शिक्षक तालिम कक्षामै पुगेन
औपचारिक आँकडा अनुसार नेपाल विधुत प्राधिकरणकोग्रीडमा छोड्ने बिजुलीमध्ये करिब २५ प्रतिशत बीचमै चुहावट हुन्छ । त्यसै गरी, खाननेपानी संस्थानले काठमाडौं उपत्यकाका बासिन्दाको निम्ति रिजभ्र्वाएरबाट प्रवाहित गर्ने ६० प्रतिशत पानी मात्र उपभोक्ताका धारामा पुग्छ, बाँकी ४० प्रतिशत बाटैमा हराउँछ । अर्थात् पानी प्रदायक संस्थाले धारामा छोडेको पानीमध्ये ६० प्रतिशतको मात्र महसुल पाउँछ । तर, योभन्दा बढी चुहावट शिक्षकले तालिममा सिकेका सीपमा भइरहेको पाइन्छ । सरकारी आँकडा र विभिन्न अध्ययनहरूका अनुसार शिक्षकले तालिममा सिकेका शिक्षण सीप र शैलीमध्ये ५० प्रतिशतभन्दा कम मात्र कक्षाकोठामा पुग्ने र बाँकी बीचमै हराउने गरेको छ । विद्यार्थीहरू लाभान्वित होलान् भनेर बर्सेनि करोडौं खर्च गरी विभिन्न तालिममार्फत शिक्षकहरूलाई सिकाइएका सीप कहाँ र किन बीचमै हराइरहेका छन् भन्ने ठूलो चिन्ताको विषय बनेको छ । सरकार अर्थात् तालिम केन्द्रहरूले शिक्षकको दिमाग र हातमा राखिदिएको शिक्षण सीप कक्षाकोठासम्म नपुग्नुमा स्वाभाविकरूपमै सबैभन्दा बढी जिम्मेवार शिक्षकहरू नै हुने देखिन्छ । अनि, उनीहरू स्वयंले नचाहँदासम्म त्यस्ता सीप र शैलीहरू अरू कसैले उपयोग गर्न– गराउन सक्ने देखिँदैन ।
तपाईं सोध्नुहोस्, ‘शिक्षकले तालिममा सिकेका कुरा कक्षाकोठामा कत्तिको प्रयोग गर्ने गरेका छन् ?’
बहुसङ्ख्यकको जवाफ हुनेछ, ‘अत्यन्त थोरै’ अथवा ‘ गर्दै गर्दैनन् !’
‘नेपालका सार्वजनिक अर्थात् सरकारी स्कूलका शिक्षकले तालिममा सिकेका सीप र विधि कक्षाकोठामा प्रयोग गर्दैनन्’ भन्ने कुरा आम मान्यता जस्तै बनेको छ । यसमा स्वयं शिक्षक र तिनका प्रतिनिधि संघ–संस्थाहरू पनि प्रतिर क्षात्मक भेटिन्छन् । उनीहरू आफ्नो बचाउ गर्न शैक्षिक सामग्रीको अभाव, धेरै विद्यार्थी सङ्ख्या, धेरै घण्टी पढाउनु पर्ने बाध्यता, प्रोत्साहनको कमी जस्ता कारण अघि सार्ने गर्छन् । र, शिक्षक मासिकले पनि ‘शिक्षकलाई राम्रो पढाउनका लागि दिएको तालिमको प्रभाव कक्षाकोठासम्म पुगेको छैन’ भन्ने मान्यता बोकेर नै यो अध्ययन सुरु गरयो ।

शिक्षक तालिमको प्रभावकारिता अध्ययनको थालनी राजधानीकै केही सार्वजनिक विद्यालयका कक्षा शिक्षणको अवलोकनबाट गरियो । यस क्रममा २३ मङ्सिर २०६६ मा काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या उच्च माविको कक्षा ४ मा प्रवेश गरियो । दस वर्ष देखि शिक्षण पेसामा रहेका भए पनि गत वैशाखमा मात्र १० महिने शिक्षक तालिम पूरा गरेका अस्थायी शिक्षक धनप्रसाद घिमिरे नानीहरूलाई गणित पढाउँदै थिए । गणितको ‘सजातीय’ अङ्क/सङ्ख्याको अर्थ बुझाउन उनले छात्राहरूले लगाएको रातो रङको स्वेटरलाई उदाहरणका रूपमा प्रस्तुत गरे । विद्यार्थीहरूले अत्यन्त सहजतापूर्वक उक्त शब्दको अर्थ र आशय बुझेको प्रतिक्रिया जनाए ।
धनप्रसादको पढाउने शैली र विधिमा शिक्षक तालिमले केही फरक पारयो कि पारेन त ? ‘अवश्य पारयो’, धनप्रसाद भन्छन्, “सबैभन्दा ठूलो असर त सोचाइमा नै परयो । पहिले, शैक्षिक सामग्री स्कूलले नै दिनुपर्छ भन्ने ठानिन्थ्यो । आफूलाई त्यस्ता सामग्री बनाउन पनि आउँदैनथ्यो । कुर्सीमा बसी–बसी पढाउनु अस्वाभाविक लाग्दैनथ्यो । कमजोर विद्यार्थीलाई हप्काउनु–तर्साउनु जरुरी लाग्थ्यो । त्यस्तालाई शिक्षकले हप्काई होइन हौसला दिनुपर्छ भन्ने त सोचिएको पनि थिएन ।”
