सञ्चालन र मूल्याङ्कन कसरी गर्ने ?

प्रयोगात्मक क्रियाकलाप न गरी विज्ञान शिक्षण सार्थक र औचित्यपूर्ण हुन सक्दैन । कक्षाकोठामा प्रदर्शन र प्रयोगात्मक क्रियाकलाप सञ्चालन र मूल्याङ्कनको लागि विज्ञान शिक्षकको सीपको महत्वपूर्ण भूमिका हुन्छ ।

विद्यार्थीहरूको मान सपटलमा विज्ञानको अवधारणा स्थापित गर्नका लागि प्रयोगात्मक क्रियाकलाप र प्रदर्शन महत्वपूर्ण विधि हो । त्यसैले प्रयोगात्मक क्रियाकलाप विनाको विज्ञान–शिक्षणलाई पूर्ण मान्नु बेमानी हुन्छ । तर, हाम्रा धेरैजसो विद्यालयहरूको भौतिक अवस्था अत्यन्तै दयनीय छ । औंलामागन्न सकिने केही विद्यालयहरूमा मात्र सुविधासम्पन्न प्रयोगशालाहरूको व्यवस्था छ । कैयौं स्कूलमा विज्ञान सामग्री एउटा कोठामा भण्डार गरेर राखिएको पाइन्छ भने कतिपयमा प्रधानाध्यापकका कोठा सजावट गर्ने सामग्रीका रूपमा उपयोग भएको पनि भेटिन्छ । विज्ञानका प्रयोगात्मक सामग्री नै नभएका स्कूलहरूको त प्रसङ्ग नै फरक छ ।

यस्तो अवस्थामा यहाँ उठान गर्न खोजिएको विषय असान्दर्भिक पनि लाग्नसक्छ । तथापि समस्या छ भनेर चुपचाप बस्नुभन्दा समस्या समाधानको उपायको खोजी गर्नु नै विवेकसम्मत कुरा हो भन्ने ठानेर म हौसिएको छु । प्रयोगात्मक क्रियाकलाप न गरी विज्ञान शिक्षण सार्थक र औचित्यपूर्ण हुन सक्दैन । यस्तो क्रियाकलाप विद्यालयमा नै न गरी प्रयोगात्मक क्रियाकलाप को मूल्याङ्कन कसरी गर्न सकिन्छ ? प्रयोगात्मक क्रियाकलाप न गरी परीक्षा नियन्त्रण कार्यालयलाई छात्रछात्राको अंक पठाउने हो भने हामीले राष्ट्रप्रति नै बेइमानी गरेको ठहर्छ । यसै कारणले गर्दा यो समस्याको समाधानमा सहयोग पुरयाउने नियतले आफ्ना केही अनुभवहरू पस्कने जमर्को गरेको हुँ ।

भाषा विधिको प्रयोगात्मक मूल्याङ्कनका निम्ति सक्रियता देखाउन सक्ने हराम्रो परीक्षा नियन्त्रण कार्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षा सञ्चालनार्थ अझै धेरै समयसम्म आफ्नो मौनता भङ्ग गर्न सक्ने सम्भावना देखिँदैन । सम्भवतः यसको पछाडि, विद्यालयहरूमा विज्ञान शिक्षक र विज्ञान सामग्रीहरूको अभाव नै मुख्य बाधकको रूपमा रहेको छ । यस्ता अभावहरू रातारात पूर्ति हुने अवस्था पनि छैन । त्यसकारण विकल्पहरूको खोजी गरेर सहज उपायहरू पहिल्याई विज्ञान शिक्षणका प्रयोगात्मक विधि कार्यान्वयन गर्नु हामी विज्ञान शिक्षकहरूको चुनौती बन्न पुगेको छ ।

कक्षाकोठामा प्रदर्शन र प्रयोगात्मक क्रियाकलाप सञ्चालन र मूल्याङ्कनको लागि विज्ञान शिक्षकको सीपको महत्वपूर्ण भूमिका हुन्छ । साधन स्रोतको अभावमा पनि कतिपय विद्यालयहरूमा विज्ञान शिक्षकको सीपकै कारणले गर्दा स्थानीय र कम मूल्य पर्ने सामग्रीहरूको उपयोग गरी प्रयोगात्मक विज्ञान शिक्षण र विज्ञान प्रदर्शनी आदिको सञ्चालन हुनसकेका अनुकरणीय र प्रेरणादायी अनुभव एवं उदाहरणहरू पर्याप्त भेटिन्छन् ।

