प्रतिक्रिया र सुझाव

शैक्षिक समस्या समाधान स्तम्भ राख्ने कि ?

शिक्षक मासिक शिक्षक र विद्यार्थीहरूको मन जित्न सफल भएको छ । शिक्षक को चैत अङ्क हेर्ने मौका पाएँ । ज्ञानबद्र्धक एवं विषयवस्तु समसामयिक लाग्यो । विद्यार्थीहरूलाई पढाइप्रति उत्प्रेरित गर्ने १५ बुँदा पढ्न पाउँदा खुसी लाग्यो । अब यसमा ‘शैक्षिक समस्या समाधान’ स्तम्भ राखेर पाठकको जिज्ञासा समाधान गरिदिए सुनमा सुगन्ध हुनेथियो । आगामी अङ्कमा सरकारले गरेका शिक्षा र शिक्षक सम्बन्धी नीति–निर्णय पनि समेट्न सकोस् ।

गणेशप्रसाद रिमाल,गुप्तेश्वर बहुमुखी क्याम्पस, कुश्मा, पर्वत

कुलती शिक्षकलाई कारबाही

विद्यालयमा शिक्षकले जाँडरक्सी, चुरोट, खैनी, पानजस्ता हानिकारक पदार्थ सेवन गर्छन् । यो शिक्षकका निम्ति अशोभनी य कुरा हो । सरकारले नशालु पदार्थ सेवन गरी कक्षामा जाने शिक्षकलाई कडा दण्ड गर्नु पर्छ । नेपालका प्रत्येक स्कूलमा जाँडरक्सी, चुरोटबिँडी खाने शिक्षकहरू भेटिन्छन् । उनीहरूको यस्तो खराब बानीले छात्रछात्रालाई नकारात्मक असर मात्रै गरेको छैन स्कूलको पढाइमै बाधा पुर्याइरहेको छ । शिक्षक मासिकले खोजबिन गरी सामग्री प्रकाशितगरोस् ।

मनोज घिमिरे, रवन–९, बाढुङ्गा, अर्घाखाँची

सबै विषय समेटियोस्

शिक्षक मासिक शुरु देखि नै नियमित रूपमा पढ्दै आइरहेको छु । यो पत्रिकाले हामीजस्ता शिक्षक बन्ने लक्ष्य र उद्देश्य लिएर अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि सहयोगी भूमिका निर्वाह गरिरहेको छ । शिक्षक मासिकमा शिक्षक, विद्यार्थी र शिक्षा सम्बन्धी साहित्यिक रचना (गीत,गजल, कविता, मुक्तक, हाइकू आदि) समावेश गर्दा सुनमा सगन्ध हुनेथियो । यस शिक्षक मासिकमा अङ्ग्रेजी, गणित र विज्ञानलाई मात्रै बढी स्थान दिइएको जस्तो देखि एको हुँदा सबै विषय समेट्न सके रराम्रो हुनेथियो ।

पेम्बा दोर्जे योञ्जन
हेटौंडा क्याम्पस, मकवानपुर

माओवादीमा आएको शैक्षिक विचलन

फागुन महिनाको शिक्षक पत्रिका पढेँ । लेखहरू धेरै उत्कृष्ट छन् । यदि हामीभित्र सकारात्मक सोच छ भने धेरै कठिन कार्यहरू पनि सजिलै सम्पन्न हुनसक्छन् । तर हराम्रो देशका अधिकतम अभिभावकहरूमा चेतनाको कमी, अशिक्षा, नकारात्मक सोच, विद्यालयमा प्रअ वा अध्यक्ष माथि मात्र निर्भर रहने परम्परा, आफ्नो पेशालाई साइड पेशा बनाउने गरिन्छ । जति साधनस्रोतहरू छन् त्यति मात्र प्रयोग गरेर पनि प्रगति गरेका उदाहरण छन् । हराम्रो विद्यालयमा पनि अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको सक्रियतामा दुई वर्षमा आठवटा नयाँ कोठा निर्माण गर्न, मोटरबाटो ल्याउन सफल भएका छौँ ।

