आफैं सुध्रिन थाले सरकारी स्कूल

झापाका केही सामुदायिक स्कूलले आकर्षक स्कूल पोशाकको व्यवस्थासहित अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरे पछि ती स्कूलप्रति छात्रछात्राको आकर्षण बढ्न थालेको छ ।

देवी बाँस्तोला सरस्वती उच्च मावि इँटाभट्टाकी दस कक्षाकी विद्यार्थी हुन् । आजभोलि उनी टाई, बेल्ट र जुत्तामा ठाँटिएर सामुदायिक विद्यालय प्रवेश गर्छिन् । हिजोसम्म विना टाई, बेल्ट र जुत्ता स्कूल जाने देवीलाई आजभोलि ‘बोर्डिङ स्कूल’ पढ्नेले लगाउने जस्तै ड्रेसमा स्कूल जाँदा बोर्डिङ नै पसेजस्तो लाग्छ । स्कूलको युनिफर्मसँगै बदलिएको आफ्नो दैनिकीबारे देवी भन्छिन्, “टाईको इज्जत धान्न पनि अब अनुशासित हुनुपर्छ । पढाइमा ध्यान केन्द्रित गर्नु पर्छ । समयको ख्याल गर्नु पर्छ ।” टाई, बेल्ट र जुत्ता लगाएर स्कूल जाँदा देवीकी सहपाठी रोजी बस्नेतलाई पनि बोर्डिङ नै गएजस्तो भा’छ रे !

पशुपति माविको कक्षा चारमा अध्ययन गरिरहेका मिलन रम्तेल टाई, बेल्ट लगाएर स्कूल जान थालेपछि धूलोमा खेल्ने बानी हटेको बताउँछन् । रम्तेल भन्छन्, “सधैँ टिफिनमा धूलोमा कुस्ती खेलिन्थ्यो । टाई ल गाएपछि यसो गर्न छोडियो ।”

गत फागुनमा एक दिन दमक स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्ण भण्डारी कार्यालयबाट घर फर्कंदैथिए । बाटोमा बोर्डिङ स्कूलका एक हुल विद्यार्थी एक–आपसमा आरोप/प्रत्यारोप गर्दै थिए । तीमध्ये एकजनाले सर्ट–पाइन्ट बाहिर निकालेर टाई फुकालेको थियो । उसका अरू साथी चाहिँ जिस्क्याउँदै थिए, “तँ सरकारी स्कूलको केटा जस्तो पो भइस् ।” ती विद्यार्थीको कुरा सुनिसकेपछि २२ वर्ष सरकारी विद्यालयमा पढाएर तीन वर्ष देखि स्रोतव्यक्तिका रूपमा कार्यरत भण्डारीले सामुदायिक स्कूलमा पनि टाई, बेल्ट र जुत्ता अनिवार्य गराउने निधो गरे । सामुदायिक विद्यालयका विद्यार्थीलाई झुत्रो, नरराम्रो, पढ्न नजान्नेको कोटिबाट हटाउन उनी कम्मर कसेर लागे । अनि प्रधानाध्यापकहरूसँग सरकारी विद्यालयका विद्यार्थीको परिचय बदल्न छलफल नै चलाए । प्रधानाध्यापकहरूसँग सहमति गरी स्रोतकेन्द्र स्तरीय निर्णयबाट सबै विद्यालयमा साविकको पोशाकमा टाई, बेल्ट र जुत्ता थप्ने निर्णय गरियो । त्यसपछि दमक भेकका २० वटा सामुदायिक विद्यलायले टाई, बेल्ट र जुत्ता अनिवार्य गरेका छन् ।


टाईकोगाँठै नफुकाई राखें”

