राम्रो हेडमास्टरः राम्रो स्कूल

एक दशक देखि अध्यापन गरिरहेकी छु । मैले विद्यालयको दरिलो आधार योग्य प्रधानाध्यापकलाई मानेकी छु । प्रधानाध्यापकको सोच र समर्पणमा विद्यालयको शैक्षिक स्तर उकासिने र खस्किने हुँदोरहेछ । विद्यालयमा सबैभन्दा बढी बुद्धि र विवेक भएको व्यक्तिलाई मैले हेडमास्टर मान्ने गरे की छु । विद्यार्थी, कर्मचारी र शिक्षकलाई उचित योजना दिई निर्देशन, नियन्त्रण र समन्वय गर्ने बृहत् दिमाग भएको टाउको नै हेडमास्टर हो ।

सामान्य सोच र समर्पणबाट गतिलो स्कूल बनाउन सकिँदैन । उच्च सोच भनेको राजनीतिभन्दा माथि उठेको प्राज्ञिक सोच हो । उच्च समर्पण भनेको व्यक्तिगत स्वार्थभन्दा माथि उठी समूहगत हितमा समर्पित हुनु हो । यो वैशिष्ट्य औसत प्रअमा हुँदैन । हराम्रो मुलुकमा उच्च सोच र समर्पण भएका हेडमास्टरहरू अत्यन्तै कम छन् । हाम्रा औसत हेडमास्टर सामान्य सोच र समर्पणका धनी छन् । अधिकांश हेडमास्टरहरू विद्यालय सुधार्नभन्दा राजनीति गर्न लागिपरेका छन् । यस्ता हेडमास्टरहरूका लागि आफ्नै राजनीतिक आस्था नै चुनौती बनेर खडा भएको छ । पेशागत दायित्व र समर्पण नभएका कारण हेडमास्टरका लागि आफ्नै पेशा चुनौती बनेको छ । औसत हेडमास्टरहरू उपलब्ध स्रोतसाधनलाई सही ढङ्गले व्यवस्थापन गर्न सक्षम छैनन् । स्रोतसाधनको समुचित ढङ्गले सदुपयोग गर्ने सिर्जनात्मक क्षमता नहुनु हेडमास्टरको अक्षमता हो । बहुसङ्ख्यक हेडमास्टरहरू आफ्नो विषयको उदाहरणीय शिक्षक र शैक्षिक चिन्तक बन्न सकिरहेका छैनन् । सिर्जनात्मक सोच र ऊर्जाशील जागरुकता नभएका औसत प्रअहरू समस्यै समस्या र चुनौती नै चुनौतीको दलदलमा फसेका छन् । उनीहरू योग्यताको आधारमा होइन, राजनीतिक पहुँचका भरमा हेडमास्टर बनिरहेका छन् । सामान्यतया प्रअहरू विद्यार्थी र अभिभावकप्रति उत्तरदायी र जवाफदेही हुुनुपर्ने हो । तर तिनले राजनीतिक पार्टीप्रति जवाफदेही भएर दलका कार्यकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । यो प्रवृत्ति नै शैक्षिक सुधारको तगारो बनिरहेको छ । यस्ता प्रअबाट विद्यालयको शैक्षिक स्तर कुनै हालतमा सुधार हुँदैन । त्यसैले ज्ञानको खानी, समन्वयको मदानी, सहृदयताको पानी, प्रेम र समर्पणको दानी र उच्च मनोबल भएको व्यक्तिलाई सम्पूर्ण निर्णय गर्ने अधिकारसहित प्रअ नियुक्त गरेको खण्डमा शैक्षिक गुणस्तर माथि उठ्ने निश्चित छ । यस्तो व्यक्ति राजनीति निरपेक्ष हुनुपर्छ ।

हेडमास्टर विद्यार्थीप्रति उत्तरदायी र अभिभावकप्रति जवाफदेही हुुनुपर्छ । कक्षाको वातावरणलाई उत्सवमय बनाउने, विद्यार्थीलाई विद्यालय जाऊँजाऊँ तुल्याउने र शिक्षकलाई कक्षामा गएर पढाऊँ–पढाऊँको वातावरण सिर्जना गर्ने उत्तरदायित्व प्रअकै हो । यसका साथै मूल्य–मान्यतासहितको स्तरीय शिक्षा दिने दायित्व पनि हेडमास्टरकै हो । छात्र–छात्राहरूलाई संस्कार अनि अनुशासन सिकाउने कर्तव्य हेडमास्टरकै काँधमा छ । अभिभावकका गुनासा सुन्ने र तिनको व्यवस्थापन गर्ने एवं अभिभावकलाई चित्तबुझदो शैक्षिक प्रगति देखाउने जवाफदेहिता प्रअमा रहन्छ । उसले विद्यालय व्यवस्थापन समितिप्रति पनि जवाफदेही हुनैपर्छ । सरकारका नीति निर्देशनलाई विद्यालयमा लागू गर्ने सन्दर्भमा जिल्ला शिक्षा अधिकारी प्रति पनि हेडमास्टर जवाफदेही हुनुपर्दछ । थरी–थरीका विचार भएका राजनीतिक कार्यकर्ताहरूसित सद्भावपूर्ण समन्वय गर्ने जिम्मा पनि उसकै काँधमा रहेको छ । तर, हेडमास्टरको उत्तरदायित्वको केन्द्रमा छात्रछात्राको भविष्य रहेको हुन्छ र रहनु पर्छ ।

रराम्रो हेडमास्टर नै रराम्रो स्कूलको निर्माता हो । यस्तो व्यक्तिको वर्तमान नियुक्ति प्रक्रिया र अधिकार चित्तबुझदो छैन । यसलाई समयसापेक्ष परिमार्जन न गरी हुँदैन । हेडमास्टरको नियुक्ति विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा अधिकारी ले गर्ने व्यवस्था छ । विद्यालयमा भएका उत्कृष्ट तीन शिक्षकहरूमध्येबाट विद्यार्थी र शिक्षहहरूद्वारा मतदान गरी सबैभन्दा बढी मत प्राप्त गर्ने प्रतिभाशाली शिक्षकलाई व्यवस्थापन समितिले अनुमोदन गरी जिल्ला शिक्षा अधिकारी ले नियुिक्त गर्ने परिपाटी बसेको खण्डमा हरेक स्कूलले योग्य प्रअ पाउने निश्चित छ । यसरी नियुक्त हेडमास्टर पठनपाठनमा दक्ष, राजनीति निरपेक्ष, विद्यार्थीमा लोकप्रिय र सन्तुलित समन्वय गरी नेतृत्व गर्न सक्ने पनि हुनुपर्दछ । प्रअलाई कामचोर, राजनीति गर्ने र धेरै बिदा लिने शिक्षकलाई कारबाही गर्ने अधिकार पनि दिइनु आवश्यक छ । प्रअले जथाभावी गर्ने शिक्षकलाई कारबाही गरे पछि राजनीतिक दलका कार्यकर्ता वा नेताले त्यस्तो शिक्षकलाई काँध हालेर प्रअलाई अप्ठ्यारो पार्ने परिपाटी अन्त्य हुनुपर्छ ।
हेडमास्टरमा नभई नहुनेगुुण हो– आफ्नो विषयको आदर्श शिक्षण कला । रराम्रो शिक्षक नभई शैक्षिक प्रशासन सञ्चालन गर्न सकिँदैन । हेडमास्टरमा विद्यार्थी, कर्मचारी र शिक्षकमा सकारात्मक ऊर्जा प्रवाह गर्न सक्ने खुबी हुनैपर्छ । यसले विद्यार्थीलाई कक्षा नछोडौँ नछोडौँ, कर्मचारीलाई बिदा नबसौँ नबसौँ र शिक्षकलाई ज्ञान बाँडिरहौँ भन्ने भावना सिर्जना गर्द छ । हेडमास्टर नैतिक र चरित्रवान् पनि हुनुपर्छ । हँसिलो–रसिलो व्यवहार, आकर्षक बोलीवचन, सफासुग्घर पहिरन र स्वस्थ जीवन हेडमास्टरको व्यक्तित्व चम्काउने औजार हुन् । यस्तागुण र विशेषता भएको हेडमास्टर नै आदर्श हेडमास्टर हो । यस्ता प्रअ भएका स्कूल कहिल्यै बिग्रँदैनन् । तसर्थ, विद्यालय शिक्षाको दरिलो आधार योग्य हेडमास्टर नै हो भन्ने मेरो निचोड छ ।

लक्ष्मी दाहाल
विभूति प्रज्ञा निकेतन, कपन–३, काठमाडौँ

प्रअः अनुकरणीय व्यक्ति हुनुपर्छ

प्रधानाध्यापक समाज कै पथप्रदर्शक हो । उसमा समाज प्रतिको दायित्वबोध हुनुपर्दछ । व्यावहारिकरूपमै ऊ अनुकरणीय व्यक्ति बन्नु पर्दछ ।

प्रधानाध्यापक कुशल व्यवस्थापक भए अवसर र सम्भावनाहरूको अधिकतम उपयोग हुनसक्दछ । नमुना प्रधानाध्यापक भएको विद्यालयमा शिक्षकहरू स्वयंशासित हुन्छन् । स्वतन्त्र, सचेत र आत्मअनुशासित गुरुहरूको ऊर्जाले पठनपाठनमा अपेक्षित सुधार आउँछ ।