हामी शिक्षकहरू माथि सौतेलो व्यवहार किन ? किन अन्य कर्मचारीहरूसरह सुविधा छैन ? किन विभिन्न प्रकारका शिक्षक स्थापित गरेर शिक्षक–शिक्षकबीचमा द्वन्द्वगराइन्छ ? फागुनको अङ्कमा एक जना विद्वान्ले आठ प्रकारका शिक्षक भनेर लेख लेख्नुभएको थियो । हराम्रो विद्यालयमा पाँच प्रकारका शिक्षकहरू छन्— स्थायी, अस्थायी, निजी, राहत र ज्यालादारी । त्यसकारण यो देशमा कवि, इन्जिनियर, पाइलट बनाउने व्यक्तिहरूको यो अवस्था ? प्रायः जसो नेताहरूले भाषण गर्दा म पनि पहिला शिक्षक थिएँ, मैले हजुरहरूको समस्या बुझेको छु भन्छन्, खै समस्या बुझेको ?

प्रअ रामप्रसाद शर्मा (अर्याल)
शारदा मावि, दिब्रुङ–५,गुल्मी

लेखक नदोहोरिऊन्

फागुनको शिक्षक को आवरणमा डोल्पाका ‘शिक्षक’को तस्बिर देख्न पाइयो । तर भित्री पृष्ठमा प्रस्तुत कतिपय व्यक्ति र शिक्षकका विचार हरू पुरानै (पटक–पटक शिक्षक मा आइसकेका) पाइए । प्रभावशाली शिक्षक स्रोतव्यक्तिहरू दोहोरिरहनु स्वाभाविकै पनि होला । तर देशका प्रमुख शहरहरूभन्दा परका विद्यालयहरूमा अध्यापन गर्ने शिक्षकहरू पनि योग्य एवं कर्मठ हुनसक्छन् र तिनीहरूलाई पनि चर्चामा ल्याउन सके रराम्रो हुनेथियो होला । के शिक्षक ले यस्ता कामहरू गर्न सक्तैन ?

इन्द्र श्रेष्ठ, दियाले–३, ओखलढुङ्गा

विवेकानन्दको मननीय विवेक

शिक्षक को माघ अङ्कमा स्वामी विवेकानन्दको ‘चिन्तन’ (ज्ञान त मानिसभित्रै हुन्छ) पठनीय र प्रभावकारी लाग्यो । शिक्षा भनेको मस्तिष्कमा ज्ञानको भण्डारण गर्नु नभई चरित्र निर्माणसँग सम्बन्धित कुरा हो । शिक्षाले आम जनसमुदायलाई जिउनका लागि केही सीप वा उपाय दिनसकेन, चरित्र निर्माणमा बल पुर्याएन, विश्वबन्धुत्वको भावना पैदा गराए न र साहस दिएन भने त्यो शिक्षा, शिक्षा होइन भन्ने विवेकानन्दको विचार मननयोग्य छ । तर यस्ता विचार को कदर गर्ने तर्फ ध्यान दिन हराम्रो राष्ट्रिय शिक्षा प्रणाली तयार छैन ।

कमला राजभण्डारी,गुराँस निमावि, जलेश्वरी, खोटाङ

माग सम्बोधन गर्नु परयो

५ कात्तिक २०६५ मा स्कूल–शिक्षकका आठवटा संघ–सङ्गठनका तर्फबाट नेपाल शिक्षक युनियनका अध्यक्ष केशवप्रसाद भट्टराई र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष निरेन्द्र कुँवरद्वयले प्रधानमन्त्रीलाई बुझएको मागका बारेमा अध्ययन गर्न सहसचिव जनार्दन नेपालको संयोजकत्वमा कार्यदलगठन गरिएको कुरा फागुनकै शिक्षक गतिविधिमा पढिएको थियो । चैतमा पढ्दा पनि ती मागहरूलाई पूर्णरुपेण सम्बोधन गर्ने काम नभएको थाहा भयो । शिक्षकहरूले राखेका जायज मागहरूप्रति सरकार किन यतिविघ्न उदासीन देखि एको होला ?

अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुङ्गा

सफलता मिलोस् !

शिक्षा पत्रकारितामा एउटा दरिलो दस्तावेज शिक्षक मासिकका हरेक अङ्कहरू पढिरहेको छु । शिक्षक शिक्षकहरूका लागि मात्र नभएर शिक्षक बन्न चाहने र शिक्षाप्रति चासो राख्ने सबैको साझ पत्रिका हो । अबका दिनमा पनि शिक्षक पढ्नबाट वञ्चित हुनु नपरोस् भन्ने कामना गर्न चाहन्छु । यसका लेखरचना उत्कृष्ट, समसामयिक र शिक्षकहरूका लागि ज्यादै उपयोगी छन् । तसर्थ सबैलाई म शिक्षक नियमित पढ्न अनुरोध गर्द छु । भविष्यमा पनि साँच्चिकै शिक्षण पेशा अँगालेर विकट बस्तीहरूमा शिक्षाको ज्योति छर्न चाहने म जस्ता युवाहरूको ढुकढुकी बन्न शिक्षक लाई सफलता मिलोस् ।

तीर्थ घर्तीमगर, राहत शिक्षक
बागेश्वरी निमावि, रोल्पा
अम्बिका रिमाल, डाँडाखर्क–१ पर्वत

‘शिक्षक’ अस्पताल किन नबनाउने ?

शिक्षक मासिक तेस्रो अङ्क देखि नियमित पढ्दै आइरहेको छु । राष्ट्रसेवक कर्मचारीको सेवासुुविधा र सुरक्षाको तुलनामा शिक्षकको सेवासुविधा र सुरक्षा कस्तो छ ? कामको प्रकृति कस्तो छ ? शिक्षकले तुलना गरेर हेरोस् । सेवासुविधा तथा तलबको वृद्धि हुँदा सबै विभागमा तुरुन्तै लागू हुन्छ तर शिक्षकको हकमा एक–दुईवटा आन्दोलन न गरी लागू भएको इतिहासै छैन । विद्यालयहरूलाई समुदायमा कपटपूर्ण ढङ्गबाट धकेलेर राजनीतिक अखडा बनाउने खेलले शिक्षक र विद्यार्थीलाई राजनीतिक चेपुवामा पारिएको छ । सैनिकका लागि सैनिक अस्पताल, प्रहरीका लागि प्रहरी अस्पताल, निजामती कर्मचारीका लागि निजामती अस्पताल बनिसकेको छ । तर शिक्षकहरूका लागि शिक्षक अस्पतालको व्यवस्था छैन । नयाँ शिक्षकका लागि पेन्सनको व्यवस्था हटाइसकेको दुः खेसो छ । शिक्षक नियुक्तिको अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएर शिक्षण पेशाको उपहास भएको छ । शिक्षक सेवा आयोगलाई मूकदर्शक बनाइएको छ । विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने कार्य तुरुन्त रोकेर शिक्षाको दायित्व सरकारले लिनुपर्छ । शिक्षक सेवा आयोगलाई संवैधानिक निकाय बनाई शिक्षक नियुक्ति गर्ने कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाइनुपर्छ ।

