प्रतिक्रिया र सुझाव

कस्तो बिडम्बना !

‘शिक्षक’ मासिकको जेठ अङ्कमा ‘बाजुराः मदिरा र मास्टर’ शीर्षकको स्थलगत रिपोर्टले शिक्षकमा भएका विकृति उधिन्न गरेको प्रयत्न सराहनीय लाग्यो । उसै त हरेक किसिमका सम्भावनाले विकट बाजुरामा शिक्षकले मद्यपान गरी कर्तव्यपरायणता भुलेर शिक्षण क्षेत्रकै धज्जी उडाउने र विद्यार्थीको भविष्य माथि कुठाराघात गरेको अनुभूति भयो ।

विद्यार्थी वर्गको सुनौलो भविष्यको मार्ग प्रशस्त गर्ने बागडोर सम्हाल्ने शिक्षक नै मदिराको दलदलमा भुल्नु किमार्थ सुलक्षण होइन । यस किसिमका व्यवहारले शिक्षक स्वयम् विद्यार्थीका नजरमा ‘खराब’, ‘नराम्रा’ वा ‘अयोग्य’ मात्र कहलाइँदैनन्, यसले शिक्षण क्षेत्र नै धरासायी पार्ने कुरा निर्विवाद छ ।

अनिल प्रोखेल, इटहरी –४, सुनसरी

कुलतीलार्ई कारबाही गर्नु पर्छ

शिक्षक २०६६ जेठ अङ्कमा समावेश लेखहरू धेरै उत्कृष्ट छन् । ‘बाजुराः मदिरा र मास्टर’ पढ्दा नरमाइलो अनुभव भयो । देशको दक्ष जनशक्ति निर्माणकर्ताको रूपमा शिक्षकलाई नै लिइन्छ । तर, यस्ता विकृति र विसङ्गतिमा लागेका शिक्षकले कस्तो जनशक्ति उत्पादन गर्लान् ? वास्तवमा एक कुशल शिक्षकले त आफ्ना स्कूले नानीबाबुहरूलाई आचरण, मर्यादा र सीपका कुरा पो सिकाउनु पर्दथ्यो । यसरी मदिराको उन्मुक्ततामा रमाएर स्कूलसम्म नपुग्नु कस्तो बिडम्बना !! शिक्षण पेशा र समग्र विद्यार्थीको भविष्य माथि यस्ता शिक्षकद्वारा खेलवाड भइरहेको हुँदा यिनीहरूलाई कारबाही गर्न शिक्षक संघ/सङ्गठनहरूले सहयोग गर्नु पर्छ ।

करनसिंह सुतार
सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी

‘म होम सेन्टर विरोधी हुँ’

शिक्षक मासिकको २०६६ जेठ अङ्कमा जालपादेवी उमावि बाहुननेपाटी सिन्धुपाल्चोकका शिक्षक नारायणप्रसाद सुवेदीद्वारा लिखित ‘शिक्षक नै अवैध काममा अगुवा !’ शीर्षकको प्रतिक्रिया पढ्दा मलाई आश्चर्य लाग्यो । त्यहाँ मेरो नाम पनि उल्लेख भएको पाएँ । कुरो एसएलसी २०६५ को रहेछ ।

त्यहाँ केही उच्छृङ्खल तत्वहरूबाट उहाँ (नारायण सुवेदी)लाई हातपात हुनसक्ने भन्ने भनाइ सहायक केन्द्राध्यक्ष राज कुमार ढुङ्गानाबाट भएको ले सम्भावित घटना हुन नदिन म, रोहिणीराज थापा रतेजबहादुर थापाले विद्यालयमा गएर केन्द्राध्यक्षलाई यस सम्बन्धमा अवगत गराए को मात्र हो । नारायणप्रसादलाई त्यहाँबाट हटाई विद्यार्थीलाई चोराउने हराम्रो कुनै कुत्सित मनसाय थिएन र होइन पनि । तर, सहायक केन्द्राध्यक्षको रूपमा आउनुभएका नारायण सुवेदीलाई पर्यवेक्षकको रूपमा राख्नुको रहस्य चाहिँ के थियो ? यसबारे केन्द्राध्यक्ष विष्णुगौतम र सुवेदीलाई नै थाहा होला भने उच्छृङ्खल तत्वहरूबाटै नारायणप्रसादलाई हातपात गर्ने वाला छन् भन्ने कुरा यथार्थ थियो वा बनावटी थियो त्यो राज कुमार ढुङ्गानालाई नै थाहा होला । हामीले त सम्भावित घटनाबाट जोगाइ परीक्षा हलको वातावरण खल्बलिन नदिने एक मात्र उद्देश्य बोकेका थियौं । त्यहाँ चोराउनुपर्ने मेरा कोही पनि थिएनन् र चोराएर पास गराउनु पर्छ भन्ने मानिस पनि होइन ।

