निरकेशरीको सफल नेतृत्व

विहान १० बजेको घण्टीसँगै विद्यार्थीहरू प्रार्थनाको लागि चौरमा लामबद्ध हुन थाल्छन् । सदन अनुसार भिन्नाभिन्नै रङका पोशाक लगाएका विद्यार्थीहरूको नङ, रिवन, पोशाक, सरसफाई निरीक्षण हुन्छ । त्यपछि सबैजना सरस्वती वन्दना र राष्ट्रिय गान गाउँछन् । ढिलो भएका विद्यार्थीहरू विद्यालयगेट बाहिरै बस्छन् । सबै विद्यार्थीहरू कक्षामा पसिसकेपछि ‘आइन्दा ढिलो न गर्ने ’ शर्तमा उनीहरूलाई कक्षामा पठाइन्छ । कक्षामा विद्यार्थीहरू जानी नजानी अङ्ग्रेजीमा कुरा गरिरहेका छन् । शिक्षकहरू पनि अङ्गे्रजी माध्यममा नै पढाइरहेका छन् ।

झ्ट्ट हेर्दा कुनै चल्तीको निजी विद्यालयझैँ लागेपनि यो ललितपुरको नगरक्षेत्रग्वार्कोमा रहेको प्रभात उच्च माध्यमिक विद्यालय हो । यो सरकारी विद्यालय हो । यहाँ कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । त्यसभन्दा माथि चाहिँ हिसाब र विज्ञान मात्रै अङ्ग्रेजी भाषामा पढाइन्छ ।

प्रभात उमाविको पढाइ अनि प्रशासनिक कार्यको व्यवस्थापन गर्दै आएकी छन् विद्यालयकी प्रधानाध्यापक निरकेशरी श्रेष्ठ (५७) ले । विद्यालयको स्थापनाकाल देखि नै शिक्षकको रूपमा प्रवेश गरे की निरकेशरीले विसं२०२९ देखि प्रधानाध्यापकको जिम्मेवारी वहन गरिरहेकी छिन् । ललितपुर जिल्लामा ‘रराम्रो विद्यालय’मध्येगनिने यो उमाविमा अहिले करिब १३ सय विद्यार्थी पढिरहेका छन् । बाल मैत्री कक्षा सञ्चालन, विद्यार्थी र शिक्षकको अनुशासन, सरसफाई, अङ्ग्रेजी भाषाको पढाइ, अतिरिक्त क्रियाकलाप , शिक्षकहरूको सहयोगीपनजस्ता धेरैगुणका कारण प्रभातले विद्यार्थीलाई तानेको छ । विद्यालयको पढाइको स्तर बढाउन शिक्षक, प्रअ, व्यवस्थापन पक्ष सबै मिलेर काम गरिरहेका छन् । “प्रतिस्पर्धा धेरै छ, चुनौती पनि उत्तिकै । व्यवस्थापन गर्न अलिकति मात्र चुकेपनि ठूलो नोक्सान व्यहोर्नुपर्ने हुन्छ” प्रअ निरकेशरी भन्छिन्, “निजी विद्यालय जाने विद्यार्थीलाई रोक्न अङ्ग्रेजी भाषामा पढाउन थाल्यौं ।” १० कक्षाका विद्यार्थीहरूको लागि यहाँ विशेष कक्षा सञ्चालन गर्ने गरिएको छ । कमजोर विद्यार्थीलाई प्राथमिकता दिने र त्यस विषयमा बेलाबेलामा अभिभावकहरूसँग छलफल गर्ने परम्परा नै बसाइएको छ । यस्ता राम्रा प्रयासहरूको परिणाम पनि राम्रै देखि एको छ । एसएलसीको उत्तीर्ण दर ६० देखि ७० प्रतिशतको हाराहारीमा रहने गरेको छ । २०६४ सालको एसएलसीमा त ९० प्रतिशत उत्तीर्ण भएका थिए । यो स्कूलमा पढ्ने बालबालिकाको ठूलो हिस्सा अन्यत्रबाट आई मजदुरी गर्ने गरीब र विपन्न अभिभावकका छोराछोरी र सो क्षेत्रका सम्भ्रान्त परिवारमा घरेलु नोकर का रूपमा कार्यरत केटाकेटीहरूको हुने गरेको छ ।

शुरु मा भाडामा जग्गा लिएर खोलिएको यो विद्यालयका अहिले आफ्नै चार वटा भवन छन् । विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था तुलनात्मक रूपमा रराम्रो छ । इको क्लब, बाल क्लब, रेडक्रस, स्काउट, हेल्थ क्लबको पनि गठन भएको छ । अघिल्ला वर्षहरूमा प्रत्येक महिना दिनमा मात्र अतिरिक्त क्रियाकलाप हुन्थे भने अहिले साप्ताहिक रूपमा हुन थालेको छ । विद्यालयले प्रत्येक वर्ष विज्ञान प्रदर्शनी पनि गर्दै आएको छ ।  

