हुकरले पहिल्याएको हिमाली वैभव

आजभन्दा १६० वर्षअघि नेपाल, भारत र सिक्किमका विभिन्न क्षेत्रबाट हुकरले सात हजारभन्दा बढी प्रजातिका बिरुवाहरूको नमुना र बीउबिजन सङ्कलन गरेर बेलायतको क्यू उद्यानमा पुर्याएका थिए । त्यतिबेलासम्म हिमाली क्षेत्रमा ५० प्रजातिकागुराँसको मात्र अभिलेख थियो । हुकरले त्यसमा २५ वटा नयाँ प्रजातिकागुराँस थपे ।

बेला जङ्गबहादुरको; वैभव नेपाली वनस्पतिको; अन्वेषण एक प्रख्यात वनस्पतिविद् जोसेफ डाल्टन हुकरको र स्थान पूर्वी नेपालको तमोर उपत्यका । कस्तो हुँदो हो त्यतिबेलाको त्यो लिम्बुवान क्षेत्र; जतिबेला खम्बुवानमा सगरमाथा ‘सगरमाथा’ थिएन । न ‘एभरेष्ट’ नै थियो । विश्वको सर्वोच्च शिखरको प गरी कञ्चनजङ्घाको थाप्लोमा रहेको अवस्था थियो । त्यसै गरी सुगौली सन्धिले खुम्च्याएको नेपालमा ‘नयाँ मुलुक’ अर्थात् हालका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जोडिएका थिएनन् । त्यस अर्थमा आजको थारूवान पनि हामीसँग थिएन ।

हुकर सन् १८४७ को नोभेम्बर ११ मा बेलायतबाट प्रस्थान गरेर सन् १८४८ को जनवरी १२ का दिन कलकत्ता वनस्पति उद्यान आइपुगेका थिए । सो उद्यानका प्रमुख डा. फाल्कोनर  (Dr. Falconer) ले हुकरलाई पूर्वी हिमालको यात्राका लागि सिफारिस गरे । त्यसबेलासम्म सिक्किमलगायत पूर्वी हिमाली क्षेत्रमा कुनै विदेशी यात्री वा प्रकृति अन्वेषकले पदार्पण गरेको थिएन । हुकर स्वयं बेलायतको विश्व प्रख्यात वनस्पति उद्यान ‘क्यू’का प्रखर विद्वान् थिए । उनका पिता सर विलियम हुकर त्यस उद्यानका निर्देशक । ‘क्यू उद्यानको सपना काठमाडौंमा साकार छ’ भन्ने प्रसिद्ध कवि रुडोल्फ किप्लिङ  (Kipling) को उद्गारले गर्दा पनि बेलायती वनस्पतिविद्हरू नेपालप्रति हुरुक्कै थिए । हुन पनि हुकरभन्दा पहिले सन् १८०२ मा नेपाल भ्रमण गर्ने फ्रान्सिस वचनान् ह्यामिल्टन र सन् १८२० मा भ्रमण गर्ने कलकता उद्यानका सुपरीटेण्डेण्ट नाथानियल वालिचले सयौं–सयौं नयाँ वनस्पति वैभव नेपालबाट जोडिसकेका थिए । तसर्थ पूर्वी नेपाल र सिक्किम भ्रमण गर्ने हुकरको उत्साह, जाँगर र बन्दोबस्ती विशेष प्रकारको थियो ।

हुकरको नेपाल यात्रामा ५६ जना सामेल थिए । उनको पाल, बिछ्यौना, लत्ताकपडा, किताब, कागजपत्र र वैज्ञानिक उपकरणहरू ओसार्न पर्याप्त कुल्ली कामदारहरू तैनाथ थिए । वनस्पति नमुना सुकाउन प्रयोग हुने कागज र उपकरण बोक्न सात जवान भरिया खटिएका थिए । नेपाल सरकारले रेखदेख र सुरक्षाका लागि खटाएका दुई कर्मचारी र ६ जनागार्डका पनि आ–आफ्नै भरिया थिए । तीनजना लेप्चा केटाहरूरूख चढ्ने र वनस्पति नमुना सङ्कलन गर्ने काममा खटिएका थिए । त्यसै गरेर चरा विशेषज्ञ व्रायन हड्सन  (Brian Houghton Hodgon) का निम्ति चरा सङ्कलन गर्ने शिकारी र चराको नमुना तयार गर्ने विशेषज्ञहरू पनि टोलीमा सामेल थिए । तरपछि , हड्सन बिरामी परेकाले हुकरको साथ लाग्न सकेनन् । उनी दार्जीलिङमै बसे ।