एसएलसीमा आफ्ना विद्यार्थीका निम्ति अनुकूल परीक्षा केन्द्र खोजी गरी सम्भावित प्रश्नहरूको उत्तर घोकाएर उत्तीर्ण प्रतिशत बढाउने प्रअहरू मूल्याङ्कनकर्ताहरूका आँखामा ‘राम्रा’ मानिएलान् तर यो प्राज्ञिक मापदण्ड नभएर व्यापारिक, व्यावसायिक तथा विज्ञापनि क मापन विधि हो । शिक्षाले शिक्षार्थीको शारीरिक, मान सिक, संवेगात्मक र सामाजिक विकास गर्नु पर्दछ ।
 औसत प्रअहरू समस्याको भुमरीमै हुन्छन् । शिक्षा नीतिमा रहेका त्रुटिहरू, अपर्याप्त शिक्षक दरबन्दी, भौतिक संरचनाको अभाव, राजनीतिक हस्तक्षेप, चन्दा आतङ्क, शिक्षकहरूमा व्याप्त नैराश्यता, आलस्यता, स्वच्छन्दता तथा अराजक प्रवृत्ति र अवैज्ञानिक परीक्षा प्रणाली प्रअका मुख्य चुनौती हुन् । यसबाहेक प्रअका व्यक्तिगत कमी–कमजोरीले पनि तिनको भूमिकालाई कमजोर तुल्याएको छ ।

विद्यालयको सम्पत्तिलाई निजात्मक लाभका लागि उपयोग गर्ने , शिक्षक माथि शासकीय प्रवृत्ति प्रदर्शन गर्ने , कक्षामा पठनपाठन न गर्ने ,गोष्ठी/सेमिनारमा धाउने, जिशिका र राजनीतिक दलका नेता रिझउन फुर्सद निकाल्नेहरूमा मात्र प्रअ पदप्रति ठूलो आसक्ति होला अन्यथा जिम्मेवारी लिऊँ, सक्दो समाज सेवा गरौँ, शिक्षा विकास मा किञ्चित् किन नहोस् बल पु¥याऔँ भन्ने आत्मप्रेरणाले प्रअ भएका व्यक्तिमा पदप्रतिको मोह छैन । बरु जिम्मेबारीबोध हुन्छ ।

प्रअको नियुक्ति अधिकार, कार्यविधि, सरुवा, संरक्षण, अधिकार, सुविधामा व्यापक परिमार्जनको आवश्यकता छ । शैक्षिक योग्यता, अनुभव, विद्यालय उन्नयन सम्बन्धी दृष्टिकोण, व्यवहार, आचरण र नेतृत्व क्षमता आदिलाई आधार बनाई जिल्लाभरकै इच्छुक शिक्षकहरूबीच निष्पक्ष प्रतिस्पर्धा गराए र प्रअ नियुक्ति गरिनुपर्दछ । यसरी नियुक्त हेडमास्टरको आवधिक परीक्षण पनि भइरहनु पर्दछ ।

प्रधानाध्यापक समाज कै पथप्रदर्शक हो । उसमा समाज प्रतिको दायित्वबोध हुनुपर्दछ । व्यावहारिकरूपमै ऊ अनुकरणीय व्यक्ति बन्नु पर्दछ । प्रअले विद्यालय विकास का लागि धेरै पक्षहरूको संयोजन, व्यवस्थापन र सदुपयोग गर्न सक्नुपर्छ ।     

माधवप्रसाद अधिकारी
प्रअ, इन्द्रेश्वर उमावि, काभ्रे

धेरैगुण चाहिन्छ

एउटा प्रधानाध्यापकले विद्यालय व्यवस्थापन तथा सञ्चालनको रराम्रो योजना तथा कार्यक्रम बनाउँछ, सो योजना तथा कार्यक्रम सफल रूपमा कार्यान्वयन गर्न विद्यालयसँग सम्बन्धित सबै पक्षको समन्वय गरी सहयोग प्राप्त गर्न सफल हुन्छ, आफ्ना मातहतका शिक्षक कर्मचारीहरूलाई आफ्नो निर्देशनमा हिँडाउन सक्छ र आवश्यकता अनुसार नियन्त्रण गर्न सक्छ । शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई रराम्रो काम गर्न र पठनपाठनमा प्रोत्साहित गर्न सक्छ र उनीहरूको सहयोग लिएर विद्यालयको शैक्षिक कार्यक्रम प्रभावकारी बनाउन तथा विद्यालयको भौतिक सुविधामा समेत सुधार ल्याउन सक्छ भने ऊ उम्दा हेडमास्टरमा पर्छ । यी भूमिका निर्वाह गर्न सक्ने प्रधानाध्यापक भएमा विद्यालय अवश्य रराम्रो हुन्छ । उल्लिखित भूमिका निर्वाह गर्न नसक्ने प्रधानाध्यापकको नेतृत्वमा विद्यालय कहिल्यै सफलताको बाटोमा जान सक्दैन । यसरी एउटा प्रधानाध्यापक रराम्रो हुँदा विद्यालय पनि रराम्रो हुन सक्छ ।

माध्यमिक तहमा अनुशासनहीनताको स्थिति बढ्दो छ । अनुशासन कायम राख्न पठनपाठनको वातावरण रराम्रो बनाउने चुनौती पनि प्रधानाध्यापकसामु छ । शिक्षक विद्यालयका जागिरे पनि हुन् । शिक्षण उनीहरूको पेशा हो त्यसैले उनीहरू स्वतः विद्यालय तथा प्रधानाध्यापकप्रति जिम्मेवार हुन्छन् र आफ्नो दायित्व निर्वाह गर्द छन् । त्यसैले शिक्षक अनुशासनको समस्या नै नआउनुपर्ने हो । देशमा बढ्दो राजनीतिक अन्योल र अराजकताले शिक्षक समुदायमा असर पारेको छ । कतिपय विद्यालयमा विद्यालय तथा प्रधानाध्यापकका लागि आफ्नै मातहतका शिक्षक टाउकोदुखाइका विषय बनेका छन् । प्रअले संस्थाप्रमुखको हैसियतले विभिन्न किसिमका शैक्षिक तथा सामाजिक कार्यक्रम तथा समारोहमा सहभागी हुने अवसर पाउँछ । आर्थिक कारोबार मूल रूपमा प्रधानाध्यापकको नियन्त्रण चल्छ । आर्थिक लाभ र दिनभरि कक्षामा गएर घाँटी सुकाउने कामबाट मुक्ति पाइने लोभले हेडमास्टर पदप्रति आकर्षण बढेको छ ।

राजनीतिक हस्तक्षेप, अभिभावक पूर्ण रूपमा शिक्षित तथा सचेत नहुनुले योग्य अनुभवी र सक्षम व्यक्ति प्रअ हुन्छ भन्ने कुरा मा विश्वस्त हुनसक्ने स्थिति छैन । योग्यता पुगेका वरिष्ठ तथा क्षमतावान् शिक्षकमध्येबाट जिशिअले प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान राख्नु उपयुक्त हुन्छ ।

रामलाल श्रेष्ठ
बुटवल बहुमुखी क्याम्पस, बुटवल

यी दुर्गुणबाट मुक्त

विद्यालयलाई गतिशील तुल्याउन स्पष्ट दृष्टिकोणका आधारमा योजना तर्जुमा र कार्यान्यवन गर्न सरोकारवालाहरूसँग मैत्रीपूर्ण व्यवहार र हातेमालो गर्न सक्ने योग्य व्यक्ति नै प्रधानाध्यापक हो । विद्यालयको शैक्षिक व्यवस्थापन, आर्थिकगर्जो टार्ने क्षमता, विद्यालयसँग सरोकार राख्नेहरूबीच सहकार्य गर्न प्रधानाध्यापक सक्रिय रहनु पर्छ । प्रअमा आफू चाहिँ नपढाउने तर अरू शिक्षकहरूलाई दलाउने संस्कार रह्यो भने शिक्षकहरूमा असन्तुष्टि बढ्छ । पठनपाठनलाई व्यवस्थित र उदाहरणीय बनाउन प्रधानाध्यापकको जिम्मेवारीबोध महत्वपूर्ण हुने गर्द छ ।

प्रधानाध्यापक रराम्रो हुनु भनेको उसकोगुण, क्षमता, योग्यता, लगनशीलता रराम्रो हुनु भन्ने बुझन्छि । प्रधानाध्यापक जति विद्यालयप्रति लगनशील हुन्छन् उत्ति नै अन्य शिक्षकहरूले उनको अनुसरण गर्छन् ।

