आवरण मत–अभिमत
जीवनोपयोगी सीप सिकाउनु पर्छ
घरमा अभिभावक र विद्यालयमा शिक्षकको भूमिका निर्वाह गर्दै आएका बहुसङ्ख्यक शिक्षक आफ्ना विद्यार्थीमा मानवीयगुण विकास गर्न/ गराउन चुकेका छन् । यसबाट धेरै विद्यार्थीले न त घरमा असल बन्नु पर्छ भन्ने जीवनोपयोगी सीप सिक्न सकेका छन् न विद्यालयमा । औपचारिक शिक्षा सँग सँगै जीवनोपयोगी सीप सिकाउने शिक्षकलाई नै विद्यार्थीले पछि सम्म सम्झ्रिहन्छन् किनभने जीवनोपयोगी सीपले विद्यार्थीलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि बाँच्न र बचाउन सिकाउँछ । यस्तो सीपबाट विद्यार्थीलाई व्यक्ति र समाज प्रति सकारात्मक हुन सिकाउँछ । त्यसैले सीप सिकाउने शिक्षकलाई नै राम्रा शिक्षक भन्न सकिन्छ ।
आफ्ना विद्यार्थीलाई असल बनाउन सर्वप्रथम शिक्षक स्वयं असल बानीव्यहोराको हुनुपर्छ । असल बानीव्यहोरा भएका शिक्षकलाई सबै विद्यार्थीले मनपराउँछन् । आफूलाई मनपर्ने शिक्षकले पढाउँदा कठिन विषय पनि ध्यान दिएर सुन्छन् र बुझने प्रयास गर्छन् । पेशाप्रति समर्पित शिक्षकले कठिन विषय पनि रुचिकर र सहजतासाथ विद्यार्थीलाई सम्झउने प्रयास गर्छन् । असल शिक्षकले आफ्ना विद्यार्थीलाई पढ्नुपर्छ भनेर रुचि जगाउन प्रभावकारी शिक्षण विधिहरू अपनाउने गर्छन् । कसरी विषयलाई रुचिकर ढङ्गले पढाउने भन्ने विषयमा सधैं प्रयत्नशील रहने शिक्षकलाई रराम्रो शिक्षक भन्न सकिन्छ ।
विद्यार्थीका लागि शिक्षक सामाजिकीकरणका संवाहक पनि हुन् किनभने बहुसङ्ख्यक विद्यार्थी आफ्ना शिक्षकका व्यक्तिगत तथा सामाजिक व्यवहारबाट प्रत्यक्ष वा परोक्ष रूपमा धेरै कुरा सिकिरहेका हुन्छन् । यस्ता शिक्षकलाई उनीहरू आफ्नो आदर्श मान्छन् । तर अफसोच जागिरे मान सिकताका धेरै शिक्षकले आज पनि आफ्ना विद्यार्थीलाई निर्जीव वस्तुसरह व्यवहार गरिरहेको पाइन्छ । पेशाप्रति समर्पित शिक्षकले विद्यार्थीलाई पढाइमा मात्र होइन अतिरिक्त क्रियाकलाप मा समेत सहभागी हुन प्रेरित गर्छन् । उनीहरू विद्यार्थीलाई सिर्जनशील बनाउन आफू पनि यस्ता क्रियाकलाप मा क्रियाशील हुन्छन् । सिर्जनशील बनाउन चाहने शिक्षकले विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झी सोहीअनुरुप व्यवहार गर्द छन् । यस्ता शिक्षकलाई विद्यार्थीले पनि आफ्नै अभिभावकसरह व्यवहार गर्छन् । र, वस्तुतः यस्ता शिक्षक नै विद्यार्थीमाझ् लोकप्रिय हुन्छन् ।