हुकरको योजना अनुसार उनले पहिला उत्तरी सिक्किम यात्रा गर्नु थियो । तर, प्रवेशाज्ञा आइसकेको थिएन । तैपनि बलमिच्याइँबाटै सिक्किमभित्र छिरे । ब्रिटिश सरकारको बल र शक्तिको सामु त्यो स्वाभाविकै पनि देखि न्थ्यो । तर, सिक्किम राजाबाट उत्तरी सीमा प्रवेशाज्ञा पाइनसकेको अवस्था हुनाले हुकर तथा उनका सहयात्री क्याम्पवेल  (Dr. Campbell) लाई सिक्किम सरकारले पक्रेर थुन्यो । क्याम्पवेल ब्रिटिश अधीनस्थ दार्जीलिङका सुपरीटेण्डेण्ट थिए । ब्रिटिश सरकारले सिक्किम माथि धावा बोल्ने धम्की दिएपछि बन्दीद्वय मुक्त भए । पछि गएर सिक्किम राज्यको केही भू–भाग त्यही प्रकरणमा ब्रिटिशलाई समर्पण पनि गर्नु परयो । त्यतिबेला नेपालले चाहिँ सावधानीका साथ हुकरलाई नेपाल प्रवेश गर्ने सुविधा सहजै प्रदान गरयो । नेपाल दरबारका लागि ब्रिटिश आवासीय प्रतिनिधि  (Resident) कर्णेल थोर्सबी  (Colonel Thorsby) को सक्रियतामा जङ्गबहादुरको प्रभावले वा भनौं प्रतापले हुकरलाई उनको इच्छानुसार नेपालको पूर्वी भाग भ्रमण गर्ने सहुलियत प्रदान भयो । तदनुसार खटिएका नेपाली कर्मचारीद्वय र ६ जवान सिपाहीको भूमिका र सहयोगबारे हुकरले आफ्नो यात्रा विवरणमा ठाउँ–ठाउँमा यसरी उल्लेख गरेका छन्ः “नेपालको एक कर्मचारी सधैं मेरो साथमा रहन्थ्यो र अनेकौं सानातिना सेवा प्रदान गर्द थ्यो; अरू सिपाहीहरू यात्रा दलमा छरिएर बस्दथे; एकजना अगाडि लागेर शिविर स्थलको व्यवस्था गर्न पुग्दथ्यो भने अर्को एकजना पछाडि बसेर सम्पूर्ण दललाई खेदेर ल्याउँथ्यो ।”

अङ्ग्रेज सरकारसँग रराम्रो कूटनीतिक सम्बन्ध राखेकै कारण जङ्गबहादुर सन् १८५८ को जून (वि.सं. १९१६, जेठ–असार) मा ‘नयाँ मुलुक’ नेपालभित्रगाभ्न सफल भए ।

नेपालयात्रा
नेपाल प्रवेशका लागि हुकरले सन् १८४८ को अक्टोबर ७ का दिन दार्जीलिङ छाडे । नेपाल र दार्जीलिङको पानीढलो  (Watershed) छुट्याउने सिंगालिला पर्वत काटेर पश्चिम लाग्दै जोगमाई उपत्यका (Myong Valley) तिर झ्रे । त्यस उपत्यकालाई उनले ‘उल्लेखनीय र रमणीय’ स्थलको रूपमा वर्णन गरेका छन् । त्यतिखेर इलामका बासिन्दाहरूमा मुख्यतया ब्राह्मण र मुर्मीहरू थिए । त्यसका अतिरिक्त सिक्किमबाट भागेर आएका केही लेप्चाहरू पनि थिए । तीमध्ये नेपाल सरकारले ‘काजी’ उपाधि दिएका व्यक्तिहरू पनि पर्दथे । मुर्मीहरूका बारेमा हुकर लेख्छन्, “यिनीहरू तिब्बती मूलका मानिस हुन् । सिक्किम र ल्हासाको बाटोमा पर्ने ‘नीमो’ र ‘शुङ’ नामका दुई जिल्लाका संयुक्त नामले यिनलाई ‘नीशुङ’ पनि भनिन्छ । मध्य नेपाल र पूर्वी नेपालमा यिनको बाहुल्य छ । कृषि एवं पशुपालनलाई मुख्य व्यवसाय बनाई ४,००० फिट देखि ६,००० फिटको उचाइमा घाँसले छाएको ढुङ्गाको घरमा यिनीहरू बस्दा रहेछन् ।”

