विद्यार्थीहरू किन बीचैमा छोड्छन् पढ्न ?
बालबालिकाले प्राथमिक शिक्षा पूरा न गर्दै बीचैमा विद्यालय छाड्ने समस्या नेपालको विद्यालय–शिक्षाको एउटा प्रमुख कमजोरीका रूपमा रहेको छ । विद्यालयमा निरन्तर तीन वर्षसम्म रहिरहने दर (Survival rate) कम भएको तराईमा रौतहट र पहाडमा डोटी जिल्ला भएको ले विद्यावारिधिको शोधकार्यको निम्ति स्थलगत अध्ययनको क्षेत्र पनि यिनै दुई जिल्लालाई बनाइएको थियो । अध्ययनका निम्ति डोटी र रौतहटका १५ गाउँ विकास समिति, दुई नगरपालिकाका ७२ वटा सामुदायिक प्राथमिक विद्यालय र ४३० घरधुरी समेटिएका थिए । रौतहट र डोटीका विद्यालयहरूमा १० प्रतिशतभन्दा बढी बालबालिकाले प्राथमिक तहको शिक्षा पूरा न गरी बीचैमा विद्यालय छाड्ने गरेको पाइयो । तर डोटीको तुलनामा रौतहटमा विद्यालय छाड्ने बालबालिकाको दर लगभग दोब्बर रहेको छ । अर्थात् डोटीमा ७ प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छाड्छन् भने रौतहटमा लगभग १४ प्रतिशतले । दुवै जिल्लामा दलित बालबालिकाको विद्यालय छाड्ने दर अन्य जातिको तुलनामा बढी रहेको छ । समग्रमा २६ प्रतिशत दलित बालबालिकाले विद्यालय छाडेको अध्ययनबाट देखि एको छ (हे.तालिका–१) । यसबाहेक, अध्ययनले डोटीमा ७ प्रतिशत र रौतहटमा १५.६ प्रतिशत केटीले विद्यालय छोड्ने गरेको देखाएको छ । यसरी समग्रमा विद्यालय छाड्ने दर केटाभन्दा केटीको बढी छ । त्यस्तै, शहरी क्षेत्रभन्दाग्रामीण क्षेत्रमा विद्यालय छाड्ने बालबालिकाको दर १.४ प्रतिशतले बढी रहेको छ ।
बीचैमा छोड्नुका कारण
आमा–बाबु अथवा अभिभावक निरक्षर हुनु नै बालबालिकाले विद्यालय छाड्नुको प्रमुख कारणको रूपमा रहेको अध्ययनबाट देखि एको छ । सर्वेक्षण गरिएका सम्पूर्ण घरधुरीमध्येका ७६ प्रतिशत बाबु र ८७ प्रतिशत आमा निरक्षर थिए । रौतहटमा त आमाको निरक्षरता ९० प्रतिशतभन्दा पनि बढी रहेको छ (हे. तालिका–२) । यसबाहेक बालबालिकाको घरपरिवार, छरछिमेक र विद्यालयमा खराब साथीसँग को सङ्गतको प्रभाव पनि विद्यालयमा अनियमित हुने, ढिलो विद्यालय पुग्ने, विद्यालयबाट बीचैमा भाग्ने र विद्यालय छाड्ने समस्याका रूपमा देखि एका छन् ।
बालबालिकाले विद्यालय छाड्नुमा गरिबी पनि महत्वपूर्ण कारकको रूपमा रहेको देखि यो । सर्वेक्षण गरिएका घरपरिवारमध्ये ७१ प्रतिशत परिवार गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइए । बीचैमा विद्यालय छाड्ने लगभग ७८ प्रतिशत बालबालिकाका अभिभावक या त साना किसान छन् या मजदुर । उनीहरू चाडपर्व मान्न, औषधोपचार गर्न, दैनिक जीवन धान्न प्रायः ऋणमा डुबेका हुन्छन् । परिवारको गरिबीका