सर्वगुण सम्पन्न मानिस खोज्नु मूर्खता हुन्छ । तर योग्य नागरिक उत्पादन गर्ने जिम्मेवारी पाएका शिक्षकहरूमा केही न्यूनतमगुण हुनु अनिवार्य छ । विगत केही वर्षयता यस्तागुण नभएका मानिसले शिक्षण पेशा अपनाएको देखिन्छ । जसले गर्दा शिक्षण पेशा र शिक्षक दुवैप्रतिको सामाजिक दृष्टिकोण त्यति सकारात्मक हुनसकेको छैन । शिक्षण एउटा सेवामूलक पेशा हो तर पछिल्लो समयमा सेवाभन्दा जागिर खाने मनसायले शिक्षण पेशा अपनाउनेको सङ्ख्या बढेको छ । यसबाट विद्यार्थीमा नैराश्यता बढ्दै गएको छ । एउटा असल शिक्षकले विद्यार्थीलाई आफ्नो उत्तराधिकारी सम्झ्ने गर्छन् । आफ्नो मेहनत र सीपको जगेर्ना गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु नै असल शिक्षकको मुख्य धेय हुन्छ । र, हुनु पनि पर्छ ।
मधु राई, विराटनगर
गतिलाले प्रेरणा दिन्छन्
विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर जिम्मेवार ढङ्गले अध्यापन गर्ने शिक्षकलाई विद्यार्थीले रराम्रो मानेको मेरो अनुभव छ । अप्ठ्यारो विषयवस्तुलाई पनि सजिलो ढङ्गले पठनपाठन गर्ने शिक्षकलाई छात्रछात्राहरूले रराम्रो मान्दा रहेछन् । ठीक समयमा कक्षामा जाने, पूरा समय रुचिका साथ कक्षा लिने, सबै विद्यार्थीलाई समान व्यवहार गर्ने , छात्रछात्राको प्रगतिमा रमाउने तिनलाई पढाइप्रति उत्सुक, जागरुक र उत्प्रेरित गर्न सक्ने क्षमता शिक्षकमा हुनैपर्छ । आफ्नो विषयको गहिरो ज्ञान र व्यक्तित्व विकास हुने खालकागतिला पुस्तक नियमित पढी अद्यावधिक बन्ने र छात्रछात्राको कक्षागत स्तर हेरी शिक्षा दिने क्षमता पनि राम्रा शिक्षक बन्ने भरपर्दो आधार हो ।
राम्रा शिक्षकमा नभई नहुनेगुण शिक्षण पेशामा जीवनभर रमाउँछु भन्ने अठोट हो । शिक्षण पेशाप्रतिको अभिरुचिका कारण नै शिक्षक पेशाप्रति निष्ठावान् र समर्पित हुनपुग्छ । राम्रा शिक्षकमा बालबालिकाको मन बुझने, सिर्जनशील बनाउने, समग्र व्यक्तित्व विकास गराउनेगुण हुन्छन् । अध्ययनशील शिक्षकहरूमा बहुभाषिक दक्षता पनि हुन्छ । यस्ता शिक्षकहरू नियमित र अनुशासित हुन्छन् र कक्षामा जान झ्र्को मान्दैनन् । उनीहरू छात्रछात्राका सबल र दुर्बल पक्षहरू पहिचान गरी प्रेम, प्रेरणा र प्रोत्साहनको ओखती प्रयोग गरी दुर्बल पक्षको उपचार गर्छन् । राम्रा शिक्षकहरूले भेदभाव गर्दैनन् । विद्यार्थीले प्रश्न सोध्दा रिसाउँदैनन्, शान्तभावमा उत्तर दिन्छन् । विद्यार्थीमा जिज्ञासा राख्न प्रोत्साहन दिन्छन् । विषयवस्तुको केन्द्रमा रहेर नबहकिइकन पढाउने कला भएका राम्रा शिक्षकले छात्रछात्रालाई प्रशस्त मात्रामा अभ्यास गराउँछन् र परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सक्षम बनाउँछन् । शिक्षक छात्रछात्राका निम्ति पुलिस होइनन्, असल साथी, सहृदयी र सहयोगी मित्र हुन् । विद्यार्थीका बारेमा चासो राखी तिनलाई आडभरोसा दिनु राम्रा शिक्षककोगुण हो ।
लक्ष्मी दाहाल, विभूति प्रज्ञा निकेतन, कपन, काठमाडौँ
स्कूललाई सर्वस्व ठान्ने उत्तम