बरु म ‘होम सेन्टर’को विरोधी हुँ । ‘होम सेन्टर’ दिँदा चोरी बढी हुन्छ भन्ने कुरा पनि कालाई थाहा नभएर नै ‘होम सेन्टर’ दिएको होला त ? मलाई त लाग्छ अभिभावक र विद्यार्थीलाई अलमल्याउन र खुशी पार्न ‘होम सेन्टर’ दिएको हो र यसरी शतप्रतिशत पास गराउने उद्देश्य पनि सरकारको हुनसक्छ । ‘होम सेन्टर’ दिएर त्यहींका शिक्षकलाई सहायक केन्द्राध्यक्ष रगार्ड बनाउनु भनेको ‘बाँदरलाई लिस्नो लगाइदिएको’ जस्तो भएन र ? तसर्थ सरकारले ‘होम सेन्टर’ दिएर अन्यत्रबाट एउटा केन्द्राध्यक्ष नियुक्त गरी पठाउनु भनेको ‘एक्लो वृहस्पति झूट्टा’ पार्नु जस्तै हो । अनि आनन्द उमाविमा विद्यार्थी, अभिभावकले चोरी गरे वा राज कुमारहरूबाट चोराउने प्रवृत्ति भइहाल्यो भने पनि अनौठो मान्नुपर्ला र ? अनि यस्तो कार्य यस विद्यालयमा मात्र भयो होला र ? यदि अनौठो मान्ने हो भने सरकारले परीक्षा पद्धतिमा सुधार गरी स्तरीय र मर्यादित रूपमा परीक्षा सञ्चालन गराउनु पर्ने होइन र ?

लालबहादुर कार्की
भूपू प्रअ, आनन्द उमावि, जलवीरे, सिन्धुपाल्चोक

पढेर दिक्क लाग्यो

गलत प्रश्नपत्रको कारण हामीमा परेको मर्का शिक्षक ले उठाइदिएकोमा धेरै धन्यवाद ।गलत प्रश्नको धेरै पटक हल खोज्नुपर्दा अन्य प्रश्नहरू छुटेकाले पनि काप्रति ज्यादै रिस उठेको छ ।

‘एसएलसी प्रश्नपत्रैगलत’ रिपोर्टमा पनि त्रुटि भएछ । ‘ गणितको प्रश्न नम्बर ११ मा चित्रसमेत गल्ती दिइएको उक्त रिपोर्टमा लेखिएको थियो जबकि प्रश्न नम्बर ११ मा चित्र नै थिएन, ‘हाइएस्ट कमन फ्याक्टर’ निकाल्नुपर्ने प्रश्न सोधिएको थियो ।
अर्कोतर्फ ‘परीक्षामा चिटैचिट’ पढेर साह्रै नरराम्रो लाग्यो । अझ् शिक्षक माथि अभिभावक, छात्रछात्रा, स्कूल प्रशासन एवं शिक्षा अधिकारी बाटै परीक्षा खुकुलो पार्न दबाब परेको सुन्दा ज्यादै दुः ख लाग्यो । यदि यस्तै हो भने, अभिभावकले पढ्न किन पठाउने, शिक्षकले किन पढाउने र विद्यार्थीले किन पढिरहने ? विचरा साथीहरूलाई सार्न पनि दुः ख परेछ । परीक्षामा चिट चोराउने र नजाने पनि छात्रछात्रालाई पास गराउन अप्रत्यक्ष निर्देशन शिक्षा अधिकारी हरूले दिइरहने हो भने परीक्षा नै नलिई ‘पास’गराइदिए भइहाल्ला नि ! खुकुलो परीक्षा किन लिइरहनु परयो ?

