कसले सुधार्ने, कसरी सुधार्ने ?
विद्यालय शिक्षाको प्रमुख मापदण्डका रूपमा रहेको एसएलसी यताका दिनमा ‘मास चिटिङ’ र अन्य अमर्यादित क्रियाकलाप हरूका कारण ‘परीक्षा’ भन्दा उच्छृङ्खल जात्रा’ झै लाग्न थालेको छ । पहिले तराईका केही सीमावर्ती जिल्लामा समस्याका रूपमा रहेको ‘चिटिङ कल्चर’ले आज पहाड र हिमाली अनि दुर्गम भेगलाई समेत आफ्नो चपेटामा पारिसकेको भान हुन्छ ।
एसएलसी परीक्षा किन यसरी अमर्यादित बन्दैछ ? यसका जिम्मेवार पक्ष को–को छन् ? यसलाई कसरी सुधार गर्न सकिन्छ ? भन्ने सवालमा शिक्षक मासिकले १८ माघ २०६६ मा एलायन्स फर सोसल डायलग (एएसडी) सँग मिलेर शिक्षा क्षेत्रका सरोकारवालाहरूबीच अन्तरसंवाद कार्यक्रम आयोजना गरयो । शिक्षक का सम्पादक राजेन्द्र दाहालले एसएलसी परीक्षामा बढ्दो रूपमा देखि एका विकृति हटाउने उपायहरू सुझाउन सहभागीहरूलाई आग्रह गर्दै छलफल को प्रारम्भ गरेका थिए ।
सहभागीले सरकारी निकाय, शिक्षक तथा विद्यार्थीका सङ्गठन, राजनीतिक दल, अभिभावक, विद्यार्थी सबैको सामूहिक प्रयासबाट मात्रै परीक्षामा सुधार ल्याउन सकिने विचार व्यक्त गरे । सहभागीबाट व्यक्त विचार हरूमध्ये केही मुख्य तथा सम्पादित अंशहरू यहाँ प्रस्तुत गरिएको छः
डा. सुरेन्द्र लाभ
रारा बहुमुखी क्याम्पस, जनकपुर
“चिटिङ गराउने सवालमा शिक्षकहरू पनि अछुतो छैनन्, किनकि उनीहरू नै परीक्षामा निरीक्षक बनेका हुन्छन् । प्रश्नपत्र ‘आउट’ गर्ने र चोरी गराउने कुरा मा शिक्षकको पनि भूमिका रहने गरेको छ ।”
एसएलसी परीक्षाको मर्यादा केही वर्षअघिसम्म मधेशमा मात्र बिग्रिएको थियो । तर, आज यो महामारीका रूपमा मुलुकभर फैलिएको छ । नेपालको शैक्षिक विकास को इतिहासमा जनकपुरको महत्वपूर्ण स्थान थियो । तर, अहिले परीक्षा प्रणालीका सम्पूर्ण सीमा र मर्यादालाई जनकपुरले तोडिसकेको छ । एसएलसी परीक्षा सुधारका निम्ति हामीले २४ पुसमा जनकपुरमा आयोजना गरेकोगोष्ठीका अधिकांश सहभागीले केन्द्राध्यक्षको नियुक्तिमै अनियमितता हुने गरेकाले परीक्षा मर्यादित नभएको बताए । शिक्षकका पेशागत संघ/सङ्गठनले आ–आफ्ना शिक्षकलाई केन्द्राध्यक्ष नियुक्ति गराउनका लागि जिशिअलाई सिफारिस गर्ने गरेको र परीक्षा केन्द्रमा प्रहरीले समेत चिटिङ बढाएको भन्ने सहभागीहरुको भनाइलाई प्रजिअले पनि अस्वीकार गरेनन् । निजी स्कूलले रकम खुवाएर परीक्षाको मर्यादा बिगारेको आरोप सामुदायिक स्कूलका शिक्षकहरूले लगाए । प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरूले त्यसलाई स्वीकार पनि गरे । अभिभावककोगलत धारणाले गर्दा परीक्षा अमर्यादित हुने गरेको कुरा सबै पक्षबाट आयो । चिटिङ गराउने सवालमा शिक्षकहरू पनि अछुतो छैनन्, किनकि उनीहरू नै परीक्षामा निरीक्षक बनेका हुन्छन् । प्रश्नपत्र ‘आउट’ गर्ने र चोरी गराउने कुरा मा शिक्षकको पनि भूमिका रहने गरेको छ ।
विभिन्न शिक्षक संघ–सङ्गठनद्वारा प्रस्तुत गरिने लिस्टको आधारमा नभई योग्य, नैतिक र दह्रा शिक्षकहरुको रोस्टर बनाएरगोला प्रथाद्वारा केन्द्राध्यक्षको नियुक्ति गर्नु पर्ने सुझाव आएको छ । केन्द्राध्यक्ष नियुक्तिमा प्रजिअ र जिशिअको सक्रियता आवश्यक देखिन्छ । परीक्षा केन्द्रहरूमा खटिने निरीक्षकलाई भत्ता दिने प्रथा हराएको छ । हामीलेगोष्ठीमा के पायौं भने निरीक्षकले उल्टै २/३ सय रुपैयाँ तिरेर परीक्षाको निरीक्षण गर्छ । तर उसले छात्रछात्रा र अभिभावकबाट चिट चोर्न सघाएबापत कैयौँगुणा बढी रकम असुल्ने गर्छ । विद्यार्थी र शिक्षकमाझ् मर्यादित परीक्षाबारे जनचेतना जगाउनुपर्ने आवश्यकता छ । परीक्षाको बेलामा केन्द्राध्यक्षलगायत सम्बन्धित सबैलाई सुरक्षाको रराम्रो प्रबन्ध मिलाउनुपर्छ । तर सुरक्षाको प्रत्याभूति भएन भने जस्तै केन्द्राध्यक्षले पनि परीक्षालाई शुद्ध रूपमा सञ्चालन गर्न सक्दैन ।