कारण बालबालिका विद्यालयको सट्टा काममा जानुपर्ने बाध्यता रहेको कुरा अध्ययनले छर्लङ्ग पारेको छ । गरिबीकै कारणले बालबालिका विद्यालय नजाने, कक्षामा अनियमित हुने, पढाइमा कमजोर हुने र अन्ततोगत्वा विद्यालय छाड्ने गरेको देखि एको छ । यसका अतिरिक्त; खास गरी तराईमा बालबालिकाको अवसर– लागत (Opportunity Cost) उच्च हुनुले पनि विद्यालय छाड्ने कुरा लाई प्रभाव पारेको छ । अभिभावकहरूले आफ्ना छोराछोरीको पढाइ खर्चमा पनि विभेद गर्ने गरेको देखि एको छ । छोराभन्दा छोरीमा पढाइ खर्च कम गर्ने गरेको पाइएको छ । यसले लैङ्गिक विभेदको अवस्थालाई दर्शाउँछ ।
विद्यालयको भौतिक र शैक्षिक वातावरणका कारण पनि बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेको अध्ययनले देखाएको छ । यस क्रममा विद्यालयको सबल भौतिक अवस्था, प्रतिबद्ध र उत्प्रेरित (मोटिभेटेड) शिक्षक, प्रधानाध्यापकको सकारात्मक र नेतृत्वदायी भूमिका तथा शिक्षण कार्यमा स्थानीय शिक्षण सामग्री र मातृभाषाको प्रयोगले बालबालिकालाई विद्यालयमा आकर्षित गर्द छ । बालसुलभ शिक्षणविधि र शैक्षिक सामग्रीहरूको प्रयोग, खेलकुद, नृत्य र सङ्गीत जस्ता अतिरिक्त क्रियाकलाप हरूको आयोजना, शिक्षक र विद्यार्थी सहयोग पद्धति, महिला शिक्षकको उपस्थिति, समुदाय र विद्यालयको सुमधुर सम्बन्ध तथा चुस्त विद्यालय व्यवस्थापन जस्ता पक्षहरूले पनि बीचैमा विद्यालय छाड्ने प्रवृत्तिलाई निरुत्साहित पार्न सक्ने अध्ययनले देखाएको छ ।

लगभग ६१ प्रतिशत विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध नहुने अनि ६८ प्रतिशत विद्यालयले पूरक पुस्तक र थप अध्ययन सामग्रीहरूको प्रयोग गर्न नसक्ने जस्ता समस्या विद्यमान रहेको पाइयो । यसबाट पनि बालबालिकाको विद्यालय छाड्ने प्रवृत्तिमा टेवा पुगेको अध्ययनबाट देखिन्छ । सर्वेक्षण गरिएका जिल्लाका जम्मा १७ प्रतिशत विद्यालयमा मात्र बालसुलभ शिक्षण विधिको प्रयोग भएको पाइयो । बाँकी विद्यालयहरूले पुरानो परम्परागत शैलीकै शिक्षण विधि प्रयोग गर्ने गरेका छन् । यस्तै; विद्यालयमा खेलकुद, नृत्य र सङ्गीत कार्यक्रमजस्ता अतिरिक्त क्रियाकलाप को अभाव, विद्यार्थी र शिक्षक सहयोग पद्धतिको अभाव, महिला शिक्षकको अपर्याप्त व्यवस्था तथा शिक्षक र अभिभावकबीच सार्थक सम्वाद र सम्पर्कको अभावका कारण विद्यालयको गुणस्तर प्रभावित भएको पाइन्छ । परिमाणतः बालबालिकाहरू विद्यालयप्रति अकार्षित हुनुको सट्टा विकर्षित र अन्त्यमा विद्यालय नै छाड्ने अवस्थामा पुगेको अध्ययनबाट देखि एको छ ।

