नवीन माविको नवीन शैली

राजनीतिक दाउपेच र आफन्तवादबाट मुक्त भएर पनि शिक्षक छनोट गर्न सकिन्छ भन्ने दृष्टान्त नवीन माविले दिएको छ ।

कुरा गत वर्षको असोज महिनाको हो । बुटवलस्थित नवीन औद्योगिक माध्यमिक विद्यालयले गणित शिक्षकको ‘भ्याकेसन’ खोल्यो । गणित विषयमा स्नातक एवं शैक्षिक योजना र व्यवस्थापनमा स्नातकोत्तर गरे की दया कुमारी अर्याल (२४) ले आवेदन दिइन् । जब लिखित परीक्षामा सहभागी भइन्, उनलाई विश्वविद्यालयको झैँ कठिन परीक्षामा सहभागी भएझैँ लाग्यो । अन्तरवार्ता लिन बसेका पात्रहरू झन् अप्रत्याशित लागे । कलेजका विषयविज्ञहरू अन्तरवार्तामा बसेका थिए । प्रयोगात्मक परीक्षा त झन् विद्यार्थीहरूले पो लिए ।

झण्डै त्यस्तै अनौठो अवस्था परीक्षक अर्थात् विषयविज्ञहरूलाई पनि आइलागेको थियो । कुन परीक्षार्थीको उत्तरपुस्तिका कुन हो भन्ने कुनै सङ्केत थिएन । विद्यालय व्यवस्थापनले उत्तरपुस्तिकामा नाम र सिम्बोल नम्बरको सट्टा कोड नम्बर राखिदिएको थियो । प्रश्नपत्र बनाउने जिम्मा पाएका विज्ञहरूले पनि परीक्षाको पन्ध्र मिनेटअघि मात्र विद्यालयकोगोप्य कोठामा प्रश्नपत्र बनाए र, सीधै परीक्षास्थलमा पुर्‍याए ।

यसै गरी नेपाली, सामाजिक र विज्ञान विषयका शिक्षक छनोट गर्दा पनि सो विद्यालयले बुटवलका विभिन्न क्याम्पसमा अध्यापनरत विषयविज्ञहरूलाई छनोट समितिमा राखेको थियो ।

---------------------------------------

‘गर्व छ’

कस्तो थियो छनोट प्रक्रिया ?
एकदम स्वच्छ । मेरो जाँच पनि रराम्रो भएको थियो । लिखित, अन्तरवार्ता र प्रयोगात्मक तीन चरण नै स्वच्छ थिए । कसैलाई भनसुन न गरिकनै मेरो नाम पहिलो नम्बरमा निस्कियो । सोर्स भएमात्र नाम निस्किन्छ भन्नेगलत संस्कारले काम गरेको हराम्रो समाज मा यो विद्यालयको छनोट प्रक्रिया साँच्चै अप्रत्याशित रगज्जबको  लाग्यो ।

भनसुन न गरी प्रतिस्पर्धाबाट छानिंदा कस्तो अनुभव भयो ?
एकदमगर्व लाग्यो । वास्तवमा सोर्स लगाएर नाम निस्किएको भए जिन्दगीभर आत्मग्लानि हुनेथियो । स्वच्छ प्रतिस्पर्धाबाट छानिएकाले आत्मसम्मान र आत्मविश्वास बढेको छ । कसैसँग झुक्नुपर्दैन । विद्यार्थीहरूलाई आत्मविश्वासका साथ पढाउन सकिएको छ । आत्मसन्तुष्टि छ ।  

तपाईंले यसभन्दा अघि कुनै विद्यालयको छनोट प्रतिस्पर्धामा भाग लिनुभएको थियो ?
थियो । मैले यसअघि रुपन्देहीकै एक विद्यालयमा आवेदन दिएकी थिएँ । परीक्षामा सहभागी पनि भएँ । तर मेरो नाम वैकल्पिकमा मात्र निस्कियो । मेरो सट्टामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष का छोराको नाम निस्कियो । पछि थाहा पाएँ— अध्यक्ष कै छोरालाई राख्ने योजना मुताविक शिक्षक छनोट प्रक्रिया औपचारिकताका लागि मात्र गरिएको रहेछ । स्वच्छ छनोट भएको भए त्यहाँ मेरै नाम निस्किन्थ्यो भन्नेमा म ढुक्क थिएँ  ।

