मूल समस्या दक्ष शिक्षक

स्कूल र कलेजमा दक्ष अङ्ग्रेजी शिक्षक नहुनु र भएका शिक्षकले पनि अङ्ग्रेजी भाषा सम्बन्धी उचित तालिम नपाएकाले अङ्ग्रेजीको पठनपाठन कमजोर भएको हो ।

नेपाली छात्रछात्राले अङ्ग्रेजी जान्नै पर्छ ?
जान्नुपर्छ ।

किन ?
अङ्ग्रेजीको सम्बन्ध व्यक्तिको सामाजिक प्रतिष्ठासँग जोडिएको छ । दरबार हाईस्कूलको स्थापनापछि नेपालमा सर्वसाधारणले अङ्ग्रेजी सिक्न थालेका हुन् । पहुँचवालालाई अङ्ग्रेजी प्रतिष्ठाको भाषा बने पनि अहिले अन्य वर्गका मानिसका लागि नभई नहुने कामकाजी भाषा भएको छ । अङ्ग्रेजी विश्व–भाषा हो । ज्ञानका अधिकांश पुस्तक यही भाषामा छन् । फ्रेन्च, जर्मन र स्पेनिसजस्ता सशक्त भाषालाई समेत अङ्ग्रेजीले ओझाेलमा पारेको छ । पछिल्लो समय नेपाली विद्यार्थीले पनि अङ्ग्रेजीका माध्यमबाट विश्व देख्न थालेका छन् । चलचित्र, पुस्तक, सञ्चार बुझन अङ्ग्रेजी अनिवार्य भएको छ । यसर्थ हामीले अङ्ग्रेजी जान्नै पर्ने भएको छ ।

नेपालमा अङ्ग्रेजी भाषाको ज्ञान र पठनपाठनको अवस्था कस्तो छ ?
पाठ्यक्रमको सीमाभित्र मात्र अब अङ्ग्रेजी सीमित रहेन । मानिसले आवश्यकता अनुसार अङ्ग्रेजी सिक्दै आएका छन् । विभिन्न अनुसन्धानले नेपालमा अङ्ग्रेजीको अवस्था र पठनपाठन कमजोर रहेको देखाएको छ । शैक्षिक संस्थामा रराम्रो पठनपाठन नभएर अङ्ग्रेजीको पढाइ कमजोर भएको हो । अङ्ग्रेजीको पठनपाठन कमजोर हुनुको मुख्य कारण हो— दक्ष अङ्ग्रेजी शिक्षकको कमी । स्कूल र कलेजमा एकातिर दक्ष अङ्ग्रेजी शिक्षकको अभाव छ भने अर्कोतिर भएका शिक्षकहरूले पनि अङ्ग्रेजी भाषा सम्बन्धी उचित तालिम पाएका छैनन् । अहिले कक्षा एक देखि अङ्ग्रेजी पढाउन थालिएको भए पनि त्यसले खासै काम गरेको छैन । अङ्ग्रेजीको आधार कमजोर भयो । यसैकारण प्रमाणपत्र तहमा अङ्ग्रेजी निकै जान्ने, अलिअलि जान्ने र कमजोर गरी तीन थरी छात्रछात्रा पढ्न आउँछन् । यस्तो स्तर भिन्नताका कारण विश्वविद्यालयमा अङ्ग्रेजी पढाउन अप्ठ्यारो भइरहेको छ ।  

अङ्ग्रेजी कमजोर हुनुमा पाठ्यपुस्तकको कमजोरी पनि छ कि ?
त्रिभुवन विश्वविद्यालयले गरेका विभिन्न अनुसन्धानले अङ्ग्रेजीका पाठ्यपुस्तकमा पनि त्रुटि, कमजोरी रहेको देखाएका छन् । तर पाठ्यपुस्तकभन्दा पनि शिक्षक कत्तिको योग्य छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पछिल्लो समयमा नेपाली सन्दर्भका सामग्री पढेका विद्यार्थीभन्दा अङ्ग्रेजी पाठ्यपुस्तक (नेटिभ टेक्सट बुक) पढेका विद्यार्थी अङ्ग्रेजीमा सफल भएको पाइएको छ ।