माई उपत्यकाको वर्णन गर्दै हुकरले लेखेका छन्, “त्यहाँको दृश्य ज्यादै सुन्दर थियो । विशेष गरेर खोटे सल्लाका वनले ढपक्क ढाकेका पाखाहरू, ठाउँ–ठाउँमा बाँझ्, कटुसका वन र बीच–बीचका खोल्साहरूमा उष्ण वनस्पतिको प्रचुरताले ती स्थल रमणीय हुनुका साथै स्वच्छ पानीको प्रवाह पनि उल्लेखनीय थियो । खेतबारीमा धान, कोदो र मकैको खेती गरिन्थ्यो । नरनारी एवं केटाकेटीहरू मकैको थाक्रो बनाउनमा व्यस्त देखिन्थे । मकैबारीका छेउछाउमा अल्लो/सिस्नोका घारी पनि प्रचुर मात्रामा थिए ।”

हुकरले भेटेका मुर्मी जाति आजभोलि इलाममा भेटिँदैनन् । के त्यो जाति नै लोप भयो ? अथवा नाम/परिचय बदलियो ? यो छुट्टै खोज/अनुसन्धानको विषय भएको ले अहिले त्यता नलागौं । दार्जीलिङबाट नेपाल छिरेको केही दिनभित्रै इलामको माई खोलामा हुकरले धनेष चरा वनभरी देखे । यसको मोटो चुच्चोको माथि अरू धनेषको जस्तो हाड जमेको अङ्ग हुँदैन । नेपालमा भेटिएको कारण त्यसले ‘नेपाल–धनेष’ र वैज्ञानिक नाम ‘एसिरोस निपालेन्सिस’ पाएको देखिन्छ । तर हुकरको उपर्युक्त वर्णनपछि त्यो पन्छी नेपालमा पुनः भेटिएको छैन ।

हुकरको यात्रा विवरणमा महाभारत शृङ्खला र सिंगालिला पर्वतको सङ्गम क्षेत्रतिर ‘तोङलो’ भन्ने स्थानको वर्णन अधिक भेटिन्छ । शायद वर्तमान को तुम्लिङ नै हुकरको ‘तोङलो’ थियो । जे भएता पनि तोङलोबाट उत्तरतिर हिमाच्छादित क्षेत्र, दायाँतिर सिक्किम राज्य, देव्रेतिर नेपाल र दक्षिणमा तराई र भारतको समथर भू–भाग छर्लङ्ग देखि ने हुनाले दृश्यावलोकनको दृष्टिले त्यो स्थल ज्यादै अनुकूल थियो । बिहानीको सूर्यकिरणमा उत्तरतिर कञ्चनजङ्घालगायत अनेकौं हिमशिखरहरू र तिनका बीचबीचमा यत्रतत्र फैलिएका अनेकौं हिमनदीहरू (Glaciers) को बयानमा हुकर लेख्छन्, “ती नीला हिमनदीहरू तुषारे चाँदी  (Frosted Silver) मा जडेका नीला यूँ पत्थरझै झल्मलाइरहेका थिए ।”