धनप्रसाद तालिमपछि आफ्नो शिक्षण शैलीमा ठूलो परिवर्तन आएको र तालिममा सिकेका ७५ प्रतिशत सीप र अवधारणा आफूले कक्षाकोठामा प्रयोग गरिरहेको बताउँछन् । उनी थप्छन्, “अल्छी नै गरियो भने त अर्कै कुरा हो, अन्यथा तालिममा सिकाइएका अधिकांश कुरा कक्षाकोठामा उतार्न कठिन छैनन्, सकिन्छ ।” उनलाई बी.एड. र दसमहिने तालिमको कोर्ष उस्तै–उस्तै लाग्छ ।

सोही विद्यालयको कक्षा १० मा रीता हुमागाईं रसायन विज्ञानअन्तर्गत काँच र सिलिकाका बारेमा पढाउँदै थिइन् । रीताले एमएससीसँगै बी.एड. पनि गरे की छन् । उनी पाठ्यपुस्तकमा दिइए जस्तै काँचका प्रकार र तत् सम्बन्धी सूत्रहरू कालोपाटीमा लेखेर पढाउँदै थिइन् । कालोपाटी र चक–डस्टरसँगै काँच/सिलिकाका टुक्रा पनि प्रयोग गरेको भए विद्यार्थीलाई कुरा बुझाउन बढी सजिलो हुन्थ्यो कि भन्ने प्रश्न गर्दा उनी प्रतिर क्षात्मक भइन् । रीताको कथन थियो, “प्रयोगात्मक ढङ्गले पढाउन थाल्दा समय पुग्दैन । विद्यार्थीले सिके/नसिकेको ‘फिडब्याक’ लिनभन्दा समयमा पाठ सक्नमै ध्यान दिनुपर्छ । त्यसैले विज्ञानका सूत्र नघोकाई सुखै छैन ।” काँचका टुक्रा विद्यालयमा उपलब्ध नभएको पनि उनले बताइन् । उनको भनाइको सार थियो– १० कक्षाको विज्ञान जटिल र बोझलिो भएकाले बी.एड.मा सिकेको सीप प्रयोग गरेर पढाउन कठिन छ ।
पद्मकन्या उमाविका यी शिक्षकद्वय घिमिरे र हुमागाईंमा केही समान ता छन् भने असमान ता पनि छन् । उनीहरू एउटै स्कूलका शिक्षक हुन् र दुवैजना शिक्षण सीप सम्बन्धी तालिम प्राप्त छन् । धनप्रसाद तालिममा सिकेका कुरा कक्षामा उतार्न सकिन्छ भन्ने विश्वास राख्छन् भने रीता त्यसो गर्न नसकिने कैयौं कारण अघि सार्छिन् ।
अध्ययनका निचोडः उस्तै उस्तै
शिक्षक तालिमको अवस्था, उपादेयता र प्रभावकारिताका बारेमा शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्र, शिक्षा विभाग र सेरिड, फूल ब्राइट कन्सल्टेन्सी आदि डेढ दर्जन संस्थाले अहिलेसम्म ३० भन्दा बढी अध्ययन/अनुसन्धान गरेको पाइन्छ । र, प्रायः सबै अध्ययनका नतिजा उस्तै–उस्तै देखिन्छः ‘तालिम लिनुअघि र पछि शिक्षकको पढाउने शैली/विधिमा ताविक परिवर्तन आउन सकेन ।’
शिक्षा मन्त्रालय सीटीईभीटी अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) लेगत १० मार्च देखि यही १५ नोभेम्बर (२००९) सम्म गरेको शिक्षक तालिमको प्रभावकारिता सम्बन्धी पछिल्लो अध्ययनलाई अहिलेसम्मकै सबैभन्दा विस्तृत मानिएको छ । डा. भवानीशङ्कर सुवेदीको संयोजकत्वमा डा. विद्यानाथ कोइराला, डा. विष्णु कार्की, डा. यज्ञराज पन्त लगायत ९ जना विज्ञको समूहले २५ जिल्लाका ४५ प्राविका ४ हजार ३३ शिक्षकबीच गरेको उक्त अध्ययनको निचोड पनि शिक्षक तालिमले कक्षाकोठाको पठनपाठनमा आशातीत सुधार गर्न नसकेकै रहेको छ । सो अध्ययनको सारांशमा ‘तालिमले पठनपाठन सुधार्न कुनै भूमिका नखेले पनि तालिम प्राप्त शिक्षकहरूको व्यक्तित्व विकास र आत्मोन्नतिमा भने महत्वपूर्ण योगदान पुगेको’ उल्लेख छ । उक्त अध्ययनका संयोजक डा. सुवेदी भन्छन्, “तालिमले पढाइ सुधार्न खासै सहयोग पुगेको छैन तर, शिक्षकको उन्नति भने गरेको छ ।” तालिमप्राप्त शिक्षकहरू शिक्षणमा भन्दा गैर –शैक्षिक क्रियाकलाप मा बढी सक्रिय रहने गरेको पनि सो अध्ययनले देखाएको छ ।