ठाउँ र विद्यार्थी चापको व्यवस्थापन
कैयौं सामुदायिक विद्यालयहरूमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको छ । यस्तो चाप प्रयोगात्मक क्रियाकलाप को निम्ति एउटा बाधाको रूपमा रहने गरेको छ । प्रयोगात्मक क्रियाकलाप एकल वा स–साना समूहमा मात्र गराउन सकिने कुरा हो । विद्यार्थी सङ्ख्या बढी भएको अवस्थामा समूह बनाउँदा पनि सबै विद्यार्थीहरूमा निगरानी राख्न र स्थान एवं सामग्री जुटाउन कठिन हुन्छ । तथापि यसको व्यवस्थापन नै गर्न नसकिने भने होइन । यस निम्ति धेरैवटा समूहको निर्माण र कक्षाकोठाका बेञ्च डेस्कको रखाइमा सामान्य परिवर्तन गरेर प्रयोगात्मक क्रियाकलाप सञ्चालनका लागि ठाउँको व्यवस्था गर्न सकिन्छ । यसो गर्दा, फरक–फरक समूहलाई फरक–फरक कार्य दिई ती कार्यहरूको रोटेशन गरेर हरेक समूहलाई हरेक क्रियाकलाप मा सहभागी गराउनु पर्ने हुन्छ । यस कार्यको लागि विद्यार्थीहरूलाई पूर्व सूचना र विषयका बारेमा पूर्व जानकारी दिँदा कार्य सञ्चालन सहज हुनपुग्दछ ।

प्रयोगात्मक कार्य र मूल्याङ्कन प्रक्रिया
कक्षामा गरिने प्रयोगात्मक क्रियाकलाप को राम्ररी मूल्याङ्कन हुन सकेन भने त्यस्तो क्रियाकलाप गर्नु को औचित्य रहँदैन । यो प्रसङ्गमा माथिल्लो निकायबाट नै उदासीनता देखि एका कारण प्रयोगात्मक क्रियाकलाप प्रति विद्यार्थी र शिक्षकको रुचि जाग्न नसकेको हो । परीक्षा नियन्त्रण कार्यालयलेग्रीड तयार गरेर दिए पनि त्यसको कार्यान्वयन हुनसक्ने अवस्था छैन । औपचारिक दृष्टिले प्रयोगात्मक क्रियाकलाप को मूल्याङ्कन गर्नैपर्ने भए तापनि अप्रत्यक्षरूपले यो मूल्याङ्कन न गर्ने छुट पनि दिइएको छ । यसले गर्दा नै विद्यार्थीहरूमा सीपको विकास गर्ने र त्यसको मूल्याङ्कन कार्यमा हामी शिक्षकहरूमा जाँगरको कमी देखि एको हो ।

प्रयोगात्मक क्रियाकलाप र त्यसको मूल्याङ्कनलाई प्रभावकारी बनाउनको लागि के–के गर्न सकिन्छ ? विज्ञान सामग्री नहुँदा पनि के–कस्ता प्रायोगिक क्रियाकलाप हरू सञ्चालन गर्न सकिन्छ ? प्रायोगिक क्रियाकलाप को मूल्याङ्कन कसरी गर्ने ? यस्ता प्रश्नहरूबारे विज्ञान शिक्षकहरूबीच खुलेर चर्चा गर्ने अवसर जुटाइयो र त्यस्तो छलफल बाट प्राप्त सुझाव/उपायहरूको कार्यान्वयन भए/नभएको निगरानी गर्ने संयन्त्र वा प्रणाली निर्माण गर्न सकियो भने धेरै हदसम्म यो समस्या समाधान भएर जानेछ । यस्तो कार्यशाला सञ्चालन गर्न कुनै विशेषज्ञको खाँचो पनि पर्दैन । एकजना अनुभवी सहजकर्ता नै यस कार्यको लागि पर्याप्त हुनेछन् ।

त्यस्ता छलफल र अन्तरक्रियाबाट अझै राम्रा विचार हरू आउन सक्ने कुरा हरूलाई स्वीकार्दै यहाँ हाल कक्षा १० को पाठ्यसामग्रीबाट प्रयोगशालाको अनुपस्थितिमा पनि के–कस्ता प्रयोगात्मक क्रियाकलाप हरूको सञ्चालन र मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा को सूची दिने प्रयास गरिएको छ ।