बदलिँदो सामाजिक परिवेश, राजनीतिक अवस्था, मर्यादाको अभाव र आफूले अरूसँग बाट सोचेअनुरूपको सहयोग लिन नसकिने अवस्था प्रधानाध्यापकका चुनौतीहरू हुन् । शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक वा शैक्षिक सरोकारवालाहरूको मूल ध्येय स्तरीय पठनपाठन हुनुपर्छ । विद्यार्थीहरू नै सबैका केन्द्रबिन्दु हुन् । छात्रछात्राको हेरचाह र सेवा मेरो कर्तव्य हो भन्ने संस्कार र भावना प्रअमा विकास हुनुपर्दछ । प्रधानाध्यापक शिक्षकहरूको तलबभत्ता जुटाउनलाई हिँड्नुपर्ने, भौतिक निर्माणका लागि इँटा, ढुङ्गा र सिमेन्टको खोजीमा दौडनुपर्ने अवस्थाको अन्त्य गर्न सके शैक्षिक गतिविधिले तीब्रता पाउँथ्यो । प्रधानाध्यापकमा अभिभावकहरूको मनोभाव बुझन सक्ने कला, उनीहरूलाई विद्यालयको हरेक क्रियाकलाप मा हातेमालो गराउन सक्ने सीप, विद्यालयप्रति सकारात्मक सोच अनि सक्रियतापूर्वक लाग्न प्रेरणा दिन सक्ने खुबी हुनु आवश्यक देखिन्छ ।

समस्या देखि तर्किएर, डराएर भाग्नुभन्दा समस्याहरूलाई नजिकबाट केलाएर समाधान गर्ने तरिकाहरूको खोजी गर्नु हेडमास्टरको काम हो । प्रधानाध्यापकमा सरल र सहज रूपमा प्रस्तुत हुने विशेषता हुनुपर्दछ, उसमा शिक्षकका राम्रागुणको कदर गर्ने खुबी हुनु जरुरी छ । हाम्रा विद्यालयमा तल उल्लिखित चरित्रका हेडमास्टरको दबदबा त छैन ?

हे    — हनेपाहा प्रवृत्ति
ड    — डर, त्रास र धम्कीपूर्ण व्यवहार
मा    — मानवीय संवेदना नभएको  
स्    — स्मरणशक्ति कमजोर
ट    — टर्रो र झ्र्रो व्यवहार
र    — रवाफीपन

यदि हेडमास्टरमा यस्तागुण छन् भने स्कूलको दुर्दशा मात्र होइन, बालबालिकाको भविष्य पनि चौपट हुन्छ ।

दलबहादुर गुरुङ
शिक्षक, दोभान उच्च मावि, पाल्पा

विश्वास जित्ने क्षमता

विद्यालयको पठनपाठनलाई स्तरीय तुल्याउन आवश्यक पर्ने रणनीति बनाउने अधिकारसम्पन्न पदाधिकारी हो प्रअ । प्रधानाध्यापक सामान्यतया अन्य शिक्षकभन्दा योग्यता, क्षमता र अनुभवमा अब्बल हुनुपर्छ । शिक्षक, विद्यार्थी र अभिभावकहरूको आस्था र विश्वास जित्न सक्ने लोकप्रिय शिक्षकमध्येबाट प्रधानाध्यापक चयन गर्न सके निश्चित रूपमा विद्यालय रराम्रो हुन्छ ।

विद्यालय समाज का विविध जातजाति, धर्म, संस्कृति र संस्कारको प्रतिनिधित्व हुने साझ थलो हो । विद्यालयमा तर्जुमा गरिने हरेक क्रियाकलाप मा भाषा, संस्कार र संस्कृतिको संवेदनशीलताप्रति प्रअ चनाखो हुनुपर्दछ । सेवाग्राही र समाज को आस्था र विश्वासको प्रतीकको रूपमा प्रअ निष्ठावान्, निडर, निष्कलङ्क एवं निस्वार्थ हुन आवश्यक छ । शिक्षकहरूलाई आफ्नो पेशाप्रति समर्पित र जवाफदेही बन्न अभिप्रेरित गर्नु प्रअको कर्तव्य हो । कक्षाकोठाको क्रियाकलाप लाई चित्ताकर्षक र बालमैत्री बनाउन नवीनतम विधिलाई कक्षा–शिक्षणमा प्रवेश गराउनु पर्दछ । प्रअले प्रविधि एवं संस्कृतिलाई परिमार्जित र परिष्कृत गरेर विद्यार्थीको जीवनशैली माथि उठाउन उत्सुक हुनुपर्छ । विद्यालय विद्यार्थीका साथै शिक्षकको पनि सिक्ने थलो हो, त्यसलै विद्यालयलाई साधनस्रोत सम्पन्न बनाउन प्रअको महत्वपूर्ण भूमिका हुन्छ ।

अहिले विद्यार्थीको प्राप्ताङ्कको उपलब्धि स्तर ५२ प्रतिशतको हाराहारीमा छ । सामुदायिक विद्यालयमा अभिभावकको संलग्नता न्यून देखिन्छ । राज्यको लगानी मात्र अपर्याप्त भएको अवस्थामा कुशल प्रअले अभिभावक एवं समुदायको विश्वास जित्न जरुरी छ । विद्यार्थी ६ घण्टा मात्रै स्कूलमा बस्ने र बाँकी १८ घण्टा अभिभावकसँग बिताउने भएको ले घरमा पढ्ने वातावरण बनाउन हेडमास्टरले अभिभावकसँग निरन्तर अन्तरक्रिया गर्न सकेमा विद्यालयको उपलब्धि स्तर उच्च हुने कुरा निर्विवाद छ ।

बाबुकाजी कार्की
जिशिअ, ललितपुर

सामाजिक चिकित्सक

जस्तो प्रअ त्यस्तै स्कूल । समष्टिमा प्रअ— खेलको रेफ्री, जहाजको कप्तान, संस्थाको प्रमुख र बाल–न्यायाधीश हो । प्रअ प्रवर्तक पनि हो, जसले आफ्नो संस्थाको भविष्य प्रक्षेपण गर्छ र समुदायलाई योजना कार्यान्वयन गर्न प्रेरित गरिरहन्छ । प्रअ सामाजिक चिकित्सक हो । उसले छात्रछात्राको विशेष ध्यान पुर्याएको हुन्छ । हजारौँ आँखाहरूले प्रअको मूल्याङ्कन गरिरहेका हुन्छन् र उसका असल कर्मको अनुसरण पनि गर्छन् । यदि प्रअको हेर्ने आँखा, बुझने हृदय र परिस्थितिसँग सामना गर्ने मान सिक क्षमता कमजोर छ भने ऊ सफल प्रअ बन्न सक्दैन ।

विद्यालय प्रअको छायाँ हो । स्कूलमा प्रअको व्यक्तित्व प्रतिबिम्बित हुन्छ । विद्यालयको लक्ष्य शारीरिक रूपमा तन्दुरुस्त, मान सिक रूपमा सजग, संवेगात्मक रूपमा स्थिर, सांस्कृतिक रूपमा समायोजित र सामाजिक रूपमा सक्षम व्यक्ति तयार गर्ने हुनुपर्छ । प्रअले विद्यालयलाई सामुदायिक सेवाको केन्द्र बनाउनुपर्छ ।

प्रअले कुन कक्षा वा क्रियाकलाप मा महत्वपूर्ण कुरा भएको छ, पहिचान गर्नु पर्छ । पहिचान गरिएको पक्षलाई सम्पूर्ण कक्षाहरूमा वा पूरै विद्यालयमा लागू गर्नु पर्छ । शिक्षक वा विद्यार्थीको कमजोरी हटाउन विशेष पहल गर्नु पर्छ । विद्यार्थी र शिक्षक मिलेर विद्यालयको लक्ष्य निर्धारण गर्नु पर्छ । शिक्षक विद्यार्थीमा सकारात्मक दृष्टिकोण विकास गरी उनीहरूको व्यक्तित्व विकास मा मद्दत पुर्याउनुपर्छ । शिक्षक र विद्यार्थीलाई खुसी पार्ने वातावरण तयार गर्ने काममा हेडमास्टरको अहम् भूमिका हुनुपर्छ ।

भारतीय शिक्षा आयोगले प्रअलाई व्यापक शक्ति दिइनुपर्छ र विद्यालयमा स्वतन्त्रता हुनुपर्छ भनेको छ । हामीकहाँ भने प्रअहरूलाई बेवास्ता गरिएको छ ।

प्रअका लागि विद्यालयको सर्वाेपरि हित नै सर्वोत्तम कार्य हुन्छ । प्रअलाई उत्तरदायी र स्तरीय बनाउन उसको नियुक्ति प्रक्रिया पारदर्शी बनाउनुपर्छ । प्रअलाई प्राज्ञिक नेतृत्व सम्हाल्ने गरी एक तह माथिको शिक्षकमा नियुक्ति दिइनुपर्छ । प्रअ पदलाई छुट्टै दरबन्दीमा राखेर सेवा सुविधा थप गर्नु जरुरी छ ।

