नेपाली भाषा–संस्कृति जोगाउने बर्मेली जुक्ति

सरकारले भाषामा बन्देज लगाए पनि धर्ममा बन्देज नलगाएकाले नेपालीहरूले मन्दिरहरू धेरै बनाए र त्यहाँ धर्मशिक्षा दिने निहुँमा संस्कृत तथा नेपाली पठनपाठनलाई भित्रयाउने । यसलाई म्यान्मा–निवासी नेपाली विद्वान् समाज सेवीहरूको निकै ठूलो सुझ्-बुझ मानिनुपर्छ ।

यसपाला हिउँदे छुट्टीमा बर्मा (म्यान्मा) पुगियो । त्यहाँ माण्डलेमा पुग्दा आदरणीय ठाकुरप्रसाद गुरागाइँहरूले लोखूको गुरुकुल हेर्नैपर्छ भनेर कर गर्नु भयो र हामीले पनि जाने निधो गर्यौ । नत्र म्येन्योसम्म मात्र पुगेर घुमेर फर्कने कुरो थियो । गुरुकुल भनेकाले स्कूलै त होला नि भनेर पनि पैले लोखू जाने विचार हामीले त्यागेका थियौं । किनभने, म्येन्योबाट अझ् ४० माइल बाटो छिचोलेर त्यहाँसम्म पुग्ने हराम्रो जाँगर पनि थिएन । तर लोखू नपुगेको भए हामीले म्यान्माका नेपालीहरूको हिम्मत र आँटको केही भेउ पाउने रहेन छौं ।

भन्नलाई लोखू गुरुकुल भने पनि त्यसको पूरा नाम रहेछ– ‘श्री रामेश्वर विद्यापीठ (परहित) धाम’ । म्यान्मा सरकारले व्यापारिक (नाफामूलक) र सेवामूलक संस्थाहरू छुट्याउन ‘परहित’ भन्ने विशेषण जोड्न लगाउने हुनाले त्यो नाम रहेको थाहा भयो । झण्डै एक शताब्दीअघि बर्मा जस्तो विराट बौद्ध देशका लाखौं चैत्य, पेगोडा मन्दिरहरूका बीच एउटा पहाडी अनकन्टारमा, केही नेपाली बसोबास गर्ने क्षेत्र (लोखू)मा एउटा सानो हिन्दू मन्दिर स्थापना गरिएको रहेछ; रामेश्वर–धामका नामले शिव मन्दिर ।

बालब्रह्मचारी, मनोहर बाबाले स्थापना गरेको त्यो मन्दिरमा विस्तारै विस्तारै अरू नेपालीहरूले पनि भरथेग गर्दै आएपछि मन्दिरको महत्व बढ्दै गएछ । मन्दिरको ख्याति बढ्दै गएपछि सन् १९६० को दशकमा शिक्षाप्रेमी धर्मराज अधिकारी (डी.आर. शर्मा)को सक्रियतामा मन्दिर परिसरमै एउटा विद्यालय खोलिएछ । त्यहीँ भएछ यस गुरुकुल परिसरको बीजारोपण । डी.आर. शर्माले नेपाली बालबालिकाको शिक्षाका लागि बर्मा देशभरि नै ६० जति नेपाली विद्यालय स्थापना गरेका रहेछन् । तर, तीमध्ये अधिकांश सरकारीकरणमा परेपछि तिनले नेपाली परिचयगुमाउन पुगेछन् । त्यस्ता ३/४ ओटा विद्यालयको अस्तित्व जोगाउनका लागि धार्मिक शिक्षालय ( गुरुकुल) बनाइएको रहेछ । पहिले जेनतेन चलेको सो गुरुकुल सन् १९६६ मा मोगोकबाट पं. कमलाकान्त अर्याललाई ल्याएर स्थापित गरे पछि संस्कृत शिक्षा अध्ययन–अध्यापनको प्रमुख थलो बनेको बुझयिो । सन् १९६८ तिर आइलागेको अनिकालको बेलामा स्कूलको अस्तित्व नै सङ्कटमा परेको रहेछ । त्यसको निराकरणका लागि स्वामी देवानन्द (जीवलाल बाबा) ले अनेक भूभारत उठाई सरकारी सहयोग समेत लिई खाद्यान्नको ‘पर्मिट’ बनाई ल्याएछन् र विद्यालयको अस्तित्व जोगाइदिएका रहेछन् ।