आफ्नो विषयमा रराम्रो ज्ञान भएको , विद्यार्थीसँग र सहकर्मीहरूसँग उचित व्यवहार गर्ने काममा सधैँ उत्साहित, पठनपाठनमा दत्तचित्त, आत्मविश्वासी, निः स्वार्थ भावनाले काम गर्ने , स्कूलमा नियमित उपस्थित हुने, आफ्नो कामको स्वमूल्याङ्कन गर्न सक्ने क्षमता भएकाहरू नै राम्रा शिक्षक हुन् ।
राम्रा शिक्षकले आफ्नो कर्तव्य बुझेको हुन्छ र त्यसलाई पूरा गर्न ऊ सधैँ तत्पर रहन्छ । राम्रा शिक्षकले पठनपाठनलाई खालि पैसा कमाउने साधनको रूपमा लिँदैनन् । राम्रा शिक्षकले नयाँ–नयाँ अध्यापन विधिहरू प्रयोग गरी प्रभावकारी शिक्षण गर्द छन् । उनीहरू विद्यार्थीलाई इमान्दार, देशभक्त र परिश्रमी बन्ने पाठ सिकाउँछन् । आफ्नो कर्मक्षेत्र सम्झेर दिलोज्यानले कर्तव्य निर्वाह गर्ने शिक्षक राम्रा हुन् ।
मनराजा राजोपाध्याय
पूर्व उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र
धूमपान/मध्यपान न गर्ने मनपर्छ
राम्रा शिक्षकको दिमागमा एउटै कुरा घुमिरहन्छ— म विद्यार्थीलाई के दिन सक्छु । विषयवस्तुमा दख्खल विद्यार्थीको रुचि/क्षमता अनुसार नयाँ प्रविधिको प्रयोग गरी सृजनशील शिक्षण गर्न सक्ने शिक्षक नै राम्रा शिक्षक हुन् । कुनै बेला शारीरिक सजाय दिने र विषयवस्तु एकोहोरो रटाउने शिक्षकलाई ‘राम्रा’ शिक्षक मान्ने चलन थियो । तर, अहिले बालबालिकाको मनोभावना बुझेर शिक्षण गर्ने लाई ‘राम्रा शिक्षक’को कोटिमा राख्ने गरिन्छ ।
रराम्रो मानवीय सम्बन्ध कायम गर्न सक्ने, प्रस्तुतीकरण कला रराम्रो भएको , सहनशील, विद्यार्थीलाई सोधपुछ गरी पढाउने र सबैलाई समान व्यवहार गर्ने शिक्षक राम्रा मानिन्छन् । तालिमप्राप्त कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्ने, सही उदाहरण दिएर पढाउने अनि अनुशासन र नियम पालनकर्ता जस्ता विशेषता भएका मध्यपान, धूम्रपान आदि न गर्ने शिक्षक राम्रा हुन् ।
मोहनप्रसाद मैनाली
पञ्चकन्या मावि, वाल्टिङ–५, काभ्रे
सजाय दिनेहरू ‘कलङ्क’
भूतपूर्व विद्यार्थी र अहिलेको अभिभावकको नाताले मेरो दृष्टिमा औपचारिक रूपमा पठनपाठन आरम्भ हुनुअघि स्कूलका समग्र नियमहरू छात्रछात्रालाई बुझाउने शिक्षक राम्रा हुन् । तर यतिले मात्र रराम्रो शिक्षक कहलिन सकिँदैन ।
शिक्षक आफ्नो कामप्रति अनुशासित र जिम्मेवार हुनुपर्छ । किताब सबै शिक्षकले पढाउँछन् । तर किताब पढाउनु मात्र शिक्षकको जिम्मेवारी होइन । विद्यार्थीको चाहना अनुसार पढाउनु , विद्यार्थीलाई स्पष्ट रूपमा बुझाउन सक्नु शिक्षकको जिम्मेवारी हो । आफूले पढाएको विषयमा उत्तीर्ण हुनुपर्छ भन्दैमा विद्यार्थीलाई शारीरिक या मान सिक यातना दिने वा परीक्षामा आउने प्रश्नहरू सिकाइदिने काम गर्नेहरू शिक्षकका कलङ्क हुन् । शिक्षकजस्तो गरिमामय, मर्यादित र जिम्मेवारीपूर्ण पेशालाई