यो अध्ययनले शिक्षक तालिमको प्रभाव सम्बन्धमा मुख्यतः चार वटा निचोड प्रस्तुत गरेको छ । पहिलो ; स्कूलका सरोकारवालाले शिक्षकको पेसागत सीप बढाउन तालिमको आवश्यकतालाई स्वीकार गरेका छन् । दोस्रो; तालिमको पाठ्यक्रमले अपेक्षा गरेका क्रियाकलाप गर्न तालिममा सहभागी शिक्षकहरूले जाँगर देखाउने गरेका छैनन् । तेस्रो; तालिम र शिक्षकका कामको पर्याप्त अनुगमन नभएका कारण शिक्षकहरूले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सकेका छैनन् । चौथो; तालिमले आशा गरे भन्दा अत्यन्तै न्यून मात्रामा शिक्षकको पढाउने शैलीमा सुधार गरेको तथा बालबालिकाको स्कूलमा पहुँच स्थापित गर्न र शिक्षकको दक्षता बढाउन योगदान गरेको छ ।
शैक्षिक अनुसन्धान संस्था सेरिड ले सन् २००२ मा झपा, तनहुँ र दार्चुलाका १०९ वटा सरकारी स्कूलमा गरेको अध्ययनले तालिमप्राप्त शिक्षकमध्ये एकतिहाईले मात्र कक्षामा जानुअघि तयारी गर्ने गरेको र तीमध्ये २८ प्रतिशतले व्यावसायिक रूपमा तयार गरिएका शैक्षिक सामग्री शिक्षण कार्यमा उपयोग गरेको देखाएको छ । त्यस्तै, तालिमप्राप्त शिक्षकमध्ये २९ प्रतिशतले मात्र छात्रछात्रालाई समूहगत कार्यमा सरिक गराउने गरेको, सबैले प्रवचनशैली (लेक्चर मेथड) मै पढाउने गरेको र तालिममा सिकेका कुरा शिक्षकले कक्षाकोठामा लागू गर्ने न गरेको पनि सो अध्ययनको निष्कर्ष छ ।
यसअघि सेरिड ले नै सन् १९९८ मा काठमाडौ, भक्तपुर र ललितपुरका १० वटा सरकारी र १० वटा निजी स्कूलमा गरेको शिक्षक तालिम र कक्षाकोठाको अभ्यास मा तालिमको उपयोगिता विषयक अध्ययनमा पनि तालिम लिएका शिक्षकले आफूले सिकेको सीप कक्षाकोठामा उपयोग नै न गरेको उल्लेख गरिएको थियो । त्यो अध्ययनमा समेटिएका सरकारी स्कूलका ५८.१० प्रतिशत र निजीका ५.७६ प्रतिशत शिक्षकले शिक्षक तालिम लिएको, तीमध्ये निजी स्कूलका शिक्षकले आफैंले बनाएका शैक्षिक सामग्री प्रयोग गर्ने गरेको तर सरकारी स्कूलका शिक्षकले शैक्षिक सामग्री प्रयोग नै न गरेको पाइएको थियो । तालिममा सिकेका कुरा कक्षामा लागू न गर्ने ८० प्रतिशत शिक्षकहरूले चाहिँ तालिमलाई व्यवहारमा उतार्न शिक्षण तथा खेलकुद सामग्री र भौतिक सुविधाको उचित व्यवस्था हुनुपर्ने माग गरेका थिए । सेरिड को सर्वेक्षणका क्रममा तालिम लिएकामध्ये ७० प्रतिशत शिक्षकले कक्षा शिक्षणको प्रभावकारी अनुगमनको माग गरेका थिए भने ५० प्रतिशतले स्थलगतरूपमै (अन द स्पट) थप तालिम आवश्यक रहेको उल्लेख गरेका थिए । सरकारी स्कूलका अधिकांश शिक्षकले ‘लेक्चर मेथड’ मा पढाउने र निजी स्कूलका शिक्षकले प्रश्नोत्तर, समस्या समाधान, छलफल , प्रदर्शन र प्रयोगात्मक विधिमा शिक्षण गरेको सो अध्ययनले देखाएको छ ।
शिक्षकले तालिममा सिकेका कुरा कक्षाकोठामा उतार्ने सवालमा सबैका आ–आफ्नै सुझाव/प्रस्ताव छन् । सरकार शिक्षकले जाँगर देखाएमा अहिलेकै अवस्थामा पनि तालिममा सिकेका सीप कक्षाकोठामा उतार्न सकिने ठान्छ भने शिक्षकहरूले भने पाठ्यभारको बोझ् र छात्रछात्राको सङ्ख्या घटाइएमा अनि स्कूलको भौतिक/शैक्षिक पूर्वाधार सुधारसहित शैक्षिक सामग्री उपलब्धगराइएमा तालिममा सिकेका कुरा लागू गर्न सकिने शर्त राख्ने गरेका छन् ।
सन् २००६ मा शिक्षा विभागसँग को साझेदारीमा फूल ब्राइट कन्सल्टेन्सी ले देशका विभिन्न १५ वटा सार्वजनिक स्कूललाई आधार बनाएर गरेको प्राथमिक शिक्षक तालिमको प्रभावकारिता सम्बन्धी अध्ययनले चाहिँ तालिम लिएका शिक्षकले तालिममा सिकेकामध्ये ५० प्रतिशत सीप कक्षामा उपयोग गर्ने गरेको देखाएको छ । यो अध्ययनले तालिम प्राप्त शिक्षकले स्कूलमा स्तरीय शैक्षिक क्रियाकलाप गर्नका लागि विद्यालयले व्यवस्थापकीय सहायता पुर्याउनुपर्नेमा जोड दिँदै तालिम नलिएका शिक्षकभन्दा तालिम लिएका शिक्षकको कार्यसम्पादन रराम्रो रहेको उल्लेख पनि गरेको छ ।

समस्या तालिम कि शिक्षक ?