यहाँ प्रत्येक विषयको छुट्टाछुट्टै विभाग र प्रावि, निमावि र मावि तहका निम्ति छुट्टाछुट्टै निरीक्षक पनि तोकिएका छन् । यी सबै कामको सुपरीवेक्षण गरिरहेकी प्रअ निरकेशरीले जिम्मेवारी र उत्तरदायित्वको बाँडफाँड भएका कारण विद्यालय र विद्यार्थीका बारेमा सोच्न एवं काम गर्न प्रशस्त समय मिलेको अनुभव गरे की छन् । यहाँका प्रायः शिक्षकहरू आफ्नो कामप्रति उत्तरदायी र जिम्मेवार मात्र देखिँदैनन्, विद्यालयप्रति विशेष माया र लगाव राख्छन् ।

कुनै निर्णय लिँदा सीधै आफ्नो निर्णय लाद्ने भन्दा, पहिला अरूका विचार सुन्नुपर्छ भन्ने कुरा शिक्षक दिवाकर आचार्यले यही विद्यालयमा आएर सिकेका छन् । यहाँ आउनुअघि उनी श्रीकृष्ण प्रावि, धापाखेलका प्रअ थिए । “म प्रअ हुँदा गरेका गल्ती अनि गर्न नसकेका धेरै कुरा हरूको ज्ञान मलाई प्रभातमा आएपछि भइरहेको छ”, उनी भन्छन् । कसैले केही गल्ती गरे मा नकड्किकन सम्झउने र सानो ठूलो नभनिकन सबैलाई समान व्यवहार गर्ने प्रअ निरकेशरीको बानीको अर्का शिक्षक पुरुषोत्तम अधिकारी मुक्तकण्ठले प्रशंसा गर्छन् ।

शिक्षक खुसी नभए त्यसको असर विद्यार्थीको पढाइमा पर्छ । त्यसैले यहाँका शिक्षकलाई विद्यालयले अतिरिक्त सुविधाका रूपमा पोशाक र विशेष भत्ता दिने गरेको छ । शिक्षकको क्षमता बढाउन तालिम लिन, सीप सिक्न अनि पढाइलाई निरन्तरता दिन पनि विद्यालयले सहयोग गर्ने गरेको शिक्षक अधिकारी बताउँछन् । शिक्षक कल्याण कोषमा शिक्षकहरूबाट सय रुपैयाँ र विद्यालयले सय रुपैयाँ थपेर जम्मा गरिइन्छ ।

प्रभातमा विद्यार्थीलाई मात्र होइन शिक्षकहरूलाई पनि कडा अनुशासन छ । समयमा विद्यालय नआइपुग्ने शिक्षकले एक पिरियडसम्म विद्यालयगेट बाहिरै बस्नुपर्छ । घरको कामले कहिलेकाहीँ ढिलो भएको बेला बाहिरै बस्नुपरेको दुः खेसो पोख्छिन् शिक्षिका निर्मला शाक्य । सुविधाको बिदा बाहेक अरू बिदा लिन पाइँदैन यहाँ । आफ्नो कोर्ष जसरी पनि समयमा सक्नैपर्छ । १८ वर्ष देखि यो विद्यालयमा अङ्ग्रेजी विषय पढाउँदै आएकी निर्मला भन्छिन्, “विभिन्न सामग्रीको प्रयोग गरेर कक्षा लिनुपर्ने, उनीहरूलाई पनि सहभागी गराउँदै पढाउनु पर्ने भएकाले कोर्ष सक्न सधैँ हम्मे पर्छ ।”

रराम्रो वातावरण भएकै कारण विद्यार्थीहरू विद्यालय आउन अल्छी वा डर मान्दैनन् । “होमवर्क न गर्दा पनि मैले कहिल्यै कुटाइ खाएको छैन”, कक्षा ७ मा पढ्ने सजनी देउला भन्छिन्, “बरु किन न गरेको भनेर मिसले सोध्नुहुन्छ । नआएर न गरेको भन्दा सिकाइदिनुहुन्छ ।”  

प्रअ निरकेशरीको काम अनि उनको नेतृत्वप्रति व्यवस्थापन समिति पनि खुसी देखिन्छ । समितिले गरेका निर्णयहरू पूर्णताका साथ लागू भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डव महर्जन बताउँछन् । उनी भन्छन्, “सहमतिमा नै अहिलेसम्म विद्यालय अगाडि बढिरहेको छ । कुनै प्रकारको वैमनस्यता उत्पन्न भएको छैन ।”

तस्वीरः अनिल थापा

 

commercial commercial commercial commercial