सन् १८४८ को नोभेम्बर महिनाको पहिलो हप्ताको उक्त वर्णनपछि नोभेम्बरको अन्त्यतिर ओलाङचुङ क्षेत्रमा याङमा खोलाको सिरानतिर का अनगिन्ती हिमनदीहरूमा उनी स्वयं पदार्पण गर्न सफल भए । यसै गरी डिसेम्बरको पहिलो साता धुन्सा खोलाको सिरानतिर यालुङ क्षेत्रमा तिनै हिमनदीहरूको भ्रमण गरे । हुकरको वर्णनबाट ; हिमालयमा हिमनदीहरू ज्यादै क्रियाशील रहेका र त्यहाँका उपत्यका, गाउँबस्ती र नदी–बगरहरू कुनैबेला हिमताल थिए भन्ने प्रस्ट देखिन्छ । ताल सुकेपछि उपलब्ध भएकागराहरू र स–साना टारी परेका ठाउँमा गाउँबस्ती स्थापना भएको देखिन्छ । आजभोलि विश्व उष्णीकरण (Global warming) को प्रभावको बिगबिगीका कुरा गर्दा हिमाल र हिमनदीहरूका बारेमा हामीले थुप्रै जानकारी राख्नु परेको छ । ओलाङचुङ क्षेत्रका केही हिमनदीहरू परापूर्व कालमा समुद्र तहबाट १०,००० फिटको उचाइसम्म तल झ्रेको कुरा हुकरको अवलोकनबाट झल्किन्छ ।

कञ्चनजङ्घा क्षेत्रमा सर्वाधिक हिमनदी छन् । हिमनदीले निर्माण गरेका उपत्यकाहरू ज्यादै फराकिला हुन्छन् र दायाँ–बायाँगेग्रानीगराहरू निर्माण भएका हुन्छन् । र, समग्रमा उपत्यकाले अङ्ग्रेजी अक्षरको यू  (U) आकार लिन्छ । हिमनदीको प्रभाव नपरेका र वर्षात्को पानीले चिर्दा–चिर्दा गरेर बनेको उपत्यका चाहिँ गहिरो र भी (V) आकारको हुन्छ ।

सन् १८४८ को नोभेम्बर २३ का दिन हुकर ओलाङचुङ पुग्दछन् । त्यसपछि साँघुरो तमोर उपत्यका छिचोलेर एकैपल्ट हिमनदीले बनाएको फराकिलो फाँट (उपत्यका)मा पुग्छन् । त्यहाँको हरियालीले भरिपूर्ण चिमाल,गुराँस र धूपी अनि चुत्रो रगुलाबका घारीले उनलाई मोहित तुल्याउँछ । तर, १०,००० फिटको उचाइमा अवस्थित गाउँ वरपर धूपी वा ठिङ्ग्रे सल्लाको वन भने सखाप भएको देख्छन् । घर बसाउन काठ काटिएका अथवा ठिङ्ग्रेका फल्याक बनाई तिब्बत निकासी गरिएका कारण नै वन पातलिएको अनुमान गर्छन् उनी ।

नदीको पूर्वी किनारमा निर्माण भएको ठूलो समथर भूमिमा अवस्थित करिब सय धुरीको त्यो गाउँका प्रत्येक घर काठले बनेका र अक्सर दुईतल्ले तथा सम्पन्न खालका देखिन्थे । घरघरमा अग्लो खाँबोमा फहराइएका धर्म–ध्वजाले गर्दा कुनै सामुद्रिक बन्दरगाहमा डुङ्गाको बगाल जस्तै देखि न्थ्यो टाढाबाट हेर्दा । मानिसहरू तिब्बती मूलका र तिनको आतिथ्य रमणीय थियो । घरहरू सामान्यतया २० फिट जति अग्ला थिए र ४०–८० फिट लामा घरमा धेरै परिवार मिलेर बस्दथे । नून र नौनीमा मथेको भोटे–चियाको अविरल आतिथ्य भोट प्रदेशका नेपालीहरूको संस्कार नै हो । र, हुकरले पनि त्यही भेटे । जौ,गहुँ (करु), कोदो तथा मूला, आलु, सिमी र सलगम प्रायशः तिनका दैनिक आहार थिए । दूध, दही, कुखुरा, अण्डा, सुँगुर र याकको मासु सम्पन्न वर्गका आहारमा पर्दथे ।