ठूलो धनराशी खर्च गरेर सरकारले सञ्चालन गरेको शिक्षक तालिम प्रभावकारी नभएको तथ्य स्वयं तालिम प्रदायक संस्था शैक्षिक जनशक्ति विकास केन्द्र ले समेत स्वीकार गरिसकेको छ । उक्त संस्थाले विभिन्न समयमा गरेका अध्ययनहरूले शिक्षकले तालिममा सिकेका कुरा दैनिक जीवनमा लागू न गरेका थुप्रै दृष्टान्तहरू अगाडि ल्याएका छन् । केन्द्रले २०६३ मा प्रकाशित गरेको इफेक्टिभनेश स्टडी अफ द प्राइमरी टिचर ट्रेनिङ इन नेपाल नामक प्रतिवेदनमा ‘समग्रमा शिक्षक तालिम सन्तोषजक पाइए पनि शिक्षकले शिक्षण कार्य गर्दा तालिममा सिकेका कुरा अपेक्षाअनुरुप लागू न गरेको देखि एको’ उल्लेख छ ।
शिक्षक तालिमको प्रभाव कमजोर देखि नुमा सरकारको नीति, तालिमको पाठ्यक्रम, प्रशिक्षकको भूमिका, शिक्षकको प्रवृत्ति वा विद्यालयको शैक्षिक –भौतिक पूर्वाधारमध्ये को कति जिम्मेवार छन् भन्ने बारेमा वस्तुनिष्ठ लेखाजोखा हुन बाँकी छ । तालिम नै त्रुटिपूर्ण छ कि तालिम लिएका शिक्षकको प्रवृत्ति बाधक भन्ने जिज्ञासाको सटिक जवाफ कतै फेला पर्दैन । अहिलेसम्मका अध्ययनहरूले तालिम भन्दा बढी शिक्षकको प्रवृत्ति र स्कूलको सामाजिक–राजनीतिक र शैक्षिक –भौतिक परिवेशलाई दोषी देखाएको पाइन्छ ।
शिक्षक तालिमः आ–आफ्नै धारणा
(क) जिल्ला शिक्षा कार्यालय/विद्यालय निरीक्षक/स्रोतव्यक्तिहरूः
– शिक्षकहरू तालिम लिन रुचि राख्छन् तर तालिम लिएर फर्केपछि उपयोग गर्दैनन् ।
– जिल्ला शिक्षा कार्यालयमा आउँदा घरपायक सरुवा, काज जस्ता समस्या मात्र राख्छन् । पाठ्यक्रम, मूल्याङ्कन, शिक्षण–सिकाइ सम्बन्धी समस्या र जिज्ञासा लिएर कहिल्यै आउँदैनन्/सोध्दैनन् ।
– तालिमका ज्ञान, सीप र प्रवृत्ति भन्दा भत्तामा बढी रुचि राख्छन् ।
– तालिममा ज्ञान, सीप सिक्छन् तर प्रवृत्ति सिक्दैनन् ।
– तालिमका सीप उपयोग गर्ने बारेमा समस्या मात्र देखाउँछन् ।
– शिक्षकको वास्तविक कार्यप्रति अभिभावक तथा समुदाय अनभिज्ञ रहेकाले शिक्षकहरू आफूखुसी गर्न स्वतन्त्र छन् ।
(ख) प्रधानाध्यापक
– शिक्षकहरू तालिमका लागि सिफारिस न गरेकोमा गुनासो गर्छन् भने कतिपय चाहिँ तालिममा जानै मान्दैनन् ।
– तालिममा सिकेको ज्ञान, सीप उपयोग गर्न सल्लाह दिँदा सुविधा र सामग्री उपलब्धगराइदिनुपर्ने, ‘आफ्नो खल्तीबाट खर्च गर्न नसकिने’ जस्ता बहाना देखाएर उम्कन्छन् ।
– तालिम नलिएका वा लिएर पनि सीपको उपयोग न गर्ने लाई देखाएर आफूलाई मात्र बढी काम लदाउन खोजेको आरोप ल गाउँछन् ।
– तालिममा सिकेका ज्ञान, सीप अन्य सहकर्मी शिक्षकहरूसँग आदानप्रदान गर्न चाहँदैनन् । अरूले पनि सोध्न र सिक्न चाहँदैनन् ।
– तालिमपछि सुविधाको मात्र कुरा गर्छन् ।
– तालिम उपयोग न गर्नेहरूको बहुमत देखाउने कोसिस गर्छन् ।
(ग) विद्यालय व्यवस्थापन समिति/अभिभावक
– शिक्षकहरू विद्यालयको पठनपाठन अस्तव्यस्त बनाएर भए पनि तालिम भनेपछि दौडिहाल्छन् ।
– तालिम लिएर आएपछि पनि सिकाउने तरिकामा परिवर्तन ल्याउँदैनन् ।
– विद्यालय व्यवस्थापन समितिले तालिमका लागि सिफारिस गरिदिएन मात्र भन्छन् तर तालिम पूरा गरे पछि खासै उपयोग गर्दैनन् ।
(घ) तालिम केन्द्र
– बहुसङ्ख्यक शिक्षकहरू तालिमप्रति रुचि राख्छन् ।
– तालिमका क्रममा ज्ञान, सीप सिक्नभन्दा परीक्षामा बढी चासो राख्छन् ।
– बिदा र अन्य सुविधाबारे बढी नै चिन्ता गर्छन् ।