राम कुमारी झाँक्री
अध्यक्ष , अनेरास्ववियु
“पनि काको संरक्षण र अनुमतिविना एउटा केन्द्राध्यक्षले कसरी अनियमितता गर्ने हिम्मत गर्न सक्छ ? परीक्षा मर्यादित गर्नु हुँदैन, चिट चोराउनुपर्छ भनेर कुनै राजनीतिक दलले भन्छन् जस्तो मलाई लाग्दैन ।”
पनि काको व्यवस्थापकीय कमजोरी तथा त्यहाँका कर्मचारीको अनियमितता, दोषीलाई कारबाही न गर्ने अनि गल्ती गरेकालाई संरक्षण दिने प्रवृत्तिले परीक्षा अमर्यादित बनेको हो । यसमा पनि का र त्यहाँ काम गर्ने कर्मचारीहरू सबैभन्दा बढी जवाफदेही हुनुपर्छ । पनि काको संरक्षण र अनुमतिविना एउटा केन्द्राध्यक्षले कसरी अनियमितता गर्ने हिम्मत गर्न सक्छ ? परीक्षा मर्यादित गर्नु हुँदैन, चिट चोराउनुपर्छ भनेर कुनै राजनीतिक दलले भन्छन् जस्तो मलाई लाग्दैन । कुनै दललाई मत दिने व्यक्तिले चिटिङ गर्न पाउनुपर्छ भन्छन् भने त्यो व्यक्तिगत कुरा हो । विद्यार्थी सङ्गठन पनि यसमा दोषी छैनन् । परीक्षामा बद्मासी गरेका परीक्षार्थीलाई विद्यार्थी सङ्गठनले कहिल्यै पनि समर्थन गरेका छैनन् ।
शिक्षक युनियन र शिक्षक सङ्गठनको संरचना यति बलियो छ कि यही संरचनाले शैक्षिक व्यवस्था र शिक्षण संस्थालाई बर्बाद बनाएको छ । यिनै सङ्गठनको छायाँ र प्रतिछायाँभित्र अनियमितता भइरहेका छन् । गल्ती गर्ने शिक्षकलाई युनियनले कारबाही गर्दैन, उल्टो संरक्षण दिन्छ । हामी शिक्षामा दीर्घकालीन सुधारको कुरा गर्दैछौं । त्यसो हो भने एसएलसीलाई ‘ग्रेडिङ’ गर्नु को विकल्प छैन । ५ र ८ कक्षामा किन विद्यार्थीलाई फेल गराउने ? १२ कक्षा पास गरेर पठाइदिऊँ न । एसएलसीमा १० वटा ‘ग्रेड’ बनाइदिऊँ, त्यसपछि उनीहरू आफ्नो क्षमता अनुसार अगाडि को बाटोमा अघि बढ्छन् ।
ज्ञानी यादव
जिशिअ, काठमाडौं
“तराईमा चिटिङ बढी हुनुमा अनेक कारणहरू छन् । एसएलसी पास भएका केटी भएपछि दाइजो कम दिए हुन्छ । तराईमा रोजगारीको पनि अभाव छ । शैक्षिक प्रमाणपत्र भयो भने केही न केही अवसर पाइन्छ भन्ने आश हुन्छ ।”
महोत्तरी र सिरहामा मैले जिशिअ भएर काम गरेको छु । तराईको शैक्षिक क्षेत्रमा हजारौं कुरीतिहरू छन्, त्यसको भागिदार हामी कर्मचारीहरू पनि छौं । शिक्षा अधिकारी भएर म पनि उम्कन चाहन्न ।
दुई वर्षअघिको कुरा हो । सिरहाको एसएलसी परीक्षा सुधार्ने प्रयासमा परीक्षा आउनुभन्दा अगाडि हामीले ४–५ पटक बैठक गर्यौ । शिक्षक युनियन, राजनीतिक दलका प्रतिनिधि र प्रअहरूसँग पनि कुरा गर्यौ । परीक्षा समन्वय समितिबाट केन्द्राध्यक्षको नियुक्ति गर्यौ र सहायक केन्द्राध्यक्ष र निरीक्षक चयनको जिम्मा केन्द्राध्यक्षलाई नै दियौं । सम्बन्धित स्कूलभन्दा बाहिरका शिक्षकलाई निरीक्षक तोक्न निर्देशन पनि दिइयो । परीक्षा हुनु अगाडि सम्म केन्द्राध्यक्षलाई नै बलियो पा¥यौं । उनीहरूलाई दिनुपर्ने सबै सुविधाको व्यवस्था पनि गर्यौ । परीक्षामा सहयोग गर्नु पर्छ भनेर अभिभावकलाई पनि सजगगरायौं । तयारीमा बढी नै मेहनत परेका कारण परीक्षा रराम्रो हुनेमा हामी आशावादी थियौं ।
भोलिपल्ट परीक्षा शुरु भयो । त्यसको एक घण्टा नबित्दै आठ नबज्दै मेरो आँखाबाट तरर्र आँसु चुहिए । किनभने परीक्षा हलमा परीक्षार्थीभन्दा बढी बाहिरका मान्छे बढी थिए । त्यहाँ कति जनालाई मैले कारबाही गर्ने ?