एक शताब्दीअघिको नेपालको झलक पाइन्छ वर्षामा । उही पहाडे शैलीको भाका, उस्तै परिवेश । देशको अल्पसंख्यक वर्गका भएर होला यहाँका नेपालीहरूमा एकता छ, नेपालमा आए जस्तो जातीय विभेद त्यहाँ देखिनँ मैले ।

यो गुरुकुललाई म्यान्मा देशका अनेक दानवीर नेपालीहरूले आर्थिक सहायता गरेका छन् । तर पनि मोगोक र माण्डलेकाले विशेष भरथेग गरेको देखि यो । कसैले स्कूलको भवन बनाइदिए, कसैले मन्दिर अनि अर्काथरीले छात्रावास र भान्छाघर । अरू अरू दाताका दानले गुरुभवन, सभाभवन, सन्त कुटी तथा अतिथि भवनहरू विस्तारै थपिँदै गए । गुरुकुलसम्म आइपुग्ने सडक एकजना दाताले निर्माण गरिदिए । लक्ष्मीप्रसाद अर्यालको अग्रसरतामा स्कूलमा बिजुली–बत्ती बाल्ने ‘टर्बाइन’ समेत निर्माण भएछ सन् २००० तिर आइपुग्दा । ऐले गुरुकुलको स्वामित्वमा ३५ एकडभन्दा बढी जमिन छ । विद्यालयका संस्थापक डी.आर. शर्माको स्मृतिमा कृतज्ञतास्वरुप ‘शर्मा भवन’ निर्माण गरिएछ २००१ मा ।

सन् २००६ मा महेन्द्र संस्कृत विश्वविद्यालयबाट आचार्य उत्तीर्ण गरी म्यान्मा फर्केका युवा जोस र जाँगरका पं.गणेशप्रसाद मिश्र प्रधानाध्यापक भएपछि बदलिँदो परिस्थितितिर पनि ध्यान दिन थाल्यो गुरुकुल धामले । यसले आफ्नो जनसेवाको दायरालाई अझ् फराकिलो बनाउँदै लग्यो । म्यान्मा देशका सबै संस्कृत गुरुकुलहरूबाट प्रथमा तह उत्तीर्ण विद्यार्थीहरूले अध्ययन गर्न सक्ने गरी धामलाई एक उच्च शिक्षा अध्यापन संस्थानको रूपमा विकसित गरिएछ । त्यतिले मात्र पुगेन । सन् २००७ मा त्यस गुरुकुलले म्यान्मा देशभरिका यस्तै संस्कृत गुरुकुलका पदाधिकारीहरूको सम्मेलनगरायो । समयानुसार आफ्ना क्रियाकलाप मा परिमार्जन गर्नु पर्ने ठहर गरे छ सम्मेलनले । खास गरी, आफूहरूले वर्षौं लगाएर तयार पारेका केही ‘हिन्दू’ स्नातकहरू लाभको लोभमा बौद्ध भिक्षु बन्न पलायन भएको देखेपछि आफ्ना पाठ्यक्रमहरूमा केही आधुनिकीकरण गर्नु पर्ने बोध भएछ ती विद्वत् वर्गहरूलाई । अनि २००७ को जुन महिनामा गुरुकुलले एउटा पाठ्यक्रमगोष्ठी आयोजना गरयो । त्यसगोष्ठीले गुरुकुलहरूको पाठ्यक्रम सुधार गरयो । अहिलेगोष्ठीले निर्धारण गरिदिएको पाठ्यप्रणाली अपनाएका छन् गुरुकुलहरूले ।गोष्ठीकै निर्णयबमोजिम उच्च तहमा पढाइने पाठ्यक्रम पनि निर्धारित भएकाले सबै (म्यान्माका नेपाली) गुरुकुलहरूको पठनपाठनमा एकरुपता आएको छ । पाठ्यक्रमका अतिरिक्त गुरुकुलका विद्यार्थीहरूको व्यक्तित्व विकास को व्यवस्था र प्राध्यापकहरूको नियुक्ति व्यवस्थामा पनि नियमितता आएको बुझयिो । यस्ता कुरा हरूमा समयोचित परामर्श दिनगोष्ठीले एउटा प्राज्ञिक परिषद्को पनि परिकल्पना गरे छ । देशभरका (नेपाली) गुरुकुल सञ्चालन समितिहरू, संस्कृत स्नातक; सेवामण्डली, परीक्षा परिषद् र अन्य शिक्षासेवीहरूलाई सहभागी बनाई प्राज्ञिक परिषद् सङ्गठित भएको छ । सो अनुरुप २००७ जुलाई देखि नै उच्चशिक्षा अध्यापन कार्य विधिवत् रूपमा प्रारम्भ भएछ । नयाँ पाठ्यक्रम लागू भए सँग सँगै विद्यार्थीहरूलाई अङ्ग्रेजी र कम्प्युटर शिक्षा प्रदान गर्ने कार्य पनि प्रारम्भ गरिएछ ।

