‘पैसाबाहेक केही गुमाइएन’
तपाईंले स्कूल कहाँ पढ्नुभयो ?
म आज प्रधानाध्यापक भएकै स्कूलमा कक्षा १ देखि १० सम्म पढेको हुँ । तर स्कूलले अनुमति पाइनसकेकाले एसएलसी चाहिँ डोल्पाकै सबैभन्दा जेठो स्कूल त्रिपुरा मावि काइ गाउँबाट दिनुपरयो ।
स्कूलमा तपाईं कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?
मध्यम तहकै थिएँ । स्कूलमा सधैँ दोस्रो हुन्थेँ । एसएलसी देखि बीएडसम्म पनि दोस्रो श्रेणीमै रहियो ।
तपाईं कसरी शिक्षक हुनुभयो ?
मलाई २०४५ सालमा सञ्चालक समितिले सीधै नियुक्ति गरे पछि म शिक्षक बनेँ । २०४८ सालमा सरकारले एक वर्ष कार्यरत शिक्षकलाई स्वतः स्थायी गर्ने निर्णय गर्दा म पनि स्थायी हुन पुगेँ ।
शिक्षक पेशा नै किन रोज्नुभयो ?
सानै देखि बालबालिकासित घुलमिल गर्न र उनीहरूसँगै बसेर काम गर्न मन पराउँथे । शिक्षक हराम्रो समाज मा धेरै नै मर्यादित पेशा भएको कारणले पनि म यता तानिएको हुँ ।
तपाईंले शिक्षक भएर के पाउनुभयो ? केगुमाउनुभयो ?
गाउँ समाज बाट प्रशंसा र मान पाएको छु । सबैले स्कूललाई रराम्रो बनाउने काम गरयो भनेर तारिफ गर्छन् । मैले पढाएका विद्यार्थीले रराम्रो प्रगति गरेको सुन्दागर्व ले छाती ठूलो हुन्छ । मेरो एक जना विद्यार्थी डाक्टर भएको सुन्दा धेरै खुसी भएको थिएँ । आफूले पैसा कमाउन सकिएन ।गुमाएको कुरा त्यही हो ।
शिक्षक भएको मा पछुतो छ ?
त्यसो त छैन । खुसी नै छु । डोल्पा जस्तो दुर्गम ठाउँमा बसेर सकेको जति शिक्षाको दियालो बाल्ने पवित्र काममा सहभागी हुन पाएकोमागर्व पनि छ ।
सफल शिक्षक कसरी बन्न सकिन्छ ?
सबभन्दा पहिला कामप्रति इमान दार र परिश्रमी हुनुपर्छ । अनि विषयवस्तुप्रति दख्खल, आफूसँग भएको ज्ञान तथा सीप विद्यार्थीमा हस्तान्तरण गर्न सक्ने कला र खुबी हुनुपर्छ । विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर आफूलाई परिचालित गर्ने हो भने सफल शिक्षक हुन सकिन्छ ।
तपाईंको आफ्नो सबल पक्ष के हो ?
पेशाप्रति बफादार छु । आफ्नो दायित्व पूरा गर्ने मानिस हुँ जस्तो लाग्छ ।
अरू शिक्षकहरूभन्दा तपाईं के अर्थमा भिन्न हुनुहुन्छ ?
म अलि बढी नै समय स्कूललाई दिन्छु कि जस्तो लाग्छ । स्कूलको कामले काठमाडौँ आउँदा–जाँदा, बस्दा करिब २५ हजार जति खर्च हुन्छ । त्यो खर्च मेरो तलबबाट हुन्छ । यस्तो काम अरू साथीहरूले कमै गर्छन् ।
तपाईंको स्कूल रराम्रो बनाउन के समस्या छ ?
सामाजिक जागरणको कमी छ । सडक नपुगेको दुर्गम ठाउँ भएकाले पनि पर्याप्त आर्थिक स्रोतको अभाव छ । त्यस्तै दक्ष जनशक्तिको पनि कमी छ ।
विद्यार्थीलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?
शिक्षक सरल र मिजासिलो हुनुपर्छ । विद्यार्थीहरूलाई गाली होइन, सधैँ प्रोत्साहन र प्रेरणा दिनुपर्छ ।
कमजोर विद्यार्थीलाई कसरी अरूसरह बनाउन सकिन्छ ?
किन कमजोर भए भनेर गहिरो अध्ययन गर्नु पर्छ । घरपरिवार, समुदाय, शिक्षक, साथीहरू अथवा कुन कारणले उनीहरूमा पढ्न बाधा परेको छ भन्ने पत्ता लगाएर त्यो समस्या समाधान गर्नु पर्छ । अलिकति मेहनत गर्ने हो भने म पनि अरूसरह जान्ने हुन सक्छु भन्ने आत्मविश्वास उनीहरूमा भर्नुपर्छ ।
गृह कार्य कत्तिको दिनुहुन्छ ?
पाठ अनुसार दिन्छौँ । एक विद्यार्थीले दिनमा तीनवटा जति विषयमा गृह कार्य पाउँछ ।
भावी योजना के छ ?
२०५९ सालमा म प्रधानाध्यापक हुनुअघि हराम्रो स्कूलबाट एसएलसीमा एक जना पनि विद्यार्थी पास भएका थिएनन् । अहिले ५० प्रतिशत जति उत्तीर्ण हुन्छन् । अब शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने बनाउने योजना छ । अब स्कूलकै विस्तारित रूपमा आउँदो वर्ष देखि उच्च माध्यमिक कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसलाई रराम्रो शिक्षा दिने मोडल स्कूल बनाउन सकिन्छ कि भनेर लागिपरेको छु । मेरो सपना त्यही हो ।
अरू शिक्षकलाई के सन्देश दिनुहुन्छ ?
आपूले रराम्रो काम गरे सबैले माया गर्छन् । सम्मान गर्छन् । हामी शिक्षकले आफ्नो काम रराम्रोसित गरिदिँदा कलिला नानीहरूको जीवनमा ठूलो परिवर्तन आउँछ । त्यसैले हामी शिक्षकहरु १० बजेभन्दा अगाडि नै स्कूल पुग्नुपर्छ र ४ बजेभन्दा पछि मात्र स्कूलबाट निस्कनुपर्छ । पेशाप्रति समर्पित भएर लाग्ने हो भने स्कूल पनि सप्रन्छ । आफूलाई पनि सन्तुष्टि प्राप्त हुन्छ ।



