कागजबाटै सिकाउन सकिन्छ
कागजलाई गणित शिक्षणमा प्रयोग गरियो भने चक र डस्टर बोकेर कक्षामा जाने शिक्षकहरूले केही नयाँपन अनुभव गर्न सक्छन् । शिक्षकलाई कागज चाहिएमा विद्यार्थीको कापीको एकपाना पाउन कठिन पर्ने छैन । सामान्य एकपाना कागजको प्रयोगबाट गणितीय धारणा सामान्यीकरण हुन पुग्यो भने एकजना शिक्षकले विद्यार्थीहरूलाई दिन सक्ने सबभन्दा ठूलो उपहार त्यही हुन्छ ।
भाषा जस्तै गणित पनि सञ्चारको महत्वपूर्ण माध्यम हो । विज्ञान र प्रविधिको विकास चरमोत्कर्षमा पुगेको आजको युगमा मात्र होइन, प्राचीनग्रीक सभ्यतामा समेत गणितको पठनपाठनले उच्च प्राथमिकता पाएको थियो । हराम्रो मुलुकमा पनि गुरुकुल देखि हालसम्म गणित विषय अनिवार्य रूपमा अध्ययन–अध्यापन हुँदै आएको छ । गणितका आधारभूत धारणाहरू हराम्रो जीवनका अभिन्न अङ्ग भएका छन् ।
उत्पत्ति तथा विकास क्रमका आधारमा गणित प्रयोगात्मक विषय रहिआएको छ । यसको प्रयोगात्मक पक्षलाई नबुझी अमूर्त पक्षलाई अङ्गीकार गरी शिक्षण गरिएकाले गणितको प्रयोगात्मक तथा व्यावहारिक पक्ष कमजोर मात्र भएको छैन, गणित शिक्षक तथा विद्यार्थीलाई गाह्रो र बोझलिो विषय बन्न गएको छ । एसएलसी परीक्षामा गणितमा बढी अनुत्तीर्ण हुनाले पनि यही पुष्टि गर्द छ । विद्यार्थीले गणित रराम्रोसँग बुझदैनन् र पढ्न पनि कम रुचाउँदछन् । ‘ गणित विषय गाह्रो विषय हो’ ‘ गणित थोरैले मात्र पढ्न सक्ने विषय हो,’ गणित पढ्न दिमाग चाहिन्छ जस्ता अभिव्यक्ति स्वयम् गणित शिक्षकबाट आउने हुँदा गणितप्रति विद्यार्थीमा नकरात्मक सोच विकास भइरहेको छ । गणित आधारभूत रूपमा गाह्रो विषय होइन, यो सरल, सहज र रमाइलो गरी सिक्न सकिने विषय हो । यसको प्रयोगको क्षेत्र व्यापक छ भनेर विद्यार्थीमा अभिप्रेरणा जगाउन सके गणितप्रतिको नकारात्मक सोच हट्ने विश्वास गर्न सकिन्छ । यही मानेमा कागज काटेरै/पट्याएरै भए पनि गणितीय धारणाको पुष्टि गर्न सकिन्छ । यसबाट गणित शिक्षण रमाइलो वातावरणमा खेल खेलेर सिकाउन सकिने स्पष्ट पार्न खोजिएको छ ।
मानव सभ्यता र विकास को इतिहासमा कागजको विकास एउटा महत्वपूर्ण घटना हो । वैदिक सभ्यतामागीतगाएर सम्झनुपर्ने गणितीय सूत्रहरू कागजमा लेखिन थालेपछि यो सबैका लागि सहज सन्दर्भ सामग्री हुन थालेको हो । त्यसरी नै गणितीय आविष्कारको आदान–प्रदान तथा प्रचारप्रसारमा पनि कागजको आविष्कारले ठूलो सहयोग पुर्याएको छ । हुलाक टिकट, पेपर नोट तथा कागज गणित शिक्षणका लागि उपयुक्त सामग्री हुनसक्छ भन्ने कुरा धेरै गणित शिक्षकहरूलाई पनि जानकारी नहुन सक्छ । कागजलाई गणित शिक्षणमा प्रयोग गरियो भने चक र डस्टर बोकेर कक्षामा जाने शिक्षकहरूले केही नयाँपन अनुभव गर्न सक्छन् । शिक्षकलाई कागज चाहिएमा विद्यार्थीको कापीको एक पाना पाउन कठिन पर्ने छैन । सामान्य एक पाना कागजको प्रयोगबाट गणितीय धारणा सामान्यीकरण हुन पुग्यो भने एकजना शिक्षकले विद्यार्थीहरूलाई दिन सक्ने सबभन्दा ठूलो उपहार त्यही हुन्छ । यस्तो उपहार विद्यार्थीले जीवनपर्यन्त प्रयोग गरिरहने छ ।








