स्कूलः विशेषज्ञ होइन असल व्यक्ति निर्माणका निम्ति

स्कूलको उद्देश्य विद्यार्थीलाई विशेषज्ञ होइन असल अर्थात् मिलनसार व्यक्ति बनाउने हुनुपर्छ । स्वतन्त्ररूपले विचार गर्न र निर्णय गर्न सक्ने सामान्य क्षमता बढाउने कामलाई स्कूलले सर्वाधिक महत्व दिनुपर्छ ।

शिक्षाका बारेमा बोल्ने आधिकारिक व्यक्ति हुँ भनेर म दाबी गर्द िनँ किनभने म शिक्षा बुझेको व्यक्तिभित्र पर्दिनँ । शैक्षिक समस्याका बारेमा थुप्रै विद्वान्हरूले विभित्र समयमा प्रस्ट रूपमा आफ्ना विचार व्यक्त गरी पनि सकेका छन् । मैले यहाँ राख्ने कुरा मेरो व्यक्तिगत अनुभव र विश्वासमा मात्र आधारित छन् ।

मानिसका निम्ति सत्य थाहा पाउनु वा सत्यको ज्ञान आर्जन गर्नु मात्रै पर्याप्त हुँदैन । आर्जित ज्ञानलाई मासिन नदिन निरन्तर नवीकरण गरिरहनु पर्छ । यसलाई मरुभूमिमा रहेको सिङ्गमर्मरको मूर्तिसँग तुलना गर्न सकिन्छ, जो सधैँ बालुवाले पुरिने खतरामा हुन्छ । त्यो मूर्ति सधैँभरि चम्किरहोस् भत्रका लागि कसै न कसैले त्यसको हेरविचार गर्नु पर्छ । म समाज को हेरविचार गर्ने मान्छेमध्येको एक हुँ ।

परम्परागत ज्ञानको भण्डारलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम स्कूल हो । यो कुरा अहिले आएर अरू बढी सही र सान्दर्भिक साबित भएको छ । आर्थिक क्रियाकलाप को नयाँ परिवेश र विकास ले गर्दा कुनै बेला परम्परा र शिक्षाको मुख्य वाहकका रूपमा रहेको परिवारको भूमिका आज कमजोर भएको छ । त्यसैले, मानव समाज को निरन्तरता र उन्नति पहिलेभन्दा धेरै बढी मात्रामा स्कूलमा निर्भर हुन थालेको छ ।

कहिलेकाहीँ मानिसले स्कूललाई आफ्ना सन्ततिलाई अधिकतम मात्रामा ज्ञान हस्तान्तरण गर्ने साधन वा माध्यमका रूपमा मात्र लिने गर्छन् । तर यो सोचाइ ठीक होइन । ज्ञान निर्जीव हुन्छ तर स्कूलले जीवितहरूको सेवा गर्द छ । स्कूलले युवाहरूमा मानव जातिको समग्र हितका लागि आवश्यकगुण र क्षमता बढाउनुपर्छ । तर यसको अर्थ; व्यक्तिको पहिचान नै नष्ट गर्नु भन्ने कदापि होइन । यसो गरेका खण्डमा कमिला र मौरीजस्तै मानिस पनि समाज को एउटा औजार मात्र बन्छ । व्यक्तिगत पहिचान र व्यक्तिगत उद्देश्य बेगरका मानिसले भरिएको समाज विकास को कत्ति पनि सम्भावना नरहेको निम्नकोटिको समाज हुन्छ । यसको विपरीत, शिक्षाको उद्देश्य मानिसलाई स्वतन्त्र रूपमा चिन्तन र काम गर्न सक्षम तुल्याउने हुनुपर्छ जसले समाज को सेवा गर्नु लाई आफ्नो जीवनको ठूलो चुनौतीका रूपमा स्वीकारगरोस् । अङ्ग्रेजी (बेलायतको) शिक्षा प्रणाली यो आदर्शको निकै नजिक पुगेको छ ।