पैसा कमाउने भाँडो मात्र बनाउने शिक्षकलाई रराम्रो मान्न सकिँदैन । कुनै पनि अभिभावकले आफ्नो बालबच्चा कुटियोस्, पिटियोस् भनेर स्कूल पठाएका हुँदैनन् । शिक्षकको काम विद्यार्थीलाई असल शिक्षा दिनु, खराब कुरा बाट जोगाउनु, रराम्रो काम गर्न प्रेरित गर्नु , प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्नु हो । अभिभावक खराब भए एक परिवार मात्र बिग्रन सक्छ तर शिक्षक खराब भए सयौं परिवार बिग्रन सक्छ ।
सन्देश लिम्बू, धरान–१९, सुनसरी
योग्य जनशक्ति उत्पादन गर्ने उपयोगी
शिक्षक नरराम्रो भएमा २–३ पुस्तै बिग्रन सक्छ । कर्मठ र योग्य जनशक्ति उत्पादन गर्न राम्रा शिक्षक चाहिन्छ । कुनै कुरा सिकाउन विषयवस्तुमा गहिरो ज्ञान हुनुपर्छ । शिक्षकमा पेशा र विद्यार्थीप्रति माया हुनुपर्छ ।
पेशागतगुण भएको शिक्षकले समाज , विद्यालय, विद्यार्थी, सहकर्मीका साथै राष्ट्रका लागि महत्वपूर्ण योगदान दिई असल समाज सिर्जना गर्न सक्छ । वास्तवमा त्यस्ता शिक्षक नै राम्रा शिक्षक हुन् । कक्षामा फरक–फरक संस्कृति, जातजाति, भाषा, आर्थिक अवस्था, रहनसहन र भिन्नाभिन्नै क्षमता भएका (जस्तै; सुनाइबोलाइमा भिन्नता भएका, अध्ययनप्रति भिन्न रुचि भएका) विद्यार्थीहरूको पहिचान गरी उनीहरूको मनोविज्ञान बुझेर शिक्षण गर्न सक्ने शिक्षक रराम्रो हुनसक्छ ।
नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोर आफ्ना गुरुको शिक्षणकला चित्त नबुझेर घरमा स्वाध्यायन गरी महान् व्यक्ति बन्न पुगे । अनि अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले आफ्ना छोरालाई शिक्षकले रराम्रोसँग पढाउन भनेर पत्रै लेखे ।
शिक्षक आधारभूत कर्तव्य भनेको असल, सक्षम, आत्मविश्वासी र स्वाभिमानी नागरिक उत्पादन गर्नु हो । तालिममा सिकेका कुरा कक्षाकोठामा शिक्षण गर्दा लागू गर्ने शिक्षक व्यावहारिक रूपमा राम्रा मानिन्छन् । दैनिक पाठयोजना बनाई निष्पक्ष मूल्याङ्कन र विद्यार्थीहरूमा समान व्यवहार, समयनिष्ठ, कर्तव्यपरायण, राजनीतिक खेलबाट अलग रहने, विषयवस्तुको पूर्ण ज्ञान भएका, आचारसंहिताको पालना गर्ने , ठूलालाई आदर, सानालाई माया गर्ने शिक्षक नै राम्रा हुन् ।
जो शिक्षक शिक्षण पेशालाई ‘पार्ट टाइम’ जागिर ठान्छन् र वैकल्पिक व्यवसाय अपनाई विद्यार्थीलाई अलपत्र पार्छन्, कीर्ते हाजिर गरी तलब पकाउँछन् र कक्षामा आलटाल गरी पढाउँछन्; फेरि तिनै विद्यार्थीलाई ‘ट्युसन’ र ‘कोचिङ’ कक्षा पढ्न बाध्य पार्छन् र पैसा कमाउने उद्देश्य मात्र राख्छन्– त्यस्ता शिक्षक राम्रा होइनन् ।
कक्षामा गएर पढ–पढ मात्र भन्ने र आफूचाहिँ उपन्यास, राजनीतिक किताब वा पत्रिका पढेर बस्ने अनि घण्टी नलाग्दै कक्षाबाट बाहिरिने शिक्षक नराम्रा मात्र होइनन् ती विद्यार्थीको जीवन बर्बाद गर्ने व्यक्तिहरू हुन् ।