बालकृष्ण आचार्य
प्रधानाध्यापक, जनज्योति मावि, बकुवा, बर्दिया

प्रअ र कप्तान उस्तै

विद्यालय विद्यारूपी मन्दिर हो । एउटा मन्दिरमा पुजारीको भूमिका जति महत्वपूर्ण हुन्छ, विद्यालयमा प्रअको पनि त्यस्तै भूमिका हुन्छ । प्रअ स्कूलको महत्वपूर्ण व्यक्ति भएकाले उसमा ज्ञान, सीप, क्षमता र अनुभव हुनुपर्दछ । प्रअ अनुशासित र सहयोगी भए स्कूल रराम्रो हुने हो । तैपनि स्कूल व्यवस्थापन र शैक्षिक पठनपाठनलाई युग सुहाउँदो तुल्याउन प्रअको भूमिका मात्र पर्याप्त हुँदैन । व्यवस्थापन समिति, राजनीतिक दल, अभिभावक, शिक्षक र विद्यार्थीको समन्वय र सहकार्यबाट मात्र रराम्रो स्कूल बनाउन सकिन्छ । कलाकारले रराम्रो अभिनय, नृत्यकारले रराम्रो नृत्य र निर्देशकले रराम्रो निर्देशन गरे मात्र उम्दा चलचित्र निर्माण हुन्छ ।

शरीरमा मुटुले रक्तसञ्चार गरेर जीवन प्रदान गर्द छ तर राष्ट्रमा भने विद्यालय शिक्षाले रक्तसञ्चार गरिरहेको हुन्छ । प्रअ कुशल व्यवस्थापक, प्रशासक, सङ्गठनकर्ता, सञ्चारकर्ता, मूल्याङ्कनकर्ता र शैक्षिक नेताको भूमिकामा रहेको हुन्छ । प्रअलाई जहाजको कप्तानसँग तुलना गर्न सकिन्छ ।

अमृत श्रेष्ठ
स्टार इङ्गिलस बोर्डिङ स्कूल, घोराही, दाङ

बादशाह नबनौं

जहाँ विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत रराम्रो छ र विद्यालयका हरेक पक्ष व्यवस्थित भएको ले समयसापेक्ष ‘अपग्रेड’ भइरहेका छन्, त्यस्ता स्कूलका प्रअहरू राम्रा नै छन् । तर, जहाँ विद्यार्थी सङ्ख्या दिनानुदिन घटिरहेको छ, शिक्षाको स्तर खस्किँदै गएको छ, परीक्षा परिणाम न्यून र विद्यालयमा अनावश्यक खिचातानी भइरहेको छ, त्यस्ता स्कूलका प्रअहरू अक्षम र नाम मात्रका हेडमास्टर भएका छन् । सामाजिक मर्यादा र राजनीति गर्ने अवसर आदि आकर्षणहरूले गर्दा प्रअ हुने होडबाजी चल्छ । कतिपय शिक्षकहरूमा पनि प्रअ भएपछि आफूलाई ठूलै ‘बादशाह’ ठान्ने प्रवृत्ति हाबी भएको देखिन्छ । अझ् काठमाडौँ उपत्यकामा त प्रअहरूको नामले विद्यालय चिनिने गरेको छ । अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र जिशिअप्रति उत्तरदायी रहेर सफलतापूर्वक कार्य सम्पन्न गर्न सकेमा जोसुकै पनि सफल र असल प्रअ बन्न सक्छ ।

दिलनाथ दङ्गाल
पञ्चकन्या मावि, काठमाडौं

प्रबन्धकीय प्रअ उत्तम

प्रअ विवेकी, परिवर्तनशील र परोपकारी हुनुपर्छ । उसले परिस्थिति अनुसार नेता, प्रशासक, समाज सेवी र सहयोगीको भूमिका निभाउन सक्नुपर्छ । विद्यालय रङ्गमञ्च हो, विद्यार्थी–शिक्षकहरू त्यसका पात्र हुन् । प्रअ नाटकको निर्देशक हो । नाटकलाई सफल पार्न रराम्रो निर्देशकको जति भूमिका हुन्छ, विद्यार्थीहरूलाई रराम्रो बनाउने सवालमा प्रअको त्यति नै हात हुन्छ ।
प्रअको बानीव्यहोरा, चिन्तन र योग्यतामा मात्र परिवर्तन ल्याउन सकियो भने पठनपाठनमा तत्काल सुधार आउँछ ।
गोठाले प्रअः गोठालोलेगाई रुँघेर बस्छ,गाई बथान छाडेर कतै बाली खान गयो भने नजिकका सम्पूर्णगाईलाई पिट्छ,गाली गर्द छ ।गाई किन बाली खान गयो, त्यसको कारण खोज्दैन । त्यसै गरीगोठाले प्रअले विद्यालय छोड्दैन, शिक्षक र विद्यार्थीकोगोठालो भएर बस्छ । यस्ता प्रअमा योजना, समन्वय र नियन्त्रण गर्ने क्षमताको कमी हुन्छ । तर यस्ता प्रअले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारी को सेवा गरिरहेका हुन्छन् । एउटा शिक्षकले गल्ती गरयो भने सारा शिक्षकलाई गोठालालेगाईलाई गाली गरे झैँगाली गर्छन् । यस्ता प्रअ भएको स्कूलमा शिक्षक एकता हुँदैन ।

प्रशासकीय प्रअः प्रशासकीय प्रअ शक्तिशाली हुन्छन् । यिनीहरूलाई विद्यालयसँग मतलब हुँदैन । शिक्षक माथि प्रशासन चलाउन पाए पुग्छ । व्यवस्थापकलाई आफ्नो बहसमा राखेका हुन्छन् र जिशिकालाई प्रभाव पारेका हुन्छन् । यिनीहरूको दिनचर्या जिशिकामा कफी खाएर, नेताको झेला बोकेर बित्छ । यिनीहरूको समूह ठूलो छ । यिनीहरू विद्यालयमा मुश्किलले दुई–तीन घण्टा बस्छन् । प्रशासकीय प्रअ शिक्षकको गल्ती भेटेमा कारबाही गर्न अघि सर्छन् । गल्तीको कारण पनि खोज्दैनन् । यिनीको कार्यक्षमता ‘धम्की’, चाप्लुसी र नेतालाई खुसी पार्नु हो । प्रशासकीय प्रअ भएको विद्यालयको उपलब्धि निराशाजनक हुन्छ ।

प्रबन्धकीय प्रअः सामुदायिक विद्यालयमा यस्ता प्रअको सङ्ख्या धेरै छैन । केही निजी र मिसनरी विद्यालयमा यस्ता प्रअ भेटिन्छन् । यिनीहरू विद्यालयलाई नै सबैथोक ठान्छन् । कसैले गल्ती गरे मा गल्तीको कारण खोज्छन् र गल्तीलाई हटाउँछन् । यस्ता प्रअको क्षमताको आधार ज्ञान, अध्ययन र अनुभव हो । यस्ता प्रअ भएका विद्यालयको उपलब्धि ज्यादै उच्च हुन्छ । त्यसैले हाम्रा विद्यालयलाई प्रबन्धकीय प्रअको खाँचो छ ।

पढाउनु नपर्ने, जतिखेर आए पनि , हिँडे पनि हुने, हाकिमीपन देखाउन पाइने, नेताको पछि लाग्न पाइने, ठूलाबडासँग सभामा बस्न पाइने, जिशिकामा कफीगफ गर्न पाइने कुरा नै प्रअका आकर्षण हुन् ।

उत्तरदायित्व वहन, उच्च कार्यक्षमता नै सफलताको सिँढी हो । वैधानिक रूपमा प्रअ व्यवस्थापन समिति र जिशिकाप्रति उत्तरदायित्व हुनुपर्छ भने व्यावहारिक रूपमा अभिभावक र विद्यार्थीहरूप्रति ।

विद्यालयलाई रराम्रो बनाउने हो भने प्रअलाई अङ्कुश लगाउनुपर्छ । साँढेजस्तो छोड्नुहुँदैन । प्रअ कस्तो पद हो ? अस्थायी ? स्थायी ? प्रअले लौरो लिएर हिँड्ने मात्र हो कि पढाउने पनि ? नियमावलीमा केही उल्लेख छैन । प्रअको शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्छ ।

बखत कठेत
महेन्द्र आदर्श मावि, इमाडोल, ललितपुर

कम योग्यताले चल्दैन

प्रधान अध्यापक रराम्रो, असल, मिलनसार, चरित्रवान्, कर्तव्यनिष्ठ तथा अध्ययनशील भएमा यसको सकरात्मक प्रभाव विद्यालयमा पर्न जान्छ र ‘रराम्रो प्रअ रराम्रो विद्यालय’ भन्ने अवधारणा सार्थक हुन्छ । प्रअ कनिष्ठ योग्यताको भएमा लघुताभासका कारण अन्य शिक्षकलाई परिचालन गर्न कठिनाई पर्छ । यसले विद्यालयको पठनपाठन रुग्ण हुन सक्छ । प्रअ नै एउटा समस्या बन्छ । अटेरी शिक्षकहरूको बलजफ्ती, राजनीतिक खिचातानी, विभिन्न समूहको धम्की तथा दबाब प्रअका प्रमुख चुनौती हुन् ।
नियमावलीमा प्रधानाध्यापक हुन पाउने प्रावधानमा उच्च योग्यताले कुनै अर्थ नराख्ने हुँदा केही कठिनाई सिर्जना भएको छ । आफूभन्दा कम पढेलेखेका व्यक्तिको सल्लाह–सुझाव र निर्देशन उच्च योग्यताप्राप्त शिक्षकले पालना गर्न सम्भव हुँदैन ।

