौँ शिक्षक

शिक्षक को प्रथम अङ्क देखि हालसम्मका सबै अङ्क हराम्रो विद्यालयमा सुरक्षित छन् । हाम्रा लागि यो पत्रिका ज्ञान, सूचना, बौद्धिकता र मनोरञ्जनको भरपुर स्रोत हो । मेरो नजरमा शिक्षक आफैंमा एक शैक्षिक कार्यक्रम हो । यसमा प्रकाशित सामग्रीहरू सबैका लागि ‘भोकालाई भोजन’ सावित भएका छन् । यो शिक्षकहरूको मार्गनिर्देशक र शैक्षिक सूचनाको अनुपम स्रोत बनेको छ । दूरदराजका शिक्षकहरूका लागिगतिलो खुराक पनि । चेस र तासमा रमाउनेहरूको लागि समयको सदुपयोग बनेको छ । शिक्षक मा समाविष्ट सुडोकु, शब्दजाल तथा अन्ताक्षरीहरू भुत्ते दिमागमा धार लगाउने साधन बनेका छन् । शिक्षक को यो यात्रा अनन्तसम्म जारी रहोस !

शिक्षक का निम्ति शुभकामनाका शब्दहरू मात्र कदापि पर्याप्त हुन सक्दैन । यसर्थ प्रत्येक विद्यालय, पेशाकर्मी शिक्षक तथा पाठकहरूले शिक्षक मासिक पत्रिका नियमित खरीद गरी बौद्धिक लाभ हासिल गर्ने परिपाटीको विकास गर्न सकेको खण्डमा मात्र शिक्षक प्रति सच्चा न्याय गरेको ठहर्छ ।
लेखराज ढुङ्गाना ‘धु्रव’
समाज विकास प्रावि, बतासे–९,सिन्धुपाल्चोक

मुरीमुरी धन्यवाद !

शिक्षक पत्रिकाको आगमनपश्चात् शिक्षक मित्रहरूमा धेरै परिवर्तन आएको छ । हामी नियमित पाठक भए तापनि शब्दखेल, अन्ताक्षरी र सुडोकु जस्ता फुर्सदको सदुपयोग प्रयोग न गरी अन्य लेखहरू मात्र अध्ययन गर्दै आएकोमा हाल आएर यी खेलहरूमा चासो बढ्दै गएको छ । तर सुडोकु, अन्ताक्षरी र शब्दखेल कुनै एक भर्दा अर्काेमा असर पर्ने भएकाले कि त फरक–फरक पानामा कि जस्ताको तस्तै सारी भरी पठाउन पाए बेस हुनेथियो ? अथवा ती पानाको पछाडि विज्ञापन राखिदिए रराम्रो हुन्थ्यो । साथै आगामी अङ्कहरूमा कविता, मुक्तक, चुट्किला जस्ता विधाहरू पनि थप गरी समावेश गराउन पाए सुनमा सुगन्ध थपिन्थ्यो कि ?
विष्णुबहादुर कार्की
अकला बगैंचा निमावि
भोटेओडार–४, लमजुङ
छविलाल दाहाल
खोक्सेली प्रावि, खोक्सेली, खोटाङ

(तपाईंहरूको अप्ठ्यारोलाई सजिलो पार्ने हराम्रो प्रयास जारी छ । तर अलग्गै कागजमा सारेर पठाउन चाहिँ पाइँदैन । सं.)

उमेर पुगेकाहरूको बिलौना !

विकट बस्तीको सानो झुपडीमै रहेर भएपनि मैले शिक्षक मासिक नियमित रूपमा पढ्ने गरे की छु । शिक्षक पढ्न थाले देखि आफूमा थोरै परिवर्तन पनि ल्याएकी छु; एउटी शिक्षक भएको नाताले । त्यसैले शिक्षक मासिक अमर बनोस् भनेर कामना गर्द छु । लाग्छ; म जस्तै अरु कैयौं शिक्षकलाई शिक्षक मासिक साथी बनेको होला !