दुई वर्षअघि परीक्षा अनुगमन क्रममा सिडिओ र एसपी लहान रगोलबजार पुग्नुभएको थियो । उहाँहरूले दुईजना नक्कली परीक्षार्थीलाई थुतेर भ्यानमा हाल्नासाथ चिट चोराउन भेला भएका स्थानीय बासिन्दाले ढुङ्गा बर्साउन थाले । बाध्य भएर ती दुईजनालाई छोड्नुपर्ने अवस्था आयो ।
तर, सबै जिल्लाको अवस्था त्यस्तै छैन । परीक्षार्थीको खानतलासी गर्दा एउटा पनि चिट नभेटिएका जिल्ला पनि छन् ।गोर्खा, चितवन, मकवानपुर जस्ता जिल्लाहरूमा धेरै चिटिङ हुँदैन । तर, यतिले मात्रै ‘सिस्टम’ सुध्रने अवस्था छैन । तराईका गाउँ गाउँमा पुगेर अभिभावकलाई चेतना बढाउनुपर्छ । तराईमा चिटिङ बढी हुनुमा अनेक कारणहरू छन् । एसएलसी पास भएका केटी भएपछि दाइजो कम दिए हुन्छ । तराईमा रोजगारीको पनि अभाव छ । शैक्षिक प्रमाणपत्र भयो भने केही न केही अवसर पाइन्छ भन्ने आश हुन्छ ।
सुप्रभात भण्डारी
अध्यक्ष , अभिभावक संघ नेपाल
एसएलसीको चिटिङमा अभिभावक पनि दोषी छ भनिन्छ । तर अभिभावक मात्र होइन सिङ्गो नेपाली समाज नै अचेतन अवस्थामा छ । हामी त शिक्षकले विद्यार्थीलाई सबै कुरा सिकाउँछ भन्ने विश्वास गरेरै छोराछोरीलाई स्कूल पठाउँछौं । त्यसैले अभिभावकलाई पन्छाएर शिक्षकहरु दोषमुक्त हुन सक्दैनन् ।
प्रा.डा. विनोद श्रेष्ठ
सल्लाहकार, शुभतारा स्कूल
“जुन शिक्षकले ट्युसन पढाउँछ उही परीक्षामा निरीक्षक बन्दा उसले चिटिङ गराउने सम्भावना बढी हुन्छ । किनकि आफूले शुल्क लिएको विद्यार्थीप्रति उसको केही दायित्व हुन्छ । यस्ता शिक्षकले अरू विद्यार्थीबाट खोसेको चिट आफ्नो विद्यार्थीलाई दिन्छन् ।”
नेपालमा नयाँ शिक्षा लागू हुँदा आन्तरिक मूल्याङ्कन र सेमेष्टर प्रणाली थियो । त्यसअन्तर्गत हरेक हप्ता र सेमेष्टर तहमा विद्यार्थीको परीक्षा लिइन्थ्यो । सेमेष्टरपछि विस्तृत किसिमको परीक्षा हुन्थ्यो । त्यस्तो निरन्तर परीक्षाको मूल्याङ्कन विषयगत शिक्षकले नै गथ्र्यो । त्यसमा विद्यार्थीले चोर्ने र ठग्ने सम्भावना हुँदैनथ्यो । तर, यो पद्धति टिक्न दिइएन । अहिले फेरि निरन्तर मूल्याङ्कन प्रणालीको कुरा चलिरहेको छ । परीक्षा अमर्यादित हुनमा शिक्षकहरू पनि जिम्मेवार छन् । विशेष गरी अङ्ग्रेजी, विज्ञान र गणितमा ‘ट्युसन’ पढ्ने माहोल बढ्दै गएको छ । जुन शिक्षकले ट्युसन पढाउँछ त्यही शिक्षक परीक्षामा निरीक्षक बन्दा उसले चिटिङ गराउने सम्भावना बढी हुन्छ । किनकि आफूले शुल्क लिएको विद्यार्थीप्रति त्यो शिक्षकको केही दायित्व हुन्छ । यस्ता शिक्षकले अरू विद्यार्थीबाट खोसेको चिट आफ्नो विद्यार्थीलाई दिन्छन् ।
चुडामणि पौडेल
उप–निर्देशक, शिक्षा विभाग/पूर्व जिशिअ