अङ्ग्रेजी विषय नै कठिन हो या कठिन बनाइएको हो ?
अङ्ग्रेजी साह्रै सजिलो भाषा हो । तर पनि गलत प्रणालीका कारण अप्ठ्यारो पारिएको छ ।

तपाईं अङ्ग्रेजीमा पोख्त कसरी हुनुभयो ?
स्कूल तेह्रथुमको म्याङलुङमा पढेको हुँ । त्यस बेला हराम्रो गाउँमा मद्रासका दुई जना पादरी र एक जना साधु आएका थिए । उनीहरूबीच स्तरीय शिक्षणका निम्ति प्रतिस्पर्धा नै हुन्थ्यो । यस्तो प्रतिस्पर्धाले हामीलाई फाइदा भयो । एसएलसीसम्म पुग्दा मेरा लागि अङ्ग्रेजी सहज भइसकेको थियो । मैले पढेको ठाउँ मात्र गाउँ थियो, वातावरण अङ्ग्रेजी सिक्ने खालको थियो । त्यसैले अङ्ग्रेजीको आधार बलियो भयो । शिक्षक र स्कूलले अङ्ग्रेजी पठनपाठनको उपयुक्त वातावरण तयार गरे मा विद्यार्थीले अङ्ग्रेजी सहज रूपमा सिक्न सक्छन् । आजभोलि व्यापक रूपमा फैलिएको आमसञ्चारमाध्यमलाई अङ्ग्रेजी सिक्ने साधनका रूपमा प्रयोग गर्न सकिन्छ । ‘कमिक्स’ पढ्दापढ्दै पनि केटाकेटीले अङ्ग्रेजी सिक्न सक्छन् ।

अङ्ग्रेजी पठनपाठनका लागि नेपालका शैक्षिक संस्थाले पर्याप्त सामग्री पाएका छन् ?
अहिले अङ्ग्रेजीका पाठ्यसामग्री पाउन कठिन छैन । पहिला पटना लगायतका शैक्षिक संस्थामा जुन पढाइ हुन्थ्यो यहाँ पनि त्यही पढाउने गरिन्थ्यो । म विश्वविद्यालयमा आएपछि अङ्ग्रेजी मातृभाषी लेखकले लेखेका सामग्री सङ्ग्रह गरेर पाठ्यपुस्तक निर्माण गर्ने प्रयास गरियो । अक्सफोर्ड र क्याम्ब्रिज प्रकाशनसँग नेपाली विद्यार्थीका लागि सस्तो मूल्यमा पाठ्यसामग्री उपलब्ध गराउन पनि अनुरोध गरियो । तर, यो क्रमले निरन्तरता पाउन सकेन । अङ्ग्रेजी लेखकले लेखेका ताजा सामग्रीलाई नै पाठ्यपुस्तक बनाएपछि शिक्षक र विद्यार्थीलाई निकै सजिलो भएको छ । विश्वविद्यालय तहमा अङ्ग्रेजी भाषाका शिक्षकलाई तालिम पनि दिइयो । यसो गर्दा नतिजा रराम्रो आउन थाल्यो ।  

त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति अङ्ग्रेजी शिक्षणका लागि कतिको दक्ष छ ?
अङ्ग्रेजीमा रराम्रो श्रेणीमा एमए गरेकाहरू उम्दा छन् । तर उनीहरू प्रायः स्कूल तह र दश जोड दुईमा शिक्षण गर्दैनन् । शिक्षाशास्त्र पढ्नेहरू शिक्षण विधिमा जानकार हुन्छन् तर उनीहरूको विषयवस्तुमा पकड बलियो छैन । अङ्ग्रेजीमा रराम्रो जनशक्तिको अभाव महसुस गरेर अङ्ग्रेजी शिक्षकहरूको साझ संस्था ‘नेल्टा’ले अङ्ग्रेजी शिक्षण सुधारको क्षेत्रमा रराम्रो भूमिका निर्वाह गरिरहेको छ ।

अधिकांश सरकारी स्कूलमा अङ्ग्रेजी भाषा नेपाली माध्यममा पढाइन्छ, यो तरिका उचित हो ?
पहिलापहिला नेपालीमा पढाउँदा पाप नै सम्झ्निे चलन थियो । पूरै ‘सिमुलेसन’ गर्ने काम पनि भयो । अङ्ग्रेजी बोल्दा पनि धेरै नक्कल गर्ने गरिन्थ्यो । तर यस्तो गर्नु ठीक होइन । शिक्षकले जहिले पनि विद्यार्थीको स्तर , चाहना र सामाजिक अवस्थालाई बुझेर पढाउनु पर्छ । उनीहरूलाई नेपाली हुँदै अङ्ग्रेजीतर्फ लैजानुपर्छ ।