– सिकेको ज्ञान, सीप र प्रवृत्तिलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।
– कोहीकोही चाहिँ तालिमलाई बोझ्को रूपमा लिन्छन् ।
– तालिम मूलतः बढुवा प्रयोजनका लागि भएको ठान्छन् ।
(ङ) शिक्षक स्वयम्
– तालिममा सिकाए जति उपयोग गर्न सकिँदैन । किनकि विद्यालयमा ५/६ घण्टी पढाउनु पर्छ ।
– विद्यालय प्रशासनले शैक्षिक सामग्री उपलब्ध गराउँदैन । आफ्नो खल्तीबाट खर्च गरी सामग्री किन्न र बनाउन सकिँदैन ।
– आवश्यक सहयोगी र सामग्री पाइँदैनन्; त्यसैले तालिममा सिके जस्तै गरी पढाउन सकिँदैन ।
– अरू तालिमप्राप्त शिक्षकले उपयोग न गरे पछि आफूले मात्र किन गर्ने भन्ने लाग्छ ।
– तालिमको सदुपयोग गरे पनि न गरे पनि त्यसको सही मूल्याङ्कन हुदैन । ‘ गर्ने ’ र ‘न गर्ने ’बीच कुनै फरक नभएपछि किन गरिरहने ?
– तालिम उपयोग गर्नु भन्दा विद्यालय निरीक्षक, स्रोतव्यक्तिसँग नजिक हुँदा फाइदा हुन्छ भने किन दुः ख गर्ने ?
– बढुवा, पुरस्कार आदिका लागि कार्य सम्पादन मूल्याङ्कनमा भन्दा चाकरी महत्वपूर्ण भएपछि तालिम उपयोग गर्ने जाँगर नै चल्दैन ।
– विद्यालयमा अन्य शिक्षकले चासो नलिने भएकाले अनुभव आदानप्रदान गर्न मन लाग्दैन ।
(च) अनुसन्धान
– शिक्षकहरूले आफूसँग रराम्रो ज्ञान र पकड भएको विषय राम्ररी पढाउने गरेको देखि एकाले तालिम प्रक्रियामा पुनर्विचार जरुरी भएको छ ।
– तालिममार्फत सिकाइएका सीप (जस्तै; मूल्याङ्कन प्रक्रिया, शैक्षिक सामग्रीको निर्माण) काम लाग्ने देखि एका छन् । तर, तिनको प्रयोग अत्यन्त कम हुने गरेको छ ।
– शिक्षकहरूले तालिममा प्राप्त सीपहरू कक्षा शिक्षणमा प्रयोग गर्न नसक्नुका पछाडि विद्यालयको नाजुक भौतिक पूर्वाधार, शिक्षकका लागि पेसागत सहयोगको कमी, बढी विद्यार्थी सङ्ख्या, बढी कार्यबोझ् र शैक्षिक सामग्रीको कमी जस्ता कारणहरू रहेका छन् ।
– तालिमका अनुगमन र निरीक्षण प्रक्रियाहरू प्रयोगमा ल्याइएका छैनन् ।
– सबै तहका विद्यालयहरूमा लिखित पाठयोजनाको प्रयोग प्रायः शून्य छ । शिक्षकहरूले विद्यार्थीलाई पठनपाठनमा अभिप्रेरित गर्नमा अलिकति पनि ध्यान दिने गरेका छैनन् ।
– कक्षा क्रियाकलाप मा प्रश्नोत्तरबाहेक कक्षा कार्य, समूह कार्य र प्रयोगात्मक कार्यहरू प्रायः भएका छैनन् ।
– गृह कार्य परीक्षण गर्ने चलन अत्यन्त न्यून छ । अरू विषय शिक्षकभन्दा अङ्ग्रेजी शिक्षकले यसमा कम वास्ता गरेका छन् । सामाजिक शिक्षा र अङ्ग्रेजी विषयको भन्दा गणित विषयको शिक्षकका निम्ति तालिम बढी प्रभावकारी देखि एको छ ।
– माध्यमिक र निम्न माध्यमिक विद्यालयसँग आबद्ध प्राथमिक विद्यालयका शिक्षकहरूको तुलनामा शुद्ध प्राथमिक विद्यालयका शिक्षकहरूले पढाएका कक्षा तुलनात्मक रूपमा राम्रा देखि एका छन् । ७
(स्रोतः शिक्षा विभागद्वारा गरिएका अध्ययनहरूको प्रतिवेदन– २०५९/०६०)
शैक्षिक जनशक्ति विकास केन्द्र ले २०६५ मा गरेको शिक्षक तालिमको अनुगमनले चाहिँ शिक्षकमा मात्र नभई तालिमका प्रशिक्षक र तालिम सञ्चालनका तरिकाहरूमा पनि त्रुटि रहेको औंल्याएको छ । तालिम केन्द्रहरूमा उपयुक्त भौतिक पूर्वाधारको अभाव रहेको, न्यून पारिश्रमिकका कारण धेरैजसो प्रशिक्षकले विना तयारी प्रशिक्षण दिने गरेको, तालिमका क्रममा पनि मूलतः परम्परागत विधि (लेक्चर मेथड) नै अपनाइने गरेको जस्ता कारणले तालिम प्रभावकारी हुन नसकेको केन्द्रको अनुगमन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै तालिममा सहभागी शिक्षकको उपस्थिति दर कम र सक्रियताको अभाव अर्को समस्याको रूपमा रहेको बताइएको छ ।
