‘बर्न इनटु ब्रथेल्स’ वेश्यालयका केटाकेटीको पक्षमा
साना–साना केटाकेटीहरू अभिभावकसँगै वेश्यालयका कोठीमा बसेका छन् । उनीहरूको शिक्षा–दीक्षाको त के कुरा , राम्ररी खाने, बस्ने र रराम्रो बोलीचालीकोे वातावरण समेत हुँदैन । तर त्यहाँ बसेका केटाकेटीहरूलाई यो ठाउँ रराम्रो होइन भन्ने आभास भइसकेको हुन्छ । “हराम्रो यो बिल्डिङमा आउने सारा मान्छेहरू खराब छन् । उनीहरू पस्नासाथ बेस्सरी कराउँछन्, चिच्याउँछन् । मलाई पनि आईमाईहरूले भन्ने गर्छन्— तिमी पनि ठूली हुँदैछौ, अब तिमीले यो लाइनमा लाग्न धेरै समय बाँकी छैन । तर मलाई यहाँको वातावरण मन पर्दैन”, ११/१२ वर्षकी एक बालिका दुः खेसो गर्छिन् ।
यसै बीच, कलकत्ताको यो वेश्यालयमा एउटी युवतीको प्रवेश हुन्छ । तर उनी त्यहाँ वेश्यावृत्ति गर्न आएकी नवयौवना होइनन् । उनी त वेश्यालयमा जन्मे–हुर्केका केटाकेटीहरूको अवस्थालाई उजागर गर्ने ध्येयले भिडियो क्यामेरासहित त्यहाँ पुगेकी हुन्छिन् । तर त्यहाँका क्रियाकलाप हरू समाज को दृष्टिमा घृणित र अनैतिक भएकाले कोही पनि क्यामेराको अगाडि मुख देखाउन मान्दैनन् । त्यसपछि केटाकेटीलाई रत्याउनका लागि उनले एउटा जुक्ति झ्क्छििन्, सबैलाई एक–एकवटा क्यामेरा दिएर फोटोग्राफी सिकाउने । त्यसका लागि १० देखि १४ वर्षसम्मका तीन जना बालक र पाँच जना बालिकाहरू छानिन्छन् । उनले सबैलाई क्यामेराबारे सामान्य जानकारी दिँदै तस्बिर खिच्न सिकाउँछिन् र आफूलाई मन लागेको फोटो खिच्न ल गाउँछिन् । उनको तत्कालको ध्येय ती बालबालिकाहरूलाई आफ्नै आँखाबाट संसारलाई हेर्न सिकाउने भएपनि फरक खालको अवसर दिएर उनीहरूलाई वेश्यालयबाट बाहिर निकाल्ने र रराम्रो शिक्षा–दीक्षाको वातावरण मिलाइदिने मूलभूत उद्देश्य रहेको हुन्छ ।
ती बालबालिकाहरूलाई पहिलो दिन चिडियाघर लगिन्छ । त्यहाँका जनावरहरूको थरीथरीका फोटो खिच्न पाउँदा बालिबालिकाहरू असाध्यै खुशी देखिन्छन् । उनी विस्तारै केटाकेटी र उनीहरूका परिवारसँग घुलमिल हुन समर्थ हुन्छिन् ।
एकदिन उनी ती बालबालिकालाई लिएर समुद्री किनारतिर पुग्छिन् । बालबालिकाहरू समुद्री छालसँगै रमाउँदै नाँच्दै आ–आफ्नै कोणमा क्यामरा तेस्र्याउँछन् । फोटो खिच्न पाउँदा खुशीले चिच्याउँछन्, उफ्रन्छन् । ती तस्बिरहरूको प्रदर्शनी भारतको अक्सफोर्ड बुकस्टोर्स ग्यालरीमा हुन्छ । फोटो प्रदर्शनीमा यी उपेक्षित बालबालिकाले सम्मान का साथ पाहुनाको निम्ता कार्ड पाउँदा उनीहरूमा खुशीको सीमा हुँदैन । समाज बाट अपहेलित आफूहरूलाई पनि आदरसाथ अतिथिको रूपमा निम्त्याइँदा ती बालबालिकाका आमाहरू पनि खुशीलेगद्गद् हुन्छन् ।