आदित्य आचार्य
प्रगतिशील उमावि, बोहोरेटार, सिन्धुली

यी कुरा पनि आऊन्

शैक्षिक जगतमा नयाँ आयाम थपेको छ शिक्षक मासिकले । यस पत्रिकाका हरेक अङ्क पठनीय रसङ्ग्रहणीय छन् । हामी जस्तो शिक्षण पेशामा आबद्ध हुनेहरूका लागि त झन् मुटुको ढुकढुकी नै बनेको छ यो पत्रिका ।
यसमा निम्न सामग्री समावेश गर्न सकिएमा अझ् रराम्रो हुनेथियो किः

·    शिक्षा सेवासँग सम्बन्धित पाठ्यक्रम
·    शिक्षक सेवा आयोगद्वारा सोधिएका प्रश्न र समाधान
·    शिक्षक सेवा आयोगका महत्वपूर्ण सूचना र जानकारी
·    शिक्षक सेवा आयोगको परीक्षाको लागि उपयोगी सामग्री
·    शैक्षिक समस्या र समाधान स्तम्भ
·    शिक्षण–विधि र सिकाइ–प्रक्रिया

डिल्लीप्रसाद फुँयाल
श्री जनप्रेमी मावि स्याङ्ती, लाम्पन्टार –१, सिन्धुली

हराम्रो जिल्लाका कुरा पनि परुन् !

शिक्षक मासिकले शिक्षक र शिक्षण पेशातर्फ आकर्षित विद्यार्थीहरूका निम्ति महत्वपूर्ण योगदान गरेको छ । हराम्रो अछाम साँफेबगरमा यो पत्रिका भर्खर मात्र आएको भए पनि यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । दुः खको कुरा के छ भने यस्ता मासिक पत्रिकाहरू हराम्रो क्षेत्रमा विगतमा थुप्रै भित्रिएका थिए, तर कोही पनि जीवन्त रहन सकेनन् । तथापि मलाई विश्वास छ, जस्तोसुकै कठिन परिस्थितिका बाबजूद पनि शिक्षक मासिकलाई अछाममा निरन्तरता दिनुहुनेछ ।
‘शिक्षक मासिकका प्रतिनिधिहरूले यस क्षेत्रमा कार्यरत शिक्षक र यहाँका शैक्षिक गतिविधिहरूबारे शिक्षक मासिकमा समेटे पत्रिका किन्न कञ्जुस्याइँ गर्ने यहाँका शिक्षकहरूको कठोर हृदय पग्लनेथियो कि !

हिमाल कुँवर ‘उदासी’
सिद्धेश्वर–१, साँफे निश्छल बजार, अछाम

डार्विनको सिद्धान्तले मन छोयो

चैत महिनाको शिक्षक मासिक ज्यादै नै रोचक र उपयोगी लाग्यो । आगामी दिनहरूमा अझ् रोचक, ज्ञानबद्र्धक तथा जीवनोपयोगी सीप प्रदान गर्ने खालका अङ्कहरू प्रकाशित हुँदै जाउन्; यही छ मेरो २०६६ सालको शुभकामना !
डा. तीर्थबहादुरश्रेष्ठको ‘डार्बिन सिद्धान्तको सान्दर्भिकता’ शीर्षकको खोजमूलक लेखले मेरो अन्तस्करणसम्म झ्क्झ्क्यायो । आगामी दिनमा पनि यस्ता सान्दर्भिक लेखहरू आउँदै रहून् ।