नवराज ज्ञवाली
एमएड, काठमाडौं विश्वविद्यालय
सर्वगुण सम्पन्न भए हुन्थ्यो
बितेका दुई–चार वर्ष देखि शिक्षक कसरी असल हुनसक्छ भन्ने कुरा को खोजीमा थिएँ । पुस्तकमा पढेको असल शिक्षक र विद्यार्थीले मानेको असल शिक्षकमा के कति भिन्नता छ ? समान ता के छ ? भन्ने कुरा लाई मैले बुझने कोसिस गरें । दुई दशक लामो मेरो शिक्षण अनुभवले भन्छ, उपयुक्त कारणसहित विद्यार्थीले असल मानेका शिक्षक नै वास्तवमा उत्कृष्ट शिक्षक हुन् ।
फागुनको अन्तिम साता एसएलसी कोचिङ कक्षामा सहभागी ११६ जना विद्यार्थीसँग मैले जिज्ञासा राखेँ— “तिमीहरूलाई कस्तागुण भएको शिक्षक रराम्रो लाग्छ ?” मेरो जिज्ञासालाई छात्रछात्राले दिएको जवाफलाई संश्लेषण गर्दा यस्तो निष्कर्ष निस्कियोः पढाउने आकर्षक शैली, बुझिने गरी पढाउने, न बुझएि दोहोरयाएर पढाउन झ्ण्झ्ट नमान्ने, विद्यार्थीलाई माया गर्ने , विद्यार्थीलाई हाँसो र खुसीका साथ पढाउने, उदाहरण दिएर पढाउने, विद्यार्थीको कमजोरी पत्ता लगाई शिक्षण गर्ने , सरल भाषा प्रयोग गर्ने , सृजनात्मक र मौलिक तरिकाले शिक्षण गर्ने । शिक्षण विधिका अलावा शिक्षकको सामाजिकगुणलाई पनि विद्यार्थीहरूले शिक्षकको उत्कृष्टताको आधार मान्दा रहेछन् । सहयोगी भावना भएको , विद्यार्थीप्रति सकारात्मक दृष्टिकोण राख्ने, सबैलाई समान व्यवहार गर्ने , विद्यार्थीका समस्या बुझदििने, विद्यार्थीसँग घुलमिल हुने, आत्मीयता देखाउने, कुनै दल वा समूहको पक्षमा वा विपक्षमा राजनीति न गर्ने शिक्षकलाई पनि छात्रछात्राले रराम्रो मान्दा रहेछन् । अतः हामी शिक्षक प्रमाणपत्रमा होइन, विद्यार्थीको मनमा असल बन्न सकौं ।
श्यामप्रसाद लामिछाने
भीमोदय उमावि, गोरखा
विद्यार्थीलाई बुझनु परयो
सिकाइका लागि महत्वपूर्ण संस्था भनेको विद्यालय हो र यसमा सिकाउने व्यक्ति भनेका शिक्षक हुन् । शिक्षकलाई गुरु भनेर पनि बोलाइन्छ । ‘गु’ को अर्थ अँध्यारो र ‘रु’ को अर्थ ‘नाश’ गर्नु अर्थात् बालकको अज्ञानतारूपी अँध्यारोलाई नाश गरी ज्ञानरूपी प्रकाशद्वारा सभ्य नागरिक बनाउने व्यक्तिलाई शिक्षक भनिन्छ ।
कलिला बालबालिकाको बालमनोविज्ञानलाई उच्च प्राथमिकता दिई बालकेन्द्रित शिक्षण विधिद्वारा पाठ्यक्रमका विषयवस्तु पढाउने शिक्षक विद्यार्थीको दृष्टिमा राम्रा कहलिन्छन् । वास्तवमा शिक्षक, विद्यार्थीका लागि अभिभावक र असल साथी पनि हो ।
व्यक्तिगतगुणः रराम्रो शिक्षक बौद्धिकरूपले उत्सुक, शारीरिकरूपले स्वस्थ र सफा, व्यक्तिगतरूपले रराम्रो आचरण र व्यवहार भएको , राष्ट्रिय ता वा नैतिकता र सामाजिक सद्भाव भएको , निष्पक्ष, क्रियाशील, प्रेरक, मौलिक, मैत्रीपूर्ण, दयालु, धैर्यशील, प्रशन्न, सचेत र नेतृत्वदायी व्यक्तित्व भएको हुनुपर्दछ ।
