प्रतिक्रिया र सुझाव

तीर्थ सरसँग अपेक्षा

साउन २०६७ को शिक्षक मा जलवायु परिवर्तनको सन्दर्भमा डा. तीर्थबहादुर श्रेष्ठको “यतीको रोदन र जलपरीको विलाप” शीर्षकअन्तर्गत लेखिएको लेखले जलवायु परिवर्तन सम्बन्धी जानकारी कम र यती र जलपरीको कथालाई बढी समेटेको देखिन्छ । तैपनि लेख रुचिकर छ; एकनिमेषमै पढेर सकिन्छ ।

तीर्थ सर शिक्षक जमातबीच एउटा गुरु मात्र नभई असल गुरु हुनुहुन्छ । उहाँको शिक्षाबाट हामी लामो समय देखि लाभान्वित भएका छांै । शिक्षक पत्रिकामा उहाँको लेखले निरन्तरता पाइरहोस् !

---------------------

वर्णविन्यासमा त्रुटि

एक लाखभन्दा बढी शिक्षकको पत्रिकाका रूपमा स्थापित शिक्षक मासिक सम्पूर्ण शिक्षकहरूका लागि उपयोगी भएको र सहयोगी शिक्षण सामग्री समेत बनेको मेरो ठम्याइ छ । शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू, कक्षा शिक्षण प्रभावकारी बनाउने खुराक, देश–विदेशका शिक्षा क्षेत्रका खबर र प्रेरक प्रसङ्ग तथा शिक्षकका समस्या समेत केलाएकोमा शिक्षक पत्रिकालाई धन्यवाद दिन्छु ।

पुरातन सोच, संस्कार र प्रवृत्ति बोकी यथास्थितिमा रमाएका शिक्षकहरूमा नवीन ऊर्जा थपिदिएर शिक्षणलाई प्रभावकारी बनाउन, नूतन पद्धति र प्रक्रियामा शिक्षकहरूलाई रूपान्तरित गर्न शिक्षक मासिक अग्रसर भएको देखि ए पनि पत्रिकाले वर्णविन्यासका क्षेत्रमा भने खासै ध्यान दिएको देखिँदैन । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर तथा पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरले निर्धारण गरेको वर्णविन्यासको नियमलाई यो पत्रिकाले बेवास्ता मात्र गरेको हो वा अस्वीकार ? बुझन कठिन भएको छ । खास गरी आगन्तुक शब्दका शुरु मा र बीचमा आउने इकार र उकार ह्रस्व हुने अनि सबै स दन्त्य (पातलो) हुने नियमलाई कतै कतै स्वीकार गरिएको भए पनि अधिकांश शब्दमा अस्वीकार गरिएको छ ।

व्याकरणगत त्रुटि त प्रशस्तै छन् । २०६७ असार अङ्कमा त ‘विषय–सन्दर्भ’ को शीर्षक नै अशुद्ध छ । शीर्षक ‘नहेपौँ र नहेपिऔँ’ हुनुपर्नेमा ‘नहेपौँ र नहेपिऊँ’ छ । इच्छार्थको बहुवचनमा हुने क्रियापदकोरूपको ज्ञान नभएकै कारणले यसो भएको हो वा भुलवश, बुझन सकिएन । पत्रपत्रिकाले जथाभावी लेखेर नेपाली व्याकरण र वर्णविन्यास विकृत बनाएको अवस्थामा तपाइँ र तपाइँका संवाददाताहरूले नेपाली व्याकरण र वर्णविन्यासका बारेमा थप ज्ञानार्जन गरी हामी पाठकलाई समेत सचेत बनाइदिएमा नेपाली लेखनमा एकरुपता आउँथ्यो कि भन्ने लागेको छ ।