यी दुई जिल्लामा औसतमा ५२ जना विद्यार्थी बराबर एकजना शिक्षक थिए । डोटीमा ४५ जना विद्यार्थी बराबर एकजना शिक्षक र रौतहटमा ६० जना विद्यार्थी बराबर एकजना शिक्षक देखि यो । विद्यालयको आकारको सन्दर्भमा डोटीमा औसत प्रति–विद्यालय १७३ जना विद्यार्थी थिए भने रौतहटमा प्रति–विद्यालय ३५० जना विद्यार्थी भेटिए । यी दुई जिल्लामा औसतमा ५० जना प्रति कक्षामा विद्यार्थीहरू भर्ना भएको देखि यो । डोटीमा एउटा कक्षामा औसत ३९ विद्यार्थी देखि यो भने रौतहटमा प्रति कक्षामा ६६ जना विद्यार्थी देखि ए । यसरी कक्षाको आकार ठूलो भइदिँदा शिक्षकको विद्यार्थी माथि निगरानी कम हुने र त्यसले पनि ‘ड्रप–आउट’ को दर बढाउने गरेको पाइन्छ । अध्ययनबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गर्दा छात्राका लागि अलग्गै शौचालयको व्यवस्था हुने हो भने विद्यालय छाड्ने दरलाई २.५गुणाले घटाउन सकिने र प्राथमिक विद्यालयमा पाँचजना वा सोभन्दा बढी शिक्षक कोटाको व्यवस्था हुने हो भने २.७गुणाले ‘ड्रप–आउट’ को दर कम गर्न सकिने देखिन्छ ।
सङ्क्षेपमा भन्दा मूलतः चारवटा कारणले गर्दा बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेको देखिन्छ । पहिलो ; अभिभावकको हेलचेक्र्याइँ र बेवास्ता । दोस्रो; घरपरिवारको गरिबी । तेस्रो; प्रभावकारी र आकर्षक विद्यालय वातावरणको अभाव । चौथो; अभिभावक र शिक्षकहरूबीचको अन्तरक्रिया र सम्बन्धको अभाव । बालबालिकाको पढाइप्रतिको अरुचि यिनै चार कारणको अन्तरसम्बन्धको परिणाम हो । यसबाहेक बालबालिकाको घरपरिवार, छरछिमेक र विद्यालयमा खराब साथीसँग को सङ्गतको प्रभाव पनि विद्यालयमा अनियमित हुने, ढिलो विद्यालय पुग्ने, विद्यालयबाट बीचैमा भाग्ने र अन्ततः विद्यालय छाड्ने कारण बन्न गएको देखिन्छ ।
समाधान के त ?
बालबालिकाले विद्यालय छाड्ने समस्या समाधान गर्नका लागि सर्वप्रथम विद्यालयको वातावरण सुधार्नु आवश्यक हुन्छ । विद्यालयको वातावरण सुधार्ने र शिक्षाको गुणस्तर वृद्धि गर्ने पहिलो व्यक्ति ‘शिक्षक’ हुन् । शिक्षकको भूमिकालाई ओजभोलि कक्षाकोठामा मात्र सीमित गरेर हेर्ने परम्परागत सोचाइमा धेरै परिवर्तन आइसकेको छ । समग्र विद्यालयको विकास का लागि शिक्षकले समुदायसँग को सम्बन्ध विस्तारमा ध्यान दिनुपर्छ । कुनै बालबालिका विद्यालय आएन वा विद्यालय छाडेर गए भने धेरै हदसम्म शिक्षकले पनि त्यसको उत्तरदायित्व वहन गर्नु पर्ने हुन्छ । यसरी शिक्षकको भूमिकालाई फराकिलो बनाउन शिक्षक–सहयोग पद्धतिको विकास गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसअन्तर्गत शिक्षकलाई विद्यालय निरीक्षक, स्रोतव्यक्ति तथा प्रधानाध्यापकबाट