यी सबै कुरा सुन्दा; थाहा पाउँदा म अत्यन्त प्रभावित भएँ । हुन पनि नेपालभन्दा धेरै टाढा, बिरानो मुलुकमा बसेर, त्यहीँको रैथाने भए पनि नेपाली मूलका यी विद्वान्हरूले आफ्नो संस्कृति, भाषा, भेष नबिर्सेको देख्दा को प्रभावित नहोला ! एक शताब्दीअघिको नेपालको झलक पाइन्छ त्यहाँ । उही पहाडे शैलीको भाका, उस्तै परिवेश । आर्थिक अवस्था अवश्य सुध्रेको छ नेपालीहरूको; खेतीपाती पुरानै पाराका भए पनि व्यापार व्यवसायमा निकै उन्नति गरेका छन् धेरैले । देशको अल्पसङ्ख्यक वर्गका भएर होला यहाँका नेपालीहरूमा एकता छ, नेपालमा आए जस्तो जातीय विभेद त्यहाँ देखि नँ मैले । त्यसो त थोरै दिनको बसाइमा सबै कुरा थाहा नहुन पनि सक्छ ।

म्यान्माका नेपालीहरूको जनसङ्ख्यामा अधिकांश बाहुन समुदाय नै भएकाले होला त्यहाँ नामहरू सुन्दा ब्राम्हण थरगोत्रको प्रावल्य देखि यो । भए पनि , प्रधान र राई, थापा र गुरुङ, कार्की र कटुवाल जस्ता थर पनि सुनिए त्यहाँ यदाकदा । यो लेख मुख्यतः शिक्षासँग सम्बन्धित भएकाले त्यतापट्टि बढी चर्चा नगरुँ । तर, शिक्षाको मात्र पनि कुरा गर्दा ‘धर्म’लाई छाड्न सकिने स्थिति रहेनछ म्यान्मा (बर्मा)मा । किनभने, शिक्षा क्षेत्रलाई सरकारीकरण गरे पछि स्वभावतः पठन–पाठन बर्मेली भाषामा मात्र सीमित गरयो सरकारले । भाषामा बन्देज लगाए पनि धर्ममा बन्देज नलगाएकाले नेपालीहरूले मन्दिरहरू धेरै बनाए र त्यहाँ धर्मशिक्षा दिने निहुँमा संस्कृत तथा नेपाली पठनपाठनलाई भिœयाए । यसलाई म्यान्मा–निवासी नेपाली विद्वान् समाज सेवीहरूको निकै ठूलो सुझ् बुझ मानिनुपर्छ । यत्ति नै भनेर टुङ्ग्याऊँ यो प्रकरण—म्यान्माका नेपाली गुरुकुलहरूको ।

commercial commercial commercial commercial