पहिला पढ्न थालियो स्कूल पछि बन्यो
स्कूल कहाँ पढ्नुभयो ?
जनता मावि विर्घा, स्याङ्जामा पढेँ । घरमा ठूलो वर्णमाला कण्ठस्थ गरे पछि म एकै पटक कक्षा ४ मा भर्ना भएको थिएँ । २०२६ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ ।
केही सहपाठीको नाम सम्झ्निुहुन्छ ?
केहीको सम्झन्छु । नारायण पाण्डे अहिले स्याङ्जामै स्रोतव्यक्ति छन् भनेगणेश कुमारी श्रेष्ठ आयुर्वेदको क्षेत्रमा काम गर्छिन् । त्यस्तै पूर्णचन्द्र पाण्डे गाउँतिरै शिक्षक छन् भने मेरै नाम गरेका (शङ्कर पाण्डे) साथी दुई–दुई पटक स्याङ्जाबाटै सांसद् भए ।
स्कूल कस्तो थियो ?
हामीलेरूखमुनि चौतारोेमा बसेर पढ्न थालेका हौं । डेक्स–बेन्च केही थिएनन् । घरबाटै चकटी लिएर जान्थ्यौं । शुरु मा बाँसको कलमले र पछि खरिपाटीमा लेखिन्थ्यो । कलम, डटपेनको त चलन नै थिएन । पछि शिक्षक र गाउँलेहरू मिलेर स्कूल बनाए । शिक्षकहरूको जागिर स्थायी थिएन, तर स्कूलको पठनपाठनप्रति उनीहरू असाध्यै प्रतिबद्ध भएर लाग्दथे ।
स्कूलबाट मुख्य कुरा के सिकेँ भन्ने लाग्छ ?
असल मानिस बन्ने र आफ्नो देशलाई माया गर्ने कुरा । यी दुवै कुरा मैले शिक्षकहरूबाटै सिकेको हुँ । त्यतिवेला उहाँहरू गाउँका आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले मेरो मनमा अहिले पनि यी गुरुहरूप्रति उत्तिकै आदर र सम्मान छ । उहाँहरूकै प्रेरणाको कारण अहिले मन्त्रालयको सचिवको जिम्मेवारी बहन गर्दा होस् या अन्यत्र हुँदा मेरो मनमा हमेशा ‘हराम्रो गाउँ, हराम्रो स्कूल र हराम्रो देशको लागि केही गर्नु पर्छ’ भन्ने भावना आइरहन्छ । र, इमान दारीपूर्वक गरिरहेको पनि छु ।
मन पर्ने शिक्षक को थिए र किन ?
खगराज पाण्डे सरको स्कूल स्थापनामा ठूलो योगदान भएकाले उहाँलाई बिर्सनै सकिँदैन । अङ्ग्रेजी, भूगोल लगायतका विषयहरू रराम्रोसित पढाउने खुबीका कारण पाल्पाका सर मुक्तिराज पाण्डे विद्यार्थीबीच लोकप्रिय हुनुहुन्थ्यो । बाबुलाल प्रधान रगङ्गाप्रसाद भट्टराई सरले पनि हराम्रो मनमा उस्तै गहिरो छाप छाड्नुभएको थियो ।
तपाइँको आजको व्यक्तित्व निर्माणमा त्यो स्कूलको भूमिका कति होला ?
एकदमै धेरै । हामी चार दाजुभाइ र चार दिदीबहिनी थियौं । हामी सबै जनालाई पढाउने अवस्था बा–आमाको थिएन । बिहान एक डोको घाँस काटेर ल्याएपछि मात्र स्कूल जान पाउने र स्कूलबाट फर्केर पुनः अर्को भारी घाँस काट्नै पथ्र्यो । त्यसैले मेरो विचार मा म आज जहाँ छु, जे छु त्यसमा सबैभन्दा बढी त्यही स्कूलको हात छ । यदि गाउँमा त्यो स्कूल खुलेको थिएन भने म अरू आम मानिस झैँ गाउँघरतिरै खेतीपाती वा सानोतिनो व्यापार–व्यवसाय गरिरहेको हुन्थेँ । स्कूलले ममा आत्मविश्वास जगाइदिएकाले नै म यहाँसम्म आउन सकेको हुँ ।
आफू पढेको स्कूल कत्तिको जानुहुन्छ नि ?
वेला वेलामागइरहन्छु । निरक्षर गाउँले दाजुभाइहरू, जसले आफूले कबोल गरेको चन्दा दिने पैसा नभएर जग्गा समेत बेचेर स्कूललाई पैसा दिए, उनीहरूको स्कूलप्रतिको समर्पण र त्यागको भावनाले पनि मलाई स्कूल पुग्न ऊर्जा दिने गरेको छ ।
सामुदायिक स्कूलको गुणस्तर मा कसरी सुधार ल्याउन सकिएला ?
कुनै पनि स्कूल कस्तो हुने भन्ने कुरा व्यवस्थापन समिति र शिक्षकहरूको प्रतिबद्धता र कौशलमा भर पर्छ । सरकारले एकातिर निःशुल्क भन्ने तर पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन न गर्ने , अनि अर्कातिर राजनीतिक कार्यकर्तालाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने परिपाटी शुरु गरे पछि स्कूलमा अभिभावकको पहुँच र चासो दुवै घट्न गयो । फलस्वरूप स्कूलहरू कमजोर हुँदै गए । स्कूलमा अभिभावकको सरोकार बढाउन सके मात्र व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ । त्यसै गरी स्रोतव्यक्ति र विद्यालय निरीक्षकको भूमिकालाई पनि प्रभावकारी बनाउनै पर्छ । यी दुवै कुरा को उचित तालमेल भयो भने पक्कै पनि स्कूलको स्तर ोन्नति हुन्छ ।
शिक्षकलाई के सुझाव दिनुहुन्छ ?
विद्यार्थीको लागि शिक्षक भगवानसरह हो । शिक्षक समाज को लागि परिवर्तनको संवाहक हो । यो कुरा शिक्षकले आफ्नो मनमा हमेशा राख्नै पर्छ । कर्म नै सबैभन्दा ठूलो हो भन्ने कुरा लाई शिरोधार्य गरेर शिक्षक साथीहरूले आफ्नो ‘ड्युटी’ गरिदिनुभयो भने केटाकेटीको भविष्य पनि रराम्रो हुन्छ, उहाँहरूलाई पनि आजीवन सन्तुष्टि र आनन्द मिल्छ । आफ्नो कर्म इमान दारीपूर्वक न गर्ने मानिसलाई जीवनमा पश्चात्ताप रग्लानि मात्र हात लाग्छ भन्ने कुरा लाई हामी सबै राष्ट्रसेवक शिक्षक र कर्मचारीले आत्मसात् गर्न सक्यौं भने शिक्षामा सुधार हुन समय लाग्दैन ।