हुकरको यात्रा विवरणमा आलुको प्रसङ्ग कोट्याउँदा १६० वर्ष पहिले भोटे गाउँहरूमा मात्र आलु थियो । तलतिर का औल एवं पहाडी क्षेत्र जस्तै ताप्लेजुङ र इलाममा आलुबारे कसैलाई जानकारीसम्म थिएन । तसर्थ नेपालमा आलुको प्रवेश उत्तरतिर बाटै भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । उत्तरतिर को आवात–जावत र व्यापार उल्लेखनीय थियो । ओलाङचुङकोगोवाले नेपाल सरकारलाई प्रति वर्ष रु.६,००० बुझाउनुपर्ने उल्लेख यस वर्णनमा छ । प्रत्येक याकबापत एक सिलिङ्ग (अङ्ग्रेजी) र घोडालाई चार सिलिङ्ग तथा चौरीगाई, भेडा, ऊन तथा नेपालबाट जाने काठमा पनि भन्सार लाग्दथ्यो । भन्सारको नाका (सिमाना)को गाउँ; याङमा १३,५०० फिटको उचाइमा रहेको भएता पनि त्यहाँ २००–३०० घरहरू थिए । त्यो गाउँ पनि हिमनदीले थेग्राएकोगेग्रान र ढुङ्गाको थुप्रोमाझ् अवस्थित थियो । त्यहाँ पनि मूला, जौ, आलु र सलगमको खेती हुने कुरा उल्लेख छ ।

नोभेम्बरको आखिरी हप्ताको हिमाली क्षेत्रको प्राकृतिक वर्णन गर्न सजिलो हुँदैन । हुकरको बयानमा भनिएको छ, “त्यहाँ दिउँसोको आकाश बादलरहित नीलो, गहिरो स्वर्गको रूपमा अवतरण हुन्छ भने रातमा अँध्यारोकोगहिराइमा चम्किने ताराहरूको दृश्य अन्य भूतलबाट सम्भव हुँदैन ।” त्यस क्षेत्रमा हुने सन्नाटाको उत्कृष्ट अनुभवले मानव हृदयलाई अलौकिक आनन्दमा पुरयाउने कुरा को बयान गर्दै हुकर लेख्छन्ः “त्यो एक पूर्ण सन्नाटा थियो, कतै कुनै आवाज थिएन । कतै टाढाबाट हो वा होइन भनेझै गरी पानीको झ्म्मझ्म्म आवाज कहिले सुनिने, कहिले हराउने गर्द थ्यो । शायद त्यही नै वातावरणको जीवन्त ढुकढुकी ९एगकिबतष्यल० थियो । यस्तै परिवेशले हराम्रो मनलाई वास्तविकताभन्दा अलि टाढाको एक आदर्शमय संस्मरणमा पुर्याइदिन्छ । स्वर्गको एक बृहद् उज्यालो दियोले हामीलाई पृथ्वीको भूतलबाट उठाएर माथि अन्तरिक्षमा तैरिन ल गाउँछ । अनि पानीको यस्तै अन्तहीन आवाज नै ब्रह्माण्डको सङ्गीत बनेर ९ः गकष्अ या तजभ कउजभचभक०गुञ्जन्छ । हिमालयको यस्तै अद्भुत एवं अलौकिक प्रभावले त्यहाँ पुग्नेहरू देवात्मा हिमालको अनुभव गर्द छन् ।”

आफ्नो यात्राको क्रममा हुकरले धुन्सा खोलाको उपल्लो उपत्यका, विशेष गरेर खम्पाचेनको रराम्रो वर्णन गरेका छन् । एकातिर २५,३१२ फिटको हिमशिखर अर्कातिर १९,००० फिटको शिखरको घाँचमा ११,४०० फिटको उचाइमा अवस्थित यो गाउँमा मात्र १२ घर थिए । काठै काठले बनेका र माटोले पोतिएका ती घर फराकिलो घाँसेमैदानमा ठडिएका थिए । यस्तो दुर्गम र विकट ठाउँमा किन मानिसको बस्ती बस्छ ? हुकरलाई आश्चर्य लागेको थियो । कृषि उत्पादनमा मूला, आलु र जौ मात्र सम्भव थियो । अभावै अभाव भएको स्थलका मानिसहरूको आतिथ्य पनि अद्वितीय थियो । तिनीहरूले पाहुनालाई कस्तुरी मृगको साँप्रो र रातो आलुको उपहारले निकै प्रभावित पारेको कुरा हुकरको वर्णनमा पढ्न पाइन्छ ।