मेरो सानो प्रश्न पनि छ, यस पत्रिकामा युवा शिक्षकका लेख–रचना यदाकदा मात्र भेटिन्छन् तर प्राविमा अध्यापन गराउने उमेर पुगेका शिक्षकहरूका बिलौनाहरू धेरै भेटिन्छन्, किन ? यदि त्यो क्षेत्र झयाउलाग्दो भए उहाँहरूले हामीलाई किन उत्पादन गर्नु भयो ? २०६७ साउन अङ्कमा मोहन पौडेलको “स्याबासीको सट्टा ‘थुइक्क’ !” पढ्दा मलाई पनि गुरुहरूकहाँ जान डर लाग्यो । अर्को कुरा , अङ्ग्रेजीलाई योभन्दा बढी समेट्न सकिएमा अझ् रराम्रो हुन्थ्यो ।
पूजा भट्ट
ज्ञानज्योति इ.बो. स्कूल, खोड्पे, बैतडी

मूल्य वृद्धिः सामग्री कटौती !

१. शिक्षक को मूल्य ३३.३३% ले वृद्धि भएको छ । तर त्यो अनुसार सामग्री बढ्न सकेन । बरु गणित शिक्षणमा आइपर्ने समस्याहरू सहज समाधान गर्ने सामग्रीहरू पनि हटाएको पाइयो । एकातिर मूल्य वृद्धि गर्ने , अर्कोतिर शिक्षण विधि सम्बन्धी सामग्रीहरू घटाउने, यो त जायज भएन नि ! मैले मूल्य नबढाउनु भन्न खोजेको होइन तर मूल्य वृद्धि भए अनुसारको सामग्रीमा वृद्धि होस्, कक्षाकोठामा गणित शिक्षण तथा विज्ञान शिक्षण सम्बन्धी सामग्रीहरूले स्थान र निरन्तरता पाऊन् ।

२.शिक्षक मासिक विशेषतः शिक्षकहरूका लागि हो । शिक्षकहरूको सरुवा हुन सक्दछ । यस्तो अवस्थामा वार्षिकग्राहक बनेका शिक्षकहरू सरुवा भई अर्को ठाउँमा जाँदा उक्त ठाउँमा शिक्षक पत्रिका उपलब्ध गराउने के–कस्तो व्यवस्था रहेको छ ?
गणेश थापा
सिमरा कलेज, सिमरा, बारा

(जवाफ १. मूल्य वृद्धि पाठ्यसामग्री थप्नका लागि नभई भइरहेको खर्च धान्नका लागि गरिएको हो । शिक्षक को प्रकाशन नाफा कमाउनका लागि होइन, तर यसले आफ्नो खर्च उठाएन भने चिरायु हुनसक्दैन । यो तथ्यलाई सबैले आत्मसात् गरिदिनुहुनेछ भन्ने हराम्रो विश्वास छ । कुनै सामग्री पर्नु र नपर्नुसँग मूल्यवृद्धिको कुनै साइनो हुँदैन । पृष्ठ सङ्ख्या त घटेको छैन नि !
२. शिक्षकको सरुवा जहाँ हुन्छ हामी शिक्षक पत्रिका त्यहीँ पुर्याइदिन्छौं, यसमा ढुक्क भएर शिक्षक को वार्षिकग्राहक
बने हुन्छ । त्यसनिम्ति सरुवा भएको जानकारी र नयाँ ठेगाना हामीलाई दिन भने बिर्सनुहुँदैन । सं.)

प्रा. यामसिताको सही सुझाव

“नेताहरू इमान दार भएनन् ? त्यसो भए, शिक्षामा सुधारगर !” भन्ने लेख (शिक्षक साउन २०६७) का लागि धन्यवाद । वास्तवमै प्रा. हाजिमे यामसिताले व्यावहारिक सल्लाह दिएका छन् । मलाई उनको घोकन्ते शिक्षाको ठाउँमा खोजमूलक सोच विधिको प्रयोगलाई जापानले अमेरिकासँग सिकेको भन्ने विचार विशेष मन परयो ।

उनले जापान कसरी आर्थिक रूपमा समृद्ध राष्ट्र हुनसक्यो भन्ने कुरा को प्रामाणिक तर्क अघि सारेका छन् । त्यतिवेला जापान भर्खरै अमेरिकाबाट पराजित भएको थियो । तथापि उसले अमेरिकी शिक्षा प्रणालीका असल कुरा लाई आत्मसात् गरयो । भारत बेलायतको उपनि वेशबाट स्वतन्त्र भएपछि पण्डित जवाहरलाल नेहरूले पनि ‘औपनि वेशिक’ कालका सबै कुरा नष्ट गरेनन् । त्यसो न गरे कै कारण उनलाई भारतका अन्तिम ब्रिटिश शासक पनि भनियो ।