एसएलसीको रजिष्ट्रेशन फारम र सिम्बोल नम्बर तय गर्ने बेला देखि नै धाँधली शुरु हुन्छ । कतिपय स्कूलले वर्णानुक्रममा नभई राम्रा र नराम्रा विद्यार्थीलाई मिलाएर रजिष्ट्रेशनगराउँछन् । त्यसपछि जिशिकामा कुन स्कूललाई कुन केन्द्रमा पार्ने भन्नेमा दौडधुप हुन्छ । सामुदायिक र निजी स्कूलका विद्यार्थीलाई एकै ठाउँमा राख्दा समस्या पर्ने रहेछ । दुवै परीक्षण मैले गरेर हेरेँ । एक वर्ष बोर्डिङ र अर्को वर्ष सामुदायिक स्कूलका छुट्टाछुट्टै केन्द्र राखेँ । त्यसो गर्दा बोर्डिङ स्कूलमै निरीक्षक बन्न पाउनुपर्छ भन्ने दबाब शिक्षकहरूबाट आयो । अर्को साल एकै ठाउँमा परीक्षा लिँदा जहाँ बोर्डिङका धेरै विद्यार्थी छन्, त्यहाँ निरीक्षक बस्न पाउनुपर्छ भन्ने दबाब परयो ।
त्यसमा पनि शिक्षक युनियन र सङ्गठनबाट भागबण्डाका आधारमा आ–आफ्ना मान्छे राख्नुपर्ने दबाब आउँछ । यसले गर्दा योग्य रगतिला प्रअहरू केन्द्राध्यक्ष बन्नै नमान्ने अवस्था देखि एको छ । परीक्षा खर्चमा पनि समस्या छ । परीक्षा सञ्चालनका लागि केन्द्रले अत्यन्तै न्यून रकम जिशिकामा पठाउँछ । निरीक्षकलाई भत्ता स्वरुप अहिले सय–डेढ सय रुपैयाँ दिइन्छ । त्यसले गर्दा माध्यमिक तहका योग्य शिक्षकलाई निरीक्षकमा खटाउन सक्ने अवस्था छैन । न्यूनतम बजेटबाट निरीक्षक र सुरक्षाकर्मीकोगाडीको इन्धन पुर्याउनुपर्ने बाध्यता छ ।
अभिभावक, शिक्षक, विद्यार्थी र हामी प्रशासकहरू समेत दातृ संस्थालाई देखाउनका लागि नतिजा धेरै चाहन्छौं । जसरी हुन्छ बढी नतिजा देखाएर उपलब्धि हासिल भयो भन्ने मान सिकताबाट हामीग्रसित छौं । परीक्षा केन्द्र निर्धारण गर्दा स्कूलको भौतिक पूर्वाधारको अवस्थाले पनि असर पारेको हुन्छ । परीक्षा केन्द्र खुल्ला हुँदा अभिभावकहरू झुम्मिने गर्छन् । त्यसैले विद्यालयको भौतिक अवस्था सुधार न गरी परीक्षा केन्द्र निर्धारण गरिनु उपयुक्त हुँदैन ।
पुरस्कार र दण्डको व्यवस्था कानुनमा छ । तर, कार्यान्वयनको अवस्था निराशाजनक छ । कञ्चनपुरमा म जिशिअ हुँदा एसएलसी पूरक परीक्षामा एकजना मावि शिक्षकले ‘चिटिङ’ गराए । प्रजिअ र मसहितको टोली गएर उनलाई हामीले भन्यौं, “अब तपाईंलाई हामी पक्रन्छौं । जेल पनि हाल्छौं । एक लाख रुपैयाँ जरिवाना पनि गर्छौं ।” यो कारबाहीको कुरा उठाएको एक हप्तामै मेरो दाङमा सरुवा भयो । त्यसैले दण्ड र पुरस्कार को व्यवस्थालाई कार्यान्वयन गर्ने पाटो चुनौतीपूर्ण छ । माध्यमिक तहका शिक्षकलाई मात्र निरीक्षक तोक्ने व्यवस्था हुनुपर्छ । किनकि यो तहका शिक्षकको नैतिक क्षमता तुलनात्मक रूपमा बढी हुन्छ । सुरक्षाकर्मीको परिचालन पनि प्रभावकारी हुनुपर्ने देखिन्छ । सुरक्षाकर्मीलाई पनि अनुशिक्षण दिइनुपर्छ । नत्र उनीहरू पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा चिटिङमा संलग्न हुने सम्भावना रहन्छ । यति गर्न सकियो भने तत्काललाई अवस्था सुध्रिन सक्छ ।
गुरुप्रसाद मैनाली
विनि, जिशिका, ललितपुर
“उत्तरपुस्तिका जाँच्ने साथीहरूले भन्नुहुन्थ्यो, “एउटा कापी हेरेपछि अर्को हेर्नुपर्दैन । सबै एउटै छ ।” बन्द र हड्तालका कारण स्कूलमा पढाइ हुँदैन । पढाइ नभएपछि विद्यार्थीले चोर्न बल गर्छन् । त्यसमा राजनीतिक पक्ष चोखो बस्न मिल्छ ?”