सामाजिकगुणः राम्रा शिक्षकले आफू बसेको समाज र सामाजिक अवस्था तथा सामाजिक मूल्य, मान्यता, रीतिथिति, संस्कृति आदिका बारेमा ज्ञान राखेको हुनुपर्दछ । विद्यालय समाज र समुदायको सहयोगमा चल्ने पवित्र संस्था भएको ले समुदायसँग मिली काम गर्न सक्नेगुण असल शिक्षक हुनका लागि अनिवार्य शर्त हो । राम्रा शिक्षकले समुदायमा शैक्षिक नेतृत्व दिनुपर्छ ।
पेशागतगुणः रराम्रो शिक्षकले पठनपाठनलाई जागिरको रूपमा लिने साँघुरो मान सिकता त्यागेर पेशाप्रति समर्पित भाव राख्नुपर्दछ । असल शिक्षक त्यो हो, जसले पेशाप्रति सदैव निष्ठा देखाउँछ । विद्यार्थीहरूप्रति सहयोगी, दयालु र मित्रवत् व्यवहार गर्द छ । आफ्नो विषयमा दक्षता र अनुभव राख्दछ ।
बालमुकुन्द भट्ट
माउन्टेन उमावि, बागबजार, डडेलधुरा
रमाइलो पाराले सिकाउने असल
विश्वविख्यात दार्शनिक वट्रेण्ड रसेलको शब्दमा ‘जीवनको सही अर्थलाई हृदयङ्गम गर्नु / गराउनु नै शिक्षाको प्रमुख उद्देश्य हो ।’ यसरी समस्त ज्ञान, विज्ञानका साथै जीवनका चारित्रिकगुणहरू शिक्षामा नै समाहित हुन्छन् । शिक्षा राष्ट्रिय विकास को मेरुदण्ड त हुँदै हो; शिक्षालाई मस्तिष्क र प्राणको रूपमा पनि बुझन्छि । शिक्षा जीवनलाई सही अर्थमा सम्झ्ने सशक्त र सर्वसुलभ माध्यम हो । शिक्षाले विद्यार्थीको शारीरिक, मान सिक, संवेगात्मक, सामाजिक र सांस्कृतिक विकास गर्छ र योग्य नागरिक बनाउँछ ।
योग्यता, अनुभव, ज्ञान, शिक्षणप्रतिको रुचि, लगनशीलता, प्रतिबद्धता, असल व्यवहार भएका शिक्षक नै राम्रा मानिन्छन् ।
जीवनको प्रत्येक क्षणमा आफ्नो त्याग, समर्पण, स्नेह र पवित्र भाव देखाउने आमा जस्तै गुरु हुनुपर्छ । निर्भीक वातावरण बनाई, बालबालिकाको अधिकारको रक्षा गर्ने , विद्यालयमा शिक्षक मात्र नभई, एक कुशल न्यायाधीश, अभिभावक र सहजकर्ताको भूमिका निर्वाह गर्ने शिक्षक राम्रा हुन् । विद्यार्थीलाई योग्य अन्वेषणकर्ता, निष्ठायोग्य र नैतिकवान् बनाउन कोशिश गर्ने र प्रेरणा दिने मित्र नै आदर्श गुरु हुन् । ठीक, बेठीक मूल्याङ्कन गर्ने , ठीक कुरा प्रति आफ्नो प्रस्ट सोचाइ राख्न सिकाउने, फुर्सदको समयमा पनि विद्यार्थीले केही सिकोस् भन्ने भावना राख्ने शिक्षक नै असल हुन् । असल शिक्षकले सधैँ आफ्नो विद्यालयको, विद्यार्थीको, पेशाको सम्मान गरिरहेको हुन्छ । विद्यार्थीलाई शारीरिक र मान सिक रूपमा सहयोग गर्ने शिक्षक पनि राम्रामा पर्छन् ।