शिक्षक बन्न चाहने व्यक्ति र विद्यालयहरूलाई केही भन्नुहुन्छ ?
नातावाद, कृपावादले नै शिक्षा बिग्रिएको हो । आफ्ना कोही मानिसलाई जागिर खुवाउने नाममा क्षमतावान् व्यक्तिलाई शिक्षक नबनाउँदा बालबालिकाको भविष्य नै खतरामा पर्न गएको छ । त्यसले म त रुपन्देहीका मात्र होइन, देशभरका सार्वजनिक विद्यालयहरूले पनि क्षमतावान् शिक्षक छनोट गर्न यस्तै विधि अपनाउन अनुरोध गर्छु । शिक्षण पेशामा आउन चाहनेहरूले पनि आफू सक्षम हुनेबारे सोच्नुपर्छ । भनसुनकोगलत बाटो रोजेमा आफैँलाई ग्लानि हुन्छ ।
---------------------------------------

‘फाइदै फाइदा’

शिक्षक छनोटको यस्तो तरिका कसले सिकायो ?
शैक्षिक स्तर उकास्न कसरी राम्रा शिक्षक छनोट गर्ने भन्नेमा बढी ध्यान दिँदा यो उपाय निस्किएको हो । एक जना मात्रगलत व्यक्ति शिक्षक बनेर आएमा विद्यालय बर्बाद भएका धेरै उदाहरण छन् । त्यसैले राम्रा शिक्षकहरू छनोट गरेर राम्रा विद्यार्थीहरू उत्पादन गर्नका लागि औपचारिकताभन्दा माथि उठेर स्तरीय शिक्षक छान्ने उपाय अपनाएका हौं ।

दलीय राजनीति र आफन्तवादबाट पर रहन कसरी सक्नुभयो ?
आफ्ना मान्छे राख्न प्रशस्त दबाबहरू आएका थिए । कतिपय सरकारी र दलीय दबाब पनि आएकै हुन् । तर हामीले त्यो कुरा को वास्ता गरे नौं । स्कूल र विद्यार्थीको भविष्य हे¥यौं ।

त्यसले के के फाइदा भयो ?
पढाइको गुणस्तर बढेको छ । शिक्षकहरू विद्यार्थी र विद्यालयप्रति प्रतिबद्ध छन् । शैक्षिक अनुशासन छ । शिक्षकहरू माथि कसैको प्रभाव वा दबाब छैन । शिक्षक छान्न विद्यार्थीहरूको पनि योगदान रहेकाले ती शिक्षकहरूसित विद्यार्थीहरू पनि सन्तुष्ट छन् । विद्यालयको प्रतिष्ठा बढेको छ ।

अरू राम्रा शिक्षक तान्न केही गर्दै हुनुहुन्छ कि ?
विद्यालयको शैक्षिक स्तर उकास्ने माध्यम योग्य शिक्षक नै हुन् । विद्यालयलाई अरू शिक्षक आवश्यक पर्दा हामीले प्रयोग गरेको विधिलाई अझ् बढी प्रभावकारी र परिमार्जन गर्दै लैजानेछौं ताकि छनोटमा अझ् स्वच्छता
आउन सकोस् र सबभन्दा योग्य शिक्षक छनोट हुन सकून् ।

-------------------------------------

शिक्षक छनोटमा सरकारी हस्तक्षेप, राजनीतिक दबाब वा नातागोताको प्रभावका प्रशस्त उदाहरण भेटिन्छन् । ‘राम्रा भन्दा हाम्रा मान्छे’ छनोट गर्ने गलत प्रवृत्तिले शिक्षाको गुणस्तर नै खस्किएका गुनासाहरू जताततैबाट आउने गरेका छन् । तर बुटवलको बजारछेउको यो विद्यालय यस्ता कुरा बाट चोखो मात्र छैन, शिक्षक छनोट प्रक्रिया पनि अन्य विद्यालयहरूको भन्दा नितान्त भिन्न छ । यहाँ विद्यार्थीलाई समेत सहभागी गराए र शिक्षक छनोट गरिन्छ । विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतका अनुसार, विद्यालयमा शिक्षक आवश्यक भएपछि विज्ञापन खुलाइन्छ । शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, सम्बन्धित विषयका विज्ञ र विद्यार्थी रहेको छनोट समिति बनाइन्छ । र, त्यसपछि छनोटका नयाँ नयाँ विधिहरू अपनाइन्छ ।