धीरेन्द्र यादव, शिक्षक
नेराप्रावि, पिप्राढी, बारा

यी विषय थप्नु सान्दर्भिक

शिक्षक मासिक २०६५ चैत अङ्क पनि विगतका अङ्कहरू जस्तै पठनीय र उत्कृष्ट छ । शिक्षासँग सम्बन्धित विभिन्न पत्रिकाहरू विभिन्न समयमा प्रकाशन हुँदै आए पनि हराउँदै जाने गरेका छन् । तर देशभरका सम्पूर्ण शिक्षकहरूले यसलाई जतिसुकै व्यस्तता भए पनि दिनको १५ मिनेट निकालेर अध्ययन गरिदिनुभएमा यसलाई निरन्तरता प्राप्त गर्न गाह्रो हुँदैन र देशको शिक्षाले पनि सही मार्ग पक्रन सक्छ भन्ने कुरा यसमा विगतमा निस्केका अङ्कहरूले पनि प्रस्ट पारेका छन् ।
अन्त्यमा यसपत्रिकाले निम्न विषयवस्तुलाई समावेश गर्न सके अझ् सुनमा सुगन्ध हुनेथियोः
–    धारावाहिक रूपमा विश्व प्रसिद्ध व्यक्तिहरूका उत्कृष्ट लेख, रचना तथा साहित्य ।
–    शिक्षक सेवाका लागि आवश्यक पाठ्यक्रम तथा पाठ्यसामग्री ।
–    शिक्षासँग सम्बन्धित शिक्षकहरूकै लेख रचना ।
–    शिक्षकका समस्या र सम्बन्धित निकायको जवाफ स्तम्भ ।

सन्तोष पोखरेल
शिक्षा विकास प्रावि, लखन्तरी– ८, मोरङ

ठेगानागलत भयो

शिक्षक को माघ अङ्कको ‘ गणित सजिलो पार्नै पर्छ’ लेख देख्दा खुसी लाग्यो । यसरी हामीले पठाएका लेखहरू आगामी दिनमा पनि छापिने आशा गरेको छु । तर उक्त अङ्कमा ठाउँको नाम टाघनडुब्बाको सट्टामा टाहानडुब्बा छापिएको थियो । त्यसलाई सच्याइदिनुहोला ।

अरुण कुमारगणेश
डिल्लीराज मावि, टाघनडुब्बा, झपा

ग्राहक कसरी बन्ने ?

शिक्षक पत्रिकाको म नियमित पाठक हुँ । जहिले पनि खोजीखोजी पढ्ने गर्द छु । नियमितग्राहक बन्ने विचार पनि थियो । तर यो विकट ठाउँमा सजिलै प्राप्त गर्न मुस्किलै पर्दछ ।ग्रामीण इलाकामा एकमात्र हुलाक माध्यम भएकाले यसमार्फत पत्रिका पाउन सकिन्छ कि सकिँदैन ?

करनसिंह सुतार
विशालपुर गाविस, एकान्तटोल, बैतडी

टिप्पणीः सकिन्छ । तर पनि नियमित र समयमै पत्रिका पाउन नजिकको पत्रपत्रिका पसल भएमा त्यहींग्राहक बन्नु रराम्रो हुन्छ ।  – व्यवस्थापक

रोल्पालीका भावना समेटियोस्

शिक्षक को वैशाख अङ्कमा रामविक्रम थापाले लेखेको ‘म किन शिक्षक बनेँ’ टिप्पणी मन परयो । यस्ता थुप्रै शिक्षकहरूले आफ्नो स्वार्थ त्यागेर समाज सेवामा लागेका छन् । उनीहरूको कथा पनि समेट्नुपर्छ । रोल्पाका हामी शिक्षकका भावना पनि समेट्न सके अझै रराम्रो हुन्थ्यो कि !

कृष्णबहादुर पुन
शिक्षक, बागेश्वरी मावि, लिवाङ, रोल्पा

यस पत्रिकाको वैशाख अङ्कमा ‘बजेट महत्वपूर्ण कि जाँगर’ शीर्षकमा प्रकाशित आलेखमा प्रतीक्षा कार्कीको तस्बिर प्राविधिक कारणवश अन्यथा हुन गएकोले सच्याइएको छ ।

commercial commercial commercial commercial