ज्ञानप्रसाद आचार्य
बूढानीलकण्ठ स्कूल

---------------------

जलवायु परिवर्तनले नेपालको तराई, पहाड तथा हिमालमा बस्ने समुदायहरूले वर्षौं देखि निर्माण गरेको ज्ञान–पद्धतिलाई ठूलो चुनौती दिएको छ । परम्परागत ज्ञानको उपादेयता, उपयोगिता र कार्यान्वयनमा प्रश्न चिन्ह लागेको छ । यसबाट सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधिहरू पनि धेरै प्रभावित भएका छन् । नेपालको सन्दर्भमा हेर्दा जलवायु र वनस्पति जगतअन्तर्गतका धेरै घटनाहरू तुलनात्मक रूपमा साविकको भन्दा कि एक महिना अघि कि एक महिना पछि घट्न थालेको देखिन्छ । साथै; जलवायु परिवर्तनका घटनाहरू स्थानीय/क्षेत्रीय प्रकृतिका छन् र यसको प्रभाव पनि स्थानीय वा क्षेत्रीय देखिन्छ । नयाँ ज्ञान पद्धति विकास गर्न धेरै समय लाग्ने निश्चित छ । परिणामतः जलवायु परिवर्तनले ल्याएको अलमल्याई र समस्यालाई उनीहरूले लामो समयसम्म व्यहोर्नुपर्ने छ । यो अवस्थामा उनीहरूले के गर्ने , के न गर्ने ? कहिले गर्ने ? कुन समयमा गर्ने ? भन्ने प्रश्नहरूले ठूलो अन्योल सिर्जना गरेको छ । किनभने धेरै कुरा हरू मानिसहरूको वैचारिक र अनुभवको लेखाजोखाभन्दा बाहिरगइरहेका छन् । यो सन्दर्भमा तीर्थ सरबाट जलवायु परिवर्तनको विषयवस्तुलाई यसका लक्षित समूहमाझ् के, कसरी र कुन रूपमा प्रस्तुत गर्ने भन्ने आशयका लेख आए साह्रै उपयोगी हुनेथियो ।

प्रकाशसिंह अधिकारी
अध्यक्ष , जनमुखी शिक्षा सरोकार समाज

खस्कँदो शिक्षाशास्त्र

शिक्षाशास्त्रको अध्ययन–अध्यापन सम्बन्धी रिपोर्ट (असार, २०६७) यथार्थपरक लाग्यो । आर्थिकसँगै शैक्षिक दृष्टिले समेत कमजोर विद्यार्थीहरूले ‘शिक्षा’ पढ्ने गरेको पाइन्छ । गाउँ– गाउँमा +२ खुल्न थालेपछि मानविकी, व्यवस्थापन र विज्ञानका योग्य शिक्षकहरूको अभावका कारण शिक्षा सङ्कायमा नै विद्यार्थीहरूको चाप बढी हुने गरेको छ । त्यस्ता विद्यालयहरूमा स्नातकोत्तर उत्तीर्ण शिक्षकबाट पढ्न नपाउने अवस्था छ । शिक्षाशास्त्र खस्किनुको पछाडि कोरा सैद्धान्तिक शिक्षण पनि अर्को कारण हुन सक्दछ । सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा बढाउन सकेमा यसको स्तर बढ्नेथियो कि !