गुणस्तरीय शिक्षा असल शिक्षकमा निर्भर गर्द छ । अनुशासित, अध्ययनशील, परिश्रमी, इमान्दार, सकारात्मक दृष्टिकोण, रचनात्मक कार्यशैली भएका र विद्यार्थीलाई माया गर्ने , असफल विद्यार्थीलाई हौसला दिने, पाठयोजना बनाई रमाइलो पाराले सिकाउने शिक्षकलाई राम्रा शिक्षक मानिन्छ । नियमित कक्षामा आउने, विद्यार्थीहरूको विभिन्न दुर्गुणबारे चेतना जगाउने, नबुझुन्जेलसम्म बुझाउने, विद्यार्थीलाई किताबको कीरो मात्र नभई आत्मविश्वासी बनाउने शिक्षक सबैका आदर्श हुन् ।
करुणा जोशी
विराटनगर–१५, जनपथटोल
राम्रामा पर्याप्त ज्ञान हुनुपर्छ
विद्यालय र विद्यार्थीप्रतिको दायित्व भुलेर शिक्षण पेशालाई व्यापार ठानेका छन् । म छात्रछात्रालाई के दिन सक्छु भन्दा पनि म उनीहरूबाट के लिन सक्छु ? भन्ने भावनाको विकास भएको पाइन्छ । पाठ्यपुस्तकमा केन्द्रित भएर पढाउने शिक्षक नै सबैका प्यारा शिक्षक हुन् । पाठ्यपुस्तक, विषयवस्तुको उच्च ज्ञान, स्पष्ट, प्रभावकारी, तालिमप्राप्त शिक्षक नै विद्यार्थीका निम्ति सर्वोत्तम शिक्षक हुन् । शिक्षकलाई सबै विद्यार्थीले पथप्रदर्शक मान्छन् ।
राम कुमार राउत
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
भाषण छाँट्ने ‘नराम्रा’
एउटा कलाकारले आफ्नो प्रत्येकगीत, सङ्गीत वा अल्बमलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग मानेर पेशासँग जोडेर हेर्छ, त्यसरी नै शिक्षकले पनि आफ्नो प्रत्येक कक्षा वा शिक्षणकार्यलाई सधैँ कलात्मक एवं जीवन्त बनाउने प्रयासमा दृढ सङ्कल्पित भएर लाग्नुपर्छ । सैद्धान्तिक रूपमा कस्ता शिक्षक विद्यार्थीका आँखामा राम्रा ठहरिन्छन् ? भन्ने कुरा ठम्याउनु निश्चय नै कठिन विषय हो । नेताले जस्तो भाषण गरेर, सुगालाई जस्तो रटाएर, जागिरे मान सिकता लिएर, आफ्नो जीवनगुजारा गर्ने सोच राखेमा कोही पनि रराम्रो शिक्षक बन्न सक्दैन । शिक्षकको व्यक्तिगत क्षमताले विद्यालय, कक्षाकोठा एवं विद्यार्थीको क्रियाकलाप मा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
राम्रा शिक्षक ठहरिन शिक्षकमा विद्यार्थीको मन जित्न सक्ने, उनीहरूको इच्छा, उमेर, अवस्था, तह बुझेर शिक्षणकार्य अगाडि बढाउन सक्ने खुबी हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई कहिल्यै पनि गाली गर्नु हुँदैन । धैर्यवान्, बेलाबेलामा रमाइलागफ, चुट्किला तथा कथा आदि भनेर छात्रछात्रालाई आकर्षित गर्ने सक्ने शिक्षक नै विद्यार्थीका आँखामा राम्रा हुनसक्छन् ।
हरिभक्त सुवेदी
निर्मल उमावि, दमौली, तनहुँ
पहिलो गुण पेशाप्रतिको निष्ठा
असल शिक्षकमा प्रतिबद्धता, समर्पण, त्याग र सृजनशीलता जस्तागुणहरू हुनु आवश्यक छ । राम्रा शिक्षकले विद्यार्थीको उन्नतिका निम्ति स्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी शिक्षण विधि, उपयुक्त क्रियाकलाप , आवश्यक शैक्षिक सामग्री, मूल्याङ्कन, गृह कार्य, अभिभावकसँग विद्यार्थीको पढाइबारेमा छलफल , अन्तरक्रिया र आवश्यक पृष्ठपोषण जस्ता कुरा मा ध्यान दिनुपर्छ । शिक्षकलाई रराम्रो ठान्नुको प्रमुख आधार उसको पेशाप्रति प्रतिबद्धता र समर्पणभाव हो । विषयवस्तुको गहिरो ज्ञान र शिक्षण कौशल त्यसपछि आउँछ ।