हुकरले यालुङतिर अनेकौं हिमनदी र तिनले बनाएका बगर र त्यहाँका वनस्पतिबारे निकै विस्तारमा वर्णन गरेका छन् । यालुङबाट फर्कनुअघि हुकरले खप्पाचेन क्षेत्रमा एउटा नौलो सल्ला प्रजाति ९ीबचष्ह० भेटेका थिए । शिशिर याममा पूरै वृक्ष पहेंलो भई पात झर्ने यस्तो सल्लो तमोरभन्दा पश्चिमी भागमा पाइन्नँ । यसै गरेर उनले ठिङ्ग्रे सल्लाका वन, थरीथरीका चिमाल रगुराँस, विभिन्न किसिमका चाँप, लेकाली फलाँट र बाँझ् वृक्षहरूको वर्णन गरेका छन् । तोङ्लोतिर को वनको बारेमा लेख्दा एउटा लौठ सल्लाको फेदको घेरा १८ फुटको नाप्न पुगेछन् ! त्यसको बोक्राबाट रङ निकालेर बाहुनहरू निधारमा टीका ल गाउँथे भन्ने पनि उल्लेख छ ।

वन्यजन्तुहरूमा वनभेडाको रराम्रो बयान छ । तिब्बती (नायन पनि भनिने) अर्थात् हिमाली भेडा विश्वका सबैभन्दा ठूला भेडा मानिन्छन् । ती भेडाका जखमले सिङको बयान गर्दै हुकर लेख्छन्, “यसै मिल्किएको यो भेडाको खोक्रो सिङभित्र स्याल बास बस्छ ।” यस्तो भेडाका ३०–४० वटाको बथान फेरिफेरि भेटिँदा हिमाली यात्रामा थकित एवं मांसाहारबाट वञ्चित मान्छेलाई शिकारको तलतल लाग्नु स्वाभाविक हो; त्यसैले हुकर बन्दूक नबोकी आएकोमा पछुतो गर्छन् ।

यसै गरेर संसारका माहुरी प्राणीमा सबभन्दा ठूलो ज्यान भएको भीरमाहुरीले पनि हुकरको बयानमा रराम्रो स्थान पाएको छ । उनलाई ताप्लेजुङ जिल्लामा माया खोला र तमोरको सङ्गमस्थलतिर का भिराला पाखामा जमेका माहुरीका चाकाहरूले निकै आकर्षित गरेका थिए ।गुराँस फुलेका बेला बनेको भीरमाहुरीको महले मात लाग्ने कुरा त्यतिबेलै लेखिसकेका थिए हुकरले । औले फाँटका नदीमा माछाको प्रचुरताबारे पनि उल्लेख छ, तर त्यहाँ किन कोही माछा मार्दैनन् भन्ने प्रश्नले हुकरलाई अचम्मित पारेको रहेछ ।

१८४८ को डिसेम्बर ७ सम्म यालुङतिर को लेकाली र हिमाली वातावरणमा रुमल्लिएर हुकर त्यसपछि को फिर्ती यात्राका निम्ति दक्षिणतिर मोडिएर तमोर नदी पछ्याउँदै उँधो लागे । त्यसपछि कावेली उपत्यका छिरेर तावा खोला पछ्याउँदै सिंगालिला श्रेणीको ११,०० फिट उचाइमा रहेको इसलुम्बो (Islumbo pass) भञ्ज्याङबाट सिक्किम छिरे । आजभोलि चिया भञ्ज्याङ भनिने स्थानलाई नै शायद पहिले इसलुम्बो भनिन्थ्यो । हुकर नेपालभित्र छँदै सिक्किमबाट एकजना दूत आएर उनको स्वागत र सम्मान को बन्दोबस्त गरेको थियो ।