पेशागत सहयोग प्रदान गर्ने , योग्य र कर्तव्यनिष्ठ शिक्षकलाई समय–समयमा पुरस्कृत गर्ने , विद्यालयमा आधारित पुनर्ताजगी तालिमहरूको सञ्चालन जस्ता कार्यक्रम ल्याउनु अनिवार्य हुन्छ । त्यस्तै, शिक्षकलाई पनि विद्यालय व्यवस्थापन कार्यमा सहयोगी तथा सहभागितामूलक भूमिका खेल्न अभिप्रेरित गर्न सकियो भने समग्र विद्यालयको विकास मा थप टेवा पुग्छ ।
सबै सरोकारवालाहरू बालबालिकाले बीचैमा विद्यालय छाड्ने गम्भीर समस्याको समाधानका लागि बेलैमा एकजुट हुनुपर्ने देखिन्छ । यसका लागि अभिभावकहरूमा शैक्षिक जागरुकता ल्याउन साक्षरता अभियान कार्यक्रम, गरिब र पिछडिएका परिवारका बालबालिकालाई विद्यालयको सम्पूर्ण खर्चको प्रबन्ध, गरिब तथा पिछडिएका अभिभावकको पहिचान गरी विशेष प्रोत्साहन ‘प्याकेज’को व्यवस्था, नियमित रूपमा शिक्षक–अभिभावक अन्तरक्रिया र गरिब विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था जस्ता कार्यले बीचैमा बालबालिकाले विद्यालय छाड्ने कुरा लाई निरुत्साहित गर्न मद्दत देखिन्छ । त्यस्तै, विद्यालयस्तर मा बालसुलभ शिक्षण विधि सम्बन्धी विद्यालय–केन्द्रित तालिममार्फत शिक्षकको गुणस्तर अभिवृद्धि गर्ने , माध्यम भाषाको रूपमा मातृभाषा समेत गरी दुईवटा भाषा प्रयोग गर्न पाउने गरी शिक्षणको व्यवस्था मिलाउने, विद्यार्थीको पढाइमा व्यक्तिगत निगरानी गर्ने , कमजोर विद्यार्थीका लागि अतिरिक्त पढाइको व्यवस्था गर्ने जस्ता कार्यले पनि विद्यालय छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्ने कुरा मा द्विविधा छैन । साथै प्राथमिक तहमा महिला शिक्षकलाई प्राथमिकता दिने नीति बनाई त्यसको कार्यान्वयन गरिनु अति जरुरी देखिन्छ । सर्वेक्षण गरिएका ३२७ जना शिक्षकमध्ये ३९ प्रतिशत मात्र महिला शिक्षक थिए । ६ वटा विद्यालयमा त एकजना पनि महिला शिक्षक थिएनन् ।
दक्षिण–एशियाका मुलुकहरूको तुलनामा नेपालमा प्राथमिक विद्यालयमा बालबालिकाले कक्षा दोहोर्याउने र विद्यालय छाड्ने (ड्रप–आउट) को दर एकदम उच्च रहेको छ । तसर्थ यसलाई नियन्त्रण गर्ने तर्फ समयमै उचित कदम नचाल्ने हो भने ‘सबैका लागि शिक्षा’ कार्यक्रम सफल हुने कुरा खाली दिवास्वप्नतुल्य मात्र हुने देखिन्छ ।
(त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय; कीर्तिपुरमा प्राध्यापनरत कुशियैतले ‘नेपालमा बालबालिकाले विद्यालय छाड्नुका सामाजिक तथा आर्थिक सूचकहरू र प्राथमिक शिक्षाको गुणस्तर सँग यसको सम्बन्ध’ विषयमा हालै भारतको पञ्जाव विश्वविद्यालयमा विद्यावारिधि तहको लागि बुझएको शोधपत्रमा आधारित ।)
उच्च ‘ड्रप–आउट’ देख्दा...