पुरानो शिक्षाबाट नयाँ शिक्षा प्रणालीमा रुपान्तरण हुने क्रममा पुरानातर्फका विद्यार्थीबाट चोरी बढी भएको छ । अर्को वर्ष पाठ्यक्रम परिवर्तन हुँदैछ भने अघिल्लो वर्ष चिटिङ बढी हुने गरेको छ । चोराउने मान्छे नभएकै कारणले नयाँ कोर्सको पहिलो वर्ष विद्यार्थी बढी फेल हुने गरेका छन् । अर्को कुरा राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको स्थिति खस्कँदै गएको बेलामा चिटिङ बढी भएका छन् । मधेश आन्दोलन चर्किएका आठ जिल्लामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । जबकि त्यहाँ स्कूल खुलेको दिन थाहा छैन । उत्तरपुस्तिका जाँच्ने साथीहरूले भन्नुहुन्थ्यो, “एउटा कापी हेरेपछि अर्को हेर्नुपर्दैन । सबै एउटै छ ।” बन्द र हड्तालका कारण स्कूलमा पढाइ हुँदैन । पढाइ नभएपछि विद्यार्थीले चोर्न बल गर्छन् । त्यसमा राजनीतिक पक्ष चोखो बस्न मिल्छ ? त्यसैले सबै आ–आफ्नो ठाउँमा जिम्मेवार बन्नु पर्छ । त्यसप्रति हामीले ध्यान दिएका छैनौं । हामी आफू इमान दार नभएसम्म र कक्षाकोठामा पढाइको वातावरण नभएसम्म परीक्षा मात्र सुधार हुने अवस्था रहँदैन ।
विद्यादेवी महर्जन
प्राचार्य,गीतामाता उमावि, काठमाडौं
“उत्तरपुस्तिका परीक्षण पनि ठेकेदारी प्रथाको छ । कसरी छिटो परीक्षण गर्ने र बढी पैसा कमाउने भन्ने मान सिकता परीक्षकमा हुन्छ । यस्तो प्रक्रियाबाट कसरी सही मूल्याङ्कन हुन्छ ?”
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा चिटिङको समस्या त्यति छैन । बाहिरको उत्तरपुस्तिकाहरू हुबहु हुने गरेको कुरा चाहिँ शिक्षकहरूबाट सुनेका छौं । एसएलसी परीक्षामा यस्ता विकृतिहरू देख्दा हामी धेरै दुः खी छौं । विद्यालय प्रशासनमा बाहिरिया तत्वको अवरोध निकै आउँछन् । पन्छाउनै नसकिने समस्याहरू पनि छन् । यो अवस्थामा पनि आफ्नो दायित्वप्रति डगमग भएनौं भने कसैले केही गर्न नसक्ने रहेछ । जहाँ अवस्था बिग्रेको छ, त्यसको खोजी गरेर सुधार गर्नु पर्छ जस्तो मलाई लाग्छ । परीक्षा हलमा अनावश्यक व्यक्तिहरू प्रवेश गरेर अवरोध गर्ने प्रवृत्ति छ । त्यसले गर्दा परीक्षार्थीहरूले अप्ठ्यारो महसुस गर्ने गरेका छन् । आउँदो परीक्षामा यो अवस्था सुधार गर्नु पर्ने आवश्यकता छ ।
टीआर ढकाल
महासचिव, प्याब्सन
“शिक्षा क्षेत्रलाई सुधार्ने सवालमा शिक्षक आफैं सुध्रिएर हुँदैन । शिक्षा मन्त्रालय देखि अभिभावक र विद्यार्थीसम्म जिम्मेवार बन्नु पर्छ । शिक्षामा राजनीतिक हस्तक्षेप भएको छैन भन्ने कुरा मा पनि म सहमत छैन ।”
परीक्षामा विकृति देखि नुमा राजनीतिक पक्ष बढी जिम्मेवार छ । परीक्षाको मर्यादा खस्किएको कुरा मा राजनीतिक नेतृत्व पन्छिन मिल्दैन । भनेजति अङ्क नपाएर विश्वविद्यालयमा आगो लगाएका घटनाहरू पनि छन् । त्यसकारण शिक्षक, अभिभावक, विद्यार्थी पनि जिम्मेवार छन् । अहिलेको परीक्षा र मूल्याङ्कन प्रणालीमा परिवर्तन न गरिकन हुँदैन । अहिलेको प्रणाली असाध्यै पुरानो छ । वर्षभरि पढ्ने, तीन घण्टाको परीक्षा दिने र पाँच मिनेटमा उत्तरपुस्तिका परीक्षण गर्ने अहिलेको पद्धतिले हुँदैन । उत्तरपुस्तिका परीक्षण पनि ठेकेदारी प्रथाको छ । कसरी छिटो परीक्षण गर्ने र बढी पैसा कमाउने भन्ने मान सिकता परीक्षकमा हुन्छ । यस्तो प्रक्रियाबाट कसरी सही मूल्याङ्कन हुन्छ ?