स्कूलको पाठ्यक्रम र पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले निर्माण गर्ने अनि शिक्षक तालिमको पाठ्यक्रम चाहिँ शैक्षिक जनशक्ति विकास केन्द्रले निर्माण गर्ने गरेका छन् । तर, यी दुई निकायबीच कुनै समन्वय भएको पाइँदैन । शिक्षा विभागले सन् २००६ मा गरेको अध्ययनले पनि यो कुरा को पुष्टि गरेको छ । शिक्षक तालिमको प्रभावकारिता नामक उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, “तालिम पाठ्यक्रममा व्यावहारिक भन्दा बढी शैक्षिक गन्ध आउँछ, यो पाठ्यक्रमले शिक्षकको प्रस्तुतिलाई भन्दा सैद्धान्तिक पक्षलाई बढी जोड दिएको छ, सूक्ष्म शिक्षण गतिविधिलाई पाठ्यक्रम र तालिम निर्देशिकाले महत्व दिएको देखिँदैन । जबकि शिक्षकलाई योग्य बनाउन सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक विधिहरूको ज्ञान दिनु आवश्यक हुन्छ ।”
शिक्षा मन्त्रालयले २०६२ सालमा बनाएको तालिम नीतिले शिक्षक तालिमलाई अझ् व्यावहारिक तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको थियो । तर, उक्त नीति लागू भएको चार वर्ष बित्दा पनि तालिमको अपेक्षित लक्ष्य हासिल हुनसकेको छैन । परिणामतः शिक्षक तालिमको औचित्यमै प्रश्नचिन्ह खडा भएको छ । शिक्षकले स्कूलको पढाइ नै छाडेर तालिम लिने तर तालिममा सिकेका कुरा आफ्नै खल्तीमा सीमित राख्ने गरेको कतिपयको भनाइ छ । मेहनत, समय र लागतअनुरुप तालिमले प्रतिफल नदिएपछि यसमा गरिएको राष्ट्रको अरबौंको लगानी व्यर्थमै गएको भान हुनथालेको छ ।
विभिन्न दातृ संस्थाको सहयोगमा सरकारले अहिलेसम्म शिक्षक तालिममा १५ करोड अमेरिकी डलर (करिब रु.११.५ अर्ब) लगानी गरेको शैक्षिक जनशक्ति विकास केन्द्र को शिक्षकको पेसागत विकास कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख छ । केन्द्रले मात्र शिक्षक तालिमको नाममा वर्षको रु. ३० करोड जति खर्च गर्दै आएको छ । शिक्षा मन्त्रालयले आफ्नो सबैभन्दा बढी लगानी भएको कार्यक्रमको रूपमा शिक्षक तालिमलाई लिने गरेको छ । सरकारी स्कूलका स्थायी दरबन्दीमा रहेका प्रायः सबै शिक्षकले तालिम पाइसक्दा स्कूलहरूको शैक्षिक उपलब्धि र गुणस्तर कोग्राफ उकालो लाग्नुपर्नेमा ओरालो लागेको पाइनु थप चिन्ताको विषय रहँदै आएको छ ।
प्रावि, निमावि र माविको स्वीकृत दरबन्दीमा रहेका सबै शिक्षकलाई १० महिने शिक्षक तालिम दिइसकिएको शैक्षिक जनशक्ति विकास केन्द्र को दावी छ । केन्द्रले साउन २०६६ मा प्रकाशित गरेको शिक्षकको पेसागत विकास कार्यक्रम कार्यान्वयन पुस्तिकामा स्वीकृत दरबन्दीमा रहेका ९८.२ प्रतिशत शिक्षकले १० महिने तालिम पूरा गरेको उल्लेख छ । तर, त्यसको विस्तृत आँकडा सार्वजनिक गरिएको छैन । शिक्षा विभागद्वारा २०६५ मा प्रकाशित फ्ल्यास रिपोर्ट–१ अनुसार प्राविका १३, निमाविका २६ र माविका ७.३ प्रतिशत शिक्षकले तालिम लिन बाँकी रहेको उल्लेख छ (हे. तालिका) । सरकारी स्कूलमा ठूलो सङ्ख्यामा भित्रिएका राहत, पीसीएफ, निजीस्रोत, सट्टा, विशेष विद्यालय शिक्षक, महिला परियोजना शिक्षक, सहयोगी कार्यकर्ता,गैससद्वारा नियुक्त शिक्षक, लियन शिक्षक, गुम्बा, मदरसा तथा गुरुकुलमा कार्यरत शिक्षक र स्वयंसेवक शिक्षकहरू १० महिने शिक्षक तालिममा समेटिएका छैनन् ।
