उस्तै उस्तै छ प्रावि शिक्षकको संसार

न्युजिल्याण्डका प्रावि शिक्षकले पाठकोे तयारी गर्ने , शैक्षिक सामग्री जुटाउने, विद्यार्थीको प्रगति मूल्याङ्कन गर्ने , कक्षाकोठा रराम्रो पार्ने देखि शैक्षिक मनोविज्ञ, सामाजिक कार्यकर्ता जस्ता अन्य पेशाका व्यक्तिसँग पनि विद्यार्थीको सिकाइका सम्बन्धमा सहकार्य गर्नु पर्छ ।

युनेस्को इन्स्टिच्यूट अफ स्टाटिस्टिक  का अनुसार विश्वका विभिन्न देशमा प्राथमिक शिक्षाको अवधि घटीमा ४ र बढीमा ८ वर्ष अर्थात् विश्वव्यापी औसत ५.७ वर्ष रहेको छ । प्राथमिक कक्षाको पढाइलाई बालबालिकाका लागि भाषा, गणित र विभिन्न प्रारम्भिक ज्ञानको बीजारोपण गर्ने तहको रूपमा बुझिन्छ । प्राथमिक तहको शिक्षा धेरैजसो देशहरूमा निःशुल्क र अनिवार्य छ ।

विकासोन्मुख देशहरूमा सामान्यतः स्कूल तह (१२ कक्षा वा सोसरह) उत्तीर्णहरूलाई प्राथमिक शिक्षकका रूपमा स्वीकार गर्ने गरिएको पाइन्छ । विकसित देशमा भने प्रावि शिक्षकको न्यूनतम योग्यता शिक्षा विषयमै स्नातक हुनुपर्ने हुन्छ । त्यहाँ शैक्षिक योग्यताका अलावा रराम्रो सञ्चार सीप भएको , रचनात्मक र व्यवस्थित, बच्चाको व्यक्तिगत क्षमता, सिकाइ तरिका, सांस्कृतिक भिन्नता र समुदायको अपेक्षाबारे बुझन सक्नेगुणलाई योग्य शिक्षकको मापदण्डका रूपमा तोकिएको पाइन्छ । शिक्षण अनुमतिपत्र पनि अनिवार्य देखिन्छ । अझ् अमेरिकी महिला शिक्षक चास्काका अनुसार त्यहाँ प्रावि तहमा शिक्षक हुन ‘बहु–विषय शिक्षण’ अनुमतिपत्र लिएको हुनुपर्छ ।  

प्रावि शिक्षक होऊन् अथवा मावि, सरकारी हुन् या सामुदायिक— सबै देशमा निजीभन्दा सरकारी विद्यालयका शिक्षकहरूको तलब र सुविधा बढी देखिन्छ । निजी विद्यालयको हकमा चाहिँ विद्यालयको आर्थिक स्रोत र उद्देश्य एवं हैसियतले शिक्षकको सेवासुविधालाई निर्देशित गर्ने गरेको पाइन्छ ।

युनेस्को इन्स्टिच्यूट अफ स्टाटिस्टिक  का अनुसार तुलनात्मक रूपमा न्युजिल्याण्डका प्रावि शिक्षक सबैभन्दा बढी तलब पाउँछन् भने त्यसपछि का भाग्यमानीमा आयरल्याण्ड र पोर्चुगलका प्रावि शिक्षकहरू पर्छन् । अमेरिका, अष्टेलिया, हङ्गेरी, फिनल्याण्डका प्रावि शिक्षकको तलब भत्ता लगभग बराबरी जस्तो देखिन्छ । नयाँ र पुराना शिक्षकबीच तलब फरक हुन्छ । त्यस्तै; शिक्षकले पढाउने विषय, योग्यता, अनुभवका आधारमा पनि तलब सुविधा फरक हुने गरेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा प्राथमिक र मावि शिक्षकबीचको तलबमा त्यति फरक देखिँदैन तर डेनमार्क, जर्मनी, जापान, नेदरल्याण्ड, स्वीट्जरल्याण्डमा भने प्रावि र माविबीच राम्रै भिन्नता पाइन्छ । चेक रिपब्लिक, हङ्गेरी, नर्वे, दक्षिणकोरिया, स्पेन, स्वीट्जरल्याण्ड जस्ता विकसित देशमा प्रतिव्यक्ति आयको राष्ट्रिय औसतको तुलनामा प्रावि तथा माविका शिक्षकको तलब कम देखिन्छ । यो सन्दर्भमा नेपालका सामुदायिक विद्यालयका शिक्षकहरू धेरै नै भाग्यमानी देखिन्छन् किनभने उनीहरूको वार्षिक तलब/भत्ता नेपालीको औसत प्रतिव्यक्ति आम्दानीभन्दा कम्तीमा पनि तीनगुणा बढी छ ।

