शिक्षकको पहिरन र त्यसले दिने सन्देश

विद्यार्थीहरूले कुन शिक्षकसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा को निक्र्योल शैक्षिक सत्रको पहिलो दुई हप्ताभित्रै शिक्षकका बानीव्यहोरा, काम र पहिरनका आधारमा गरिसक्छन् । एउटा शिक्षकले आफ्नो पहिरन, व्यवहार र बोलीचालीबाटै आफ्ना बारेमा बताउने गर्छ ।

‘खाना खानु आफ्ना लागि,
लुगा लगाउनु अर्काका लागि !’

यो नेपाली उखान वास्तवमै सटिक र व्यावहारिक छ । हुन पनि ; हामीले खाना अरूको इच्छा अनुसार खायौँ र पहिरन चाहिँ आफ्नो इच्छा अनुसार मात्र लगाउन थाल्यौँ भने परिणाम के होला ? जवाफ स्पष्टै छ– जे पायो त्यही खाएर स्वास्थ्य बिगारौँला । अनि जस्तो मनलाग्यो त्यस्तै पहिरिउँला र समाज मा अनावश्यक चर्चा रगिल्लाको पात्र बनौँला !

खाना व्यक्तिगत छनोटको विषय हो भने पहिरन सामाजिक रुचि र मान्यताको वस्तु । व्यक्तिको पहिरनले उसको व्यक्तित्व त प्रकट गर्छ नै; सँगै जाति, धर्म, लिङ्ग, सामाजिक र आर्थिक हैसियत, पेशा, व्यवसाय र परम्परा समेत झल्काउँछ । पहिरनले सामाजिक सन्देश पनि दिन्छ । यसले मानिसको व्यक्तिगत वा सांस्कृतिक पहिचान स्थापित गर्ने , कायम राख्ने वा सामाजिक मान्यतालाई लत्याउने स्वभावलाई प्रकट गर्छ ।

समय र व्यवसाय अनुसार अलग–अलग पहिरनको व्यवस्था गरिएको हुन्छ । ‘युनिफर्म’ वा ‘ड्रेस कोड’ त्यसकै अभिव्यक्ति हो । पहिरन सम्बन्धी नियम प्रायः अलिखित हुन्छन् र समाज पिच्छे फरक फरक पनि । कतिपय व्यवसायका मानिसहरूलाई उनीहरूको पहिरनका आधारमा चिन्न सकिन्छ । सेना, प्रहरी, डाक्टर, नर्स, पाइलट, वकिल यस्तै व्यवसायभित्र पर्छन् । यिनीहरूको पहिरनले विश्वव्यापी मान्यता पाइसकेको छ ।

शिक्षण पनि एक पेशा हो र शिक्षक एक पेशेवार व्यावसायिक व्यक्ति । उसको अलग पहिचानका लागि विशिष्ट वा निश्चित पहिरनको आवश्यकता छ कि छैन ? पहिरनले शिक्षण र शिक्षण व्यवसायमा के कस्तो असर पार्छ ? नेपालमा यस सम्बन्धी बहस/छलफल चलाउनु सान्दर्भिक नै हुनेछ किनभने आजसम्म भएको पाइँदैन ।

हामी हरेक दिन थुप्रै मानिसहरूलाई देख्छौँ; उनीहरूका बारेमा केही न केही अनुमान गर्छौं र आफ्नो धारणा बनाउँछौं । यस्तो धारणा बनाउन उनीहरूले लगाएको पहिरनले सबैभन्दा बढी काम गरेको हुन्छ । हामी अरूहरूका बारेमा उनीहरूले लगाएको पोशाकका आधारमा अभिमत तयार गर्छौं भने अरूले पनि हामीले लगाएको पोशाककै आधारमा हाम्रा बारेमा आफ्नो मत बनाउँछन् । यसरी, बाहिरी पहिरनका भरमा गरिने कतिपय अनुमान गलत र अनुपयुक्त पनि हुनसक्छन् तर पनि मानिसहरू कसैले लगाएको लुगाकै आधारमा ऊसँग प्रतिक्रिया जनाइरहेका हुन्छन् ।