प्रदर्शनीको भोलिपल्ट अनपेक्षित रूपमा विश्वप्रसिद्ध अखबारहरूमा ती तस्बिरहरूले प्राथमिकताका साथ स्थान पाउँछन् । त्यो देखेर बालबालिकाहरू चकित पर्छन् । यसले उनीहरूमा आत्मविश्वास पैदा मात्र गराउँदैन, नयाँ सपना पनि अङ्कुरित हुन्छ । तीमध्येको एक बालक अभिजितले भारतीय टिभी च्यानलका पत्रकारसँग भन्छ— सबै वातावरण मिल्दै आयो भने भविष्यमा म फोटोग्राफीलाई नै आफ्नो पेशा बनाउँछु । उसका साथी शान्ति र कोचीले आफूहरूले वेश्यालयबाट छुटकारा पाउने भयौं भन्दै खुशी व्यक्त गरे । यो फोटो प्रदर्शनीले कमाएको ख्यातिका कारण अभिजितले हल्याण्डको आम्स्टर्डममा आयोजित वल्र्ड प्रेस फोटो फाउण्डेशन को फोटो प्रदर्शनीमा भाग लिन जाने दुर्लभ अवसर पाउँछ ।
उनले ती बालबालिकाका लागि रराम्रो बोर्डिङ स्कूलको खोजी गर्छिन्, ताकि फेरि उनीहरूले त्यो वेश्यालयमा फर्कन नपरोस् । वेश्यालयमा जन्मे–हुर्केका बालबालिका भएकाले तिनीहरूको जन्मदर्ता, रासन कार्ड, मेडिकल सर्टिफिकेट लगायतका कागजातहरू धेरै परिश्रमपछि हात पार्न उनी सफल हुन्छिन् । संयोगवश यीमध्ये कसैमा पनि ‘एचआईभी पोजिटिभ’ फेला पर्दैन । सबै प्रक्रियाहरू पूरा गरिसकेपछि सबेरा फाउण्डेशन नामक संस्थाले बालबालिकाहरूलाई आश्रयसहित शिक्षा दिन तयार हुन्छ ।
यो कुनै फिक्सन फिल्मको कहानी नभएर वास्तविकता हो, जसलाई उनी अर्थात् अमेरिकामा फोटोग्राफी गर्दै आएकी जाना ब्रिस्कीले सहकर्मी रोज काउफमेनसँग मिलेर बनाएको डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । कलकत्ताको रेड लाइट एरिया मा जन्मे–हुर्केका केटाकेटीहरू माथि सन् २००४ मा निर्मित १ घण्टा २५ मिनेट लामो उक्त डकुमेन्ट्री विश्व प्रसिद्ध ओस्कारसहित विभिन्न पुरस्कार बाट सम्मानित भइसकेको छ ।
प्रस्तुत डकुमेन्ट्रीले मूलभूत रूपमा दुईवटा सन्देश दिन सफल छ । पहिलो , केटाकेटीहरूले केही गर्न सक्दैनन् भन्ने मान्यता सर्वथागलत हो । उनीहरू हरदम नयाँ अवसर, प्रोत्साहन र सहयोगको खोजीमा हुन्छन् र अवसर पाए भने रराम्रो गरेर देखाउन सक्छन् । दोस्रो, समाज बाट बहिष्कृतप्रायः भइसकेका र अत्यन्तै नरराम्रो वातावरणमा हुर्किएका केटाकेटीहरूलाई पनि प्रयास गरे सामाजिक रूपमा पुनस्र्थापना गर्न सकिन्छ ।
प्रज्ञा तिमल्सिना
timalsina@gmail.com