सिविक रिपोर्ट नम्बर–५०, जनवरी २००७ मा प्रकाशित जे.पी.ग्रीन एण्ड मार्कस ए विन्टर्सको अनुसन्धानात्मक लेख अनुसार अमेरिकामा सरकारी शिक्षकले प्रतिघण्टा ३४.०६ डलर कमाउँछन् । यो रकम सामान्य मान सिक श्रम गर्ने अमेरिकी कर्मचारीको भन्दा औसत ३६ प्रतिशत र प्राविधिक कामदारको भन्दा ११ प्रतिशत बढी हो । त्यस्तै त्यहाँका सरकारी स्कूलका शिक्षकले निजी स्कूलका शिक्षकभन्दा ६१ प्रतिशत बढी कमाउँछन् । अमेरिकी श्रम तथ्याङ्क व्युरोका अनुसार सरकारी शिक्षकहरू हप्तामा ३६.५ घण्टा काम गर्छन् । जबकि, त्यहाँका निजी विद्यालयका शिक्षक ३८.३ घण्टा काम गर्छन् । काम बढी गरे पनि निजी विद्यालयका शिक्षकको तलब भने थोरै हुन्छ ।

विकसित देशहरूमाग्रामीण क्षेत्रमा कार्यरत शिक्षकका लागि अतिरिक्त तलब तथा आवश्यक सेवासुविधा दिइएको पाइन्छ । अन्य पेशाको तुलनामा प्रावि शिक्षकको तलब तथा सेवासुविधा कम भए पनि वर्षमा सबभन्दा बढी बिदा (करिब तीन महिना) हुने भएकाले उनीहरू धेरै हदसम्म सन्तुष्ट पाइन्छन् । केही विकास ोन्मुख देशहरूमा दुर्गम भत्ताको प्रावधान भए पनि धेरैजसो गरीब देशका शिक्षकले त्यो सुविधा पाउँदैनन् । कम आय हुने देशमा अन्य पेशाको तुलनामा शिक्षकलाई कम तलब सुविधा दिइन्छ । त्यस्ता देशमा शिक्षकको तलब कामको आधारमा भन्दा पनि पदको आधारमा समान रूपमा निर्धारण गरिएको हुन्छ ।
विकसित देशहरूमा शिक्षकको तलब तथा सेवासुविधा मात्रै धेरै होइन उनीहरूलाई गहन जिम्मेवारीहरू पनि दिइएको भेटिन्छ ।

