गतिविधि
मधेशी शिक्षक समाज मा यादव
२० असार २०६६ मा राजधानीमा सम्पन्न मधेशी शिक्षकहरूको भेलाले ‘मधेशी शिक्षक समाज ’गठन गरेको छ । मधेशी शिक्षकको पेशागत सुरक्षाका लागि सक्रिय हुने उद्देश्यले गठित उक्त समाज को अध्यक्ष मा उपेन्द्र यादव चुनिएका छन् ।
मधेशी शिक्षकको साझ संस्थाको रूपमा विकास गर्ने लक्ष्य लिएर गठित उक्त समाज मा जुनसुकै राजनीतिक विचार प्रति आस्था राख्ने शिक्षक पनि अटाउने समाज का अध्यक्ष यादवले बताएका छन् । उनले नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चमध्ये कुनमा आवद्ध हुने भन्ने बारेमा समाज ले निर्णय गरी नसकेको पनि जानकारी दिए । यादवको भनाइ छ, “यो सबै मधेशी शिक्षकको साझ संस्था हो र यसमा सबै दलमा आवद्ध शिक्षक आउन सक्छन् । हराम्रो प्राथमिकता समाज लाई जिल्ला तहमा विस्तार गर्ने हो ।”
उनले पहाडी क्षेत्रमा कार्यरत अस्थायी र स्थायी दुवैखाले मधेशी शिक्षकको पेशागत सुरक्षा नरहेको बताउँदै तिनलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको समेत बताए । उनले भने, “मधेशी शिक्षक मन नपरे स्थायी भए पनि दुः ख दिने गरिएको छ, यसको विरुद्धमा हामी सक्रिय हुन्छौं ।”
समाज को सह–अध्यक्ष मा ईश्वर पण्डित चुनिएका छन् भने सदस्यहरूमा हेमचन्द्र महतो, बरुण कुमार देव, हरिनारायण पण्डित, सञ्जय कुमार राउत, रामबाबु राय, अमित कुमार यादव, सञ्जय कुमार साह, बालेश्वर साह, शम्भु कुमार पण्डित, सत्यनारायण साह, शिवशंकर यादव, सुबोध प्रजापति, रामान न्द पण्डित,गंगाराम ठाकुर, शिव कुमार यादव, पेशल कुमार यादव र सञ्जय कुमार सिंह रहेका छन् ।
---------------------------
तीन हजार हस्ताक्षर
नेपाल शिक्षक संघले आफूलाई टे«ड युनियन ऐनअन्तर्गत दर्ता गराउनका लागि अहिलेसम्म तीन हजार हस्ताक्षर सङ्कलन गरेको संघका महासचिव केशव निरौलाले जानकारी दिएका छन् । संघले देशभरिका शिक्षकबाट ४० हजार सङ्कलन गर्ने लक्ष्य लिएर हस्ताक्षर अभियान सञ्चालन गरिहेको छ ।
यसैबीच संघले असारमा मेची, कोशी, सगरमाथा, जनकपुरमा अञ्चल भेला गरेको छ भने धनुषा, मकवानपुर, सुनसरी, ओखलढुंगा लगायतका जिल्लाका संघका कार्यकर्ताका लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ । अञ्चल भेला र नेतृत्व विकास कार्यक्रममा संघको सङ्गठन विस्तार, शिक्षकको पेशागत आन्दोलन चर्काउने उपाय, मानव अधिकारको रक्षा तथा शिक्षक सहकारीको स्थापनाका बारेमा छलफल भएको महासचिव निरौला बताउँछन् । उनका अनुसार महाधिवेशनपछि संघले शिक्षकलाई स्थानीयस्तर मा मानव अधिकार रक्षकका रूपमा समेत विकास गर्ने र उनीहरूको संलग्नतामा शिक्षक सहकारी स्थापना गर्ने अभियान थालेको छ ।
संघले ८ र ९ साउनमा आफ्नो केन्द्रीय समितिको बैठक डाकेको छ भने २१ भदौ देखि सदस्यता नवीकरण राष्ट्रिय अभियान थालनी गर्ने योजना बनाएको छ ।
---------------------------
महासचिवहरूको कार्यदल
नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चबीच सहकार्यको खाका तयार गर्न २९ जेठ २०६६ मा महासचिव स्तरीय शिक्षक कार्यदलगठन गरिएको छ । कार्यदलमा नेपाल शिक्षक युनियनका महासचिव चुन्निशरण यादव, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका महासचिव भेषराज भूषाल, नेपाल शिक्षक संघका महासचिव केशव निरौला र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव बाबुराम थापा रहेका छन् । कार्यदलले विभिन्न संगठनमा रहेका शिक्षकहरूका लागि साझ आचारसंहिता तयार गरी लागू गर्ने , विभिन्न सङ्गठनले फरक फरक ढङ्गले उठाउँदै आएका शिक्षकका मागहरूको अध्ययन गरी त्यसलाई समायोजन गरी एउटै बनाउने र ती माग पूरा गराउन संयुक्त शिक्षक आन्दोलनको स्वरुप निर्धारण गर्ने निर्णय गरेको छ ।
---------------------------
सङ्गठन सुदृढीकरणतिर
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले स्कूलको बर्खे बिदालाई सङ्गठन सुदृढीकरणको अभियान सञ्चालन गरेर उपयोग गरेको छ । सङ्गठनका महासचिव बाबुराम थापाका अनुसार असारमा मेची, कोशी, सगरमाथा, नारायणी, भेरी र बाग्मतीका अञ्चल भेला सम्पन्न भइसकेका छन् भने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झपा, मोरङ र चितवनका जिल्ला भेला सकिएका छन् । ती भेलामा शिक्षक युनियनको नेतृत्वमा चलिरहेको शिक्षक आन्दोलनको औचित्य, शैक्षिक सवाल तथा शिक्षकका माग तथा समस्याको समाधान, शिक्षक माथि विभिन्न समूहले गरेका ज्यादतीका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । ७
---------------------------
युनियन आन्दोलनमै

नेपाल शिक्षक युनियनको अगुवाईमा २२ असार २०६६ मा शिक्षकहरू सिंहदरबारको दक्षिणीगेटमा साढे ९ देखि १२ बजेसम्म धर्ना बसे । धर्नाका कारण सडकको आवतजावत ठप्प भएको थियो । नारा ल गाउँदै शिक्षकहरू सिंहरबारगेटतिर अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी कैयौं शिक्षकलाई गिरफ्तार गरेको थियो ।
पक्राउ गरिएका सबै शिक्षकलाई केहीबेर राखेर त्यसै दिन छाडिएको थियो । पक्राउ परेकाहरूमा युनियनका अध्यक्ष कृष्णप्रसाद ढकाल, उपाध्यक्ष पूर्णा जोशी, महासचिव चुन्नीशरण यादव, कोषाध्यक्ष पदमप्रसाद पाण्डेय, पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईलगायत थिए ।
शिक्षक युनियनले राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिनुपर्ने, विद्यालय कर्मचारीको व्यवस्था गरिनुपर्ने, अस्थायी शिक्षकलाई स्थायी गरिनुपर्ने, शिक्षकको समयबद्ध पदोन्नतिको व्यवस्था गरिनुपर्ने, युनियनसँग सरकारले विगतमा गरेका सबै सम्झौता र जनार्दन कार्यदलको सुझाव कार्यान्वयन गरिनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन गर्दै आएको छ । त्यसअघि, १९ असार २०६६ मा युनियनको नेतृत्वमा शिक्षकहरूले शिक्षा मन्त्रालय घेराउ गरेका थिए । त्यसबेला पनि प्रहरीले शिक्षकको कार्यक्रममा हस्तक्षेप गरी धेरै शिक्षकलाई पक्राउ गरी केहीबेरमा छाडेको थियो ।
---------------------------
ओखलढुङ्गामा शिक्षक अभाव !