यो विद्यालयमा ‘कम्पाउण्ड–वाल’ थिएन । विद्यालय परिसरमागाईभैंसी चरिरहेका थिए । कक्षाकोठा धुलाम्मे र फोहोर थिए । शिक्षकहरू पर्याप्त र तालिम प्राप्त त थिए तर, शिक्षकहरू पठनपाठनप्रति उत्साही र उत्प्रेरित चाहिँ लाग्दैनथे । विद्यालयमा पुनर्ताजगी तालिमको व्यवस्था थिएन । विद्यालय छाडेका केही बालबालिकाका अभिभावकले; शिक्षकहरू कहिलेकाहीँ मात्र विद्यालयमा जान्छन् भन्ने गुनासो गरेको पाइयो । केही अभिभावकहरूको कथन थियो, “शिक्षक विना नै बालबालिकाले घण्टौँसम्म कक्षाकोठामा कुनै कुरा नसिकी बिताउनु पर्छ ।”
विद्यालय व्यवस्थापन समिति र समुदायबीच खासै सम्बन्ध थिएन । विद्यालयलाई समुदायको चाहिने जति सहयोग थिएन र कहिलेकाहीँ सम्बन्ध भइहाले पनि अनौठो र अलि तनावपूर्ण पनि हुने गथ्र्यो । विद्यालयको नेतृत्व पनि अप्रभावकारी थियो । अभिभावकहरूले यो अनुसन्धानकर्तालाई बताए अनुसार उनीहरूलाई विद्यालयका विभिन्न क्रियाकलाप मा सहभागी हुन त मन लाग्छ तर विद्यालयले खेलकुद, वार्षिक दिवस आदिको आयोजना नै गर्दैन र उनीहरू सहभागी हुने अवसरबाट वञ्चित हुन्छन् । उनीहरूलाई विद्यालयको कार्यक्रममा कहिल्यै पनि डाकिँदैन । अभिभावक–शिक्षक संघकोगठन गरिएको भएपनि त्यसको कुनै भूमिका थिएन । कमजोर विद्यार्थीका लागि विशेष कक्षा वा ‘कोचिङ’ कक्षाको प्रबन्ध गरिएको थिएन । यस्तो परिस्थितिमा सञ्चालित विद्यालयका बालबालिकाले बीचमै पढाई छाडे भन्दा आश्चर्य लाग्ने स्थिति थिएन ।
न्यून ‘ड्रप–आउट’ हेर्दा...
यो विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । भवन रराम्रो थियो,ग्राउण्ड सफा थियो र विद्यालय परिसरमा सानो बगैँचा पनि थियो । अधिकांश शिक्षक तालिमप्राप्त थिए । विद्यालयले शिक्षकहरूका लागि पुनर्ताजगी तालिमको व्यवस्था गरेको थियो । विद्यालय व्यवस्थापन समिति व्यवस्थापनमा दत्तचित्त देखि न्थ्यो । विद्यालयको उन्नतिका लागि प्रधानाध्यापक, शिक्षकलगायत सबै प्रतिबद्ध पाइन्थे । प्रधानाध्यापक विद्यालयको उन्नतिको लागि विशेष जागरुक थिए । विद्यालयलाई कसरी रराम्रो बनाउने भन्ने स्पष्ट ‘भिजन’ का साथै सहकर्मी साथीहरूप्रति पनि प्रअ सहयोगी रहेको पाइयो । विद्यालय नेतृत्वले अरूलाई निक्कै प्रभाव पारेको देखि योे ।
विद्यालय, समुदायबाट कोष जम्मा गर्न र अन्य विभिन्न क्रियाकलाप का लागि जिल्ला शिक्षा कार्यालयबाट सहयोग लिन सफल भएको थियो । विद्यालयमा एउटा अलग्गै पढ्ने कुनो (रिडिङ कर्नर) को पनि व्यवस्था थियो । अधिकांश शिक्षक शिक्षक निर्देशिका र शिक्षण सामग्रीहरूको प्रयोगगर्थे । धेरैजसो अभिभावक विद्यालय गएर बालबालिकाको पठनपाठन र समस्याबारे बुझरिहन्थे । शिक्षक र विद्यार्थी दुवैको विद्यालयमा उपस्थितिको रेकर्ड रराम्रो थियो । कक्षाकोठामा बालबालिकाको लागि सुविधाजनक ढङ्गले बस्ने व्यवस्था मिलाइएको थियो । विद्यालयले सुधार योजना बनाएर त्यसको कार्यान्वयन र वार्षिक बजेट समेत सार्वजनिक गर्ने गरेको पाइयो । विद्यालयको स्तर ोन्नति र प्रगतिबारे पुनर्मूल्यांकन गर्न शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यबीच नियमित बैठकहरू हुन्थे ।