जस्तो न्युजिल्याण्डका प्रावि शिक्षकले आफ्नो विशेषज्ञता स्कूलका अन्य शिक्षकलाई बाँड्नुपर्छ । पाठकोे तयारी गर्ने , शैक्षिक सामग्री जुटाउने, विद्यार्थीको प्रगति मूल्याङ्कन गर्ने , कक्षाकोठा रराम्रो पार्ने देखि शैक्षिक मनोविज्ञ, सामाजिक कार्यकर्ता जस्ता अन्य पेशाका व्यक्तिसँग पनि विद्यार्थीको सिकाइका सम्बन्धमा पनि उनीहरूले सहकार्य गर्नु पर्छ । सामाजिक क्रियाकलाप , खेलकुद कार्यक्रमहरू आयोजना गर्नु पर्छ । विद्यालयलाई आर्थिक स्रोत जुटाउनसमेत पहल गर्नु पर्छ । त्यहाँ प्राथमिक तहमै ‘नेता शिक्षक’ अथवा ‘पाठ्यक्रम विशेषज्ञ शिक्षक’को पद राखिएको पाइन्छ । प्रअ हुन सहायक प्रअ भएर काम गरेको हुनैपर्छ । प्रायः सहायक प्रअले केही घण्टी पढाउँछन् तर प्रअले पढाउँदैनन् । विकासोन्मुख देशका शिक्षकहरू भने विद्यालय समयपछि विद्यालयको काममा त्यति संलग्न भएको पाइँदैन ।

प्रायः विकासोन्मुख देशका प्राथमिक विद्यालयका कक्षामा ‘प्रवचन विधि’ द्वारा नै पढाउने गरिन्छ । विकसित देशमा भने व्यावहारिक र प्रयोगात्मक विधिहरूको प्रयोग बढी भएको पाइन्छ । केही दशक देखि अमेरिकामा परम्परागत शिक्षण विधिको विकल्पको रूपमा प्राथमिक स्कूलहरूले ‘एक शिक्षक एक कक्षा मोडल’ पद्धति तोड्ने अभ्यास गरिरहेका छन् । त्यहाँका कतिपय स्कूलमा दुई वर्षका लागि उही शिक्षकले उही विद्यार्थी समूहलाई पढाउँछन् । यसलाई ‘लोपिङ प्रणाली’ भनिएको छ । उही शिक्षकले एक वर्ष कक्षा ३ मा पढाउने, दोस्रो वर्ष कक्षा ४ मा पढाउने तर अर्को वर्ष पुनः कक्षा ३ का नयाँ विद्यार्थी समूहलाई पढाउने अभ्यास गरेको पाइन्छ । यसबाहेक त्यहाँ ‘बहु–कक्षा’ र ‘बहु–उमेर’ कक्षाको पनि अभ्यास गर्ने गरेको पाइन्छ । त्यस्ता कक्षामा किन्डरगार्डेन देखि दुई कक्षासम्मका बच्चालाई एउटै शिक्षकले एउटै कक्षामा राखेर पढाउने गर्छन् ।

कतिपय प्राथमिक विद्यालयहरूमा ‘दुई शिक्षक दुई कक्षा मोडल’को अभ्यास पनि गरिएको पाइन्छ । यो अभ्यास अनुसार बालबालिकाहरू एउटा कक्षामा कुनै एक शिक्षकसँग पढ्छन् र अर्को विषय पढ्न अर्कै शिक्षकको कक्षामा जान्छन् । नेपालका कलेजहरूमा प्रायः यस्तो अभ्यास हुँदै आएको छ । त्यस्तै; शिक्षकहरूको एउटा समूह (एक सेट) ले एउटा कक्षाका विद्यार्थीलाई एक अर्ध–वार्षिकसम्म पढाउने र अर्को सेट शिक्षकले बाँकी आधा वर्ष पढाउने अभ्यास गरेको पनि पाइन्छ । यस्ता अभ्यास हरू प्रायः सबै देशमा बढ्दा छन् ।

सामान्य अभिभावकका लागि विश्वव्यापीरूपमै राम्रा प्राथमिक–पूर्व प्राथमिक स्कूल पाउन गाह्रो छ । जुनसुकै देशमा पनि निजी प्राथमिक विद्यालय जाने बालबालिकाहरूलाई किताबको चाङले थिच्ने गरेको पाइन्छ । शिक्षण कार्यमा अभिभावकको सहयोगको अभाव संसारभरि नै खट्किने विषयका रूपमा रहेको छ भने थरीथरीका प्रयोग र अभ्यास ले प्राथमिक विद्यालयलाई ‘शिक्षण संस्था’ को सट्टा ‘शिशुस्याहार केन्द्र’ बनाउने चुनौती पनि उत्तिकै छ ।