प्रधानाध्यापक नियुक्त गर्दा अपनाइने सिफारिस पद्धतिभन्दा शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरी प्रअ नियुक्त गरे मा क्षमता भएका शिक्षकले अवसरको उपयोग गर्न पाउने थिए । सामुदायिक विद्यालय कुनै एक जनाकोे ठेकेदारी प्रथाबाट चल्न सक्दैन । प्रधानाध्यापकका काम, कर्तव्य र अधिकारहरूलाई खण्डीकरण गरी बढुवा भएका शिक्षकहरूमा जिम्मेवारी थप्ने व्यवस्था भएमा ती शिक्षकहरूको मनोबल उच्च हुने र शिक्षण सिकाइ क्रियाकलाप मा फलदायी हुनेछ ।

खुशीराजगौतम
जनता नमुना उमावि, विराटनगर

आर्थिक पारदर्शिता पनि चाहिन्छ

व्यावहारिक रूपमा हाम्रा विद्यालयहरूमा चार थरीका प्रअहरू भेटिन्छन् । पहिलो , ‘ गरिखाने’ प्रअ; जोसँग विद्यालय सुधारका लागि आफ्नै योजना छ, त्यसलाई कार्यान्वयन गरिएको छ र विद्यालयको शैक्षिक उपलब्धि उच्च रहेको छ । दोस्रो, ‘भनिखाने’ प्रअ; यस्ता प्रअहरू विद्यालयको सुधारका लागि आवश्यक योजना र कार्यान्वयनभन्दा समुदायमा आफ्नो समर्थक खोजी गर्न रमाउँछन् । तेस्रो, ‘मानिखाने’ प्रअ; लामो शैक्षिक अनुभवलाई सिरानीमा राखेर मानार्थ प्रअको जिम्मेवारीमा छन् । चौथो थरीका ‘भजिखाने’ प्रअहरू कुनै न कुनै राजनीतिक दलको कार्यकर्ताको रूपमा विद्यालयको शैक्षिक नेतृत्वमा पुगेका छन् ।

 समुदायबाट प्रअको छनोट गर्ने सैद्धान्तिक पाटो उपयुक्त देखि ए पनि व्यावहारिक रूपमा यस प्रक्रियाले प्रअलाई समुदायको ‘रबर स्ट्याम्प’ बनाउन खोजेको छ ।निश्चित अवधिसम्म विद्यालय सुधार गर्न नसक्ने प्रअलाई जिम्मेवारीबाट मुक्त गर्नु पर्छ । आवधिक जिम्मेवारीले आपसी सहयोग वृद्धि हुन्छ भने सबैको क्षमता पहिचान गर्न सकिन्छ ।  औसत प्रअमा विद्यालयको समस्या पहिचान गरी योजना निर्माण र कार्यान्वयन गर्ने , विद्यालय सरोकारवालाहरूसँग समन्वय कायम गर्ने , अधिकारको प्रयोगबाट आउने परिणाममा सचेत रहने, शिक्षकको क्षमतालाई प्रयोग गर्न सक्ने र तिनलाई संरक्षण गर्न सक्नेगुण र क्षमता हुनुपर्दछ । कक्षा सुपरीवेक्षण गरेर ‘फिडब्याक’ दिने क्षमता भएको र आर्थिक पारदर्शिता अपनाउने प्रवृत्ति भएको प्रअ स्कूलले पाएमा पठनपाठन सुध्रिन्छ ।

श्यामप्रसाद लामिछाने
भीमोदय उमावि, गोरखा

खराब भए देश नै मर्छ

जसरी नङ र मासुको सम्बन्ध हुन्छ प्रअ र विद्यालयको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ । विद्यालय व्यवस्थापन र पठनपाठन सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय व्यवस्थापन भन्नाले विद्यालयमा भएका शिक्षक, विद्यार्थी र अभिभावकहरूबीचको सम्बन्धलाई सुमधुर राख्नु हो । विद्यालयको दैनिक प्रशासनिक कार्यहरूलाई समेत स्वच्छ एवं व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नु हो । जसरी राष्ट्रप्रमुख भन्नाले राष्ट्रपतिलाई र सरकारप्रमुख भन्नाले प्रधानमन्त्रीलाई बुझन्छि, त्यसरी नै शिक्षा भन्नाले विद्यालयलाई र शिक्षाप्रमुखको रूपमा प्रधानाध्यापकलाई बुझनुपर्दछ । अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएजस्तै प्रअ र विद्यालय पनि उही कुरा हो । प्रअको नीति, निर्देशन अनुसार विद्यार्थी र शिक्षकहरू चल्नुपर्ने हुन्छ ।

विद्यालय भन्नाले हामी मन्दिर बुझछौँ । जहाँ स–साना बालबालिकाहरू आफ्नो भविष्यलाई उज्ज्वल बनाउन आउँछन् । समुदायभित्र रहेको विद्यालयले आफ्नो समुदायको नेतृत्व गरेको हुन्छ । समूह सञ्चालन गर्नका लागि योग्य, दक्ष र इमान दार कमाण्डरको आवश्यकता पर्दछ । त्यसै गरी स्कूललाई कुशल नेतृत्व दिन योग्य प्रअको आवश्यकता पर्छ । निश्चय नै प्रअ असल, इमान दार, सद्गुणी, नैतिकवान्, सिर्जनशील र कर्तव्यनिष्ठ हुनुपर्दछ । भनाइ नै छ, एउटा स्वास्थ्यकर्मी खराब भयो भने एउटा रोगी मर्छ तर एउटा शिक्षक खराब भयो भने देश नै मर्छ ।  

राम कुमार राउत
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

मनोविज्ञान बुझनुपर्छ

प्रधानाध्यापक भन्नाले शाब्दिक अर्थमा प्रमुख शिक्षक मात्र बुझएि पनि जिम्मेवारी भने मूलतः शैक्षिक तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित छ । विद्यालय विकास का निम्ति विद्यार्थी, शिक्षक तथा अभिभावकसमेतका लागि प्रधानाध्यापक सैद्धान्तिक, प्राविधिक तथा व्यावहारिकरूपले विशेषज्ञको रूपमा रहेको हुनुपर्छ । शिक्षकमा भएको प्राविधिक ज्ञान एवं अनुसन्धानात्मक दक्षतालाई निरन्तर प्रोत्साहन गर्न उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाउनु आवश्यक छ ।

विद्यालय विकास का लागि प्रअ रराम्रो हुनुपर्छ, यो कटुसत्य हो । रराम्रो अर्थ पर्याप्त ज्ञान, दक्ष, मिलनसार, नेतृत्व सीप भएको , विविध शैक्षिक पक्षसँग परिचित र प्रशासनिक क्षमता भएको भन्ने हो । उत्तरदायित्व वहन नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । प्रअले शैक्षिक रूपमा विद्यार्थीप्रति, संस्थागत रूपमा अभिभावकप्रति, प्रशासनिक रूपमा विद्यालय व्यवस्थापन समिति र जिशिकाप्रति उत्तरदायी भई विद्यालयको शैक्षिक तथा भौतिक विकास का लागि प्रतिबद्ध हुनुपर्छ । प्रअ व्यक्तिगतरूपले विश्वसनीय, संवेदनशील, उत्साही, विनयशील र सहयोगी हुन आवश्यक छ । शिक्षक तथा अभिभावको रुचि, चाहना बुझन सक्नेगुण प्रअमा हुनुपर्दछ ।

प्रकाश कुमार खरेल
चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक

पुरस्कार र दण्ड जरुरी       

प्रअलाई पूर्ण अधिकार दिनुपर्छ । र, रराम्रो भए पुरस्कार नरराम्रो भए दण्डको भागीदार बनाउनुपर्दछ । प्रअले वर्तमान परिस्थितिमा अभिभावक, व्यवस्थापन समिति, जिशिअ र राजनीतिक नेतृत्व सबैसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्नु परेको छ । प्रअलाई शिक्षकले विद्यालयको हित विपरीत काम गरे सरुवा गर्न सक्ने अधिकार दिनुपर्दछ । एकपटक प्रअ भएपछि जागिर अवधिभरि हट्नु नपर्ने व्यवस्थाले हेडमास्टरलाई निकै अल्छी बनाएको छ । प्रअ प्रशासनिक पद भएकाले सुविधा थपेर भए पनि जिल्लाका जुनसुकै स्कूलमा सरुवाको व्यवस्था गर्नु पर्छ । अधिकार मात्र थोपरिँदा मानिस तानाशाह बन्न सक्दछ अनि अधिकार नदिए मान्छे पङ्गु बन्न जान्छ । त्यसकारण अधिकारसँगै कर्तव्यसहितको ‘बोधपत्र’ तयार गरी प्रअलाई विशेष सहजकर्ताको रूपमा उभ्याउन सके विद्यालयमा सुधारको आशा गर्न सकिन्छ ।

विद्यार्थी तथा शिक्षकका गुनासा सुनेर त्यसको समाधान गर्ने शिक्षक, विद्यार्थी र अभिभावकबीचको पारस्परिक सम्बन्ध सुमधुर तुल्याउने, पारदर्शिता अपनाउने; डर, त्रास र भयबाट मुक्त वातावरण तयार गर्न प्रअ सधैँ प्रयत्नशील रहनु पर्छ ।  