राजन भुजेल ‘शिक्षक’
भाषा निमावि, बडका दियाले–५,खोटाङ्ग

शिखर चुम्नुपर्छ

सम्पूर्ण शिक्षकहरूमा शिक्षक मासिकले उच्चतम स्थान ओगट्न सफल भइसकेको छ । यसले अझै सफलताको चरम शिखर चुम्न सकोस् भनी उत्तरोत्तर प्रगतिको कामना गर्द छु । एकजना शिक्षक शिक्षण गर्ने सम्बन्धमा आइपरेका अप्ठ्याराहरू कसरी समाधान गर्ने भन्ने दोधारमा परिरहेको बखत केही समय उसले शिक्षक मासिक पाउन सक्यो भने समस्या आफैंमा समाधान भएको अनुभव गर्द छ । त्यसैले यो पत्रिका प्रत्येक विद्यालयमा पुग्न सकोस् र त्यसप्रति प्रत्येक शिक्षक वर्गको ध्यान केन्द्रित होस् भन्ने चाहन्छु । शिक्षक मा सामान्यज्ञान, सुडोकु, अन्ताक्षरी, शब्दखेल जस्तै बालगीत, बालकविता, बालखेलहरूले पनि स्थान पाउन सकून् भन्ने आग्रह गर्द छु ।

तुलसी श्रेष्ठ
मसेल–२, गोरखा

फुर्सद शिक्षक कि विद्यार्थीका लागि ?

शब्द खेल र अन्ताक्षरी शिक्षकको लागि हो कि विद्यार्थीका लागि हो ? शिक्षकका लागि भए त स्तरीय हुनु परयो नि ! यी दुई स्तम्भ त प्राविका विद्यार्थीको लागि जस्तो भयो । शिक्षकका लागि त कठिन शब्दहरू राखेमा खोजी गर्ने बानीको विकास भई ज्ञानमा वृद्धि हुनेथियो । कोठा भर्दै जाँदा आफैं बन्ने शब्दहरू नराख्नुहोला । बरु खोजी गर्दा गर्दै समाधान गर्न नसके नै रराम्रो । सामान्यज्ञानमा धेरै प्रश्नहरू समावेश गरे मा रराम्रो हुनेथियो । शब्द खेल र अन्ताक्षरी यसपटक पनि काट्न मिलेन । अन्ताक्षरी –४ को सही समाधान मेरो पनि भएको थियो तर एकजनाको मात्र सही समाधान भन्नुभएको थियो । यस्तो लापरवाही नहोस् ।

गुप्तबहादुर भण्डारी
महेन्द्र प्रावि, मलम्पार, म्याग्दी

अनुभव रभोगाइ नियमित होस्

म शिक्षक मासिक पत्रिकाको नियमितग्राहक हुँ । विकट जिल्लाका शिक्षकहरूको अनुभव र भोगाइ पनि आगामी अङ्कमा राख्दै जाँदा रराम्रो हुनेथियो । समग्रमा पत्रिका शिक्षकहरूका लागि अति उपयोगी छ । शब्द खेल छापिएको पाना पूरै काटेर पठाउने वा शब्द खेल मात्र पठाउने हो प्रस्ट भएन, आगामी अङ्कमा प्रस्ट पारिदिनुहोला ।

ओलकबहादुर खत्री
शिक्षक, श्री कालीदेवी प्रावि, रामेछाप

(टिप्पणीः पूरै पाना हैन, जति भरिएको हुन्छ, त्यति मात्रै पठाउने हो । –सं)

शिक्षक दुर्गममा पनि पुगोस् !

शिक्षक पत्रिकामा हामी विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि ज्ञानमूलक सामग्रीहरूसँगै शैक्षिक गतिविधि, विद्यालय, शिक्षक र विद्यार्थीका मुद्दा र चासोलाई समेटिएकोले यो अत्यन्तै उपयोगी छ । तर, शिक्षकग्रामीण र दुर्गम ठाउँहरूसम्म अझै पुग्न सकेको छैन । देशको शिक्षाको अवस्था कस्तो छ ? हामी कुन अवस्थामा छौं ? हराम्रो कर्तव्य के हो ? भन्ने जस्ता कुरा हरू दुर्गमका शिक्षक, विद्यार्थी र अभिभावकहरूले राम्ररी बुझन पाएका छैनन् । त्यसैलेग्रामीण र दुर्गम भेगसम्म शिक्षक पत्रिकालाई पुरयाउने बारेमा सोचियोस् ।