तर नैतिक शिक्षा दिएर यस्तो आदर्श प्राप्त गर्न सकिँदैन । शब्दहरू आफैँमा अर्थहीन छन् र अर्थहीन नै रहन्छन् । आदर्शप्रतिको ओठेभक्तिले अधोगतितर्फ मात्र लैजान्छ । भनेको र सुनेको आधारमा कसैको व्यक्तित्व बन्दैन । यसका लागि मेहनत र जाँगर नै चाहिन्छ ।

शिक्षा दिनुको सबैभन्दा महत्वपूर्ण उद्देश्य बालकलाई कुनै काम गर्न जागरुक बनाउनु हो । यो नियम हरेक कुरा मा लागू हुन्छ— प्राथमिक तहका बालबालिकाहरूलाई पहिलो पटक लेख्न कोसिसगराउँदा होस् वा विश्वविद्यालयको अन्तिम पढाइ; पीएचडीको थेसिस लेख्न ल गाउँदा हरेक सफलताको पछाडि उत्प्रेरक र उत्प्रेरणाको हात रहेको हुन्छ । यो मानिसले गर्ने जुनसुकै कामको जग हो र त्यो काम सकिँदा यो अरू सुदृढ र सबल हुँदै जान्छ । स्कूलको शैक्षिक मूल्यका सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।

मेरो विचार मा स्कूलले डर देखाएर वा दबाब दिएर विद्यार्थीलाई काम गर्न लगाउनु सबैभन्दा खराब कुरा हो । यसो गर्दा विद्यार्थीमा रहेको असल भावना, इमान दारी र आत्माविश्वास नष्ट हुन्छ । यसले विद्यार्थीलाई अरूले जे भन्यो त्यो गर्ने खालको मान्छे बनाउँछ । कम्युनिस्ट देशहरूमा स्कूलले यसै गर्नु पर्ने नियम बनाइएको हुन्छ । तर प्रजातान्त्रिक शासन व्यवस्था भएका मुलुकका स्कूलमा यस्तो हुँदैन । स्कूलमा यस्ता खालका खराबी पस्न नदिनु अपेक्षाकृत सजिलो काम हो । शिक्षकलाई कठोर खालका उपाय अवलम्बन गर्ने अधिकार नदिएको खण्डमा विद्यार्थीले शिक्षकलाई आदर गर्ने एउटै मात्र कारण बाँकी रहन्छ— शिक्षकको मानवीय र बौद्धिक क्षमता । शिक्षकले कुट्ला अथवा अरू किसिमका सजाय देला भन्ने डरले विद्यार्थीले शिक्षकलाई आदर गरे जस्तो गर्नु पर्र्दैन ।  

प्रेरणा अर्थात् आकाङ्क्षा (यसलाई अलि नरम भाषामा मान्यता पनि भन्न सकिन्छ) पूरा गर्न खोज्नु मानवीय स्वभाव हो । मान सिक प्रोत्साहनविना मानव –मानव बीच सहयोग असम्भव हुन्छ । आफ्ना कामलाई अरूले रराम्रो ठानून् भत्रे चाहनाले नै समाज लाई एकताबद्ध गरेको हुन्छ । यस्तो जटिल भावनामा रचनात्मक र विध्वंसात्मक दुवै शक्ति सँग सँगै रहेका हुन्छन् । अरूबाट मान्यता पाउने चाहना राख्नु रराम्रो कुरा हो तर म अरूभन्दा रराम्रो, बलियो अथवा बुद्धिमान् हुँ भनी अरूले स्वीकारून् भत्रे सोचाइले मान्छेको मनोवैज्ञानिक धारणालाई उग्र मपाइवादतिर धकेल्छ । यस्तो अवस्था संबद्ध व्यक्ति तथा समाज दुवैका लागि घातक हुन सक्छ । त्यसैले, स्कूल तथा शिक्षकले विद्यार्थीलाई लगनशील बनाउनका लागि उसका निजी महत्वाकाङ्क्षालाई त्यो हदसम्म बढाइदिन सक्ने उपाय अवलम्बन गर्नु हुँदैन ।