अङ्ग्रेजी सिकाइमा देखि एका समस्या कसरी निराकरण गर्न सकिन्छ ?
अङ्ग्रेजीलाई अनिवार्य विषयका रूपमा प्रवद्र्धन गर्ने दाताहरू जताततै भेटिन्छन् । बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतका देशले अङ्ग्रेजीको विकास का लागि खर्च गर्न सक्छन् । सरकारले केन्द्र, क्षेत्र र स्थानीय तहमा अङ्ग्रेजी शिक्षकलाई उचित तालिम दिने व्यवस्था गर्नु पर्छ । ‘नेल्टा’सँग समन्वय गरी तालिम सञ्चालन गरे मा धेरै काम गर्न सकिन्छ । पाठ्यपुस्तक पनि नेल्टासँग को समन्वयमा तयार गर्न सकिन्छ । हेराइ, सुनाइ, बोलाइ र पढाइको संयोजन गरेर नै अङ्ग्रेजी सिक्न र सिकाउन सकिन्छ ।

सिक्ने, सिकाउने मामिलामा शिक्षक/विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ ?
शिक्षकले उत्प्रेरित गरे पछि विद्यार्थीले सिक्छ । अङ्ग्रेजीलाई छात्रछात्रा माथि जबर्जस्ती लाद्नुहुदैन, अनिवार्य गरियो भने विद्यार्थीले बोझ् मान्दो रहेछ । एउटा सर्वेले ६० प्रतिशत विद्यार्थीले अनिवार्य अङ्ग्रेजीलाई बोझ् ठानेको पाइयो । विद्यार्थीलाई अङ्ग्रेजीको महत्व बुझाउने र उनीहरूमा यसप्रति रुचि जगाउने भूमिका शिक्षकले निर्वाह गर्नु पर्छ ।

गरिबी र पछौटेपनसँग अङ्ग्रेजीको केही साइनो छ कि ?
पैसासँग अङ्ग्रेजीको सोझे सम्बन्ध छ । विगतमा अङ्ग्रेजीलाई धन र धनीको पर्यायवाची बनाइयो । तर, अब अङ्ग्रेजी त्यस्तो मान क रहेन । अङ्ग्रेजी भाषा माध्यमका रूपमा स्थापित भएको छ । अङ्ग्रेजीमा दख्खल हुनेहरू रराम्रो पहुँच र रराम्रो काम पाएर कमाउने अवस्थामा छन् । अब अङ्ग्रेजी एउटा वर्गमा मात्र सीमित छैन । इन्टरनेट चलाउन र अध्ययन गर्न पनि चाहिने भयो अङ्ग्रेजी ।

पहुँच नभएका समुदायसम्म अङ्ग्रेजी कसरी पुरयाउने ?
अङ्ग्रेजीको पहुँचभन्दा टाढा रहेका समुदायका बालबालिकाका निम्ति कोटा निर्धारण, छात्रवृत्ति आदिको व्यवस्था गरेर उनीहरूलाई अङ्ग्रेजी सिकाउने विशेष व्यवस्था गर्न सकिन्छ । निजी शैक्षिक संस्थासँग को पाँच प्रतिशत कर यस्तो काममा खर्च गर्दा उपयुक्त हुन्छ र अहिले चलिरहेको विवादलाई पनि समाधान गर्न सकिन्छ ।

विश्वमा नेपालको अङ्ग्रेजीको स्थान र स्तर कस्तो छ ?
अन्तर्राष्ट्रिय स्तर मा अवस्था त्यति नाजुक छैन । नेपालीले अङ्ग्रेजी बोल्दा बुझेकै छन् । नेपालका गाउँ गाउँमा पनि सामान्य अङ्ग्रेजी बुझने अवस्था छ । विदेशी पर्यटकहरू नेपाललाई अङ्ग्रेजी जान्ने देशका रूपमा लिन्छन् ।

बाबुराम

commercial commercial commercial commercial