ईश्वरदत्त कलौनी
पुडिल, महाकाली –७, बैतडी

कोठामा बसेर देश बुझदैछु

पुस ०६५ मा शिक्षक मासिक पढ्न थाले देखि कोठामै बसेर देशका शैक्षिक गतिविधि एवं शिक्षकका विचार बुझन पाएको छु । पत्रिका लोकप्रिय भएको छ । यो कुरा पाठक सहभागिताबाट समेतथाहा हुन्छ ।

मेरो एउटा प्रश्न एवं अनुरोध छ, शब्द खेल, अन्ताक्षरी जस्ता प्रतियोगितालाई कपीमा सारेर पठाउने व्यवस्था मिलाउन सकिँदैन ? पत्रिका प्रशस्त पाइने ठाउँमा त ठीकै छ तर कसैको पत्रिका मागेर पढ्नुपर्ने अवस्थामा रहेका दुर्गम बस्तीका पाठकका अप्ठ्यारालाई पनि शिक्षक पत्रिकाले ध्यान दिनुपर्ने होइन र ?

बल्लबल्ल कसैले गाउँमा पत्रिका लगेका हुन्छन्, उनीहरूले त्यसलाई पढ्छन्, सहभागी हुन मन लाग्छ तर पत्रिकाकै मात्र मान्य होला भनेर आफ्नो प्रतिभा लुकाउन विवश छन् । यस बारेमा पनि स्पष्ट गराउने हो कि ! अर्को समस्या, एउटा काट्दा अर्को पनि काटिन्छ, यसको बारेमा पनि सोच्नुपरयो है !

श्रीकृष्ण थापा
सारीटाप, शीतलपाटी–३, सिन्धुली

(टिप्पणीः सुझाव र जिज्ञासाका लागि थापाजीलाई धन्यवाद । कापीमा सारेर पठाइएका अन्ताक्षरी आदि प्रतियोगिताहरू स्वीकार गर्दा ती स्तम्भहरू प्रकाशित गर्नु को प्रमुख औचित्य नै समाप्त हुने हुँदा हाललाई त्यतातिर नसोच्नु नै जाती हुन्छ । बरु, गाउँ, बस्ती वा स्कूलमा एक प्रति पत्रिकामा चित्त बुझाउनुको सट्टा पढ्न इच्छुकहरू हरेकले एक/एकप्रति प्राप्त गर्ने तिर सोच्नु पत्रिकाको स्तरीयता र दीर्घजीवनको निम्ति सहयोगी हुन्छ । एकप्रति पत्रिका पुगिसकेको गाउँ ठाउँमा दुुई, तीन वा १० प्रति पुग्न खासै गाह्रो नहोला । –सम्पादक)

कलम

सत्य कुरा लेख्नलाई सृष्टि भयो कलम
ज्ञानको ज्योति फैलाउन सृष्टि भयो कलम
झूटो कुरा मेटाउन सृष्टि भयो कलम
इतिहास कोर्नलाई सृष्टि भयो कलम

शिक्षाको प्रकाश छर्न चलाऊँ कलम
सत्यको उजागर गर्न चलाऊँ कलम
साहित्य सिर्जना गर्न चलाऊँ कलम
ज्ञान, विज्ञानको खोजी गर्न चलाऊँ कलम

झूटो कुरा लेख्नलाई नचलाऊँ कलम
इतिहास मेटाउन नचलाऊँ कलम
अहित हुने अक्षर लेख्न नचलाऊँ कलम
शिक्षाको दिप निभाउन नचलाऊँ कलम

ईश्वरदत्त कलौनी
पुडिल, महाकाली–७, बैतडी

(निवेदनः शिक्षक मा प्रकाशित गर्न कविता पठाउनुहुने कवि शिक्षक तथा अन्य पाठकहरूप्रति सम्पादन टोली अनु गृहीत छ । तर, स्थानाभावका कारण प्राप्त सबै कविता छाप्न हामी असमर्थ छांै । राम्रा लामा कविता सम्पादन गर्नु पनि हराम्रो रहर नभई बाध्यता हो । यसर्थ, हामी विश्वास गर्छौं, कविता नछापिँदा वा सम्पादन हुँदा कसैले चित्त दुखाउनुहुने छैन । –सम्पादक)

commercial commercial commercial commercial