प्राथमिक विद्यालयका बालबालिका माथि हुने हिंसा विश्वव्यापी चासोको विषय बन्ने गरेको छ । सन् २००० मा प्रकाशित पुस्तक अन्डरस्टाडिङ एब्नर्मल विह्यावियर अनुसार शारीरिक सजायले बालबालिकालाई एकोहोरो, हिंस्रक र कमजोर आत्मबल भएको बनाउँछ । सन् १९९८ मा प्रकाशित कर्पोरल पनि स्मेन्ट इन प्राइमरी स्कूलस् अफ नर्थ वेस्ट फ्रन्टायर प्रोभिन्स पाकिस्तान भन्ने प्रतिवेदन अनुसार पाकिस्तानमा प्राथमिक विद्यालयका धेरै बच्चाहरूले कक्षा बीचैमा छाड्नुको कारण शिक्षकले दिने शारीरिक दण्ड प्रमुख हो । उक्त प्रतिवेदन अनुसार पाकिस्तानका प्रावि स्कूलमा १४ प्रतिशत बालबालिका शिक्षकका डरले नै कक्षा छाड्छन् । डीएफआईडी को सन् २००७ मा प्रकाशित टिचर मोटिभेशन इन सब–सहारन अफ्रिका एण्ड साउथ एसिया प्रतिवेदनले चाहिँ दक्षिणएसियाको प्रावि शिक्षाको मुख्य चुनौती; सरोकारवालाहरूमा सिकाइप्रति जिम्मेवारीको अभाव हो भनेको छ ।

विकासोन्मुख देशका प्राविहरूमा भौतिक पूर्वाधारको अभाव, शिक्षकको उच्च अनुपस्थिति दर र फराकिलो शिक्षक–विद्यार्थी अनुपात प्रमुख समस्याका रूपमा रहेका देखिन्छन् । युनेस्को को द म्यानेजमेन्ट अफ प्राइमरी टिचर्स इन साउथ एसिया रिपोर्टमा उल्लेख भए अनुसार शिक्षक विद्यार्थी अनुपात विकासोन्मुख देशमा धेरै देखिन्छ । भारत (मध्यप्रदेश) का एकतिहाई स्कूलमा एकजना मात्रै शिक्षक छन् । शिक्षाविद् माइकलोभाको सन् २००२ मा प्रकाशित टिचर जब सटिस्फ्याक्सन, स्टुडेन्ट एचिटमेन्ट एण्ड दी कस्ट अफ प्राइमरी एजुकेशन इन फ्रान्सकोफोन सब–अफ्रिका अनुसार प्राथमिक विद्यालयका शिक्षकको अनुपस्थिति दक्षिणएसियामा सबैभन्दा बढी छ ।

युनेस्को विश्व अनुगमन प्रतिवेदन २०१० अनुसार अझै पाँच करोड साठी लाख स्कूल जाने उमेरका बालबालिका विद्यालय भर्ना हुन पाएका छैनन् । त्यसमध्ये ५४ प्रतिशत केटीहरू छन् । प्राथमिक शिक्षाको सवालमा दक्षिणएसिया र अफ्रिकामा लैङ्गिक भेद तुलनात्मक रूपमा बढी छ ।

प्राथमिक शिक्षाको गुणस्तर विकसितको तुलनामा विकासोन्मुख देशमा चुनौतीपूर्ण नै छ । विकासोन्मुख देशका प्राविहरूमागतिला शिक्षक ल्याउने समस्या सबैभन्दा ठूलो छ । युनेस्को विश्व अनुगमन प्रतिवेदन २०१० अनुसार गरिबी र अभिभावकको अज्ञानता अर्को चुनौती बनेको छ । सोही प्रतिवेदन अनुसार कुपोषणका कारण संसारमा प्रति वर्ष १७ करोड ८० लाख बच्चाका शरीर र मस्तिष्क ध्वस्त भइरहेका छन् ।