शिवराज कोइराला
बाल मन्दिर, विराटनगर–१०

दायित्वबोध नै मुख्य कुरा

विद्यालय शिक्षामा प्रधानाध्यापकलाई मियोको रूपमा लिइन्छ । प्रधानाध्यापक एक कुशल शिक्षकका अतिरिक्त प्रशासक, साधनस्रोतको परिचालक, नेतृत्वकर्ता, समन्वयकर्ता र सामुदायिक विकास कार्यकर्ताको भूमिकामा पूरा गर्नु पर्छ ।

राजनीतिक दलको आशीर्वाद प्राप्त शिक्षकहरूलाई नियमितता, कर्तव्यपरायण तथा विद्यार्थीप्रति उत्तरदायी बनाउनु साँच्चै चुनौती छ । विद्यालयमा शैक्षिक वातावरण कायम गर्नु विद्यालयको आर्थिक स्रोत जुटाउन र परिचालन गर्नु , विविधतायुक्त समाज मा सामाजिक सम्बन्ध कायम गर्न विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यार्थी आदि जस्तासँग समन्वय कायम गर्नु , दैनिक शिक्षणका साथै प्रशासनिक कार्यसमेत सम्पादन गर्नु प्रअका प्रमुख कामहरू हुन् ।

थोरै प्रअ मात्र जिम्मेवारी र कर्तव्यबोधले प्रअ भएका छन् । केही गर्ने भावना सामाजिक प्रतिष्ठा, नेतृत्वप्रति रुचि, समुदाय र राष्ट्रप्रतिको दायित्वबोध जस्ता सकारात्मक सोचाइ र भावनाले प्रअ हुनेहरू कमै छन् ।

मेघनाथ बराल
नाटेश्वर मावि, चित्लाङ, मकवानपुर

ठोस नीति चाहियो

रराम्रो वाद्यवादकले बिग्रिएको बाजालाई पनि राम्ररी बजाउन सक्छ भने झैँ कुशल प्रअले विद्यालयलाई निर्देशित लक्ष्यतर्फ उन्मुख गराउन सक्छ । लक्ष्यतर्फ उन्मुख गराउनु भनेको आधा लक्ष्य प्राप्त गर्नु हो ।

व्यक्तिविशेषको आग्रह र पूर्वाग्रहका कारण योग्य व्यक्ति प्रअ बन्न नसकेका दृष्टान्तहरू पाइएका छन् । प्रअ नियुक्ति गर्ने जिम्मा विद्यालयको माथिल्लो निकायले लिनुपर्छ । विभिन्न चुनौतीको सामना गरिरहेका प्रअहरूको संरक्षणका लागि पनि ठोस नीतिको कार्यान्वयनको आवश्यकता छ । प्रअका अधिकार र सुविधाप्रति वर्तमान व्यवस्थामा हेरफेर गरी प्रअ पदलाई अझ् बढी सम्मानित र मर्यादित बनाउन जरुरी छ ।

महेन्द्र रेग्मी
आदर्श मावि, डाइनियाँ, मोरङ

अधिकार र सुविधा बढाउनुपर्छ

विद्यालयको पठनपाठन सुधार गर्न प्रधानाध्यापकको नेतृत्वदायी भूमिका रहन्छ । व्यक्तिगत, पेशागत र सामाजिकगुणहरू असल भएको व्यक्ति प्रअ हुनुपर्छ । उसले समाज मा सबैसँग मिलेर विद्यालयको नेतृत्व गर्न सक्नुपर्छ । ठूलो ओहोदाको पद प्रअ हो । समाज का निम्ति केही गरौँ भन्ने भावनाले प्रेरित भएर ख्याति कमाउन प्रअ हुनेहरूको सङ्ख्या बढ्दै गएको छ ।

अधिकांश स्कूलमा विद्यालय व्यवस्थापन समिति राजनीतिक भागबण्डाका आधारमा बन्ने र त्यसैले प्रअका लागि सिफारिस गर्ने व्यवस्था छ । योग्यता र कार्यदक्षता भएका व्यक्तिभन्दा आफ्नो स्वार्थ अनुकूल चल्ने दलका कार्यकर्ताहरूलाई प्रअ नियुक्ति गर्न स्वयम् राजनीतिक दलका नेता तथा कार्यकर्ताले दबाब दिने गरेको पाइन्छ । राजनीतिक दलप्रति उत्तरदायी नभएको खण्डमा पद नै टिकाउन सकिँदैन भन्ने आम मान्यता बनेको छ । प्रअको नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष छैन । राजनीति संरक्षणबाट प्रधानाध्यापक हुने स्थिति छ । प्रअको अनुभव हासिल गरिसकेकाहरूलाई स्रोत व्यक्ति र विद्यालय निरीक्षक जस्ता जिम्मेवारी दिनुपर्छ । प्रअको अधिकार र सुविधाहरूलाई विस्तार गर्नु पर्दछ ।

प्रेमबहादुर बारघरे
हासिलुङ निमावि,गोठादी, पाल्पा

उपेक्षामा परे योग्यहरू

विद्यालय रराम्रो हुनुमा हेडमास्टरको प्रमुख भूमिका हुन्छ । कुशल प्रअले विद्यालयको पठनपाठनमा सुधार गर्न सक्दछ । प्रअ प्रतिष्ठित पद हो । तलब सुविधा शिक्षकको भन्दा बढी हुने, विभिन्न तालिम रगोष्ठीबाट अनुभव प्राप्त हुने अनि भविष्यमा नेता बन्ने सम्भावना भएको ले जोसुकै पनि प्रअ बन्न तम्सिनु स्वाभाविकै हो । योग्य, अनुभवी र नेतृत्व क्षमता भएको व्यक्तिको सट्टा राजनीतिक दलका कार्यकर्ता प्रअ हुने गरेका छन् । प्रअ नियुक्तिको अहिलेको व्यवस्थाले अनुभवी, सिर्जनशील, क्षमतावान् व्यक्ति उपेक्षामा परेको पाइन्छ । त्यसकारण प्रअ नियुक्तिको व्यवस्था परिवर्तन गरी योग्य व्यक्ति आउने बाटो खोज्नुपर्छ ।

गुरुप्रसाद शर्मा, पौडेल
रामपुर–६, दाङ

नसक्नेलाई गोल्डेन ‘हेन्डसेक’

बहुभूमिका निर्वाह गर्न सक्ने शिक्षक तयार गर्न प्रधानाध्यापकले शिक्षक मात्र होइन प्रशिक्षकको पनि भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । प्रधानाध्यापकले आफ्ना शिक्षकहरूलाई बेला–बेलामा तालिम लिने अवसर जुटाइदिनुपर्छ नत्र आफैँले पनि यस्तो अवसर तयार गरिदिनुपर्छ । विद्यार्थीको भविष्यप्रति चिन्तित कतिपय प्रअहरूले यस्ता तालिम तथा कार्यशालागोष्ठीहरू आयोजना गर्ने गर्छन् । शैक्षिक योग्यताका भरमा शिक्षण पेशा अपनाएकाहरूमा कालान्तरमा वितृष्णा पैदा हुन सक्छ, जिम्मेवार प्रधानाध्यापकले आफ्ना शिक्षकहरूमा त्यस्तो वितृष्णा हटाउन कोशिश गरिरहनु पर्छ ।

सामुदायिक विद्यालयका कतिपय प्रधानाध्यापकहरू विद्यालयको पठनपाठन सुधार्नभन्दा पद टिकाउने ध्याउन्नमा लागेको पाइन्छ । यस्ता प्रधानाध्यापकहरू विद्यार्थी र अभिभावकप्रति जिम्मेवार हुनेभन्दा व्यवस्थापन समिति र राजनीतिक दलहरूप्रति बढी आस्थावान् देखिन्छन् । राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता र आफन्तलाई शिक्षण पेशामा संलग्न गराउँदै आएको यथार्थ कसैबाट छिपेको छैन । धेरै सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेपका कारण पनि पठनपाठनमा सुधार हुनसकेको छैन । तर निजी विद्यालयहरू यी समस्याहरूबाट प्रायः मुक्त छन् । विद्यालय व्यवस्थापन र शिक्षक नियुक्ति जस्ता अहम् महत्वका विषयमा निजी स्कूल स्वतन्त्र भएका कारण ती स्कूलका शिक्षक र प्रअहरू पठनपाठन सुधार्न दत्तचित्त भएर लागेको पाइन्छ ।

सिर्जनशील तथा मेहनती शिक्षकलाई हेडमास्टर बनाउन व्यवस्थापन समिति र अभिभावकहरूले पहल गर्नु पर्छ । जागिरे मान सिकता भएका प्रधानाध्यापकहरूलाई पहिलो चरणमा कर्तव्यबोध गराउनु पर्छ । राज्यले विद्यालय र विद्यार्थीको हितमा समर्पित प्रधानाध्यापकहरूको सही मूल्याङ्कन गरी पुरस्कृत गर्नु पर्छ । निष्क्रिय प्रधानाध्यापकहरूलाई अन्य सरकारी जागिरेसरह ‘गोल्डेन हेन्डसेक’को सुविधा दिई बिदा दिनुपर्छ ।