कसैको लवाइका आधारमा मात्र मूल्याङ्कन गरिनु आदर्श कुरा अवश्य होइन, तर पनि यथार्थमा यस्तो भइरहेकै हुन्छ । मानिसहरूले अरूको लवाइ–खवाइ र बानी–व्यहोराका बारेमा हरदम चियो–चासो राखिरहेकै हुन्छन् । हामी व्यक्तिलाई पहिलो पटक जब देख्छौं उसको सामाजिक मर्यादा, आम्दानी तथा व्यवसायका बारेमा आफैँ अनुमान गर्ने गर्छौं । त्यहाँ हराम्रो अनुमान सही नहुन पनि सक्छ, तर हामीले जे देख्यौँ त्यस्तै धारणा बनाउँछौँ ।

अमेरिकी शिक्षाविद् द्वय ह्यारी वोङ र रोजमरी वोङले आफ्नो पुस्तक द फस्ट डेज अफ स्कूल मागतिलो शिक्षक बन्नका लागि शिक्षकको पहिरन पनि उपयुक्त हुनुपर्ने आधार र कारणहरू अघि सारेका छन् ।

पहिरनको महत्वका बारेमा ह्यारी र रोजमेरी आफ्नो पुस्तकमा लेखेका छन्, “अन्तर्वार्ता लिने व्यक्तिले अन्तर्वार्ता दिने व्यक्तिका बारेमा प्रारम्भिक धारणा २० सेकेण्डमा बनाउँछन् भने बिक्रेताहरू आफ्नाग्राहकलाई प्रभाव पार्न सात सेकेण्ड पर्याप्त हुन्छ भन्ने ठान्छन् ।” उनीहरू अगाडि लेख्छन्, “शिक्षक कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीहरूकोे पहिलो हेराइ शिक्षकको अनुहार र उसले लगाएको पहिरनमा पर्छ ।”

सचेत शिक्षकहरू रराम्रो देखि नमा विश्वास गर्दैनन्; उनीहरू पेशेवार (प्रोफेसनल) देखि नमा रुचि राख्छन् । ‘प्रोफेसनल’ बन्दा विद्यार्थीको अनावश्यक टीकाटिप्पणीबाट बच्न सकिन्छ ।गतिला शिक्षकहरू उपयुक्त पहिरन पहिरिन्छन् र अनुकरणीय ‘प्रोफेसनल’ शिक्षक बन्दछन् । विद्यालयको काम विद्यार्थीहरूलाई किताबी कुरा पढाउनु मात्र नभई उचित र अनुचित कुरा हरूका बारेमा फरक छुट्याउन सिकाउनु पनि हो । युवाहरूले समाज मा कुन कुरा गर्नु उपयुक्त/अनुपयुक्त हुन्छ भन्ने थाहा पाउन आफ्ना अग्रज र मान्यजनका पहिरन, बानीव्यवहार र  बोलीबचनलाई आधार बनाउँछन् ।

विद्यार्थीहरूले कुन शिक्षकसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा को निक्र्योल शैक्षिक सत्रको पहिलो दुई हप्ताभित्रै शिक्षकका बानीव्यहोरा, काम र पहिरनका आधारमा गरिसक्छन् । शिक्षकले आफ्नो पहिरन व्यवहार र बोलीचालीबाटै आफ्ना बारेमा बताउने गर्छ । यदि कुनै शिक्षक विद्यार्थी पस्नुभन्दा पहिल्यै कक्षामा पस्छ, कक्षामा गर्नु पर्ने काम र अन्य आवश्यक सामग्री पहिले नै तयार पार्छ र विद्यार्थी पस्दा हाँसी–हाँसी स्वागत गर्छ भने उसले पठनपाठनका लागि रराम्रो वातावरण तयार पारिसकेको हुन्छ । कक्षामा विद्यार्थीहरूले हल्ला गर्दा पनि शिक्षक चुप लागेर बस्छ र हल्ला शान्त पार्ने प्रयास गर्दैन भने त्यहाँ पठनपाठनका लागि सही वातावरण बन्दैन । कक्षामा शिक्षकले गर्ने यस्तै व्यवहारले विद्यार्थीको आचरण तथा उपलब्धिमा असर पार्छ । अर्थात् शिक्षकका प्रत्येक काम र व्यवहारले उसको व्यक्तित्व झल्काउँछ ।