खडानन्द तिमल्सिना
लाम्पन्टार–३, सिन्धुली
राम्राका ११ विशेषता
१. दक्ष, तालिम प्राप्त एवं आधुनिक तरिकाले कार्य सम्पादन गर्न सक्ने ।
२. लगनशील, परिश्रमी, सच्चा तथा प्रयोगशील ।
३. शारीरिक र मान सिकरूपले स्वस्थ, बौद्धिक ।
४. पेशाप्रति प्रतिबद्ध, स्कूल र विद्यार्थीप्रति वफादार ।
५. धैर्य, आशावादी र सकारात्मक सोच भएको ।
६. खोज र अनुसन्धानमा आधारित भएर शिक्षण गर्ने ।
७. काममा विश्वास गर्ने , परिणाममुखी काम गर्ने ।
८. स्वतन्त्र र अनुशासित भएर अरूलाई पनि स्वतन्त्रतापूर्वक अनुशासनमा बस्न प्रेरित गर्ने ।
९. सिकाइको आत्मा भन्नु नै बुझइ भएको ले राम्ररी बुझाउन सक्ने ।
१०. परिवर्तनलाई आत्मसात् गर्न सक्ने खुबी भएको ।
११. शिष्ट र सहिष्णु चरित्र भएको ।
सुरेश शर्मा
शिक्षक, जी. एकेडेमी, सुनाकोठी, ललितपुर
लौरो बोक्ने ‘गाईगोठाला’
सामान्य अर्थमा विद्यार्थीलाई सत्य र सही बाटो देखाउने व्यक्ति शिक्षक हो । विस्तृत अर्थमा चाहिँ कुनै व्यक्तिलाई औपचारिक वा अनौपचारिक रूपमा ज्ञान, बुद्धि, विवेक दिएर उज्ज्वल भविष्य निर्माण गर्न सहयोग गर्ने व्यक्तिलाई शिक्षक मानिन्छ । यदि शिक्षकले विद्यार्थीसँग बोल्न गाह्रो ठान्छ, हाँसखेल गर्न अप्ठ्यारो मान्छ, सानो गल्तीमा विद्यार्थीलाई सजाय दिन्छ, बेइज्जत गर्छ अनि विद्यालयको रिस जथाभावी पोख्ने गर्छ भने त्यो शिक्षक विद्यार्थीको आँखामा कदापि रराम्रो हुनसक्दैन । यदि कुनै शिक्षकले विद्यार्थीबीच लिङ्ग, धर्म, धनी, गरिब र जान्ने नजान्ने आधारमा भेदभाव गर्छ भने त्यो शिक्षक पनि विद्यार्थीका आँखामा रराम्रो बन्न सम्भव छैन ।
समयमा विद्यालय आउने, १०–४ अघिपछि पनि विद्यार्थीलाई निःशुल्क सिकाइदिने, विद्यार्थी माथि पारिवारिक र सामाजिक रिस–राग नपोख्ने शिक्षक रराम्रोमागनिन्छन् ।
शिक्षक विद्यार्थीको साथी नै हो । उसको मिजास कडा हुनुहुँदैन । छात्रछात्राको आँखामा शिक्षक जन्म दिने आमाबाबु भन्दा पनि प्यारो हुनुपर्छ । किनभने विद्यार्थीले बढी समय विद्यालयका शिक्षकसँगै बिताउँछन् । मीठो र सरल भाषा बोल्ने, कालोपाटीमा वा कापीमा लेख्दा रराम्रो अक्षरले लेख्ने, आफूले बोलेका कुरा पहिला आफैँले व्यवहारमा उत्तार्ने, अरूको नक्कल न गर्ने र सधैँ फुर्तिलो शिक्षक विद्यार्थीका प्रिय हुन्छन् । कक्षामा लट्ठी बोकेर जाने त शिक्षक नै होइनन् । ती त गोरु र बाख्रा चराउनेगोठाला हुन् ।
विनोद बजगाईं
भट्टेडाँडा–४, ललितपुर