मधु राई
संस्थापक प्रधानाध्यापक, सुम्निमा इङ्गलिस स्कूल, विराटनगर

तीन वर्षमा सरुवा गर्नु पर्छ

जीवनका उकाली–ओरालीमा हुम्लाको सिमीकोट देखि जापानको टोकियोका विद्यालयको अवलोकन गर्ने मौका पाइयो । आफ्नै जिल्लाका पनि थुप्रै विद्यालय घुमियो । थुप्रै विद्यालयको भौतिक तथा शैक्षिक विकास मा सहभागी हुने मौका पाइयो । केही अनुभव हासिल गरियो । यस दौरानमा के निष्कर्षमा पुगियो भने जहाँका प्रअ राम्रा छन् त्यहाँको विद्यालयको अवस्था रराम्रो छ । जहाँका प्रअ राम्रा छैनन् र जागिरे मान सिकताका छन् त्यहाँको अवस्था नाजुक छ । लगनशील प्रअले आफू पनि काम गर्छ र अरूलाई पनि लगाउन सक्छ ।

प्रअ विद्यालयको दिमाग हो । दिमागले जति रराम्रो सोच्यो त्यति रराम्रो काम गर्न सकिन्छ । विद्यालय नामक जहाजको पाइलट प्रअ हो । पाइलटगतिलो नपरे जहाज ठाउँमा पुर्याउन असम्भव हुन्छ । त्यसैले प्रअ उच्चशिक्षा हासिल गरेको, बहुप्रतिभाशाली र ‘डाइनामिक’ हुनुपर्दछ । समुदायलाई बुझेको वा बुझन चाहने र समुदायले विश्वास गरेको व्यक्ति प्रअ हुनुपर्दछ ।

कर्मचारीलाई खुसीसाथ काम लगाउन सक्ने, विद्यार्थीलाई हौसला दिन सक्ने, प्रशासक नभएर उत्प्रेरकको भूमिका निभाउन सक्ने, भविष्यप्रति आशावादी, सकारात्मक चिन्तन भएको व्यक्ति प्रअ हुनसक्छ । जिशिअ र राजनीतिक नेतालाई आफ्नो एजेन्डामा सहमत गराउन सक्ने, राजनीति जानेको तर कसैको झेला नबोक्ने, तन जहाँ भए पनि मन विद्यालयमा नै केन्द्रित गर्न सक्ने व्यक्ति प्रअ हुनुपर्दछ ।

यसरी प्रअबाट काम लिन अहिलेको सेवासुविधाले पुग्दैन । तलब लगायत अन्य सेवासुविधा बढाउनुपर्छ । तीन/तीन वर्षमा विद्यालय परिवर्तन गर्नु पर्दछ । प्रअले पठनपाठन, व्यवस्थापन तथा समग्र विद्यालयको अनुगमन र मूल्याङ्कन गर्ने समय प्रशस्त पाउनुपर्दछ । त्यसका लागि राज्यले शिक्षक सङ्ख्या थप्नुपर्छ । समाज सेवा गर्न र व्यक्तित्व विकास गर्न प्रअ आकर्षक पद हो । निस्वार्थ सेवा गर्ने प्रअ वा शिक्षकहरू मृत्युपर्यन्त पनि विद्यार्थीहरूको हृदयमा बाँचिरहने छन् ।

कृष्णप्रसाद खतिवडा
व्यवस्थापन अध्यक्ष , सत्यवती उमावि, आदमटार, धादिङ

पाँच वर्षमा मूल्याङ्कन

कुनै पनि विद्यालय रराम्रो हुनका लागि व्यक्तिभन्दा विधि रराम्रो हुनुपर्दछ । हराम्रो समुदायमा ‘रराम्रो व्यक्ति हराम्रो भन्दा हराम्रो व्यक्ति रराम्रो’ भन्ने तथ्यले प्रत्यक्ष वा परोक्ष रूपमा प्राथमिकता पाएको छ । फलतः कुनै शिक्षकले प्रअ बन्न र प्रअबाट विस्थापित हुन कुनै साइत पर्खिरहनु पर्दैन । मूलतः प्रअ विद्यार्थीहरूप्रति उत्तरदायी हुनुपर्छ । के गर्दा बालबालिका विद्यालयमा रमाइलो वातावरणमा, खुसीसाथ सिक्दछन्, पढ्छन् ? उनीहरूको सुविधा कसरी बढाउन सकिन्छ ? के गर्दा शैक्षिक अधिकारको सुरक्षा तथा बालअधिकारको संरक्षण हुन सक्दछ ? भन्नेबारेमा हेडमास्टर चिन्तनशील हुनु जरुरी छ ।

दृष्टिकोणको आधारमा योजना निर्माण एवं क्षमताको आधारमा जिम्मेवारी बाँडफाँड गरिनुपर्दछ । जिम्मेवारी र आवश्यकताको आधारमा सेवासुविधा वितरण गरिनु पद्धतिको निर्माण हो । प्रअको नियुक्ति खुल्ला विज्ञापनमार्पmत गरिनुपर्छ ।

रधानाध्यापकको जिम्मेवारी पाए पाँच वर्षमा विद्यालयलाई सुधार गर्ने योजना प्रअसँग हुनुपर्छ । हरेक पाँच वर्षमा प्रस्ताव र कामबीच मूल्याङ्कन गर्ने परिपाटी बसाउनुपर्छ । यसले प्रअलाई धम्क्याउने वा हौस्याउने तथा अयोग्य व्यक्ति पदमा बसिरहने वा योग्यले अवसर नपाउने अवस्थाको अन्त्य हुन्छ ।

सानोभाइ कार्की
जनकल्याण उमावि, पालुङ, मकवानपुर

स्रोत परिचालन क्षमता चाहिन्छ

विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न प्रधानाध्यापकले यससँग सम्बन्धित सबै पक्षहरूबीच समन्वयकर्ताको भूमिका निर्वाह गर्नु आवश्यक छ । उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका आधारमा बाँडफाड र परिचालन गर्न तथा अपुग स्रोतहरू जुटाउन समुदायलाई उत्प्रेरित गर्न सक्ने क्षमता प्रधानाध्यापकमा हुनुपर्दछ । विद्यालयको भवन तथा कक्षाकोठा, पुस्तकालय तथा प्रयोगशाला र शैक्षिक सामग्रीको व्यवस्थापनमा प्रधानाध्यापकको विशेष क्षमता तथा अनुभवको आवश्यकता पर्दछ । शिक्षकहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारीको बाँडफाड, समन्वय, शिक्षण सिकाइ क्रियाकलाप को अनुगमन, शिक्षणका आधुनिक विधि तथा सामग्रीहरूको प्रयोग गर्ने सन्दर्भमा हेडमास्टरको विशेष ध्यान पुग्नुपर्दछ ।

प्रधानाध्यापकमा निहित अधिकारले आत्मसन्तुष्टि प्रदान गर्द छ । शैक्षिक नीति निर्माण तथा कार्यक्रम कार्यान्वयनमा प्रधानाध्यापकको विशेष भूमिका रहन्छ । शिक्षकहरूलाई बढुवा वा तालिमका लागि सिफारिस गर्ने र पुरस्कृत गर्ने अधिकार पनि प्रधानाध्यापकमा रहनु प्रअ पदको आकर्षण आधार हो । विद्यालयका आवश्यकताहरू समयमा पूरा गर्न नसक्नु, अभिभावकको चित्त बुझाउन नसक्नु, शिक्षकहरूबीच समन्वय कायम गर्न नसक्नु र विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्नु प्रधानाध्यापकमन चुनौती हुन् ।

नसक्नेलाई गोल्डेन ‘हेन्डसेक’

बहुभूमिका निर्वाह गर्न सक्ने शिक्षक तयार गर्न प्रधानाध्यापकले शिक्षक मात्र होइन प्रशिक्षकको पनि भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । प्रधानाध्यापकले आफ्ना शिक्षकहरूलाई बेला–बेलामा तालिम लिने अवसर जुटाइदिनुपर्छ नत्र आफैँले पनि यस्तो अवसर तयार गरिदिनुपर्छ । विद्यार्थीको भविष्यप्रति चिन्तित कतिपय प्रअहरूले यस्ता तालिम तथा कार्यशालागोष्ठीहरू आयोजना गर्ने गर्छन् । शैक्षिक योग्यताका भरमा शिक्षण पेशा अपनाएकाहरूमा कालान्तरमा वितृष्णा पैदा हुन सक्छ, जिम्मेवार प्रधानाध्यापकले आफ्ना शिक्षकहरूमा त्यस्तो वितृष्णा हटाउन कोशिश गरिरहनु पर्छ ।