शिक्षकको पहिरनले विद्यार्थीहरूको अनुशासन, अभिवृत्ति तथा पठनपाठनमा असर पार्दछ भन्ने कुरा अनुसन्धानले देखाएको छ । त्यस अनुसार शिक्षकको पहिरनबाट विद्यार्थीमा चार किसिमको प्रभाव पर्छः १ सम्मान , २. विश्वासयोग्य, ३ स्वीकृति/मान्यता, ४. अधिकार । एउटा सचेत शिक्षकले आफ्ना यी चारगुणको प्रयोग विद्यार्थी, अभिभावक, प्रशासक तथा साथीहरू र समाज मा गर्छ । यस्तागुणयुक्त शिक्षकले विद्यार्थीहरूलाई सिकाइ क्रियाकलाप मा सक्रिय तुल्याउन सक्ने सम्भावना बढी हुन्छ ।

उपयुक्त पहिरनले कुनै व्यक्तिको व्यक्तित्वमा खासै थप योगदान नपु¥याउला तर अनुपयुक्त पहिरनले उसको व्यक्तित्वलाई अवश्य नै हानि पुर्याउँछ । विद्यार्थीले शिक्षकलाई मनपराउनु अथवा मन नपराउनुमा प्रत्यक्षतः पहिरनको सम्बन्ध हुँदैन । तर उसले शिक्षकलाई गर्ने आदर–सम्मान मा भने पहिरनले अवश्यै फरक पार्दछ । विद्यालयमा रराम्रो सिकाइ क्रियाकलाप सम्भव तुल्याउन शिक्षकहरू सम्मानित हुनै पर्छ ।

शिक्षकले कस्तो पोशाक ल गाउँछ त्यसको जानकारी विद्यार्थीहरूले सधैँ राखेका हुन्छन् । त्यति मात्र होइन शिक्षक र आफ्ना साथीहरूले लगाएका पहिरन उपयुक्त/अनुपयुक्त के छन् भन्ने बारेमा पनि आलोचनात्मक दृष्टिकोण राख्दछन् । बालबालिकाले हरेक दिन आफ्ना आमाबाबु निश्चित प्रकारको पोशाकमा काममा गएको नियालेका हुनसक्छन् । त्यही आधारमा उनीहरूले विद्यालयमा शिक्षकले लगाएको पहिरनको अवलोकन गर्न सक्छन् । उनीहरूले लगाएको पहिरनका आधारमा शिक्षकहरूले सम्मान र विश्वास प्राप्त गर्न सक्छन् ।

कतिपय शिक्षकले विद्यार्थीको विश्वास जित्न सकेका हुँदैनन् । शिक्षकले विद्यार्थीको विश्वास हासिल गर्न सकेन भने सफल शिक्षण सम्भव हुँदैन । विद्यार्थीको विश्वास हासिल गर्न असफल शिक्षकहरू निरास र हतास समेत हुन्छन् । यस्तो परिस्थितिका पछाडि; उनीहरूले लगाउने गरेको पहिरनको पनि भूमिका रहेको हुनसक्छ । त्यसैले शिक्षकले हरेक बिहान पहिरन छनोट गर्दा त्यसले कक्षामा र समाज मा कस्तो सन्देश जान्छ भन्ने कुरा को हेक्का राख्नुपर्छ ।

