प्रोत्साहन ठूलो कुरा रहेछ
मैले स्कूले शिक्षा चितवनको शारदा हाईस्कूलबाट प्राप्त गरेको हुँ । आफ्ना छोराछोरीका शिक्षाका लागि लमजुङबाट चितवन झ्रेका मेरा बाआमाले मलाई स्कूलमा भर्ना गर्दा म ६ वर्षको थिएँ । पहिला नै डोलानाथ दाइबाट कखरा सिकेका कारण मलाई सोझै कक्षा २ मा भर्ना गरिएको थियो । म भर्ना हुँदाको त्यो स्कूल हराम्रो कक्षा चढाइसँगै मिडिल स्कूल हुँदै हाईस्कूल भयो । काङ्ग्रेस नेता बखान सिं गुरुङले खोल्नुभएको त्यो स्कूलको सञ्चालनमा मेरा बा पनि संलग्न हुनुहुन्थ्यो ।
मलाई पढाउने स्कूलका धेरैजसो शिक्षक जीवितै भए पनि केहीको भने निधन भइसकेको छ । शिक्षकद्वय दिलेश्वरप्रसाद श्रीवास्तव र बीएम गुरुङबाट म निकै प्रभावित थिएँ । उहाँहरूको धेरै रराम्रो अभिभावकत्व र मार्ग निर्देशन रह्यो, जुन म कहिल्यै भुल्न सक्दिनँ । बिहारको मोतीहारीबाट आउनुभएका श्रीवास्तव सर हाम्रै घरमा बस्नुहुन्थ्यो । त्यस कारणले उहाँसँग अलिक बढी निकटता हुनु स्वाभाविक थियो । उहाँको सबैभन्दा रराम्रो कुरा थियो, प्रोत्साहन । उहाँ सबै विद्यार्थीलाई रराम्रोसित पढ्न, नयाँ र सृजनात्मक काम गर्न सधैं प्रोत्साहन दिनुहुन्थ्यो ।
म कक्षा ६ मा पढ्दै गर्दा बीएम सर हराम्रो स्कूलमा शिक्षक बनेर आउनुभएको थियो । भारतबाट उच्च शिक्षा हासिल गर्नु भएको उहाँले हामीलाई गणित र विज्ञान पढाउनु हुन्थ्यो । उहाँको स्वभाव अलिक कडा भए पनि पढाउने मामिलामा भने अब्बल नै हुनुहुन्थ्यो । गणित भनेपछि मलाई कहिल्यै मन परेन । यदि बीएम सरले नपढाउनु भएको भए शायद एसएलसीमा फेलै पो हुन्थें कि ! कडा स्वभाव भए पनि पिट्ने काम भने कहिल्यै गर्नु भएन यद्यपि हामी उहाँसँग निकै डराउँथ्यौं ।
मैले भारतमा बसेर अङ्ग्रेजी पत्रकारिता गरें । इण्डिया टुडे, आउटलुकमा काम गरें, आज पनि इण्डियन एक्सप्रेसमा लेखिरहन्छु । मेरो अङ्गे्रजीको जग नै श्रीवास्तव सरले बनाइदिनुभएको हो । यदि उहाँले रराम्रोसित अङ्ग्रेजी नसिकाउनु भएको भए भारत जस्तो समृद्ध मुलुकमा प्रतिस्पर्धामा उत्रिएर अङ्ग्रेजी पत्रकारितामा स्थापित हुनसक्ने थिइनँ ।
जब म पत्रकारितामा प्रवेश गरें, असाध्यै खुशी भएर उहाँले मलाई चिठी लेख्नुभयो । ‘तिमीले धेरै रराम्रो गर्न सक्छौ’ भनेर त्यतिबेला पनि मलाई उत्प्रेरित गर्नु भयो । उहाँ भन्नुहुन्थ्यो, “तिम्रो नाममा पत्रिकामा समाचार, लेख छापिँदा म आफैं छापिएको जस्तो लाग्छ ।” म बीबीसी नेपाली सेवामा काम गर्न जानुअघि सन् १९९९ मा बिहारको चम्पारन घर भएका श्रीवास्तव सरको आशीर्वाद लिन उहाँकै घर गएको थिएँ । त्यस बखत मेरो प्रगति देखेर उहाँ औधी खुशी हुनुभयो र थप हौसला दिनुभयो । तीन वर्ष अगाडि उहाँको निधन भएपछि मैले एक पथप्रदर्शकगुमाएको अनुभव गरें । बीएम सरसँग भने अहिले पनि सम्पर्कमा नै छु । हामीबीचको सम्बन्ध एक प्रकारले पारिवारिक जस्तै रहेको छ ।