 डार्बिनको ‘बाँच्नका लागि सङ्घर्ष र छनोट सम्बन्धी सिद्धान्त’लाई थुप्रै मानिसले प्रतिस्पर्धाको भावना विकास गराउनु ठीक हो भन्ने कुरा को प्रमाणका रूपमा लिएका छन् । केहीले मानिस–मानिसबीचमा ध्वंसात्मक आर्थिक सङ्घर्ष हुनुपर्छ भन्ने आफ्नो धारणा अवैज्ञानिक हुँदाहुँदै पनि त्यसलाई वैज्ञानिक भनी प्रमाणित गर्न डार्बिनको सिद्धान्तकोगलत प्रयोग गरेका छन् । तर यो फेरि पनि गलत हो; किनभने सामाजिकरूपले जीवित प्राणी भएकाले मात्र मानिसले बाँच्नका लागि सङ्घर्ष गर्ने शक्ति पाएको हो । जसरी एउटा कमिलाले आफू बाँच्नका लागि आफ्नो समूहका अरू कमिलासँग कमभन्दा कम मात्र सङ्घर्ष गर्नु जरुरी छ त्यसै गरी मानिसले पनि बाँच्नका लागि अरू मानिससँग कमभन्दा कम मात्र प्रतिस्पर्धा गर्ने परिस्थिति निर्माण गरिनुपर्छ । तसर्थ युवाहरूलाई जीवनको उद्देश्यका बारेमा यस्तो रुढिवादी अर्तिउपदेश दिनुहुँदैन ।

सफल व्यक्ति त्यो हो जसले आफूले अरूलाई दिएको कुरा भन्दा ज्यादा कुरा आफ्ना साथीहरूबाट प्राप्त गर्न सक्छ । तथापि मानिसको कदर उसले अरूबाट के कति प्राप्त गर्न सक्यो भत्रे कुरा बाट नभई उसले अरूलाई के कति दियो भत्रे कुरा का आधारमा गरिन्छ । स्कूलमा होस् वा व्यक्तिगत जीवनमा मानिसलाई काम गर्ने प्रेरणा कुनै काम आनन्द र रमाइलो तथा त्यसबाट समाज लाई हुने सकारात्मक लाभ सम्बन्धी पूर्वज्ञानबाट प्राप्त हुन्छ । युवाहरूमा यस्तो मनोवैज्ञानिक धारणा जागृत गराउनु र मजबुत बनाउनु नै स्कूलको सबैभन्दा महत्वपूर्ण काम हो । यस्तो मनोवैज्ञानिक आधारशिला खडा भएमा मात्र मानिसले आदर्शतम् जीवन बाँच्न, ज्ञान बढाउन र मिहीन ढङ्गले काम गर्ने कलाकारझैँ आफू पनि काम गर्न सकौँ भन्ने आनन्ददायी चाहना राख्न सक्छ ।

व्यक्तिको उत्पादनशील मनोवैज्ञानिक शक्तिलाई जागृत गराउने काम बल प्रयोग गर्न उक्साउने वा व्यक्तिको महत्वाकाङ्क्षा बिउँझउने कामभन्दा कठिन हुन्छ । तर यो काम ज्यादा मूल्यवान् छ । खेलप्रति बालसुलभ रुचि पैदा गराउनु तथा आफूले मान्यता पाउनुपर्छ भन्ने बालसुलभ चाहना उत्पत्र गराउनु र समाज को महत्वपूर्ण क्षेत्रतर्फ बालबालिकाहरूलाई डो¥याउनु जरुरी हुन्छ । सार्थक काम गर्ने र आफूले गरेको सार्थक कामलाई समाज ले मान्यता देओस् भन्ने चाहना जगाउने उद्देश्य नै शिक्षाको आधारशीला हो । यस दृष्टिकोणबाट काम गर्न सक्ने स्कूललाई पुस्तौँ–पुस्ताले सम्झन्छन् र स्कूलले लगाएको काम खुसीसाथ सकेर विद्यार्थीले त्यसलाई उपहारका रूपमा बुझउँछन् । मैले त्यस्ता बालबालिका भेटेको छु जसले स्कूल छुट्टी भएको समयभन्दा स्कूल खुलेको समयलाई बढी मन पराउँछन् ।