पिङ्कु खड्का, कक्षा दश,
सरस्वती उच्च मावि

यो अभियान सञ्चालन नहुँदासम्म म सर्ट, फ्रक र चप्पल लगाएर स्कूल आउँथेँ । छरछिमेकका साथीहरू टाई, बेल्ट र जुत्ता लगाएर बोर्डिङ जान्थे । आफू चाहिँ पुरानो कपडा लगाएर सरकारी स्कूल जाँदा खल्लो लाग्थ्यो । पढाइमा पनि खासै उत्साह हुन्थेन । यसपालि देखि हराम्रो स्कूलमा पनि टाई, बेल्ट र जुत्ता अनिवार्य गरियो । यो कुरा ले निकै खुशी भएँ । तर, टाई लगाउन नजानेर समस्या भयो । स्कूलमा त सरसँग टाइ बाँध्न सिक्यौँ । तर घर पुग्दा बिर्सिहालियो । बोर्डिङका साथीहरूको घरमा गएर सिक्न पनि लाज लाग्यो । आफैंले धेरै पटक प्रयास गरें तर जान्दै जानिनँ । अनि दाइले सिकाइदिनुभयो । कति दिनसम्म त शुरु का दिन पारेकोगाँठो नफुकाइकन राखेँ । अहिले मलाई टाई बाँध्न आउँछ । तर अझै पनि मेरा कति साथी टाई लगाउन नजानेकालेगोजी र झेलामा बोकेर स्कूल आउँछन् । अनि सरहरूले नै टाई बाँधिदिनुहुन्छ ।

टाई, बेल्ट ल गाएपछि कक्षामा हल्ला गर्नु हुदैन भन्ने भावना पलाउँदोरहेछ । त्यसबाहेक पहिला हामी टिफिनमा वा अरू बेला पनि विद्यालयभन्दा बाहिर राजमार्गसम्म खेल्न जान्थ्यौँ तर अहिले त्यो बानी हटेको छ । कोही पनि विद्यालयकोगेटभन्दा बाहिर जाँदैनन् । यो स्कूलका विद्यार्थी हुन् भन्ने चिन्छन् ।


मलाई गर्व लाग्छ

मोहनप्रसाद मिश्र
प्रअ, पृथ्वी निमावि, दमक

मेरो शिक्षण पेशाको ३९ वर्षको दौरानमा चारवटा विद्यालय फेरेँ । र, यो विद्यालयमा आएको चाहिँ दोस्रोपटक हो । सबै विद्यालयमा मैले प्र.अ.कै भूमिका निर्वाह गर्ने अवसर पाएँ । प्र.अ. भएपछि कुनै न कुनै नयाँ योजना ल्याउनुपर्ने हुन्छ । त्यसैले योजनाहरू पनि बनाइए । तर, सामुदायिक स्कूलमा टाई, बेल्ट लगाउने योजना जत्तिको प्रभावकारी अरू कुनै योजना ल्याउन सकिनँ ।

यो वर्ष हराम्रो विद्यालयका विद्यार्थीहरूले टाई र बेल्ट लगाउने नियम बनाइएको छ । यो नियमले शिक्षक, अभिभावक र विद्यार्थी सबै खुशी छन् । हाम्रा विद्यार्थीहरू पनि बोर्डिङका झैँ ‘गुडमर्निङ सर’ भन्दै स्कूलकोगेटबाट छिर्दा हामीलाई गर्व लाग्छ । शिक्षकहरूको पनि आत्मविश्वास बढेको छ । यो अभियानले विद्यालयको शैक्षिक वातावरण नै बदलिदिएको छ । टाई, बेल्टसँगै अङ्ग्रेजी माध्यम हुनु भनेको सुनमा सुगन्ध जस्तै हुँदोरहेछ । अङ्ग्रेजी माध्यमलाई अभिभावकले धेरै रुचाएका छन् । टाई, बेल्टसँगै हामीले विद्यालयको नतिजा रराम्रो बनाउन सकेनौँ भने त्यसले यो अभियान धरासायी बन्न सक्छ । यसमा शिक्षक, विद्यार्थी र अभिभावक तीनैथरी सचेत हुनु आवश्यक छ ।