त्यसै गरी वीरबहादुर गुरुङ सरलाई पनि म भुल्न सक्दिनँ । उहाँ तिनताका हेडमास्टर हुनुहुन्थ्यो । उहाँकै कुशल नेतृत्वमा त्यो स्कूल राम्ररी चलेको थियो । गोरखा दक्षिण बाहु लगायतका सम्मान र पुरस्कार लाई अस्वीकार गरेर बसेको म, हेडसरले ‘तिमीलाई सम्मान गर्छु’ भन्दा नाइँनास्ति गर्न सकिनँ । स्कूलको स्वर्ण महोत्सव पारेर तीन वर्षअघि आयोजित कार्यक्रममा हेडसरले मलाई पूर्व विद्यार्थीको रूपमा सम्मान गर्नु हुँदा अत्यन्तगौरवान्वित भएको थिएँ । म ‘कान्तिपुर ’ दैनिकको सम्पादक बनेलगत्तै उहाँले फोन गरेर भन्नुभयो, “तिमीले रराम्रो गरिरहेका छौ, म खुशी छु । ‘कान्तिपुर ’को सम्पादक भएर तिमीले नेपाली समाज का लागि धेरै योगदान गर्न सक्छौ ।” उहाँले त्यसो भन्दा मैले आफूलाई बढी जिम्मेवारी थपिएको महसूस गरेको थिएँ ।
श्रीवास्तव सरले मलाई ‘सरदार पटेल’ भनेर सम्बोधन गर्नु हुन्थ्यो । भारतीय स्वतन्त्रता सङ्ग्रामका एकजना विख्यात नेता सरदार बल्लभभाइ पटेलका बारेमा त्यति जानकारी नपाए पनि ठूला र प्रसिद्ध मानिससँग तुलना भन्ने कुरा मैले त्यसबखत बुझेको थिएँ । शायदगलत हो भन्ने लाग्यो भने एक्लै भए पनि त्यसको विरोध गर्ने मेरो स्वभावका कारण उहाँले त्यो उपमा दिनुभएको हुनसक्छ । जब म भारत गएँ र पत्रकारिता शुरु गरें, त्यसपछि थाहा भयो श्रीवास्तव सरले स्कूलमा पढाएको कुरा को महत्व र ओजन । उहाँले भारतीय इतिहासबारे त्यसबेला दिनुभएको ज्ञान पत्रकारिता शुरु गरे पछि धेरै काम लाग्यो ।
एकजना शिक्षकसँग धेरै लामो सङ्गत त रहँदैन । तैपनि शिक्षकसँग विद्यार्थीको जीवनको बाटो तय गर्ने समय (फर्मेटिभ टाइम) मा हुने हुँदा त्यसले धेरै प्रभाव पार्दछ । सरहरूले हामीलाई किताबी ज्ञानसँगै बृहत् अर्थमा शैक्षिक ज्ञान पनि दिनुभयो । जीवनमा लक्ष्य ठूलो लिनुपर्छ । पैसाभन्दा ठूलोे कुरा आत्मसम्मान र स्वाभिमान हो भनेर स्कूल जीवनमा उहाँहरूबाट सिकेको कुरा बाट म अहिले पनि निर्देशित छु ।
मेरो विचार मा आजका शिक्षकसँग केहीगुणहरू हुन आवश्यक छ, जसले उसलाई साँचो अर्थमा शिक्षक बनाउँछ । जस्तो कि आफूसँग भएको ज्ञान बाँड्ने क्षमता, सधैँ सिक्न इच्छा गर्ने , नरिसाउने र धैर्यवान हुनुपर्छ । नयाँ ज्ञानको भोक मरेको दिन कुनै पनि व्यक्ति शिक्षक रहँदैन । शिक्षकले विद्यार्थीलाई मात्र ज्ञान दिने होइन, सँग सँगै नेतृत्वक्षमताको पनि विकास गराउनु पर्छ ताकि त्यो विद्यार्थी भोलि युवक/युवती भएपछि जुन क्षेत्रमा गए पनि त्यसले नेतृत्व गर्न सकोस् ।