महन्थमणि यादव
अध्यक्ष , नेपाल शिक्षक युनियन, धनुषा
“स्कूल र शिक्षकले विद्यार्थीलाई पास गराए र दक्ष नागरिक बनाउछौं भन्ने जिम्मेवारी लिएर भर्ना लिएका हुन्छन् । आफ्नो बच्चा रराम्रो अङ्क ल्याएर पास भइदिउन् भन्ने अपेक्षा अभिभावकले स्वाभाविक रूपमा राख्छन् नै । त्यसैले विद्यार्थीलाई रराम्रो बनाउने दायित्व राम्रो हो ।”
शिक्षा क्षेत्रलाई सुधार्ने सवालमा शिक्षक आपैंm सुध्रिएर हुँदैन । शिक्षा मन्त्रालय देखि अभिभावक र विद्यार्थीसम्म जिम्मेवार बन्नु पर्छ । शिक्षामा राजनीतिक हस्तक्षेप भएको छैन भन्ने कुरा मा पनि म सहमत छैन । अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा गाउँमै रहेर जिम्मेवारी निभाएको त शिक्षकले मात्रै हो । परीक्षा प्रणाली सुधारका लागि हामी कागजमा त सहमत छौं । तर, व्यवहारमा छैनौं । यसप्रति सचेत नहुँदा परीक्षा प्रणालीमा दुरावस्था देखि एको छ ।
अवस्था पूरै बिग्रिहालेको छैन । देशको तरल अवस्थाका कारण एक्कासि सुधार गर्न त अलिगाह्रै छ । तर, केही हदसम्म न्यूनीकरण गर्न चाहिँ सकिन्छ । विगतमा केन्द्राध्यक्ष बनेका शिक्षक माथि कुनै अभियोग लागेको छ भने त्यस्तालाई केन्द्राध्यक्ष बनाउनुहुँदैन । हराम्रो धनुषामा अझै पनि त्यस्ता शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको देखेको छु ।
केन्द्राध्यक्षको सुरक्षा व्यवस्था तीन घण्टाको लागि मात्रै हुने गरेको छ । परीक्षा सकिनासाथ प्रहरीहरू आफ्नै ड्युटीमा र केन्द्राध्यक्ष आफ्नै ठाउँमा जाने अवस्था छ । परीक्षा केन्द्र बाहिरको सुरक्षा व्यवस्था विगतको भन्दा कडा हुनुपर्छ । परीक्षामा कडाइ हुने सूचनाको प्रवाह हरेक माध्यमबाट गरिनुपर्दछ । त्यसबाट पनि केही हदसम्म सुधार हुन सक्छ ।
नीरा शाक्य
जिशिअ, भक्तपुर
सञ्चारमाध्यमलेगत सालको एसएलसी परीक्षाका गतिविधि रराम्रोसँग देखाइदिए । उत्तरपुस्तिका परीक्षकहरूले पनि विभिन्न खोटहरू औंल्याएका छन् । यसको जानकारी हामीले पनि कालाई गराए का हौं । तर, सुधार भएको छैन । चुप लागेर बस्ने हो भने यसले अझै निरन्तरता पाउनेछ । त्यसो भए सुधार अब कहाँबाट गर्ने त ? सुधार कक्षाकोठाभित्रै गर्नु पर्छ । किनभने आफूले पढाएको विद्यार्थीले परीक्षा दिन सक्छ वा सक्दैन ? जुनसुकै ठाउँमा राखेर परीक्षा दिन लगाए पनि मेरो विद्यार्थीले सक्छ भन्ने आत्मविश्वास शिक्षकलाई हुनुपर्छ । त्यस्तै आत्मविश्वास विद्यार्थीहरूमा पनि हुनुपर्छ । दुवैमा आत्मविश्वास भयो भने एसएलसी परीक्षामा देखि एका विकृतिहरू विस्तारै कम हुँदै जानेछन् । अभिभावकले आफ्ना बच्चालाई फेल गराउन स्कूल पठाएका हुँदैनन् । यो सत्य कुरा हो । स्कूल र शिक्षकले विद्यार्थीलाई पास गराए र दक्ष नागरिक बनाउछौं भन्ने जिम्मेवारी लिएर भर्ना लिएका हुन्छन् । त्यसैले मेरा बच्चा रराम्रो अङ्क ल्याएर पास भइदिउन् भन्ने अपेक्षा अभिभावकले स्वाभाविक रूपमा राख्छन् नै । त्यसैले विद्यार्थीलाई रराम्रो बनाउने दायित्व हराम्रो हो ।
गत साल एसएलसीको उत्तरपुस्तिकामा चार किसिमका मसीले लेखेको समेत भेटियो । मसी त परिवर्तन हुनसक्छ तर, त्यसमा निरीक्षकले हस्ताक्षर गर्नु पर्ने मान्यता छ नि ! तर, हस्ताक्षरविना नै चार किसिमका मसीको प्रयोग भएका छन् । तर, त्यस्तो उत्तरपुस्तिकालाई रद्द गर्ने प्रावधान निर्देशिकामा छैन । त्यसैले म पनि कालाई के अनुरोध गर्न चाहन्छु भने परीक्षासँग सम्बन्धित निर्देशिकाहरू परिमार्जित गर्नु पर्ने अवस्थामा छन् ।
