पढाउन सकिन्छ नपन्छाऔं
शिक्षकहरूमा पाठ्यवस्तुको रराम्रो ज्ञान र शैक्षिक सामग्रीहरूको पहिचान गर्न सक्ने क्षमता भए पन्छ्याइँदै आएको खगोल विज्ञानको पठनपाठन सहज हुन्छ ।
खगोल विज्ञान सबैभन्दा पुरानो विज्ञानमध्ये मानिन्छ । परापूर्वकाल देखि नै यसको अध्ययन गरिएको प्रमाण छ । यतिखेर खगोल विज्ञानलाई Astrometry (Study of positional motion of heavenely bodies), Celestial Mechanics (Mathematical study of the motion), Astrophysics (Chemical composition and physical condition of celestial bodies) / Cosmology (Study of the whole mentioned above) मा विभाजन गरी अध्ययन गरिन्छ ।
हराम्रो देशमा खगोल विज्ञानको अध्ययन–अध्यापनलाई कक्षा एक देखि दशसम्मकै विज्ञानको पाठ्यपुस्तकमा समेटिएको छ । तर खगोल विज्ञानका पाठ हरेक पाठ्यपुस्तकको पुछारमा मात्रै राख्ने गरिएको छ । प्रायः जसो विद्यालयहरूमा खगोल विज्ञान कि पढाइँदैन कि त थोरै समयमा यसलाई सिध्याइन्छ । रराम्रोसँग पठाउनुको सट्टा छात्रछात्रालाई स्वाध्यायन गर्न लगाएर झरा टार्ने गरिएकाले खगोल विज्ञानको पठनपाठन कमजोर भएको हो । खगोल अध्ययन कमजोर हुनुमा अरू कारण पनि छन् । उदाहरणका निम्ति शिक्षक मित्रहरूमा खगोलका पाठ्यवस्तुको गहन ज्ञानको अभाव, शैक्षणिक सामग्रीहरूको पहिचानमा कमी र परीक्षामा यसले ओगट्ने अङ्कभार थोरै हुुनु आदि । पाठ्यपुस्तकहरूमा परस्पर बाझ्निे विषयवस्तु र क्रमविहीन प्रस्तुतिले पनि खगोललाई निरस र बोझलिो तुल्याएको महसुस हुन्छ ।

खगोल विज्ञानको अध्ययन–अध्यापनको क्रममा हुने कमी–कमजोरीका कारणहरू जे–सुकै भए पनि यसको अध्यापनलाई सहज, दिगो र रोचक बनाउनको लागि के–कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बारेमा चिन्तन गर्ने बेला भएको छ । खगोल विज्ञान पढाउने शिक्षकमा कस्तो ज्ञान हुनुपर्दछ भन्नेबारे गहन छलफल आवश्यक देखि एको छ । विद्यमान पाठ्यक्रम अध्ययन गर्दा कक्षा ६ देखि कक्षा १० सम्मको पाठ्य सामग्रीहरूको sequence निम्नानुसार रहेको छ ।
उपर्युक्त पाठ्यवस्तुहरू हेर्दा सौर्यमण्डल, पृथ्वीको दैनिक र वार्षिक चाल, चन्द्रमाको कला, तारामण्डल र तारापुञ्ज तथा ताराको जीवनीलाई कक्षा १० सम्मको खगोल विज्ञानको मुख्य पाठ्यवस्तुको रूपमा लिनुपर्नेछ । यी अवयवहरूको अध्यापनको लागि हामी शिक्षकसँग पाठ्यपुस्तकमा भएका पाठ्यसामग्रीहरू बाहेक थप ज्ञान भएमा खगोल शिक्षण प्रभावकारी हुन्छ ।