स्थायी दरबन्दीमा रहेका सबै शिक्षकले तालिम लिइसकेको भनेर शिक्षा मन्त्रालयले यसै आर्थिक वर्षबाट १० महिने शिक्षक तालिम बन्द गरेको छ । यो वर्ष देखि विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआर) अन्तर्गत शिक्षकको पेसागत विकास नामक नयाँ तालिम कार्यक्रम लागू गर्ने तयारी गरिएको छ । आधारभूत तालिमप्राप्त शिक्षकलाई लक्षित गरी तयार गरिएको उक्त तालिम कार्यक्रमको जम्मा अवधि एक महिनाको हुनेछ । यस अन्तर्गत पहिलो चरणमा पाँच दिन प्रत्यक्ष रूपमा तालिम सञ्चालन गरिने, दोस्रो चरणमा तीन दिन कार्यभार बराबरको क्रेडिट पाउने गरी शिक्षक आफ्नै स्कूलमा स्वाध्यायन तथा स्कूलका काममा संलग्न हुने तथा अन्तिममा प्रशिक्षकले सम्बन्धित शिक्षकको विद्यालयमा गएर उसका कामहरूको मूल्याङ्कन गरी प्रमाणपत्र जारी गर्ने विधि तय गरिएको छ । शिक्षकले सामना गर्नु परेका शिक्षण सम्बन्धी समस्या समाधान गरी तिनको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्य लिइएको यो कार्यक्रमले शिक्षकको शिक्षण शैलीलाई सुधार्न सक्छ कि सक्दैन भन्ने कुनै निश्चित चाहिँ छैन ।
विश्वविद्यालय तथा क्याम्पसमा हुने शिक्षाशास्त्र सम्बन्धी अध्ययन पनि विगतको तुलनामा कमजोर र फितलो हुँदै गएको गुनासो पाइन्छ । शिक्षक उत्पादनको मुख्य थलो मानिएको त्रिविविको शिक्षाशास्त्र सङ्कायको पठनपाठन शैली पनि आलोचनाबाट मुक्त छैन । आई.एड., बी.एड. र एम.एड.का छात्रछात्राले देखावटी रूपमा मात्रै शिक्षण अभ्यास (टिचिङ प्राक्टिस) गर्ने गरेको समेत भेटिने गरेको छ । एकथरी शिक्षाविद्हरूले शिक्षक तालिम र शिक्षाशास्त्रको औपचारिक अध्ययन, दुवैको स्तर खस्कँदै गएका कारण त्यसको सीधा असर स्कूलको पठनपाठनमा परेको निष्कर्ष निकाल्ने गरेको पाइन्छ । शिक्षा विभागका निर्देशक खगराज बराल भन्छन्, “स्कूल तहको शिक्षक तयार गर्ने काम विश्वविद्यालयको हो तर विश्वविद्यालयको स्तर पहिलेभन्दा अहिले खस्केको छ ।” शैक्षिक जनशक्ति विकास केन्द्रले चाहिँ विश्वविद्यालयको शिक्षाशास्त्र सम्बन्धी अध्ययनभन्दा आफ्नो तालिम स्तरीय भएको दावी गरेको छ । केन्द्रका प्राविधिक अधिकृत बौद्धराज निरौला भन्छन्, “शिक्षाशास्त्र सङ्कायमा जति काम लगाइन्छ, हराम्रो १० महिने तालिममा त्यसको १०गुणा बढी लगाइन्छ ।”
पद्मकन्या उमाविकी प्रअ राधा ढुङ्गानाको अनुभवमा पनि आई.एड., बी.एड. पढेका भन्दा १० महिने तालिम लिएका शिक्षकहरू शिक्षण कार्यमा बढी सक्रिय र प्रभावकारी हुने गरेका छन् । उनी भन्छिन्, “तालिम लिएका साथीहरू बढी शैक्षिक सामग्री माग्नुहुन्छ र विद्यार्थीले पनि उहाँहरूबाट राम्ररी सिक्न सकेको देखिन्छ । उहाँहरूको सक्रियता देख्दा बिदाको बेला शिक्षक तालिम आयोजना भए सबै शिक्षकलाई पठाउँ जस्तो लाग्छ ।”

उपाय बाँकी छन्
