असल शिक्षणः दश पूर्वशर्त
१ असल शिक्षण (good teaching) भनेको विद्यार्थीमा पढाइ/सिकाइप्रति चाख जगाउनु मात्र होइन पढ्नु/सिक्नुको औचित्य अथवा कारण प्रस्ट्याउनु पनि हो । असल शिक्षण भनेको विद्यार्थीहरूलाई सिक्ने तरिका सिकाउने र उनीहरूले सिकेका कुरा हरूलाई सान्दर्भिक, अर्थपूर्ण र चिरस्थायी गराउन मद्दत गर्नु हो ।
२ असल शिक्षणले सार सिकाउँछ । यसले विद्यार्थीहरूलाई ज्ञानका उपभोक्ता ठान्छ । असल शिक्षणले आफ्नो विषयमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिन्छ । यसले आफ्नो विषयभित्र र बाहिरका विभिन्न स्रोत सामग्रीहरूको अध्ययन गर्न र सकेसम्म आफ्नो दक्षतामा धार लगाउन हौसला दिन्छ । असल शिक्षणले सिद्धान्त र व्यवहारबीचको फरकलाई कम गर्छ । असल शिक्षण भनेको फजुल कुरा हरूलाई छोडेर आफूलाई आफ्नो विषयमा चुर्लुम्म डुबाउनु, कुरा कानी गर्नु , अरूसँग परामर्श लिनु, सिकारुहरूलाई सहयोग गर्नु र समुदायहरूसँग सम्बन्ध विस्तार गर्नु हो ।
३ असल शिक्षण भनेको रराम्रोसँग सुन्नु, प्रश्न गर्नु , जिम्मेवार हुनु र प्रत्येक विद्यार्थी र कक्षाहरू फरक–फरक हुन्छन् भन्ने कुरा को हेक्का राख्नु हो । यो कक्षाकोठामा चुपचाप बस्ने विद्यार्थीका जिज्ञासालाई प्रस्ट पार्दै उनीहरूमा बोल्ने सीपको विकास गर्नु पनि हो । यो विद्यार्थीलाई अगाडि बढाउनु हो । यसले ‘मानव ’ हुन, अरूलाई सम्मान गर्न र सदैव व्यावसायिक बन्न सिकाउँछ ।
४ असल शिक्षण सधैं निश्चित एजेण्डा बोक्ने र कडा हुने मात्र होइन बरु लचकदार, तरल, परीक्षण गरिरहने र परिवर्तित परिवेशसँग जुध्ने र अनुकूल हुने आत्मविश्वासी हुने प्रवृत्ति हो । तपाइँले कक्षामा गर्न चाहनुभएको मध्ये केवल १० प्रतिशत मात्रै गर्न सक्नुभयो र तपाइँ खुशी हुनुहुन्छ भने त्यो पनि असल शिक्षण हो । असल शिक्षण पाठ्यक्रम अथवा प्रवचन तालिका बाहेक अन्य अझ् राम्रा सिकाइ सामग्री र तरिकाहरूको पनि उपयोग गर्नु हो ।
५ असल शिक्षण स्टाइल पनि हो । असल शिक्षण मनोरञ्जन दिने हुनुपर्छ । असल शिक्षण भनेको विद्यार्थीलाई दुवै हात बाँधेर बेञ्चमा राख्नु होइन । अथवा आँखा कालोपाटीमा मात्रै टाँसिरहनु मात्र पनि हैन । असल शिक्षणले कक्षाको प्रत्येक विद्यार्थीलाई काम ल गाउँछ । असल शिक्षकले कक्षालाई रङ्गमञ्च ठान्छन् र आफूलाई उक्त रङ्गमञ्चको सञ्चालक जहाँ प्रत्येक विद्यार्थीले आ–आफ्नो दक्षता अनुसार भिन्न–भिन्न बाजा बजाउँछन् ।
६ असल शिक्षण रसपूर्ण हुन्छ । यो अनुशासित हुने तर त्यति धेरै गम्भीर नहुने शैली हो । असल शिक्षणले आफ्नै कुरा मा हाँस्न समेत सिकाउँछ जसबाट विद्यार्थीहरूले रमाइलो गरी सिक्छन्, वातावरण सरस हुन्छ ।
७ असल शिक्षण विद्यार्थीको हेरचाह र उनीहरूको दिमाग तथा प्रतिभाको विकास गर्नु , प्रत्येक विद्यार्थीका लागि समर्पित रहनु हो । अथक रूपमा पाठ्यक्रमहरूको विकास र परिमार्जन गर्नु तथा प्रभावकारी शिक्षण सामग्री निर्माण गर्नु हो ।
८ असल शिक्षण सबल र विचार शील नेतृत्व, स्पष्ट संस्थागत सहयोग, स्रोत, साधन र जनशक्तिबीचको सन्तुलन हो । यसले सिङ्गै संस्थालाई समावेशगराउँछ । यो के भनिन्छ भन्ने कुरा बाट होइन, के गरिन्छ भन्ने कुरा बाट देखि ने कुरा हो ।
९ असल शिक्षण वरिष्ठ र कनिष्ठ सहकर्मीबीच यस्तो सहकार्य हो, जहाँ वरिष्ठले कनिष्ठलाई शिक्षणसँग सम्बन्धित कार्यमा आफ्नो अनुभव र ज्ञानद्वारा आफू समान बनाउनेछ । प्रभावकारी शिक्षणलाई पुरस्कृत गरिनुपर्छ र कमजोर शिक्षणलाई तालिम र विकास का कार्यक्रमबाट हटाइनुपर्छ ।
१० असल शिक्षण मजा लिनु, रमाइलो गर्नु हो । आनन्दको अनुभूति गर्नु र आफैं आनन्दित हुनु हो । विद्यार्थीहरूलाई ध्यान दिनु, उनीहरूसँग एकाकार हुनु, विद्यार्थीको अनुहारमा सिकाइपछि को चमक हेर्नु र आशावादी सपना देख्नु हो ।
(स्रोतः www.appleseeds.org)
प्रस्तुतिः राज कुमार बराल