कृतित्व र व्यक्तित्व
आजभन्दा १६० वर्षअघि नेपाल, भारत र सिक्किमका विभिन्न क्षेत्रबाट हुकरले सात हजारभन्दा बढी प्रजातिका बिरुवाहरूको नमुना र बीउबिजन सङ्कलन गरेर बेलायतको क्यू उद्यानमा पुर्याएका थिए । त्यतिबेलासम्म हिमाली क्षेत्रमा ५० प्रजातिकागुराँसको मात्र अभिलेख भएको थियो । हुकरले त्यसमा २५ वटा नयाँ प्रजातिकागुराँस थपेर ‘सिक्किम हिमालयकागुराँस’ भन्ने पुस्तक प्रकाशित गरे । हुकरका मित्र थोमस थोम्सनले पश्चिमी हिमालयमा थुप्रै बिरुवा सङ्कलन गरेका थिए । वनस्पति विज्ञानका यी दुई महारथीले सन् १८५५ मा ‘फ्लोरा इण्डिका’ नामक पुस्तक प्रकाशन गरे । हुकरले सन् १८७२ देखि १८९७ सम्म २५ वर्षको अवधिमा ७ वटा मोटामोटा वनस्पति वैभव एकपछि अर्को प्रकाशित गर्दै गए । आज हुकरको फ्लोरा अफ ब्रिटिश इण्डिया का ती ७ खण्डलाई यस क्षेत्रको वनस्पति–गीताभन्दा अत्युक्ति हुँदैन । यसै गरी हुकर तथा अर्का वनस्पतिविज्ञ जर्जबेन्थमको ‘जनरा प्लान्टेरम’ (सन् १८६५–१८८३) नामक पुस्तक वनस्पतिशास्त्रको अर्काेगीता हो ।

हुकरले सन् १८३९ देखि १८४३ सम्म एन्टार्टिकाको अन्वेषण गरेर फ्लोरा एन्टार्टिका नामक पुस्तक २५ खण्डमा प्रकाशित गरेका थिए । यसै गरेर १८५२ देखि १८५५ सम्ममा फ्लोरा नोभी जील्याण्डिका को ८ भाग पनि प्रकाशित गरे । यस्तै प्रकारले ‘फ्लोरा टास्मानिया’ नामक ११ खण्डको पुस्तक सन् १८५५ देखि १८६० सम्मको अवधिमा प्रकाशित गरे । हुकरका यी प्रकाशनमा उनले आफैंले कोरेका धेरै चित्रहरू समावेश छन् । ती चित्रको उत्कृष्टता हिमालीगुराँसका रङ्गीन लिथोग्राफ छापका तस्बिरमा साकार छन् । त्यसबखत फोटोग्राफी प्रयोगमा आइसकेको थिएन । (पहिलो कोडाक बक्स क्यामरा सन् १८८८ मा मात्र प्रयोगमा आएको हो ।) तसर्थ त्यसबेलाका अन्वेषकहरू चित्रकारितामा निपुण हुन्थे ।

हुकर सन् १८१७ देखि १९११ सम्म ९४ वर्ष बाँचे । एकै मानिसको आयुमा एन्टार्टिका देखि हिमालयको अनकन्टारसम्म स्वयं पुगेर, त्यहाँका बिरुवा सङ्कलन गरेर प्रत्येकको वैज्ञानिक नमुना बनाई तिनको वर्णन गरेर त्यत्रो विधि पुस्तक प्रकाशन गर्नु निश्चय नै अद्वितीय कार्य हो भन्नुपर्छ । उनले बिरुवा, वनस्पति, भौगोलिक एवं भौगर्भिक कुरा मात्र होइन, प्रत्येक ठाउँका मानिस, तिनका लुवाइखुवाइ, घर बासस्थान, संस्कार र संस्कृतिको बयान पनि मिहिन रूपमा गरेका छन् ।

हुकर सानै उमेर देखि अन्वेषण कार्यमा झुकाव राख्दथे र प्राकृतिक सम्पदाबारेगहिरिएर चाख लिन्थे । उनलाई क्याप्टेन कुकको यात्रा विवरणले निकै प्रभाव पारेको थियो । आफ्ना पिताको अध्ययन कक्षामा पछ्याई–पछ्याई भाग लिन पुग्दथे । उनमा उनको पिताको जस्तो अरूसँग सजिलै घुलमिल गर्ने र मिल्ने बानी भने थिएन । उनलाई बढी स्वाभिमानी र अरूको भनाइ सहने शक्ति कम भएको व्यक्ति भनी टिप्पणी गरिन्छ । तथापि हुकरको देन अद्वितीय छ र हामी नेपाली पनि तिनका ऋणी छौं ।

स्रोत/सन्दर्भ सामग्री
1. Himalayan Journals. Note of a Naturalist in Bangal, the Sikkim and Nepal Himalayas, the Khasia Mountains & C. by Joseph Dalton Hooker, Vol I, 1855
2. पुरुषोत्तम शमशेर जबरा श्री ३ हरूको तथ्य वृत्तान्त भाग –१, दोस्रो संस्करण २०५९ ।

commercial commercial commercial commercial