‘मेरा राम्रा शिक्षक’
‘राम्रा शिक्षक’का बारेमा लेख्न बस्दा म एकजना नजिकका नातेदार एवं स्कूलका शिक्षक दीपक कुमार शर्मालाई सम्झ्इिरहेको छु । म यो लेख मेरा अरू सरहरूको चित्त दुखाउन नभई, कस्ता शिक्षक मनपर्दा हुन्छन् र शिक्षकका कस्ता विशेषताले व्यक्तिको जीवनमा दीर्घकालीन छाप पार्छन् भत्रे आफ्नो अनुभव सुनाउन मात्र लेख्दैछु ।
आज तीन दशकअघि फर्केर हेर्दा लाग्छ, दीपक सरको सीमाहीन उत्सुकता; फराकिलो जानकारी र विद्यार्थीलाई प्रेरित गर्ने क्षमताले नै उहाँलाई गज्जबको शिक्षक बनाएको रहेछ । उहाँ धेरै कुरा जात्रुहुन्थ्यो, जानेका कुरा सुनाउन र सिकाउन जात्रुहुन्थ्यो र हामीमा जात्रे भोक जगाइदिन सक्नुहुन्थ्यो ।
हामीलाई पढाउन आउँदा दीपक सरले भर्खरै बीए पास गर्नु भएको थियो । उहाँ मूलतः इतिहास पढाउनु हुन्थ्यो तर मलाई भने उहाँले नजानेका कुरा केही छैनन् जस्तो लाग्थ्यो । मेरा जिज्ञाशा असीमित थिए र उहाँसित तीमध्ये धेरैको जवाफ हुन्थ्यो । तर, त्योभन्दा पनि ठूलो कुरा चाहिँ आफूसित जवाफ नभएका विषयलाई पनि उहाँ बेवास्ता गर्नु हुत्रथ्यो, बरु उत्सुकता अझ् बढाइदिनुहुन्थ्यो । म उहाँको विद्यार्थी मात्र थिइनँ । उहाँभन्दा निकै कान्छो भतिजो पनि थिएँ । तर उहाँले मलाई जहिले पनि मेरो उमेर अनुसारको आदर गर्नु भयो । उहाँ आफूले जानेका नयाँ–नयाँ कुरा सुनाउनुहुन्थ्यो तर त्यहाँ पाण्डित्य प्रदर्शन पटक्क हुँदैनथ्यो । उहाँमा आफूसित भएको जानकारी हलुका गरी बाँड्ने र सिक्ने–सिकाउने बीचको दूरीलाई घटाउने अनौठो क्षमता थियो । हामी आठ–दश कक्षामा पढ्ने संवेदनशील उमेरका, आफूलाई खोज्ने र भेट्ने क्रमको सुन्दर सुरुआत हुँदै गरेका किशोर थियौँ र उहाँ हाम्रा लागि शिक्षक मात्र नभई ‘मेन्टोर’ अर्थात् पथप्रदर्शक समेत हुनुहुन्थ्यो ।
दीपक सर र हामीबीच कक्षाकोठा बाहिर हुने कुरा को विविधता सम्झ्ँदा आज मलाई अनौठो पनि लाग्छ । त्यतिबेला इलामतिर साईबाबाको भर्खर–भर्खर प्रचार हुन थालेको थियो । म सातबाट आठमा चढ्दै थिएँ । एकदिन साईबाबकै बारेमा कुरा भयो । उहाँले भारतवर्षमा आफूलाई अवतार दाबी गर्ने व्यक्तिहरूका बारेमा कुरा गर्दैगीताको ‘यदा यदा हि धर्मस्यग्लानिर्भवति भारतः अभ्युत्थानमधर्मस्य सम्भवामि युगेः युगेः ’ लाई आधार बनाएर त्यस्ता अवतारपुरुषले मानिसलाई प्रभावित पार्ने गरेको बताउनुभयो । उहाँ यस्ता गम्भीर कुरा गर्दा ‘यिनीहरूले बुझदैनन्’ भनेजसो गर्नु हुत्रथ्यो र त्यसैबाट हामीमा ‘हामी सबै कुरा बुझन सक्छौँ’ भत्रे आत्मविश्वास पलाउँथ्यो । इतिहासमा रुसोका बारेमा पढाउँदा उहाँगोपालदास श्रेष्ठले नेपालीमा अनुवाद गरेको रुसोको किताब कन्फेसन्स को चर्चा गर्न र ‘एसएलसी गरे पछि त्यो किताब खोजेर पढ है’ भत्र भ्याउनुहुन्थ्यो । स्कूलमा पुस्तकालय त थियो तर त्यो विद्यार्थीका लागि खुला थिएन । त्यहाँ भएको इन्साइक्लोपेडिया को सन्दर्भ दिँदै हामीलाई विभित्र चाखलाग्दा कुरा सुनाउने दीपक सर मात्र हुनुहुन्थ्यो ।