लिखितमा उत्तीर्ण भएकाहरूलाई अन्तरवार्तामा समावेश गरिने विधि अन्यत्रजस्तै भएपनि अन्तरवार्ता लिने पात्रहरू भने अन्यत्र भन्दा फरक रहने गरेका छन् । प्रअ बस्नेत भन्छन्, “विषयविज्ञ निर्णायकहरू र विद्यार्थीले समेत अन्तरवार्ता लिन्छन् । विद्यार्थीले नरुचाएका र विज्ञले सिफारिस न गरेकाहरू छनोट हुन सक्दैनन् ।”

उक्त विद्यालयका २१ जना शिक्षकमध्ये करिब एक दर्जन शिक्षक यही विधिबाट छनोट भएका छन् ।
यस्तो विधि अपनाउँदा क्षमतावान् व्यक्ति मात्र शिक्षकमा छनोट हुने गरेको प्रधानाध्यापक बस्नेतको अनुभव छ । भन्छन्, “छनोट विधिमा कसैले अनुमान न गरेका विषयविज्ञ र विद्यार्थीहरूको भूमिका हुनाले कसैको दबाब, हस्तक्षेप र आग्रह–पूर्वाग्रहले प्रभावित गर्न सक्दैन ।”

विगतका अनुभव सुनाउँदै बस्नेत भन्छन्, “आफ्ना मान्छे छनोट गर्न शिक्षा कार्यालयलगायत सरकारी निकायहरूबाट समेत दबाब आउँछन् । विगतमा, तत्कालीन शाहीकालका शिक्षामन्त्री राधाकृष्ण मैनालीलेगुल्मीका एक व्यक्तिलाई अङ्ग्रेजी शिक्षकमा छनोट गर्न फोन गरेर दबाब दिएका थिए । तर हराम्रो छनोट विधिले उनलाई स्वीकार गरे न ।”

स्वच्छ प्रतिस्पर्धाको विधिबाट छानिएका शिक्षकहरू यस्तो अभ्यास ले आफूहरूलाई विद्यालय र विद्यार्थीहरूप्रति प्रतिबद्ध रहन नैतिक बल मिलेको बताउँछन् । खुल्ला प्रतिस्पर्धाबाट अङ्ग्रेजी शिक्षकमा छानिएका ईवराज तिवारी भन्छन्, “स्वस्थ प्रतिस्पर्धाबाट छानिएकाले ममा बढी आत्मबल छ । विद्यालय र विद्यार्थीप्रति इमान्दार रहन नैतिक बल मिलेको छ ।” उनको भनाइमा सबैतिर नातावाद र कृपावादले शिक्षक छनोट हुन्छन् भन्नेगलत संस्कारलाई यो विद्यालयले चुनौती दिएको छ । एक पटक नातावादकै कारण शिक्षकमा छनोट नभएर ठक्कर खाएकी दया कुमारी अर्याल पनि अनुकरणीय छनोट विधिले आफूलाई न्याय दिलाएको बताउँछिन् ।

समुदायबाट सञ्चालित यस विद्यालयको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश पौडेल दबाब, सिफारिस र हस्तक्षेप जस्ता कुरा हरूको पर्वाह न गरी योग्य शिक्षक छनोट गर्दा विद्यालयको प्रतिष्ठा बढेको अनुभव सुनाउँछन् । भन्छन्, “योग्य शिक्षक भएकै कारण शैक्षिक स्तर र विद्यालयको प्रतिष्ठा बढिरहेको छ ।” शायद त्यसको परिणाम थियो, एसएलसीको परीक्षामागत वर्ष पहिलो पल्ट सहभागी सो विद्यालयका कुल २० विद्यार्थी मध्ये १६ जना प्रथम र चार जना दोस्रो श्रेणीमा गरी शतप्रतिशत नतिजा हासिल गर्न सफल हुन पुग्यो । 

commercial commercial commercial commercial