हेराइ र बुझाइ
कुन ब्वाँसाले जित्ला ?
एकजना बूढा–बा आफ्ना नातिनातिनालाई कथा सुनाउँदै थिए । कथा दुईवटा ब्वाँसाको झ्गडाका बारेमा थियो ।
कथा सकिएपछि बूढा–बाले नातिनातिनालाई भने, “ती ब्वाँसाहरूकै जस्तो लडाइँ हराम्रो मनभित्र पनि चलिरहेको हुन्छ । मेरै मनभित्र पनि त्यस्तै छ । तिमीहरूको मनभित्र पनि । एउटा ब्वाँसो दुष्ट छ । त्यो रिसाहा छ, आरिसे छ, लोभी छ, छुच्चो छ, निराश छ, असन्तोकी छ, घमण्डी छ, अहङ्कारी छ । त्यसैले त्यो दुः खी छ, त्यसले गल्ती गर्न र पछुताउन बाहेक जानेकै छैन ।”
नातिनातिनाले सोधे, “अर्को ब्वाँसो चाहिँ कस्तो छ नि हजुरबा ?”
बूढा–बाले जवाफ दिए, “अर्को चाहिँ रमाइलो छ, हँसिलो–रसिलो छ, शान्त छ, मायालु छ, दयालु छ, परोपकारी छ, दानी छ, उदार छ, सहयोगी छ । त्यसैले त्यो सुखी छ, त्यसले सकेसम्म गल्ती नै गर्दैन र आफूबाट गल्ती भइहाल्यो भने पनि त्यसलाई स्वीकार गर्छ, त्यसबाट सिक्छ ।”
“अनि तीमध्ये कुनचाहिँ ब्वाँसोले जित्छ हजुरबा ?” एउटी सानी नानीले सोधिन् ।
बूढा–बाले भने, “तिमी हामीले जुन चाहिँलाई खानेकुरा दिएर बलियो बनाउँछौं त्यसैले जित्छ !”
कथासारः हामी सबैमा सद्गुण र दुर्गुणहरू हुन्छन्, सबैका मनमा असल र खराब विचार हरू हुन्छन् । तर, जित त्यहीगुणको हुन्छ जसलाई हामीले प्रोत्साहित गर्छौं । शिक्षा, रराम्रो सङ्गत र उदारताले सद्गुण र सद्विचार बढाउँछ भने अज्ञान, घमण्ड र नरराम्रो सङ्गतले दुर्गण र कुविचार बढाउँछ ।