त्यस्ता राम्रा स्कूलले आफ्ना शिक्षकहरू आफ्नो काममा कलाकारजस्तै निपूर्ण होऊन् भत्रे चाहना राखेका हुन्छन् । स्कूलमा यस्तो भावना जगाउनका लागि के गर्न सकिन्छ ? मानिस सुखी रहनका लागि यो यो काम गर्नु पर्छ भत्रेबारेमा सर्वस्वीकार्य उपाय नभएजस्तै स्कूललाई यस्तो बनाउनका लागि पनि सर्वस्वीकार्य उपाय छैनन् । तर स्कूललाई यस्तो बनाउनका लागि निश्चित काम गर्नैपर्छ । पहिलो , स्कूलमा यस्ता शिक्षकहरू हुर्कनुपर्छ । दोस्रो, के पढाउने र कसरी पढाउने भत्रे कुरा निर्धारण गर्न शिक्षकहरूलाई ज्यादाभन्दा ज्यादा छुट दिइनुपर्छ । आफूले गर्ने काम आफैँ निर्धारण गर्दा जुन आनन्द आउँछ त्यही काम गर्न कसैले धम्की दियो अथवा दबाब दियो भने त्यो आनन्द मर्छ ।

स्कूलमा विद्यार्थीलाई भविष्यका लागि सोझै उपयोगी हुने विशेष ज्ञान प्रदान गर्नु पर्छ भत्रे कुरा को म विपक्षमा छु । जीवनका आवश्यकता असीमित हुन्छन् । ती सबै आवश्यकता पूरा गर्न स्कूलले विशेष प्रकारका तालिम दिन सम्भव हुँदैन । यसबाहेक, मानिसलाई निर्जीव औजारका रूपमा लिनु आपत्तिजनक कुरा हो । स्कूलको उद्देश्य विद्यार्थीलाई विशेषज्ञ होइन असल अर्थात् मिलनसार व्यक्ति बनाउने हुनुपर्छ । यो कुरा प्राविधिक स्कूलका हकमा पनि केही हदसम्म लागू हुन्छ । स्वतन्त्ररूपले विचार गर्न र निर्णय गर्न सक्ने सामान्य क्षमता बढाउने कामलाई स्कूलले सर्वाधिक महत्व दिनुपर्छ, विशेष खालका ज्ञान दिने कुरा लाई होइन । कुनै व्यक्ति आफ्नो विषयको आधारभूत कुरा का बारेमा पूर्ण जानकार छ र ऊ स्वतन्त्र रूपमा सोच्न र काम गर्न सक्छ भने उसलाई प्रगति गर्न र परिवर्तित वातावरणमा आफूलाई तालमेल मिलाउन त्यो मान्छेलाई भन्दा सजिलो हुन्छ जसले सविस्तार ज्ञान लिने तालिम पाएको हुन्छ ।

अन्त्यमा म एक पटक फेरि के कुरा मा जोड दिन चाहन्छु भने मैले व्यक्त गरेका कुरा मेरा व्यक्तिगत विचार हुन्, जुन मैले विद्यार्थी र शिक्षक जीवनकालमा भोगेका व्यक्तिगत अनुभवमा आधारित छन् ।

प्रस्तुतिः गुरु मैनाली
(अमेरिकामा उच्च शिक्षाको तीन सय वर्ष पुगेको अवसरमा १९३६ मा न्युयोर्कमा दिएको भाषणबाट )

 

 

commercial commercial commercial commercial