सपना गोड्ने माली
“म अत्यन्त भाग्यशाली छु किनभने मलाई भेट्न भनेर मभन्दा धेरै योग्य र सम्पत्र व्यक्तिहरू मेरो घरमा आउँछन् । कति त आफ्ना छोराछोरीसमेत लिएर आउँछन् र आदरपूर्वक चिनाउँछन् । उनीहरूको सम्मान ले मलाई द्रवित बनाउँछ र ममा ऊर्जा थप्छ । वर्षमा दुईचारपटक मात्र भए पनि यस्ता भेटघाटबाट आफूले जीवनमा सार्थक काम गरेको अनभूति बलियो हुन्छ ।”
यो भनाइ एकजना अवकाशप्राप्त मलेसियाली शिक्षक समसुद्दीन बिन हुसैनको हो । आफ्नो घरमा आउन मन गर्ने तीन जना नेपालीहरूलाई लिन उनीगाडी लिएर राजधानी क्वालालाम्पुरको सेरेम्बान रेल स्टेशन पुगेका थिए । उनले पाहुनाहरूलाई आफ्नो सानो बगैँचा घुमाए, आफैँले उब्जाएका फलफूल खुवाए र एउटा अवकाशप्राप्त शिक्षकका हैसियतले केही महत्वपूर्ण कुरा सुनाए ।
हुसैनले कलेजको पढाइ सक्दा मलेसिया भर्खर–भर्खर स्वतन्त्र हुँदैथियो । कलेजमा अङ्ग्रेजी साहित्य पढेका ती युवकले सजिलैसित शिक्षकको जागिर पाए । “शुरु मा मैले आफ्नो पेशालाई उति गम्भीरतापूर्वक लिएको थिइनँ । मेरो नियुक्तिपत्रले मलाई घरपायक जागिर खाने अवसर दिएको थियो, बस् ।”
विस्तारै जागिरप्रतिको उनको दृष्टिकोणमा परिवर्तन आउन थाल्ये । “तर कुनै एउटा नाटकीय घटनाले ममा परिवर्तन ल्याएको होइन । देश भर्खर स्वतन्त्र भएको थियो र जनतामा केही गरौँ भत्रे एकदमै बलियो चाहना थियो । सम्पूर्ण अभिभावकहरू आफ्ना सन्तानलाई आफूभन्दा योग्य बनाउन चाहन्थे । मलाई उनीहरू आप्mना सन्तानलाई योग्य बनाइदिने व्यक्तिका रूपमा हेर्थे र आदरगर्थे । मलाई लाग्यो, मानिस आफ्ना सन्तान आफूभन्दा योग्य भएको देख्न पाउँदा सम्भवतः सबैभन्दा धेरै सन्तुष्ट हुन्छ ।”
अनि समसुद्दीन बिन हुसैनको कामले एउटा लक्ष्य प्राप्त गरयो— आफ्ना दुईचार जना छोराछोरी सुयोग्य हुँदा मानिस आफूलाई भाग्यशाली ठान्छन्, मसित त सयौँलाई सुयोग्य बनाउने अवसर प्राप्त छ, त्यो पनि कुनै कुरा गुमाएर होइन पाएर— जागिर, सुरक्षा र सम्मान पाएर । “मेरा विद्यार्थीले मभन्दा जात्रे हुनैपर्छ” भत्रे भावना नै उनको आदर्श बन्यो र त्यसैले उनलाई एक जना सफल शिक्षक बनायो ।
“यो भावना आएपछि मेरो काम मेरो जागिर मात्र रहेन, मेरो सोख भयो । मलाई प्रत्येक दिन मान्छेका सपनाहरूलाई गोडमेल गरिरहेको अनुभव हुनथाल्यो । ती सपनाहरू व्यक्तिका मात्र थिएनन्, परिवारका थिए । समग्र रूपमा त्यो मलेसियाली समाज को सारा सपना थियो । मलाई आफूले राष्ट्रनिर्माणको सबभन्दा महत्वपूर्ण काम गरिरहेको अनुभव हुन थाल्यो ।”