शिक्षकको दायित्व विद्यार्थीहरूलाई सिक्न प्रेरित गर्नु हो । सिकाइको सुरुआत विद्यार्थीहरूको आदर र विश्वास जितेर मात्र सम्भव हुन्छ । यो आदर, विश्वास र सम्मान शिक्षकले आफ्नो बाह्य व्यक्तित्वबाटै पाउन शुरु गर्नु पर्छ । जुन शिक्षक सधैँ चटक्क मिलेको लुगा लगाएर विद्यालय आउने गर्छ, त्यसनिम्ति मनमनै भए पनि विद्यार्थीले उसको प्रशंसा गरिरहेका हुन्छन् र कुनै दिन लुगा नमिलेको पाएमा शिक्षकलाई सम्झइदिन्छन् । उनीहरूले त्यसो गर्नु को कारण उक्त शिक्षक आफ्नो लवाइमा विशेष ध्यान राख्छ भन्ने थाहा पाएर नै हो । यदि शिक्षक सधैँ अव्यवस्थित भएर विद्यालय आउँछ भने विद्यार्थीले कुनै प्रतिक्रिया व्यक्त गर्दैनन् । यदि शिक्षक स्वयम् आफ्नो बारेमा वास्ता गर्दैन भने अरूले उसका बारेमा ध्यान दिनु जरुरी छैन भन्ने विद्यार्थीहरूलाई लाग्छ ।
यदि विद्यार्थीहरू कुनै शिक्षकका बारेमा चासो राख्छन् भने उनीहरू त्यो शिक्षकलाई आदर, सम्मान र विश्वास गर्छन् भन्ने बुझन्छि । त्यस्ता शिक्षकबाट सिक्न विद्यार्थी सधैँ तयार हुन्छन् । एउटा ‘प्रोफेसनल’ शिक्षकले विद्यार्थीलाई तत्काल आवश्यक पर्ने कुरा अथवा किताबी ज्ञान मात्र सिकाइरहेको हुँदैन । ऊ त विद्यार्थीलाई भविष्यका लागि चाहिने आवश्यक ज्ञान, सीप र सफलताका तरिकाहरूका बारेमा जानकारीगराइरहेको हुन्छ ।

अर्को कुरा , यदि शिक्षक विद्यार्थीहरूले उपयुक्त भाषाको प्रयोगगरुन्, उपयुक्त ढाँचामा लेख लेखुन् र उपयुक्त व्यवहार र चालचलन प्रदर्शनगरुन् भन्ने चाहन्छ भने उसलाई उपयुक्त पोशाकको आवश्यकताबारे पनि जानकारी हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई उनीहरूको भावी पेशा/व्यवसायका लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति तथा पहिरनका बारेमा पनि तयार पार्नुपर्छ । अहिले हरेक पेशा तथा व्यवसायहरू विश्वव्यापीकरण हुँदैछन् । अहिलेको प्रतिस्पर्धात्मक विश्वमा विद्यार्थीहरूको बाह्य तथा आन्तरिक दुवै व्यक्तित्वको उत्तिकै महत्व रहेको छ । शिक्षकहरूले विद्यार्थीहरूको बाह्य व्यक्तित्वको विकास का लागि कत्तिको ध्यान दिएका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यी कुनै पुस्तकबाट सिकिने कुरा होइनन् । यी त शिक्षकको लवाइ–खवाइ, हिँडाइ–डुलाइ, प्रस्तुत हुने शैली र उनीहरूको आत्मविश्वासबाट सिकिने हुन् ।

शिक्षकले लगाएका पहिरनबाट विद्यार्थी र समाज मा थुप्रै सन्देश प्रवाह भइरहेका हुन्छन् । शिक्षकले सिलाएको सफा र स्वच्छ लुगा लगाएको छ भने ऊ आत्मविश्वासी छ भन्ने जनाउँछ । सफा लुगा ल गाउँछ भने ऊ आफ्नो स्वास्थ्यप्रति सचेत छ भन्ने पनि बुझन्छि । अझ् कुनै शिक्षक सधैँ इस्त्री (आइरन) गरिएका लुगा मात्रै ल गाउँछ भने त ऊ आफ्नो बाह्य व्यक्तित्वप्रति अत्यन्तै सजग छ भन्ने जनिन्छ ।

त्यसो भए शिक्षकका लागि कस्तो पहिरन उपयुक्त हुन्छ त ? सबै ठाउँ तथा परिवेशमा यसको उत्तर एकै किसिमको नआउन सक्छ । किनकि पहिरनले जातीय, राष्ट्रिय , लैङ्गिक, धार्मिक, भौगोलिक, सामाजिक पहिचान समेत बोकेको हुन्छ । यति हुँदाहुँदै पनि केही आम सहमतिका कुरा हरू पनि देखि एका छन् । धेरैको सहमति, विद्यालय औपचारिक संस्था भएको हुँदा त्यहाँ औपचारिक पहिरन लगाउनुपर्छ भन्ने देखिन्छ ।

अमेरिकी शिक्षाविद्द्वय ह्यारी वोङ र रोजमरी वोङको पुस्तक द फस्ट डेज अफ स्कूल मा आधारित ।

commercial commercial commercial commercial