यसरी प्रयोगात्मक क्रियाकलाप को लागि तय गरिएका उद्देश्यहरूलाई अध्ययन/अध्यापन गर्न प्रायः जसोको लागि आवश्यक पर्ने सामग्रीहरू हाम्रै वरिपरि पाइन्छन् भने केही सामग्रीहरू किन्नुपर्ने पनि हुनसक्छ । यहाँ सूचीकृत गरिएका उद्देश्यहरू बाहेकका अन्य उद्देश्य र सहज उपाय शिक्षकहरूको अन्तरक्रियाबाट निस्कन सक्ने सम्भावनालाई पनि नकार्न मिल्दैन । यदि यहाँ सूचीकृत गरिएका एकतिहाई क्रियाकलाप मात्र सुरुआतको क्रममा एक शैक्षिक सत्रमा प्रयोग गर्न सकियो भने पनि प्रयोगात्मक क्रियाकलाप को मूल्याङ्कनको आधार बन्नेछ । यसबाट यो कुरा पनि स्पष्ट हुन्छ कि प्रयोगात्मक क्रियाकलाप को सञ्चालन र मूल्याङ्कनको लागि प्रयोगशाला र विज्ञान सामग्रीको अभाव नै प्रमुख कारक होइनन् ।

हाल विद्यमान मूल्याङ्कन प्रक्रियाको लागि बनाइएका आधारहरूमा Spotting लाई ५ अङ्क, Write Up/field trip/Report writing लाई ५ अङ्क, Simple material preparation/Assembling लाई ५ अङ्क,Mini project/Activity लाई ६ अङ्क, Oral/Viva/note book record लाई ४ अङ्क छुट्याउने गरी Specification grid को निर्माण गरिएको भए तापनि सो अनुसार को मूल्याङ्कन प्रक्रियाको कार्यान्वयन भएको प्रायः जसो पाइँदैन । विज्ञान प्रयोगशाला र विज्ञान सामग्री यसका प्रमुख चुनौतीहरू भएको हुनाले यस प्रक्रियामा सामान्य परिवर्तन गरी यसलाई पनि सहज बनाउन सकिन्छ । यस मूल्याङ्कन प्रक्रियालाई वार्षिक कार्यक्रमको अन्त्यमा एकै पटक गर्नु को सट्टा दुई भागमा बाँडेर केही कार्यक्रम शैक्षिक सत्रको बीचमा र केहीलाई अन्त्यमा मूल्याङ्कन गर्ने कार्य गर्दा मूल्याङ्कन प्रक्रिया सहज हुनेछ ।

(क)    अन्तिम परीक्षा अगावै गर्नु पर्ने प्रयोगात्मक क्रियाकलाप को मूल्याङ्कन
    प्रतिवेदन लेखन    २ अङ्क
    परियोजना कार्य    ३ अङ्क
    चार्ट प्रतियोगिता    २ अङ्क
    विज्ञान प्रदर्शनी    ३ अङ्क
    जम्मा    १० अङ्क

(ख)    अन्तिम परीक्षापछि गर्नु पर्ने मूल्याङ्कन
    स्पोटिङ    ३ अङ्क
    प्रयोगात्मक क्रियाकलाप     ८ अङ्क
    मौखिक परीक्षा    २ अङ्क
    नोटबुक रेकर्ड    २ अङ्क
    जम्मा    १५ अङ्क

यसरी प्रयोगात्मक क्रियाकलाप को मूल्याङ्कनलाई दुई भागमा बाँड्दा अन्तिम परीक्षापछि गरिने मूल्याङ्कनलाई लोड घट्छ । साथै, वर्षैभरि विद्यार्थीको मूल्याङ्कनको निरन्तरताले उनीहरू सक्रिय हुन्छन् र निर्माणात्मक मूल्याङ्कनको प्रभावकारिता बढ्छ । यस्ता प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्दा शुरु का दिनहरूमा केही असहजता हुनसक्छ तर विस्तारै त्यस्तो असहजता घट्दै जान्छ र समस्या समाधानका उपायहरू फेला पर्दै जान्छन् । यसले स्रोत/साधनको अभावका बाबजूद पनि हाम्रा विद्यार्थीहरूको सीप विकास र प्रयोगात्मक कार्यप्रतिको झुकाव बढ्छ । परिणामतः विज्ञान शिक्षण दिगो र प्रभावकारी हुन्छ ।

(श्रीवास्तव प्रभात उमावि, त्यागल, ललितपुरका विज्ञान शिक्षक हुन् ।)

commercial commercial commercial commercial