हेराइ र बुझाइ

वचनको पालना

द्रौपदीलाई सबैकी पत्नीको रूपमा भिœयाएपछि पाण्डव (पाँच भाइ)ले विवाहपछि को जीवन व्यतीत गर्न केही नियम बनाए । त्यसमध्ये एउटा नियम थियोः द्रौपदीले प्रत्येक पाण्डवसँग एक वर्ष बस्नुपर्ने र उनी एकजना (द्रौपदी र कुनै पाण्डव)सँग बसेको वेलामा अरू चार भाइ त्यस ठाउँमा जानु नहुने । कुनै भाइले यो नियम उल्लङ्घन गरे मा उसले एक वर्षको तीर्थयात्रामा जानुपर्ने ।
द्रौपदी र पाण्डवको जीवन सुखपूर्ण बितिर हेको थियो । एक दिन एकजना किसान आफ्नागाई चोरिए भन्दै अर्जुनकहाँगुहार माग्न आइपुग्यो । अर्जुन चोर समात्न झ्ट्पट दौडिन लाग्दा आफ्नो धनुष–काँण युधिष्ठिरको दरबारमा राखेको र द्रौपदीसँग बसिरहेका युधिष्ठिरकहाँ आफू जान नहुने नियम सम्झ्एि । तर, किसानको विलौनाले उनलाई चुप लागेर बस्न दिएन । उनी युधिष्ठिरको दरबारबाट धनुष–काँण टिपेर चोर समात्न दौडिए ।

चोरलाई दण्डाधिकारीकहाँ रगाई किसानलाई बुझएपछि उनले युधिष्ठिरलाई घटनाबारे बताए । सँगै; आफूले परिवारको नियम उल्लङ्घन गरेकाले सजाय भोग्न तीर्थाटनमा जाने कुरा पनि सुनाए ।

युधिष्ठिरले नियम उल्लङ्घन भएको भए पनि त्यो असल उद्देश्यका निम्ति भएकाले तीर्थाटनमा जानु नपर्ने र आफूले क्षमा पनि दिन सक्ने बताए । तर वचनका पक्का अर्जुनलाई युधिष्ठिरका कुरा ले छोएन । उनी तत्कालै तीर्थको निम्ति निस्किए । ७

सन्देशः नियम, कानुन, वचन र कर्तव्य उत्तिकै महत्वपूर्ण हुन्छन् । मानिसले यी सबैको पालना गर्नु पर्छ र कर्तव्य पनि पूरा गर्नु पर्छ । अर्जुनलेगुहार माग्न आएको किसानलाई न्याय गरे , चोरलाई दण्डित गरे । त्यसो गर्दा परिवारको नियम उल्लङ्घन भएकाले त्यसको प्रायश्चित गर्न अर्थात् तोकिएबमोजिमको दण्ड भोग्न तीर्थाटनमा निस्किए । नियम, कर्तव्य र वचनप्रतिको यस्तै पक्का व्यवहारले अर्जुनलाई ‘अर्जुन’ बनायो ।

commercial commercial commercial commercial