रोशन भण्डारी ‘समर्पण’
कैलापाल–९, साहित्यटोल, बैतडी

रराम्रो लाग्यो

शिक्षक मासिकको असार (२०६७) अङ्कमा प्रकाशित ‘पढ्ने धेरै, पढाउन सक्ने थोरै’ सान्दर्भिक छ । त्यस्तै, ‘बहसः शिक्षक र लाठी’ले युद्धको उर्वरभूमि रोल्पाली शिक्षक भएर पनि ‘लाठी’ सहित कक्षामा जान निरुत्साहित बनाएको छ । धादिङको जीवनपुरीस्थित भुवनेश्वर मावि र ज्ञानोदय मावि बाफल, काठमाडौंको सङ्घर्षमय यात्राले ममा केही ऊर्जा थप्यो साथै जिज्ञासा पनि । कारण; धादिङको र काठमाडौंको अनुभव (राजधानी र राजधानी नजिक)ले ७५ जिल्लाका आम स्कूलहरूलाई सुधार्ने उपाय दिन्छ कि दिँदैन ? जस्तै; शुल्क तिर्नु रोल्पाली अभिभावकहरू सक्षम छन् कि छ्रैनन् ? साँझ् र बिहानको छाक टार्न मुश्किल पर्ने रोल्पाली अभिभावकहरू राजधानीका अभिभावकहरू जस्तै आफ्ना बच्चाहरूको प्रगति विवरण लिन आउलान् त ? यस सन्दर्भमा राजधानी नजिक र जिल्लाका सदरमुकामका सरकारी स्कूलहरूको स्थिति ठीकै छ । तर यसै सूत्रले अरू भेगका स्कूलहरूलाई टेवा दिन्छ त ?
योग्यता र लगनका प्रतिमूर्ति बगनाह, बर्दियाका कृष्णसरको व्यक्तित्वले मलाई पनि उमङ्ग दियो । ‘संस्मरण’ प्रा.डा. नोवलकिशोर राईको ‘मेरो मास्टरी त्यतिवेला देखि यतिवेलासम्म’, ‘तीनपासे मास्टर देखि जर्मनीको कोल विश्वविद्यालय’सम्मको प्राध्यापन र राजदूतसम्मको सफलता पनि ऊर्जा थप्न सक्षम छ ।

चक्रबहादुर बुढामगर
जनसेवा उमावि, राङ्सी, रोल्पा

शिक्षकका पीडा

म शिक्षक मासिकको नियमित पाठक हुँ । जब नयाँ अङ्क हातमा आउँछ; सबै सामग्री ध्यानपूर्वक पढ्छु । फुर्सदको समयमा पुराना अङ्कहरू पनि पढ्छु । त्यसरी पढ्ने क्रममा केही शिक्षक साथीहरूको पीडा सम्झेर मनमा अनेकौं प्रश्न उब्जिन थाल्छन् ।

शिक्षक मासिकको २०६६ माघ अङ्कको पेज ६ मा छापिएको ‘म माथि अन्याय भयो’ शीर्षक पढ्दा आश्चर्य लाग्यो । झेलाको तुना सहपाठीहरूले चुँडाइदिएको सानो घटनालाई लिएर वि.व्य.स.का अध्यक्ष ले प्रिन्सिपल राधा तिवारी माथि गरेको अन्यायप्रति जिशिकाले कुनै पहल गरयो कि गरे न ? उक्त घटनाको छानबिन भयो कि भएन ? अर्थात् उक्त घटनाको वास्तविकता के थियो ?

त्यस्तै; २०६६ फागुन अङ्कको पृष्ठ ७ मा छापिएको शिक्षक रामु बस्नेतको पीडा कसले सुन्यो ? जिशिका, खोटाङले दोषी माथि कारबाही गरयो कि गरे न !

२०६६ असोज अङ्कमा छापिएको सुरेश पौडेलले उठाएका प्रश्नहरूको समर्थन गर्दै ती प्रश्नको चित्तबुझदो जवाफको प्रतीक्षामा छु ।

रवीन्द्र कुमार दास
मावि जिनाखु, सिन्धुली

यथार्थ चित्रण
शिक्षक मासिक नियमित पढ्ने गर्छु । यसका सबै सामग्रीहरू स्वागतयोग्य छन् । अङ्क २६ र २७ को ‘हेराइ र बुझइ’मा हराम्रो समाज को यथार्थ चित्रण भएको महसुस भयो । अङ्क २६ मा विचरा धनाढ्यले रराम्रो बोल्छु भन्दाभन्दै नरराम्रो बुझइ भयो । यस्ता कुरा झल्काउने नेपाली उखान धेरै छन् । जस्तै; ‘जाने बोल नजाने जीउको मोल’, ‘बोले बोलिपासो, खाए खाइपासो, छोए छोइपासो’ आदि । कुनै काम गर्नु पूर्व विचार पुर्याइएन भने त्यसको परिणाम नकारात्मक निस्कन पनि सक्छ भन्ने सबैको साझ शिक्षा हो ।

त्यस्तै अङ्क २७ मा ‘सुगाको रातो मुख’ भए जस्तै हराम्रो देशमा हामी नेपालीले नै लज्जित भएर रातो मुख लगाउनुपर्ने अवस्था आइसकेको छ । विदेशी नक्कल र बोक्रे आधुनिकताले गर्दा नेपालीपन, धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा झण्डै लोप भइसकेका छन् ।

शशिधर पौडेल
जनता मावि, पाही, राङ्खानी, बाग्लुङ

कमाइखाने भाँडो  किन बनाएको ?