जुनसुकै देशमा पनि निजी प्राथमिक विद्यालय जाने बालबालिकाहरूलाई किताबको चाङले थिच्ने गरेको पाइन्छ । शिक्षण कार्यमा अभिभावकको सहयोगको अभाव संसारभरि नै खट्किने विषयका रूपमा रहेको छ भने थरीथरीका प्रयोग र अभ्यासले प्राथमिक विद्यालयलाई ‘शिक्षण संस्था’ को सट्टा ‘शिशुस्याहार केन्द्र’ बनाउने चुनौती पनि उत्तिकै छ ।

प्राज्ञ मुर्नानले सन् १९८७ मा गरेको अध्ययनमा ‘प्रावि तहका शिक्षकहरू शिक्षण कार्यलाई रोजाइको पेशाभन्दा पनि कामचलाउ पेशाको रूपमा लिन्छन्’ भनिएको छ । शहरमुखी र सजिलो पैसा कमाउने युवाहरूको प्रवृत्ति विश्वव्यापीरूपमै देखिन्छ । यस्तो प्रवृत्ति प्राथमिक शिक्षाका निम्ति एउटा ठूलो चुनौतीको रूपमा खडा भएको छ । सन् २००४ मा प्रकाशित युनेस्को इन्स्टिच्यूट फर स्टाटिस्टिक डेटा सेन्टरको प्रतिवेदन अनुसार विकास ोन्मुख देशका शिक्षकहरू कक्षाकोठामा गएर पढाउनै चाहँदैनन् । उक्त प्रतिवेदन अनुसार सियरालियोनका ८० प्रतिशत प्रावि शिक्षकले आफू साँच्चै र सधैँका लागि शिक्षक हुन नभई समय बिताउन मात्र शिक्षक भएको कुरा अन्तर्वार्ताका क्रममा बताएका थिए । ‘कामचोर शिक्षक’ विकासोन्मुख देशका प्राविहरूको अर्को साझ ठूलो समस्या देखिन्छ । शिक्षक युनियन र राजनीतिक संरक्षणमा प्रअलाई नटेर्ने प्रावि शिक्षकको समस्या पनि गरीब देशहरूमा व्यापक छ । विकसित देशमा युनियनले शिक्षकको पेशागत हकहितको क्षेत्रमा प्रभावकारी भूमिका खेलेको देखिन्छ । जस्तो अमेरिकी प्रावि शिक्षक चास्काका अनुसार त्यहाँका शिक्षकले प्रति महिना १०० डलर युनियनलाई तिर्छन् ।

युनेस्को को द म्यानेजमेन्ट अफ प्राइमरी टिचर्स इन साउथएसिया रिपोर्ट २००० अनुसार दक्षिणएसियाका देशहरूमा ५–१० प्रतिशत शिक्षकले मात्रै बढुवा हुने अवसर पाउने गरेका छन् । कतिपयविकासोन्मुख देशमा विद्यालय निरीक्षकको हातमा शिक्षकको बढुवा भरपर्छ तर निरीक्षकहरूग्रामीण क्षेत्रमै जाँदैनन् र शिक्षकहरू बढुवा हुनबाट बञ्चित हुनुपर्छ । कतिपय देशमा प्रावि शिक्षकको बढुवा सम्बन्धमा प्रस्ट व्यवस्था नै छैन । कतिपय देशले (पाकिस्तान) बढुवा हुन निश्चित अतिरिक्त तालिम तोकेका छन् जुन महिला र दुर्गममा बस्ने शिक्षकका लागि कठिन हुन्छ । सरुवा हुन राजनीतिक प्रभाव जुटाउनुपर्छ । धेरै कम आय हुने देशहरूमा प्राथमिक शिक्षकहरूले समयमा तलब समेत पाउँदैनन् । शिक्षाविद् माइकलोभाको प्रतिवेदनमा जाम्बियामा त्यहाँका प्रावि शिक्षकको आधा तलब शिक्षा कार्यालयमा तलब लिन धाउँदा नै सकिने उल्लेख छ । सोही प्रतिवेदन अनुसार शिक्षकहरूबीचको पेशागत ऐक्यबद्धता अफ्रिकामा कम र एसियामा बढी छ । तर प्राथमिक शिक्षाको गुणस्तर बढाउनमा सब–सहारा अफ्रिका र द एसिया का शिक्षक युनियनहरूको भूमिका अत्यन्त कमजोर छ । 