पटक–पटक विज्ञापन गर्दा पनि दरखास्त परेनन्
ओखलढुङ्गाका मावि तथा निमाविहरू विज्ञान, गणित तथा अङ्ग्रेजी पढाउने शिक्षकको चर्को अभाव भोगिरहेका छन् । ती विषय पढाउने शिक्षक भर्ना गर्न ५/६ पटक विज्ञापन गर्दा पनि कसैको दरखास्त नपरेपछि व्यक्तिगत सम्पर्कका आधारमा शिक्षक खोज्न थालिएको निमित्त जिशिअ रुद्रप्रसाद दुलालले बताएका छन् । उनले शिक्षकसँग भने– “लाइसेन्स नभएका पाइन्छन् तर लाइसेन्स भएका विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक जति खोज्दा पनि पाउन सकिएको छैन ।”
जिल्लाका विभिन्न स्कूलमा कार्यरत तराईका शिक्षकहरूको सम्पर्कका आधारमा तराईबाट ती विषयका शिक्षक झ्किाउने प्रयास भइरहेको दुलालले जानकारी दिए । जिशिकाका अनुसार ओखलढुङ्गाका १० वटा स्कूलमा अहिले विज्ञान, गणित र अङ्ग्रेजी शिक्षकको अभाव छ । नेपाली र सामाजिक अध्ययन जस्ता तुलनात्मक रूपमा सजिला मानिने विषय पढाउने व्यक्तिको भने अभाव नरहेको जिशिकाले जनाएको छ । तराईका केही जिल्लामा पहाडे शिक्षकहरूलाई प्रताडित गरी जिल्ला/ गाउँ छाड्न बाध्य पारिएको भए पनि पहाडमा भने मधेशी शिक्षकको मागमा कुनै कमी आएको देखिँदैन । सरकारले यस वर्ष ओखलढुङ्गाका लागि निमाविमा ३०, प्राविमा ३० र माविमा ४० वटा राहत दरबन्दी वितरण गरेको छ ।
---------------------------
शिक्षक नेताहरू मन्त्री–प्रधानमन्त्रीका ढोकामा

नेपाल शिक्षक युनियनको टोलीले ८ असार २०६६ मा प्रधानमन्त्री माधव कुमार नेपाललाई भेटी आफ्ना पेशागत मागबारे अवगत गराए को छ । त्यसक्रममा युनियनका पदाधिकारीले आफूले विगतका सरकारसँग गरेका सहमति, सम्झौता कार्यान्वयन नभएको भन्दै आफूहरू मर्माहत भएको बताएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले शिक्षक नेताहरूलाई आफ्ना मागप्रति अडिग रहेमा अहिले नभए पनि कुनै बेला ती माग पूरा हुने बताएका थिए । देशमा चर्कोस्वरमा बोल्ने वा टायर बाल्नेको मात्र आवाज सुनिने परिपाटी रहेको दर्शाउँदै प्रधानमन्त्री नेपालले भद्र तरिकाले आन्दोलन गर्ने शिक्षकका माग पूरा गर्न गाह्रो हुने बताएका थिए । झण्डै दुई घण्टा लामो उक्त भेटमा प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्ने भन्दा शिक्षकको प्रशंसा गरेर फर्काएको शिक्षकले बताएका छन् ।
युनियनका पदाधिकारीले अर्थमन्त्री सुरेन्द्र पाण्डे र शिक्षा मन्त्री रामचन्द्र कुशवाहसँग पनि छुट्टाछुट्टै भेट गरी आफ्ना मागका बारेमा ध्यानाकर्षणगरएका थिए । अर्थमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा विगतमा भन्दा बढी बजेट विनियोजन गर्ने आश्वासन दिए पनि शिक्षकको तलब बढाउने वा यथावत् राख्ने बारे केही उल्लेख न गरेको शिक्षक नेताहरूले बताएका छन् ।