रामनारायण साह
स्रोतव्यक्ति, महेन्द्र बौद्ध स्रोत केन्द्र, काठमाडौं
एसएलसी परीक्षा सुधारका लागि निराश र हतोत्साही भएर हुँदैन । गाउँ गाउँमा पुगेर जबसम्म सरोकारवालाहरूलाई सचेत गर्न सकिँदैन तबसम्म यसमा कुनै पनि संयन्त्रले पनि काम गर्न सक्दैन । त्यसैले शिक्षाका सरोकारवालाहरूले सचेतनाका कार्यक्रमलाई विभिन्न गाउँ गाउँ र स्कूल–स्कूलमा पुर्याउन सके मात्रै यसमा सुधार हुनेछ । मूल्याङ्कन प्रणालीमा पनि सुधार हुनुपर्छ । कस्ता व्यक्तिलाई उत्तरपुस्तिका परीक्षण गर्न दिने भन्ने कुरा मा पनि सुधार गर्नु पर्छ । कसले छिटो जाँच्ने भन्ने होडमा अयोग्य व्यक्तिले पनि उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । यसरी रराम्रो मूल्याङ्कन नभएका कारणले पनि परीक्षा प्रणालीलाई असर पुर्याएको छ । स्कूलहरूले पनि आफ्ना नजिकका स्कूलमा परीक्षा केन्द्र राख्न नमान्ने गरेका छन् । यस्तो परिपाटीलाई निरुत्साहित गर्नु पर्छ, जसले गर्दा रराम्रोसँग परीक्षा सञ्चालन गर्न सकिन्छ । साथै, योग्य केन्द्राध्यक्षहरूको छनोटलाई पनि महत्व दिनुपर्छ ।
गीता खरेल
प्राचार्य, रत्नराज्यलक्ष्मी उमावि, काठमाडौं
सुधारको काम आफूबाट थाल्नुपर्छ । पहिले आफू बनेपछि अर्कालाई बनाउन सजिलो हुन्छ । अर्कालाई एउटा औंलो ठड्याउँदा चार वटा औंलो आपैंmतिर फर्केका हुन्छन् । त्यसले सुधार आफूबाट थालौं । त्यो नै बढी व्यावहारिक हुन्छ । मैले पनि केन्द्राध्यक्ष भएर धेरै परीक्षा चलाएँ । यस क्रममा कठिनाईहरू आउँछन् । यो जिम्मेवारी चुनौतीपूर्ण हुन्छ । चुनौती सामना गरेरै समाधान खोज्नुपर्छ । मेरो स्कूलमा नजिकका स्कूलको परीक्षा केन्द्र पर्दा त्यहाँका प्रअ र शिक्षकहरू परीक्षार्थीलाई लेख्न अवरोध हुने गरी ८–१० जनाको समूहमा उनीहरू आउँछन् । त्यस्तो प्रवेशलाई रोक लगाउनुपर्छ । बाहिरबाट आउने दबाब र चुनौतीहरू सामना गर्न सक्ने व्यक्तिलाई मात्रै केन्द्राध्यक्ष राख्नुपर्छ ।
अभिभावकले पैसै खर्च गरेर आफ्ना छोराछोरीलाई जसरी पनि पास गराउन खोज्ने प्रवृत्ति रोकिनुपर्छ । वास्तवमा शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध छ । त्यसैले यी तीनवटै पक्षमा जबसम्म हृदय देखि नै सुधारको भावना आउँदैन तबसम्म परीक्षा रराम्रो हुन सक्दैन । राजनीतिक हस्तक्षेपले स्कूलमा नरराम्रो असर पारेको छ । २२० दिन स्कूल सञ्चालन हुनुपर्ने हो । तर, अब त २० दिन पनि पढाइ नहोला जस्तो भइसक्यो ।
रुनै मन लाग्छ
महेन्द्र प्रसाद
पूर्व प्र.अ., सर्लाही
गत साल एसएलसी परीक्षा केन्द्रमा पुग्दा वास्तविक परीक्षार्थीले नै परीक्षा दिएको छ कि बाहिरका व्यक्तिले, यो छुट्याउनै गाह्रो थियो । सदरमुकाममै यस्तो भयावह अवस्था छ । अहिलेको सङ्क्रमणकालले तराईलाई त झन् खत्तम बनाएको छ । चिटिङले तराईको शिक्षालाई १० वर्षपछि धकेलेको छ । रुनै मन लाग्ने अवस्था छ । चोरी गरेर पास हुन्छन् भने शिक्षकले किन पढाउने र विद्यार्थीले किन पढ्ने ? गाउँमा अहिले नेता बढी छन्, जनता कम छन् । कुनै विद्यार्थीलाई फेल गरियो भने विरोध भइहाल्छ । निजी स्कूलका प्रिन्सिपलले नै रु.१ लाखसम्म तिरेर केन्द्राध्यक्षलाई किन्ने अवस्था छ । यो साँचो कुरा हो । बढी पैसा निजी स्कूलहरूसँगै छ । निजी स्कूलको यो अवस्थालाई मात्र नियन्त्रण गर्न सकियो भने ५० प्रतिशत अनियमितता कम हुँदै जान्छ ।