शिक्षकले तालिममा सिकेका कुरा कक्षाकोठामा उतार्ने सवालमा सबैका आ–आफ्नै सुझाव/प्रस्ताव छन् । सरकार शिक्षकले जाँगर देखाएमा अहिलेकै अवस्थामा पनि तालिममा सिकेका सीप कक्षाकोठामा उतार्न सकिने ठान्छ भने शिक्षकहरूले भने पाठ्यभारको बोझ् र छात्रछात्राको सङ्ख्या घटाइएमा अनि स्कूलको भौतिक/शैक्षिक पूर्वाधार सुधारसहित शैक्षिक सामग्री उपलब्धगराइएमा तालिममा सिकेका कुरा लागू गर्न सकिने शर्त राख्ने गरेका छन् । मौजुदा शैक्षिक भौतिक पूर्वाधारमै पनि ‘रराम्रो गरिरहेका’ तालिम प्राप्त शिक्षकको अभ्यास हेर्दा चाहिँ शिक्षकले जाँगर चलाएमा तालिममा सिकेका धेरै कुरा तत्कालै कक्षामा पुग्ने सम्भावना देखिन्छ । यसका निम्ति सरकार/जिशिका, शैक्षिक जनशक्ति विकास केन्द्र, विद्यालय निरीक्षक/स्रोतव्यक्ति आदिले शिक्षकको कामको नियमित अनुगमन गरी त्यसलाई शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसँग जोड्न सकेको खण्डमा पनि तालिम लिएका शिक्षकहरू आफ्नो सीप उपयोग गर्न बाध्य हुने अवस्था देखिन्छ ।
तालिम प्राप्त शिक्षकले केही सिकिएन, तालिम काम लागेन भन्ने गरेको विरलै सुनिन्छ । तिनले तालिमबाट केही न केही सिकेको अनुभूति गरेका कारण पनि तालिमको औचित्य सकिएको निचोड निकाल्न मिल्ने देखिँदैन । तालिमप्राप्त शिक्षकले रराम्रो काम गर्दा तिनलाई पुरस्कृत गर्ने प्रणालीको विकास गर्न सके त्यसले शिक्षकलाई प्रेरित गर्न सक्छ । तथापि सिकेका कुरा लागू गर्न शिक्षक स्वयं तत्पर हुनुभन्दा भरपर्दो उपाय चाहिँ अर्को हुनसक्ने देखिँदैन । जतिसुकै अप्ठ्यारो भए पनि स्कूल तहको पठनपाठन नसुधारी सुख छैन । आज नभए भोलि पनि त्यो काम गर्नैै पर्नेछ । अनि त्यसमा प्रमुख भूमिका शिक्षकहरूले नै निर्वाह गर्नु पर्नेछ । यो सन्दर्भमा, नेपाल शिक्षक युनियनको केन्द्रीय कार्यसमितिले हालसालै गरेको ‘आफ्नो विद्यालय आफैं सुधारौं’ भन्ने निर्णयलाई शिक्षक समुदायलगायत सरकारका सम्बद्ध शैक्षिक निकाय, शिक्षा प्रशासन, शिक्षाविद्, अभिभावक, स्थानीय सरकार र नागरिक समाज आदिले एउटा उपयुक्त अवसरको रूपमा उपयोग गर्न सक्छन् । योग्य शिक्षकहरूले आफ्नो स्कूलको शैक्षिक स्तर सुधार्ने अठोट गर्न सक्छन् ।
अस्त्रविना सिपाहीले युद्ध लड्ने परिकल्पना गर्न कठिन पर्छ । त्यस्तै औजारविना किसानले खेती गर्ने अनुमान गर्न पनि सकिँदैन ।गलाविनागायकलेगीतगाउन सक्छ भन्ने ठान्न मिल्दैन । त्यसै गरी तालिमविना शिक्षकले कक्षाकोठामागतिलो पठनपाठन गर्न पनि सक्दैन । शिक्षकको शिक्षण सीप बढाउन मात्र होइन, स्कूलको शैक्षिक उन्नतिको महत्वपूर्ण कडी नै शिक्षक तालिम बन्नु पर्ने देखिन्छ ।
तथापि, स्कूलको शैक्षिक क्रियाकलाप प्रति समाज /अभिभावकले निगरानी नथालेसम्म शिक्षक तालिम कक्षाकोठामा तत्कालै पुगिहाल्ने देखिँदैन । अभिभावकले स्कूलको आर्थिक कारोबार तथा शैक्षिक उपलब्धिको लेखाजोखा गर्न सामाजिक लेखापरीक्षण गर्नु उचित विकल्प हुनसक्छ । यसबाट शिक्षकले तालिममा सिकेका सीप लागू गरे /न गरेको तथा छात्रछात्राले आफ्ना शिक्षकबाट सिके/नसिकेको समेतथाहा पाउन सकिन्छ । सामाजिक लेखापरीक्षणका साथै स्कूलमा ‘नागरिक बडापत्र’ को व्यवस्था गरिनु पनि जरुरी छ । उक्त बडापत्रमा कम्तीमा पनि शिक्षक, छात्रछात्रा र अभिभावकको दायित्व सम्बन्धी स्पष्ट व्यवस्था गरिनुपर्छ । जस्तै; शिक्षकले पढाउन जाँदा आफूले तालिममा सिकेका कुरा लागू गर्नु पर्ने, छात्रछात्राले पनि सिकाइको उद्देश्यअनुरुप सिकेको हुनुपर्ने अनि अभिभावकले स्कूलमा पठनपाठनको अनुगमन गर्नु पर्ने कुरा हरू बडापत्रमा राख्न सकिन्छ ।