सामुदायिक विद्यालयमा टाई र बेल्टको व्यवस्थासँगै झपाका कतिपय विद्यालय रित्तिनबाट जोगिएका छन् । दमक नगरभित्र रहेको ढुकुरपानी माविमागत वर्ष १४ जना विद्यार्थी कक्षा एकको वार्षिक परीक्षामा सामेल भएको मा यसपालि ४२ जना विद्यार्थी भर्ना भएका छन् । यसले सामुदायिक स्कूलहरू रित्तो हुनबाट जोगिएका छन् । दमक स्रोतकेन्द्र अन्तर्गतका सामुदायिक विद्यालयहरूले टाई, बेल्ट र जुत्ता लगाउनुपर्ने नियम बनाएकाले यो वर्ष विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या बढेको छ । तर, यसरी विद्यार्थी बढ्नुको कारण युनिफर्म मात्र चाहिँ होइन । कक्षा एकमा अङ्ग्रेजी माध्यमबाट पढाउने निर्णय समेत गर्नाले विद्यार्थी बढेका हुन् ।

सामुदायिक स्कूलमै टाई, बेल्ट लगाएर अङ्ग्रेजी पढ्न पाउने भएपछि बोर्डिङ स्कूलको जरुरत नभएको तर्क गर्छन् हिमालय उच्च मावि दमकको व्यवस्थापन समितिका अध्यक्ष मेघराज तिम्सिना । उनी भन्छन्, “यो अभियानले हामीलाई जोश–जाँगर बढायो । अभिभावक औधी खुशी भएका छन् ।” यस अभियानले विद्यार्थीको पढाइ मात्र सुध्रेको होइन, उनीहरूका दैनिक क्रियाकलाप समेत परिवर्तन भएका छन् । दिपनी निमावि दमकका प्रधानाध्यापक शेषकान्त निरौलाका अनुसार फोहोर विद्यार्थी सफा भएर आउन थाले । चप्पल लगाउने विद्यार्थीले जुत्ता लगाउन थाले । कपडा धोएर लगाउने र नियमित नुहाउने बानी बसेको छ । गृह कार्य गर्न थालेका छन् ।” यसबाट विद्यार्थीलाई बोर्डिङ स्कूलका साथीभाइसरह भएको मनोवैज्ञानिक प्रभाव समेत परेको छ ।

यो अभियानले विद्यार्थीको मात्र बानीव्यहोरा बदलेको होइन, अभिभावकहरूमा समेत ठूलो परिवर्तन ल्याएको छ ।  पृथ्वी निमावि दमकका प्रधानाध्यापक मोहनप्रसाद मिश्रका अनुसार टाई, बेल्टले साना कक्षाका अभिभावक र ठूला कक्षाका विद्यार्थीलाई पढाइप्रति बढी जिम्मेवार बनाएको छ । मिश्र भन्छन्, “ठूला कक्षाका विद्यार्थीले टाई, बेल्ट ल गाएपछि बोर्डिङकाले झैँ नियमित गृह कार्य गर्न थाले भने साना कक्षाका विद्यार्थीका अभिभावकले आफ्ना बच्चाहरूलाई पनि बोर्डिङकालाई झैँ ध्यान दिने र नियमित गृह कार्य गरेर स्कूल पठाउने गरेका छन् ।” दिनभरि ज्याला मजदुरी गर्ने दमक–१४ की रनवती राजवंशी आजभोलि हरेक साँझ् खाना खाइसकेपछि तीन कक्षामा पढ्ने छोरीको पढाइ, लेखाइ र गृह कार्यबारे सोधखोज गर्छिन् । रनवती भन्छिन्, “बोर्डिङमा झैँ इङ्गलिश बोल्ने स्कूल पठाएपछि त पढे नपढेको चासो दिनु परयो नि !”

विद्यार्थीले टाई, बेल्ट लगाउने निर्णय गरे पनि त्यो बोझ् अभिभावकलाई बोकाउने हो भने विद्यार्थी घट्छन् भन्ने कुरा मा चनाखो स्रोतकेन्द्रले प्राथमिक तहका विद्यार्थीलाई टाई, बेल्ट निःशुल्क उपलब्ध गराए को छ । विद्यालय सुधार योजना (एसएसआरपी) को रकमलाई योे प्रयोजनमा लगाइएको छ । निमावि र माविका विद्यार्थीलाई न्यूनतम शुल्कमा टाई, बेल्ट उपलब्धगराइन्छ ।

 

commercial commercial commercial commercial