दीपक सरको सबभन्दा ठूलो विशेषता नै उहाँको उत्सुकता थियो । उहाँ अर्काको उत्सुकतालाई पनि उत्तिकै आदर गर्न सक्नुहुन्थ्यो । उहाँमा आधुनिक सरसामान र उपकरणहरूप्रति गहिरो चाख र मनग्गे जानकारी थियो । म आठ कक्षामा पढ्दा ‘ऊर्जा सङ्कट’ प्रति सचेत हुन थालेँ (त्यो बेला हाम्रा लागि ऊर्जाको स्रोत भनेको मट्टीतेल मात्र थियो र त्यसको भाउ बढेका कारण हामीलाई राति अबेरसम्म पढ्न निरुत्साहित गरिन्थ्यो) । त्यसैबेला स्कूलको विज्ञान प्रयोगशालामा रहेको हाते डायनामो देखेपछि मेरो मनमा एउटा परिकल्पना आयो– डायनामोलाई शुरु मा हातले चलाएर बिजुली निकाल्ने, त्यो बिजुली मोटरमा पठाएर त्यही डायनामो चलाउने र बचेको बिजुलीबाट घर झलमल्ल बनाउने । यो कल्पना त्यतिबेला मेरा लागि साँच्चै नै ‘महान्’ थियो, नोबल पुरस्कार सम्म पुर्याउन सक्ने । त्यसलाई लिएर म अनेक कल्पना गर्न र सपना पनि देख्न थालेँ ।
धेरै दिनको कल्पनापछि मैले त्यो कुरा दीपक सरलाई सुनाएँ । मेरो कुरा सुनेर उहाँले मलाई एउटा लेख पढ्न दिनुभयो । त्यो थियो त्यसबेलाको नामी भारतीय पत्रिका कादम्बिनी मा प्रकाशित ‘अनन्तकाल तक घूमने वाला पहिया’ शीर्षकको लेख । त्यो एउटा आफैँ घुमिरहने विशाल पाङ्ग्रोका बारेमा लेखिएको लेख थियो । आफ्नो आविष्कारका लागि राजाबाट चित्तबुझदो पारिश्रमिक नपाएपछि त्यो पाङ्ग्रोका आविष्कारक आफैँले त्यसलाई भत्याङभुतुङ पारेको प्रसङ्ग थियो त्यसमा ।
उहाँले नजानेर हो वा नचाहेर, त्यतिबेला मलाई ‘इन्पुटभन्दा आउटपुट बढी हुन सक्दैन’ भनिदिनुभएन । उहाँले मलाई शून्यबाट शून्यबाहेक केही पनि निस्किँदैन भनिदिनुभएन । ‘यस्तो कुरा सम्भव भए अरूले नै बनाइहाल्थे नि’ भनिदिनुभएको भए पनि म खिस्रिक्क पर्थें होला । तर मलाई ‘तिमीले सोचेको कुरा मा दम छ’ भत्रे पाराले पढ्ने सामग्री समेत दिएर उहाँले अप्रत्यक्षरूपले हौस्याउनुभयो । किशोरावस्थामा बोकेको त्यो सपनाले मेरो कल्पनाशीलता र समाज प्रतिको सोचाइलाई कति मलजल गरयो भत्रे कुरा अभिव्यक्त गर्न म अहिले पनि सक्षम भइसकेको छैन ।
यस्ता उदाहरण धेरै छन् तर सार के हो भने दीपक सर विद्यार्थीमा ‘म पनि कोही हुँ’ भत्रे भावना भर्न सफल हुनुहुन्थ्यो ।
पाठ्यपुस्तक पढाउनु शिक्षकको सामान्य कर्तव्य नै हो, त्यति काम रराम्रोसित गर्ने लाई ठूलो जस दिइराख्नुपर्दैन । तोकिएको कामभन्दा बढी, मान्छेलाई कहिल्यै नथाक्ने गरी सार्थक जीवनको यात्रातर्फ प्रोत्साहित गर्न र डोर्याउन सक्षम शिक्षकलाई नै ‘राम्रा शिक्षक’ मान्नुपर्छ भन्ने मेरो आग्रह हो । अस्तु ।