महिलाको बालबालिकाप्रतिको ममता र व्यवहारलाई बालविकास को दृष्टिमा अत्यन्त महत्वपूर्ण ठानिएको छ । तर दक्षिणएसियामा महिला शिक्षकको सङ्ख्या एकदमै न्यून छ । त्यसमध्ये पनि नेपालमा सबभन्दा कम (१२.८ प्रतिशत) महिला शिक्षक छन् । एजुकेशन इन्टरनेशनलको अप्रिल २००९ को अङ्क अनुसार प्रान्तीय सरकारहरूले प्राविमा महिला शिक्षक मात्रै भर्ना गर्ने नीति लिएकाले भारतमा महिला शिक्षकको सङ्ख्या बढी छ । अष्टे«लिया, इङ्गल्याण्ड जस्ता विकसित देशहरूमा प्रावि तहमा महिला शिक्षक सङ्ख्या ज्यादा छ । इङ्गल्याण्ड जेनरल टिचिङ काउन्सिल को २००९ को अनुसन्धान अनुसार त्यहाँका १६,९०० प्राविमध्ये ४,५५० वटामा सबै शिक्षक महिला छन् । महिला शिक्षक सङ्ख्या ज्यादा हुँदा बालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने कतिपय अध्ययनहरूले देखाएका छन् । यमनको राष्ट्रिय महिला समितिले हालसालै गरेको अध्ययनलेग्रामीण भेगमा बालिकाहरूले कक्षा बीचैमा छाड्नुको एउटा कारण महिला शिक्षक न्यून हुनु हो भन्ने देखाएको छ । प्राज्ञिक अनुसन्धानकर्ता क्वेद अक्वालानले गरेको उक्त अध्ययन अनुसार कक्षा ४ पछि विद्यालयमा महिला शिक्षक नहुँदा बालिकाहरूले विद्यालय छोड्ने गरेका छन् । मुख्य गरी विकासोन्मुख देशका महिलाप्रतिको विभेदकारी सामाजिक सांस्कृतिक सम्बन्धहरूले महिलाहरू पछि परेका छन् । यो सन्दर्भमा प्रावि तहको शिक्षणमा लैङ्गिक सन्तुलन कायम गर्नु जरुरी देखिन्छ ।

प्रावि तहका महिला शिक्षकले बालिकाको शिक्षाको लागि ‘रोल मोडल’ को काम गर्ने भएकाले पनि प्राथमिक तहका शिक्षकहरूमा लैङ्गिक सन्तुलनको बहस उठ्ने गरेको छ । प्रायः विकसित देशका प्राविहरूमा महिला शिक्षक ज्यादा र पुरुष शिक्षक न्यून पाइने गरेका छन् । तर यसबाट पनि समस्या उत्पन्न नभएको चाहिँ होइन । विद्यालयमा महिला शिक्षक र घरमा पनि आमासँग बढी उठबस हुँदा बालविकास मा अर्कै खालको समस्या पैदा हुने कतिपय मनोविज्ञ बताउँछन् । त्यसैले अहिले विश्वका सबै देशको मुख्य सवाल शिक्षकमा लैङ्गिक समता कायम राख्ने नै देखि एको छ । नेपाल जस्ता विकासोन्मुख देशहरूले प्राथमिक शिक्षाको गुणस्तर सुधार्ने हो भने लैङ्गिक सन्तुलन कायम गरी शिक्षकलाई जिम्मेवार बनाउनुको विकल्प देखिँदैन । त्यसका लागि प्रावि तहका शिक्षकको सेवा–सुविधा, प्रोत्साहन, वृत्ति–विकास का अवसर बढाउनुपर्छ ।

commercial commercial commercial commercial