हामी सरकारी जमिनमा रहेको उनको करेसाबारीबाट निस्कँदै गर्दा मैले बगैँचाकै दृष्टान्त लिएर उनलाई सोधेँ, एउटा मालीलाई आफ्नो बगैँचाका सबै बोटबिरुवा फुलुन्–फलुन् भत्रे चाहना हुनु स्वाभाविक हो, तर सबै बिरुवा फुल्न–फल्न न बगैँचामा सम्भव हुन्छ न त जीवनमा नै । त्यस्तो भयो भने त मालीलाई दिक्क लाग्छ होला नि ! “त्यस्तो भइहाल्यो भने दुः ख लाग्नु स्वाभाविक हो तर, हामीले आफ्नो काम रराम्रोसँग गर्यौ भने, हामीले ठीक किसिमले मलजल र काँटछाँट गर्न जान्यौँ भने सितिमिति कुनै पनि बिरुवा बिग्रिँदैनन्,” उनले आत्मविश्वासपूर्वक भने । तर त्यसैमा उनले थपे, “असल माली त्यो हो जसले बिरुवा सानै छँदा त्यसका सम्भावनाहरू पहिचान गर्छ र निराशा हातलाग्नु अघि बोटबिरुवालाई ठीक ठाउँमा सार्छ ।”
मलाई हुसैनको स्वस्थ–सन्तुष्ट जीवन र ७० को हाराहारीमा पुगिसक्दा पनि बलियै रहेको उनको आत्मविश्वासलाई उनको आर्थिक अवस्थासित तुलना गरेर हेर्न मन लाग्यो । सामान्य हिसाबले नेपालको भन्दा १४गुणा बढी प्रतिव्यक्ति आय रहेको मुलुकमा एउटा अवकाशप्राप्त शिक्षकको पेन्सन पनि त त्यसै अनुसार हुँदो हो नि, अप्ठ्यारो नमानी सोधिदिएँ । उनी महिनाको ११ सय रिङ्गेट (करिब २२ हजार रुपैयाँ) पाउँदा रहेछन् । उनले हामीलाई लिन पुर्याउन प्रयोग गरेकोगाडी पनि उनको होइन रहेछ, नजिकै बस्ने छोरीको रहेछ, पाहुनालाई चढाउन बाबुआमालाई दिएकी रहिछिन् उनले । हुसैन चाहिँ स्कुटर चढ्दा रहेछन् । अर्थात्, उनको त्यत्रो अटल आत्मविश्वास पुगिसरी र सम्पत्रताकै कारण मात्र उब्जेको पनि होइन रहेछ । अनि मलाई लाग्यो बरु त्यो सम्पत्रता पो आत्मविश्वास र आत्मसम्मान बाट उब्जेको हो कि ?
समसुद्दीन बिन हुसैन एक जना सामान्य शिक्षक हुन् । उनको नाम र ठेगानाका ठाउँमा कुनै नेपाली नाम र ठेगाना हालिदियो भने यो हाम्रै गाउँठाउँका शिक्षकको कथा प्रतीत हुन्छ । हामीकहाँ पनि उनीजस्ता शिक्षक नभएका होइनन् । मलाई उनीसित कुरा गर्दा एउटै कुरा चाहिँ उल्लेखनीय लाग्यो, उनले आफू के गर्दैछु र किन गर्दैछु भत्रे कुरा आफ्नो शिक्षक जीवनको प्रारम्भिक समय देखि नै छर्लङ्ग बुझेका रहेछन् र त्यसैले उनलाई सफलता र सन्तुष्टि दिएको रहेछ ।
जुनसुकै देशका नागरिक हुन्, जस्तोसुकै समाज का सदस्य हुन्, एउटा शिक्षकको सबभन्दा ठूलो पहिचान उनको पेशा र प्रतिबद्धता हो । अहिले हामी नेपालीहरूले आफूलाई सुखी ठात्र नसकेको समय छ र हराम्रो सबभन्दा ठूलो चाहना नै आप्mना सन्तान आफूभन्दा उत्तम जीवन बाँच्न सकून् भत्रे हुन पुगेको छ । हाम्रा शिक्षकहरूलाई पनि हामीले आफ्ना सपनाका फूलबारीहरू सुम्पेका छौँ, तिनलाई गोड्ने, तिनका सम्भावनाहरूको पहिचान गर्ने र तिनलाई हामीभन्दा सुन्दर बनाउने जिम्मा उहाँहरूको हो । राज्यले शिक्षकलाई के के दिनुपर्ने हो र के के दिएको छ भत्रे कुरा ले आफैँ केही नपाएका अभिभावकहरूका लागि ठूलो अर्थ राख्दैन । संसारको जुनसुकै कुनामा होस्, बालबालिका र तिनका अभिभावकका आँखामा रहेको सपनागोड्ने शिक्षकले पर्याप्त आदर र श्रद्धाका फूलहरू पाउने भने निश्चित नै छ ।