त्यसैकारण हामीले पनि केही वर्ष देखि एसएलसी बोर्डमा ल्याउनेहरूको नामावली प्रकाशित गर्न नचाहेका हौंला । हुनपनि यो ‘इन्डियन आइडल’ को प्रतिस्पर्धा भन्दा भिन्न थिएन । अधिकांश अभिभावक तथा विद्यार्थीहरू त्यसबाट उत्पन्न तनाव र अनावश्यक प्रतिस्पर्धाको मारमा परेका थिए । सृजनशीलता एउटै रुप वा आकृतिको हुँदैन । र, यसका लागि जाँचमा सबैलाई उछिन्न जरुरी पनि छैन ।

उच्च शिक्षाका लागि जापानीहरूको विदेश जाने चाहनालाई पनि उनले नरराम्रो मानेका छैनन् । अध्ययनपश्चात् थुप्रै व्यक्तिहरू जापान फर्किए । भारतीयहरूका हकमा पनि यो कुरा सत्य हो । कम्प्युटर सम्बन्धी अमेरिकी कम्पनी इन्टेलका ३० प्रतिशत भन्दा बढी इन्जिनियर भारतीय छन् । त्यस्तै डाक्टर, औषधि प्राविधिज्ञ र वैज्ञानिकहरू पनि थुप्रै भारतीय छन् । यी क्षेत्रमा उनीहरूको बाक्लै उपस्थिति रहेको छ । तथापि अमेरिकामा रहेका भारतीयहरू आफ्नै देश फर्किरहेका छन् ।

हामीले चाहेर वा नचाहेरै पनि अमेरिका आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । अष्ट्रेलिया जानेहरूको सङ्ख्या पनि उत्तिकै छ । अहिले अमेरिकी विश्वविद्यालयमा नेपाली विद्यार्थीको सङ्ख्या दशौं नम्बर भित्र पर्दछ । जुन भारत, चीन र कोरियाको भन्दा ज्यादै कम होइन । यो उल्लेखनीय विकास हो । निश्चय नै नेपाल सरकारको ध्यान यो बौद्धिक पूँजीलाई देशको समृद्धिको निम्ति उपयोग गर्ने तिर जानुपर्छ ।

जापानको पुनर्संरचना र भविष्यप्रति जापानीहरूको देशप्रेमले पनि महत्वपूर्ण भूमिका खेलेको विचार प्रा. यामसिताको छ । तर नेपालको सन्दर्भमा, राष्ट्रप्रेमलाई राजनीतिक दलहरूले आफ्नो निहित एजेण्डा लाद्न टेबुलटेनिस बल जस्तै उपयोग र दुरुपयोग गर्ने गरेका छन् । यद्यपि अमेरिका जस्तो विकसित र सम्पन्न मुलुक पनि यही रोगबाट ग्रसित छ । यसको प्रमाणको रूपमा ओवामाको इमान र राष्ट्रप्रेम माथि गरिएको शङ्कालाई लिन सकिन्छ ।
प्रा. आलोक बोहोरा, पिएचडी
न्यू मेक्सिको विश्वविद्यालय,
संयुक्त राज्य अमेरिका

···
हराम्रो विद्यालय शिक्षाले परीक्षामा ल्याउने प्राप्ताङ्कलाई अनावश्यक महत्व दिइरहेको छ भन्ने प्राध्यापक यामसिताको भनाइसित म पूरै सहमत छु । हामीले विद्यार्थीहरूलाई कक्षामा कोरा तथ्यहरू घोकाउनुभन्दा पनि कसरी सोच्ने र विश्लेषण गर्ने भन्ने सिकाउनु जरुरी छ । प्रा. यामसिताले भने जस्तै यस्तो परिवर्तन ल्याउन कठिन र खर्चिलो दुवै छैन । हामीले शिक्षकहरूलाई अन्तरक्रियात्मक विधिबाट विद्यार्थीहरूलाई सिकाउने तालिम दिए मात्र पुग्छ । यो विधिले विद्यार्थीहरूलाई छलफल मा सहभागी हुने तथा प्रश्नहरूको जवाफ आफैँ खोज्न सिकाउँछ ।
केदारभक्त माथेमा, साननेपा, ललितपुर