शिक्षा नियमावली २०५९ ले कुनै विद्यालयमा स्वीकृत दरबन्दी रिक्त भएमा जिशिकाको अनुमति लिएर अस्थायी शिक्षक नियुक्ति गर्ने अधिकार वि.व्य.स.लाई दिएको छ । त्यसनिम्ति व्यवस्थापन समितिले अस्थायी शिक्षक छनोट समितिगठन गर्नु पर्छ र त्यसको सिफारिसबमोजिम नियुक्ति गर्नु पर्छ । यो छनोट समिति नियम ९७ बमोजिम वि.व्य.स.को अध्यक्ष को संयोजकत्वमा स्थानीय बुद्धिजीवी सदस्य र प्रअ सदस्य सचिव हुन्छ । त्यस्तै राहत कोटामा नियुक्ति गर्न चाहिँ वि.व्य.स. अध्यक्ष , प्रअ र स्रोतव्यक्ति सदस्य (प्राविको हकमा) र निमावि र मावि राहत कोटामा चाहिँ अध्यक्ष , प्रअ र वि.नि. सदस्य रहने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण दरबन्दीमा नियुक्ति हुने अस्थायी शिक्षक र राहत कोटामा नियुक्ति हुने शिक्षकले मोटो राशी वि.व्य.स.; स्रोतव्यक्ति तथा वि.नि.लाई तिर्नुपरेका घटना जताततै छन् । पदैपिच्छे फरक सदस्य समितिमा राखिदिएर, वि.व्य.स., स्रोतव्यक्ति र विनिलाई कमाइखाने भाँडोको व्यवस्था किन गरिदिएको होला ?

हेमप्रसाद भट्टराई
भानु निमावि रतनपुर, हत्पते–४, सिन्धुली

दोहोरयाएर पुरस्कार पाइन्छ !

शिक्षक मासिकमा शब्दखेल, सुडोकु, सामान्यज्ञान र अन्ताक्षरी जस्ता बौद्धिकतापूर्ण खेलमा सही समाधान पठाउने र पुरस्कार विजेताको नामसमेत छापिने कुरा प्रशंसनीय छ । तरगोलाप्रथाद्वारा विजेता छनोट गर्दा अघिल्लो महिना सही समाधान पठाउने पुनः पछिल्लो महिना सही समाधान पठाई छनोट भएमा के हुन्छ ? वा एकपटक पुरस्कृत भएको व्यक्तिलाई दोस्रो वा तेस्रो पटकगोलाप्रथामा समावेश गरिन्छ कि गरिँदैन ? यदि गरिँदैन भने म एकपटक छनोट भएको व्यक्ति आउँदा अङ्कमा पछाडि रही मेरो लेखन कार्यमा अवरोध हुने देखिन्छ ।

लालबहादुर डि.सी.
मिलन पुस्तक पसल, सहारे–८, सुर्खेत

(जवाफः गरिन्छ ।गोलाप्रथा भनेको एकप्रकारको चिठ्ठा नै हो । कसैलाई दोहोरयाएर चिठ्ठा पर्न पनि सक्छ; कहिल्यै नपर्न पनि सक्छ । नगद पुरस्कार को सम्भावना नभए प्रतिस्पर्धामा सहभागी नै नहुने भन्ने डीसीजीको आशय हो भने त्यसमा दुः ख मात्र व्यक्त गर्न सक्छौं । –सं.)

commercial commercial commercial commercial