सामुदायिक विद्यालयका कतिपय प्रधानाध्यापकहरू विद्यालयको पठनपाठन सुधार्नभन्दा पद टिकाउने ध्याउन्नमा लागेको पाइन्छ । यस्ता प्रधानाध्यापकहरू विद्यार्थी र अभिभावकप्रति जिम्मेवार हुनेभन्दा व्यवस्थापन समिति र राजनीतिक दलहरूप्रति बढी आस्थावान् देखिन्छन् । राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता र आफन्तलाई शिक्षण पेशामा संलग्न गराउँदै आएको यथार्थ कसैबाट छिपेको छैन । धेरै सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेपका कारण पनि पठनपाठनमा सुधार हुनसकेको छैन । तर निजी विद्यालयहरू यी समस्याहरूबाट प्रायः मुक्त छन् । विद्यालय व्यवस्थापन र शिक्षक नियुक्ति जस्ता अहम् महत्वका विषयमा निजी स्कूल स्वतन्त्र भएका कारण ती स्कूलका शिक्षक र प्रअहरू पठनपाठन सुधार्न दत्तचित्त भएर लागेको पाइन्छ ।

सिर्जनशील तथा मेहनती शिक्षकलाई हेडमास्टर बनाउन व्यवस्थापन समिति र अभिभावकहरूले पहल गर्नु पर्छ । जागिरे मान सिकता भएका प्रधानाध्यापकहरूलाई पहिलो चरणमा कर्तव्यबोध गराउनु पर्छ । राज्यले विद्यालय र विद्यार्थीको हितमा समर्पित प्रधानाध्यापकहरूको सही मूल्याङ्कन गरी पुरस्कृत गर्नु पर्छ । निष्क्रिय प्रधानाध्यापकहरूलाई अन्य सरकारी जागिरेसरह ‘गोल्डेन हेन्डसेक’को सुविधा दिई बिदा दिनुपर्छ ।

मधु राई
संस्थापक प्रधानाध्यापक, सुम्निमा इङ्गलिस स्कूल, विराटनगर

तीन वर्षमा सरुवा गर्नु पर्छ

जीवनका उकाली–ओरालीमा हुम्लाको सिमीकोट देखि जापानको टोकियोका विद्यालयको अवलोकन गर्ने मौका पाइयो । आफ्नै जिल्लाका पनि थुप्रै विद्यालय घुमियो । थुप्रै विद्यालयको भौतिक तथा शैक्षिक विकास मा सहभागी हुने मौका पाइयो । केही अनुभव हासिल गरियो । यस दौरानमा के निष्कर्षमा पुगियो भने जहाँका प्रअ राम्रा छन् त्यहाँको विद्यालयको अवस्था रराम्रो छ । जहाँका प्रअ राम्रा छैनन् र जागिरे मान सिकताका छन् त्यहाँको अवस्था नाजुक छ । लगनशील प्रअले आफू पनि काम गर्छ र अरूलाई पनि लगाउन सक्छ ।

प्रअ विद्यालयको दिमाग हो । दिमागले जति रराम्रो सोच्यो त्यति रराम्रो काम गर्न सकिन्छ । विद्यालय नामक जहाजको पाइलट प्रअ हो । पाइलटगतिलो नपरे जहाज ठाउँमा पुर्याउन असम्भव हुन्छ । त्यसैले प्रअ उच्चशिक्षा हासिल गरेको, बहुप्रतिभाशाली र ‘डाइनामिक’ हुनुपर्दछ । समुदायलाई बुझेको वा बुझन चाहने र समुदायले विश्वास गरेको व्यक्ति प्रअ हुनुपर्दछ । कर्मचारीलाई खुसीसाथ काम लगाउन सक्ने, विद्यार्थीलाई हौसला दिन सक्ने, प्रशासक नभएर उत्प्रेरकको भूमिका निभाउन सक्ने, भविष्यप्रति आशावादी, सकारात्मक चिन्तन भएको व्यक्ति प्रअ हुनसक्छ । जिशिअ र राजनीतिक नेतालाई आफ्नो एजेन्डामा सहमत गराउन सक्ने, राजनीति जानेको तर कसैको झेला नबोक्ने, तन जहाँ भए पनि मन विद्यालयमा नै केन्द्रित गर्न सक्ने व्यक्ति प्रअ हुनुपर्दछ ।

यसरी प्रअबाट काम लिन अहिलेको सेवासुविधाले पुग्दैन । तलब लगायत अन्य सेवासुविधा बढाउनुपर्छ । तीन/तीन वर्षमा विद्यालय परिवर्तन गर्नु पर्दछ । प्रअले पठनपाठन, व्यवस्थापन तथा समग्र विद्यालयको अनुगमन र मूल्याङ्कन गर्ने समय प्रशस्त पाउनुपर्दछ । त्यसका लागि राज्यले शिक्षक सङ्ख्या थप्नुपर्छ । समाज सेवा गर्न र व्यक्तित्व विकास गर्न प्रअ आकर्षक पद हो । निस्वार्थ सेवा गर्ने प्रअ वा शिक्षकहरू मृत्युपर्यन्त पनि विद्यार्थीहरूको हृदयमा बाँचिरहने छन् ।

कृष्णप्रसाद खतिवडा
व्यवस्थापन अध्यक्ष , सत्यवती उमावि, आदमटार, धादिङ

पाँच वर्षमा मूल्याङ्कन

कुनै पनि विद्यालय रराम्रो हुनका लागि व्यक्तिभन्दा विधि रराम्रो हुनुपर्दछ । हराम्रो समुदायमा ‘रराम्रो व्यक्ति हराम्रो भन्दा हराम्रो व्यक्ति रराम्रो’ भन्ने तथ्यले प्रत्यक्ष वा परोक्ष रूपमा प्राथमिकता पाएको छ । फलतः कुनै शिक्षकले प्रअ बन्न र प्रअबाट विस्थापित हुन कुनै साइत पर्खिरहनु पर्दैन । मूलतः प्रअ विद्यार्थीहरूप्रति उत्तरदायी हुनुपर्छ । के गर्दा बालबालिका विद्यालयमा रमाइलो वातावरणमा, खुसीसाथ सिक्दछन्, पढ्छन् ? उनीहरूको सुविधा कसरी बढाउन सकिन्छ ? के गर्दा शैक्षिक अधिकारको सुरक्षा तथा बालअधिकारको संरक्षण हुन सक्दछ ? भन्नेबारेमा हेडमास्टर चिन्तनशील हुनु जरुरी छ ।

दृष्टिकोणको आधारमा योजना निर्माण एवं क्षमताको आधारमा जिम्मेवारी बाँडफाँड गरिनुपर्दछ । जिम्मेवारी र आवश्यकताको आधारमा सेवासुविधा वितरण गरिनु पद्धतिको निर्माण हो । प्रअको नियुक्ति खुल्ला विज्ञापनमार्पmत गरिनुपर्छ । प्रधानाध्यापकको जिम्मेवारी पाए पाँच वर्षमा विद्यालयलाई सुधार गर्ने योजना प्रअसँग हुनुपर्छ । हरेक पाँच वर्षमा प्रस्ताव र कामबीच मूल्याङ्कन गर्ने परिपाटी बसाउनुपर्छ । यसले प्रअलाई धम्क्याउने वा हौस्याउने तथा अयोग्य व्यक्ति पदमा बसिरहने वा योग्यले अवसर नपाउने अवस्थाको अन्त्य हुन्छ ।

सानोभाइ कार्की
जनकल्याण उमावि, पालुङ, मकवानपुर

स्रोत परिचालन क्षमता चाहिन्छ

विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न प्रधानाध्यापकले यससँग सम्बन्धित सबै पक्षहरूबीच समन्वयकर्ताको भूमिका निर्वाह गर्नु आवश्यक छ । उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका आधारमा बाँडफाड र परिचालन गर्न तथा अपुग स्रोतहरू जुटाउन समुदायलाई उत्प्रेरित गर्न सक्ने क्षमता प्रधानाध्यापकमा हुनुपर्दछ । विद्यालयको भवन तथा कक्षाकोठा, पुस्तकालय तथा प्रयोगशाला र शैक्षिक सामग्रीको व्यवस्थापनमा प्रधानाध्यापकको विशेष क्षमता तथा अनुभवको आवश्यकता पर्दछ । शिक्षकहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारीको बाँडफाड, समन्वय, शिक्षण सिकाइ क्रियाकलाप को अनुगमन, शिक्षणका आधुनिक विधि तथा सामग्रीहरूको प्रयोग गर्ने सन्दर्भमा हेडमास्टरको विशेष ध्यान पुग्नुपर्दछ ।

प्रधानाध्यापकमा निहित अधिकारले आत्मसन्तुष्टि प्रदान गर्द छ । शैक्षिक नीति निर्माण तथा कार्यक्रम कार्यान्वयनमा प्रधानाध्यापकको विशेष भूमिका रहन्छ । शिक्षकहरूलाई बढुवा वा तालिमका लागि सिफारिस गर्ने र पुरस्कृत गर्ने अधिकार पनि प्रधानाध्यापकमा रहनु प्रअ पदको आकर्षण आधार हो । विद्यालयका आवश्यकताहरू समयमा पूरा गर्न नसक्नु, अभिभावकको चित्त बुझाउन नसक्नु, शिक्षकहरूबीच समन्वय कायम गर्न नसक्नु र विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्नु प्रधानाध्यापकमन चुनौती हुन् ।

लक्ष्मीप्रसाद दाहाल
शिक्षक, डोरमारी मावि, महारानीझेडा, झपा

commercial commercial commercial commercial