शिक्षक सजिलै पाइयोस्

भैरव उमावि, बझङका शिक्षक खगेन्द्रनाथ वियोगीले कताकताबाट शिक्षक ल्याउनुभयो र मलाई पनि पढ्न दिनुभयो । त्यो शायद २१ वा २२औं अङ्क थियो । त्यसमा रहेका शब्दखेल, अन्ताक्षरी दुवैले मिलेर समाधान गर्यौ र सुडोकु म एक्लैले समाधान गरें र पठायौं । समाधानहरू सही भएछन् र हराम्रो नाम पनि प्रकाशित भयो । हामी अत्यन्तै खुशी भयौं ।

शिक्षक मा प्रकाशित शिक्षक साथीहरूका संस्मरण, अनुभव तथा शिक्षाविद्हरूका शिक्षा सम्बन्धी लेख–रचनाहरू पढ्दा मलाई पनि आफ्नो लामो समयको अध्यापन कार्यमा देखे, जानेका र भोगेका विषयवस्तुलाई आधार बनाएर केही लेख्ने हौसला जागेको छ । तर बझङ जस्तो दुर्गम जिल्लामा शिक्षक अप्राप्य नै छ । यहाँ पनि सजिलै उपलब्ध हुने व्यवस्था गरिदिनुभए म जस्ता अन्य धेरै शिक्षक साथीहरू आभारी हुनेथियौं ।

अन्त्यमा, अन्य पत्रिका जस्तो अल्पायुमै यसको अवसान नहोस् र भविष्यमा बढी रोचक, ज्ञानबद्र्धक एवं स्तरीय बन्दै जाओस् भन्ने शुभकामना दिन्छु ।
चेतराज मिश्र, कालिका निमावि, दिपिल, बझङ

(टिप्पणीः मिश्रजी; रजिष्ट्री हुलाकमार्फत पत्रिका पाउने गरीग्राहक बन्नु स्; हरेक अङ्क तपाईंको हातमा पर्नेछन् । विशेषतः दुर्गम र शहर–बजारबाट टाढा रहनु भएका हजारौं शिक्षकहरूले यही माध्यमबाट शिक्षक प्राप्त गरिरहनु भएको छ । रजिष्ट्री–ग्राहक बन्न तपाईंले साविक शुल्कभन्दा रु.१२० मात्र बढी तिरे (वार्षिक जम्मा रु.६००) पुग्छ । रजिष्ट्री गरिएको पत्रिका सामान्यतः हराउने/च्यातिने हुँदैन । यदि त्यस्तो भएमा नोक्सान भएको प्रत्येक अङ्कको रु.३०० का दरले हुलाकले क्षतिपूर्ति समेत बेहोर्छ । सं.)

हे देशका दर्शक !

दुवला छौ नवज्योतीका फूल तिमी तिम्रा विचार छन् कति ।
काम गर्ने दिन रात कर्मठ भई आफ्नो कलाले अति ।।

बोल्दामा अति वेदना दिनदिनै तिम्रा नसा हुन जति ।
थाक्दैमा पनि भावुकै अति मिठो बोली पियारो कति ।।

राम्रा बोट बनाइ फूल फलका आशामुखी शिक्षक ।
माली झै मलजल गरेर रहने नेपाली हे दिक्षक ।।

तिम्रा ती जलले सिँचेर बिरुवा जो हुर्किए हुन् जति ।
तिम्रा हात र आतको रस समेत होला पियारो कति ।।

तिम्रा मानव ता भिजेर जलका ती बिन्दु मोती पनि ।
टल्कन्छन् नवज्योतीका जगतमा आशा र माया बनी ।।

तिम्रो त्याग त देख्छ भित्र मनको त्यो आत्म तिम्रो जब ।
तिम्रा ती ममता उगाल्छ मनका तिम्रा बिलौना सब ।।

पाखा छन् अनि खेत छन् नदीहरू बग्छन् सिँचाइ गरी ।
आत्मामा कति वेद छन् ती नदीमा पौड्ने मलाहा सरी ।।

तिम्रा भित्र विवेक कै छ मसिनो पोको परेको अति ।
तिम्रा शुद्ध क्षमा दयालु पनकागुण छन् पवित्रै कति ।।

नेपालीपनका पवित्र मनका हे देशका दर्शक ।
फूलका पङ्कजमा नयाँ किसिमले फलका लगाउ जग ।।

रामदत्त जोशी
श्रीगलैनाथ उच्च मावि, लेकम, झ्रकाडा, दार्चुला

commercial commercial commercial commercial