शिक्षामन्त्री कुशवाहसँग को भेटमा चाहिँ युनियनका प्रतिनिधिले शिक्षकका समस्या अवगत गराउनु का साथै शिक्षक लाइसेन्स खारेज गर्ने मन्त्रीको अभिव्यक्तिको विरोध गरेका थिए । प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीलाई युनियनले बुझएको ध्यानाकर्षण पत्रको मुख्य व्यहोरा एउटै छ ।
शिक्षामन्त्री कुशवाहले मन्त्री भएलगत्तै अघिल्ला शिक्षामन्त्री रेणु कुमारी यादवलेझै शिक्षक लाइसेन्सको व्यवस्था खारेज गर्ने अभिव्यक्ति दिएका थिए । तर, दाता र शिक्षकका पेशागत संस्थाको दबाबका कारण अन्तिममा उनले आफ्नो वचनबाट पछि हट्नुपरेको थियो । नयाँ शिक्षा मन्त्री कुशवाह चाहिँ आफ्नो वचनमा अडिग रहने हुन् वा पछि हट्ने हुन् अहिले केही निश्चित भएको छैन । तथापि कानूनी रूपमा लागू भएको शिक्षक लाइसेन्सको मौजुदा प्रणाली शिक्षामन्त्रीको भाषणका भरमा भने खारेज हुने छैन । यसका नयाँ कानून वा भएको कानून संशोधन आवश्यक पर्छ ।
---------------------------
लाइसेन्स परीक्षा अझै अनिश्चित
अवरुद्ध शिक्षक लाइसेन्सको परीक्षा पनि मन्त्रिपरिषद्ले पढाइरहेका शिक्षकलाई उक्त परीक्षामा सामेल गर्ने निर्णय न गरेका कारण अनिश्चित भएको छ । शिक्षा मन्त्रालयले असारको तेस्रो साता क्याबिनेटमा पठाएको यस सम्बन्धी प्रस्ताव पारित गर्नु को सट्टा फिर्ता गरिएको शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालले जानकारी दिएका छन् । उक्त प्रस्तावलाई परिमार्जन गरी पुनः पठाउने तयारीमा मन्त्रालय जुटेको बताइएको छ । नयाँ सरकारले शिक्षक लाइसेन्स सम्बन्धी निर्णय न गरी स्थगित परीक्षा सञ्चालन नहुने कुरा शिक्षक सेवा आयोगले जनाएको छ ।
---------------------------
नेपाली विषय शिक्षकहरू सङ्गठित
नेपाली विषय शिक्षणका क्रममा समय समयमा आइपर्ने विधागत र व्याकरणगत समस्याहरूको समाधानमा सहयोग पुर्याउन नेपाली विषय शिक्षकहरूलाई सङ्गठित गरी आवश्यक बैठक, अन्तरक्रिया,गोष्ठी, तालिम आदि सञ्चालन गर्नको लागि र केन्द्रीय तहसम्म समितिको विस्तार गर्न पाल्पा जिल्लाका विभिन्न विद्यालयका नेपाली शिक्षकहरूको तानसेनमा बसेको बैठकले जनता उच्च माविका सीताराम भण्डारीको अध्यक्ष तामा १३ सदस्यीय नेपाली विषय शिक्षक जिल्ला तसर्थ समितिगठन गरेको छ । बुद्ध विकास निमावि कोलडाँडा, पाल्पाका ध्रुवप्रसाद पँगेनीले दिएको जानकारी अनुसार समितिको उपाध्यक्षमा विजया पन्त, सचिव डिल्लीराम गैरे, सह–सचिव अशोक घिमिरे, कोषाध्यक्ष ध्रुवप्रसाद पँगेनी र सदस्यहरूमा टंक पन्थ, पुनराम घिमिरे, गुनाखर भण्डारी, बाबुराम वस्ती, धनबहादुर बुढा, लीलबहादुर राना, डिल कुमारी सुनारी र भगवती खनाल रहनु भएको छ ।