डा. विनय कुमार कुशियैत
शिक्षाशास्त्र सङ्काय, त्रिवि
अहिलेको परीक्षा प्रणाली आपैंmमा दोषयुक्त छैन । त्यसलाई दोषयुक्त बनाउने अरू नै कारक तत्वहरू छन् । कुनै पनि ‘सिस्टम’ प्रभावकारी हुनका लागि ‘इनपुट’ र ‘आउटपुट’ को संरचना बलियो हुनुपर्छ । ‘इनपुट’अन्तर्गत विद्यार्थी, शिक्षक र भौतिक साधनका कुरा हरू पर्छन् । शैक्षिक उपलब्धिलाई चाहिँ ‘आउटपुट’को रूपमा लिइन्छ । सिस्टममा स्कूलको कक्षाकोठा, शिक्षण विधि, पाठ्यक्रम, शिक्षकको उत्प्रेरणा, शिक्षण तालिम सबै कुरा हरू पर्छन् । तर, यी कुरा हरू नै कमजोर भए । यसैमा हामीले ‘आउटपुट’ खोज्यौं । कमजोर पद्धतिभित्र ‘आउटपुट’ खोजेर त्यसले सकारात्मक नतिजा दिन सक्दैन ।
शैक्षिक प्रमाणपत्रका आधारमा रोजगारी खोज्ने प्रवृत्ति बढेको छ । गुणस्तरीयता भन्दा पनि प्रमाणपत्रलाई महत्व दिने गरिन्छ । यसले गर्दा जसरी पनि प्रमाणपत्र लिने प्रवृत्ति बढ्दो छ । उता तराईका अभिभावकको शिक्षाप्रतिको सोचाइ काठमाडौंको भन्दा धेरै फरक छ । जसरी पनि प्रमाणपत्र चाहिन्छ भन्ने मनोविज्ञान त्यहाँका अभिभावकमा हुन्छ । त्यहाँ शिक्षाको महत्वलाई बिहे र दाइजोसँग जोडेर हेर्ने गरिन्छ । यसले गर्दा पनि तराईमा समस्या देखि एको छ ।
अम्बिकाप्रसाद रेग्मी
उपनि यन्त्रक, परीक्षा नियन्त्रण कार्यालय
“राजनीतिक हस्तक्षेपले स्कूलमा नरराम्रो असर पारेको छ । २२० दिन स्कूल सञ्चालन हुनुपर्ने हो । तर, अब त २० दिन पनि पढाइ नहोला जस्तो भइसक्यो ।”
एसएलसी मात्रै होइन, सबै तहको परीक्षामा सुधार हुनुपर्छ । अन्य तहमा पनि अमर्यादित ढङ्गले परीक्षा भएको हामीले महसुस गरेका छौं । परीक्षामा चिटिङको रोग सबै क्षेत्र र तहमा सल्कँदो छ । सुधारको क्रम सबै तहसम्म पुर्याउन सकेमा मात्रै त्यो प्रभावकारी हुन्छ । एउटा सीमित निकाय, क्षेत्र वा समूहले उठाएर मात्रै सुधार सम्भव नहुने अवस्था छ । शैक्षिक निकाय, राजनीतिक नेतृत्व, शिक्षक सङ्गठन, विद्यार्थी सङ्गठन सञ्चारमाध्यमले सामूहिक प्रयास गर्नु पर्छ । सुधारको लागि सामूहिक प्रतिबद्धता जनाइनुपर्छ ।
परीक्षा सञ्चालनका क्रममा गृह प्रशासनको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । जिल्लास्तर मा प्रमुख जिल्ला अधिकारी को भूमिका हुन्छ । त्यसैले सुधारको सन्देश त्यहाँसम्म पुग्नुपर्छ । तराई क्षेत्रको एसएलसी परीक्षामा जुन किसिमको अनियमितता हुने गरेको छ, यसलाई सुधार गर्ने तर्फ पनि काको प्रयास रहनेछ । त्यहाँ चिटिङसँगै अर्को व्यक्तिलाई परीक्षा लेख्न लगाउने प्रचलन बढ्दै गएको हामीले पाएका छौं । यो अत्यन्तै गम्भीर भएर सोच्नुपर्ने महत्वपूर्ण विषय हो ।
एसएलसी परीक्षा सुधारको प्रयास एकैपटकमा सम्भव हुँदैन । माथेमा (केदारभक्त माथेमा, पूर्व उपकुलपति, त्रिवि) कार्यदलको प्रतिवेदनको सुझावलाई पनि हामी कार्यान्वयन गर्ने क्रममा छौं । कार्यदलकै सुझाव अनुसार, एसएलसी परीक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्रै प्रश्न सोध्न थालिएको छ । त्यसलाई सम्बोधन गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गरिसकेको छ । पारदर्शी किसिमको प्रश्न सोध्नुपर्ने सुझावलाई कार्यान्वयन गर्नग्रिड अनुसार प्रश्नपत्र निर्माण गरिएको छ । एकैचोटि सुधार न देखि एको हो, तर पनि सुधारका प्रयासहरू भइरहेका छन् ।
प्रस्तुतिः प्रमोद आयाम



